नेपालीको चाड तिहार

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

चारबर्ष भो भाइ मैले , लाईन टीका पनि
धेरै साल बिते हेर्दै , भाइ आउला भनी ।
बाबुआमा तिम्रो बाटो , हेरि रुन्छन घर
देख्नै तिम्ले पाउन्नौ कि , के छ कालको भर ।।

चारबर्षमा एक बर्ष त , छुट्टी मिल्नु पर्ने
हाँसी खुशी रमाएर , खाना निल्नु पर्ने ।
आशा अनि भरोसा लि , तिम्लाई हुर्कायको
मेरो छोरो जन्म्यो भन्दै , गाउँले घुर्क्यायको ।।

 

Continue reading


बहरबद्ध गजल

Lal, Kaji, Shrestha, लालकाजी श्रेष्ट, pallawa , पल्लव

लालकाजी श्रेष्ट,

कहाँ भन्थें यसै औधी मजा आयो
नसोंचेकै मिल्यो केही मजा आयो

थियो प्रस्तावनै यस्तो कि के भन्नु
सुनें आधी भएँ राजी मजा आयो

थकाई कुन चराको नाम हो बिर्सें
नथाकेकै थियो जाती मजा आयो

 

Continue reading


गजल

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

चुनाव आयो जनताका पाउ, छुन लाए नेता
आशिष् दिनोस जितुँ भन्दै रुँन लाए नेता

अघि जे भो अब त्यस्तो, हुंनेछैन भन्दै
गाउँ शहरमा जन्ताका पाउ, धुँन लाए नेता

सधैं यस्तै हुनेभए, नेपाल कहाँ पुग्थ्यो
ब्रह्मा, बिष्णु, राम्चन्द्र जी, हुंन लाए नेता

 

Continue reading


गजल

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

आठ बर्षभो कमाई गर्न धाएको दुबैतिर
चार बर्षहो राम्रो तलब, पाएको दुबैतिर

एक बर्षत मलाई याहाँ, काँजाउँ-काँजाउँ भयो
कमाई भन्ने खाएको अनि, लाएको दुबैतिर

अर्को साल मलाई याहाँ, राम्रो लाप्पा मिल्यो
जग्गा बेची मगाई पैसा, खाएको दुबैतिर

 

Continue reading


सहयोग गर्नु हेरी कोरो कुनु

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

नांफा धन कमाई पाए, सब आँफ्ना हुने
आपद, शंकट, बिष्मात पर्दा हुदैन कोहि रुने ।
कमाई, अनि शक्ति हुंदा, सबै लाईन बस्छन
सहयोग गर्न प-यो भनें सबै गुन्टा कस्छन ।।

हिक्मत अनि पौरख छंदा, सबै मेरा थिए
बुढेशकालमा सहयोग माग्दा, ऐले घेरा दिए ।
बाउआमालाई सहयोग गर्न, मुखामुख गरि
बुढाबुढी बाउआमालाई, बँचाई देउ न हरि ।।

 

Continue reading


‘खोज्दा खोज्दै रामे आज, गोरखपुरमा पाईयो रे’

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

खोज्दछु साहारा मैले, पाउँन सकिन कतै
जहाँ चोट लागेकोछ, घोच्दछ काँडाले त्यतै।
छैन फुर्सद चौबीस घन्टै, कमाउँने धन्दामा अती
आज ल्यायो भोलि छैन, टाल्ने प्वाल कति-कति।।

उता छोरो जुत्ता भन्छ, छोरी कुर्था सुरुवाल रे
सुन्को सिख्री लगाउँने, पालो आमाको हो गरे।
मलाई केही रहर छैन, कर्तब्य पूरा गर्नु छ
उकालो चढेर जान्छु, ओरालो फेरि झर्नु छ।।

 

Continue reading


खोज्दा खोज्दै रामे आज, गोरखपुरमा पाईयो रे

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

खोज्दछु सहारा मैले, पाउँन सकिन कतै
जहाँ चोट लागेको छ, घोच्दछ काँडालेत्यतै।
छैन फुर्सद चौबीस घण्टै, कमाउँने धन्दामा अति
आज ल्यायो भोलि छैन, टाल्ने प्वाल कति-कति।।

