नेपाली शुभेच्छा

Er, Santosh, Kumar, Pokharel, ई. सन्तोष कुमार पोखरेल , pallawa, पल्लव

ई. सन्तोष कुमार पोखरेल

(भानु जयन्तिका अवशरमा)
म लेखूँ शृंगार,
बिबिध प्यार बाँडन सकूँ
म देखूँ संसार,
प्रणय पार आँटन सकूँ ।
म सिन्चूँ यै भाषा,
नबिन आशा जाग्छ मनमा
कि नेपाली भाषा,
गर न बासा कोटि जनमा ।।

कहाँ को हीमालि
प्रभृत पाली देख्दछ बरू
कहाँ त्यो लेकाली
जनित बोली हुन्छ बगरू ?

 

Continue reading


नेपाल देखाई देउन

Santosh, Kumar, Pokharel,ई. सन्तोष पोखरेल, pallawa, पल्लव

ई. सन्तोष पोखरेल

देश खोज्दै हिडेको छुँ
कोही देखाई देउन
कहाँ होला कस्तो होला
कोही बताई देउन ।

कोही देखें क्षेत्री बाहुन
कोही भेटें थारू
मगर भोटे कामी दमाई
नेरू कोही भारू ।

 

Continue reading


विनयकुमार शर्मा नेपाल का केही मुक्तकहरूः

vinaya, Binay, kumar, sharma, nepal, , विनयकुमार शर्मा नेपाल, pallawa, पल्वव

विनयकुमार शर्मा नेपाल

अर्काको सीप बारबार देखाई मन रमाउनेहरू धेरै आए
त्यही सीपमा बारबार रमाउँदै तन तताउनेहरू धेरै आए
अर्काको सुन गू र आफ्नो गू सुन ठान्ने बानी छाड्छौ भने
मानौँला आफ्नै श्रम-सीपले सु-धन कमाउनेहरू पनि आए ।

गिँड्न ढालेको लाठोको कर्म साँच्नु बेर्थ छ
भिड्न जानेको नातोको धर्म भाक्नु बेर्थ छ
दात्री-विचारको सम्मान वा कदर नगर्नेले
हिँड्न छाडेको बाटोको गर्व झार्नु बेर्थ छ ।

 

Continue reading


उत्तम कुमार पोखरेल का केही मुक्तकीय टुक्राहरूः

Uttam, Kumar, Pokhrel, उत्तम कुमार पोखरेल, pallawa, पल्लव

उत्तम कुमार पोखरेल

गृष्म ऋतु अयो गर्मिलाई बोलायो !
नयन झलमलायो पसिनाले बगायो !!
तरर पसिनाको धारा कस्तो बगेको !
भरतपुर शहर भरी गर्मि कस्तो बढेको !!

बत्तिस दन्त देखाई तिमिले हाँसेको किनहो
मनको भाव झल्कने गरि जाँचेको किनहो
बुझिन मैले मुहारको हाँसो सोधुँ म कसरी
नढाटी भन त यौवन तिम्रो साँचेको किनहो !!

 

Continue reading


ई. सन्तोष पोखरेलका चार कविता

Santosh, Kumar, Pokharel,ई. सन्तोष पोखरेल, pallawa, पल्लव

ई. सन्तोष पोखरेल

१) तिमीलाई 

प्रेम पवित्र के हो यसबारे

मैले बुझ्न जीवनभरमा

कति कति दिन गुजारे

अब हारे ।

तिमी आयौ मन तिमीमै आयो

लाग्दछ मैले आज तिमीसंग

लामै फडको मारे

मन हारे।

 

Continue reading


दिवश बानीयाँ का जोर गजल

Dlwash, Dibas, Kumar, Baniya, दिवश कुमार बानीया , pallawa, पल्लव

दिवश कुमार बानीया

गजल– १,
खतराबाट हुन्छ खतरा बिचार गर
अब नगर सागर नखरा बिचार गर

सरिया सिमेन्ट कम बालु बढि भए
डल्न सक्छ अझ धररा बिचार गर

अँध्यारोमा छायाँ र माया देखिदैन
सुन्दरी स्वर्गकी अप्सरा बिचार गर

 

Continue reading


रामकुमार श्रेष्ठ’फुच्चेको मुक्तक दोहोरी

Ram, Kumar, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ’‘फुच्चे’

जनता-
जीते मैले सबथोक गर्छु भन्छौ नेताज्यू,
चुनाव हार्छौ तर मन्त्री बन्छौ नेताज्यू।
देशको बिकास गर्छु भनी लाग्यौ राजनितीमा,
तर ऊल्टै जरा किन खन्छौ नेताज्यू ।।

नेता
आफुनखाई अरुकोपेट भर्नकहा सकिन्छर,
मुखले मात्र बोल्दिने हो गर्नकहा सकिन्छर।
कुर्सीकोखेल अनौठोछ चलीआको चलन योत,
त्यसै तल कुर्सी छाडी झर्नकहा सकिन्छर ।।

 

Continue reading


रामकुमार श्रेष्ठ ‘फुच्चे’का जोर गजल

Ram, Kumar, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ

(सन्दर्भ कैलाली बोक्सीआरोप काण्ड)