उता छोरो जुत्ता भन्छ, छोरी कुर्था-सरुवाल रे
सुन्को सिख्री लगाउँने, पालो आमाको हो रे।
मलाई केही रहर छैन, कर्तब्य पूरा गर्नु छ
उकालो चढेर जान्छु, ओरालो फेरि झर्नु छ।।

 

Continue reading


नन्दलाल बराल का तीन गजल

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

गजल– १,
निर्धा, गरीव, निमुखालाई, अठ्ठ्याउँछ मान्छे
गरीवलाई निचोरी धन, गठठ्या्याउँछ मान्छे

लाउन, खान नपाएर, दु:ख पाएका छन
आँङ ढाक्ने टालो छैन, कठ्ठ्याउँछन मान्छे

चाहिदो मात्र अड्कलेर, बोले पनि हुन्छ
अनाहक्मा नचाहिदो, भट्ट्याउँछ मन्छे

 

Continue reading


नन्दलाल बराल का जोर कविताः

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

१) पिरतिको खेल
तिम्रो मेरो सल्लाह थियो
मुस्ताङ चोकमा भेटहुंने
चोक-चोकमा खोजें मैले
भित्रीमन्को माला उँने।

बैदाम तालमा पुगें खोज्न
खोल्सा-खाल्सी किनार डुलें
पसिनाले शरीर भिज्यो
माया,पृती सबै भुलें।

 

Continue reading


बहरबद्ध गजल

Lal, Kaji, Shrestha, लालकाजी श्रेष्ट, pallawa , पल्लव

लालकाजी श्रेष्ट,

पोल खोल्ने बोल सारा ओठलाई उल्फत हुन्छ
पिउन जाने प्रेयसीका हर नजरमा सर्बत हुन्छ ।

अल्लि थोरै लतृएझैँ बक्न लागे जुङ्गा आफै
हातलाई मुखतिरै हो सल्बलाउने आदत हुन्छ ।

पोखरीले यस्सो अर्ती दिन्छु भन्दै के बोलेथ्यो
भन्न लाग्यो भ्यागुताले पर्ख सबको इज्जत हुन्छ ।

 

Continue reading


बहरबद्ध गजल

Lal, Kaji, Shrestha, लालकाजी श्रेष्ट, pallawa , पल्लव

लालकाजी श्रेष्ट

हालत रहेन उस्तै आँखा खुलेर आयो
पागल मसाल बोकी धर्ती डुलेर आयो

तन सङ्ग तनको दूरी के अर्थ राख्न सक्ला ?
पानी चिनी बराबर आत्मा घुलेर आयो

सपना अनेक देखे दिउँसै बुबा मुमाले
सन्तान पढ्न गा’थ्यो पूरै झुलेर आयो

 

Continue reading


‘के हो त यो प्रीति नभए ?’

Lal, Kaji, Shrestha, लालकाजी श्रेष्ट, pallawa , पल्लव

लालकाजी श्रेष्ट,

सम्झनाले मात्रैपनी यस्तो खुसी मिल्छ भने
वैलाएका पुष्प पुनः फूल बनेर खिल्छ भने
के हो त यो माया नभए?
के हो त यो प्रीति नभए?
मलाई उस्को नामै प्यारो
उस्ले टेक्ने ठामै प्यारो
उस्लाई यस्सो देखेपछी
बिहान प्यारो साँझै प्यारो
उस्का हरेक हर्कतहरु यस्तो प्यारो लाग्छ भने
अप्ठ्यारोमा उक्लिनलाई नौलो उर्जा जाग्छ भने

 

Continue reading


बहरबद्ध गजल

Lal, Kaji, Shrestha, लालकाजी श्रेष्ट, pallawa , पल्लव

लालकाजी श्रेष्ट,

उचाल्छन् कसैले त यस्तो उचाल्छन्
उचाल्छन् र फेरि सनासो उचाल्छन्

ए मान्छे तँ आफ्नै धरातल उचाल्दे
उचाल्नै त चङ्गा नि धागो उचाल्छन्

ती कंगाल हुन् भन्दिने भो समयले
धनी मै हुँ भन्छन् र खोस्टो उचाल्छन्

 

Continue reading


बहरबद्ध गजल

Lal, Kaji, Shrestha, लालकाजी श्रेष्ट, pallawa , पल्लव

लालकाजी श्रेष्ट,

निस्वार्थी छ को? चिने पुज्नेथे शिलाले पनि
हो, सन्तानमा लगानी गरे बुबाले पनि

अपुग के थियो र तान्यो अझै असन्तोषले
सितारा सबै लिएरै छोड्यो उषाले पनि

नछुट्ला भन्यो खुशी ओंठमा नटुट्ला भन्यो
बताएन सच र ढाँट्यो सँधै चिनाले पनि

 

Continue reading


बहरबद्ध गजल

Lal, Kaji, Shrestha, लालकाजी श्रेष्ट, pallawa , पल्लव

लालकाजी श्रेष्ट

स-प्रेम तारा खसाइयो है खसेन के चैं एकाबिहानै
भएछ के चैं भनेर सोध्छौ भएन के चैं एकाबिहानै ।

चिसो सिरेठो चरीको चिरबिर र भालेको डाँकोले उठायो
भए नि उठ्न असाध्य गाह्रो जुरेन के चैं एकाबिहानै ।

यसो गरूँ वा उसो गरूँ कि कसो गरूँझैं भयो र आत्तेँ
थिएन जाँगर तथापि तनले चुमेन के चैं एकाबिहानै ।

 

Continue reading


बहरबद्ध गजल

Lal, Kaji, Shrestha, लालकाजी श्रेष्ट, pallawa , पल्लव

लालकाजी श्रेष्ट

कहाँ के दिन्छ यो छलको जिन्दगीले ?
परीक्षा लिन्छ पलपलको, जिन्दगीले

चरीले चाख्छ फल हरदम स्वाद लिन्छ
कठै ! के लिन्छ काफलको जिन्दगीले ?

भुवन तेरै त हो भन्छन् ज्योतिषीजन
कमल भेट्ला र ! दलदलको जिन्दगीले ?

 

Continue reading


बहरबद्ध गजल

Lal, Kaji, Shrestha, लालकाजी श्रेष्ट, pallawa , पल्लव

लालकाजी श्रेष्ट

बटारेँ कान धाराको र जल आयो
म प्यासी थें र पो तिर्खाको हल आयो

म जीवन खोज्नमै जीवनभरी भट्केँ
म नै जीवन हुँ भन्दै एक पल आयो

” नराम्रो हुन्न कोही रूपले जान्नू ”
छु गुणले पूर्ण भन्दै मख्ख मल आयो

 

Continue reading


बहरबद्ध गजल

Lal, Kaji, Shrestha, लालकाजी श्रेष्ट, pallawa , पल्लव

लालकाजी श्रेष्ट,

यो बागमा तँ खिल्ने आधार के छ तेरो ?
मान्छे हुँ भन्न मिल्ने आधार के छ तेरो ?

जल्लाद होस् तँ निर्मम हत्या गरेर हाँस्ने
मुस्कान लाख चिल्ने आधार के छ तेरो ?

लज्जा रहेन बाँकी आतंक काख राखिस्
यो शान्ति क्षेत्र छिल्ने आधार के छ तेरो ?

 

Continue reading


बहरबद्ध गजल

Lal, Kaji, Shrestha, लालकाजी श्रेष्ट, pallawa , पल्लव

लालकाजी श्रेष्ट,

गला र गाला दुबै मुसार्ने रहस्य के हो
बतास बस्ती बसर चहार्ने रहस्य के हो ?

प्रणाम गर्छौ परे अगाडि प्रशंसा गर्छौ
पछाडि ठाडै मुठी बटार्ने रहस्य के हो ?

युवाहरूमा छ छैन हिक्मत धरा उचाल्ने
गफैले मात्रै गगन उतार्ने रहस्य के हो ?

 

Continue reading


गजल

Lal, Kaji, Shrestha, लालकाजी श्रेष्ट, pallawa , पल्लव

लालकाजी श्रेष्ट,

कि गर्दै नगर्नू इशारा कि मतलब बुझाए नि हुन्थ्यो
कि सोध्दै नसोध्नू पहेली कि उत्तर बताए नि हुन्थ्यो

म प्यासी बनूँ खै ! कसोरी नजानेर हैरान भा छु
सफरमा कसैले कुनै रस रहरले चखाए नि हुन्थ्यो

हुँ मान्छे म मान्छे नचिन्ने स्वयंमा गुनासो छ गाढा
लगाएर आरोप प्यारो कसैले फसाए नि हुन्थ्यो

 

Continue reading