गजल– १,
कोही अझै चरम यातना भोग्दैछन बोक्सीआरोपमा।
मुकुटधारी ढ्याङ्ग्रो ठोक्दैछन बोक्सीआरोपमा।।

अस्पताल र मेडीकल कलेज बन्द गर्दिए भो अब,
झाक्री तान्त्रीक बिधा घोक्दैछन बोक्सीआरोपमा।

अनाथ अशक्त एकल वृद्दा बोक्सी देख्छ हाम्रो समाज,
डाम्दै पनिऊले चुल्ठो छोप्दैछन बोक्सीआरोपमा।

 

Continue reading


आँसु झरेछ

Er, Santosh, Kumar, Pokharel, ई. सन्तोष कुमार पोखरेल , pallawa, पल्लव

ई. सन्तोष कुमार पोखरेल

आँखाबाट आँसू झरेछ
मनबाट कोही झरेछ
म भएछुँ एक सूर
सोचेछुँ दूर दूर
मेरो यौवनै पो टरेछ।
आँखाबाट आँसू झरेछ।।

मैले कति माया लाएँ
अनि कति धोखा पाएँ
जिम्मेवारी बोधले मात्र
कति शास्ती खाएँ
बरालिउँ भन्दा उमेर
डाँडापारी अस्ती सरेछ।

 

Continue reading


बहरबद्ध गजल

dr.Pradeep, Kumar, Pradip, Mainali, डा. प्रदीपकुमार मैनाली, pallawa, पल्लव,

डा. प्रदीपकुमार मैनाली

नभन्नू कसैलाई बताउने तिमी नै
कुरा यै सबैलाई पठाउने तिमी नै

हुँदै हुन्न भन्थ्यौ कसोरी भयौ त?
जुधाउने तिमी नै बझाउने तिमी नै

सुहाउँने छ बोटमै नटिप्नू ल भन्थ्यौ
तिनै फूल शिलामा चढाउने तिमी नै

 

Continue reading


रामकुमार श्रेष्ठ’फुच्चे’ का जोर गजल

Ram, Kumar, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ

गजल– १,
प्रविधीको नाऊमा मेरोदेश माटोको चूलो बनाउछ।
गर्छौ कृषिक्रान्ती भन्दै खेतमुनी कुलो बनाउछ।।

बिकल्पमा जमिनमुनी रेल कुदाऊछन छिमेकीले,
मेरोदेश सडकविस्तारको बाहानामा धुलो बनाउछ।

बैज्ञानीक युगमा हामी पढ्छौ गुन्द्रुक पकाऊने विधी,
संस्कारअगाल्न अझै ऊ टाउकोमुडुलो बनाउछ ।

 

Continue reading


ई. सन्तोष कुमार पोखरेल का तीन रचना

Er, Santosh, Kumar, Pokharel, ई. सन्तोष कुमार पोखरेल , pallawa, पल्लव

ई. सन्तोष कुमार पोखरेल

१) एउटा गीत: गायकप्रति  
तिम्रो गीत सुनेर म कति रोएँ
मैले मन पखालें चित्त धोएँ
ती गह्रौं तिम्रा कथा
मुटु भरि उम्लिएकाव्यथा
मनै भित्र कति फेरा
लुकी लुकी छोएँ |

गाऊ तिमी गाऊ
तिम्रो रोदनमा आँसु बगाउला
मेरा पनि भावनाका बाँध लाउँला
फुटे फुटुन् छैन केही
मनको भारी बिसाउला
अनि तिम्रा क्रन्दनमा
मनकोतार बजाउला |

 

Continue reading


मनोजकुमार भट्टरार्इका जोर गजल

Manoj, K. , Kumar, Bhattarai, मनोजकुमार भट्टरार्इ, pallawa, पल्लव

मनोजकुमार भट्टरार्इ

गजल– १,
उम्रदैका तिन पात हुन्छन अहिलेका भुरा ।
आमाबुबालाइ काहा सुन्छन अहिलेका भुरा।

यति सानैमा मायाको चक्करमा फस्छन रे
पढ्ने उमेर धोकामा रुन्छन अहिलेका भुरा।

थाहा छैन होला के काम कसरी गर्छन भनेर
श्रद्धमा अझै बिरालो थुन्छन अहिलेका भुरा।

 

Continue reading


गजल

Arjun, Kumar, Satyal, अर्जुन कुमार सत्याल, pallawa, पल्लव

अर्जुन कुमार सत्याल

चोली अनि पटुकीमा,लगाएर सारी आउनु
आँचल त्यो काँधको,अलिकती झारी आउनु

पुर्ण बिश्वास गर्न सक्छेउ,जीवनभर तिमी मेरो
कुना कुनामा लुकेका,डरलाइ मारी आउनु

गाँईगुई हल्ला चल्छ,गाँउलेले देख्न सक्लान्
साँझपख त्यो खोला,बगरको पारी आउनु

 

Continue reading


मनोजकुमार भट्टरार्इका जोर गजल

Manoj, K. , Kumar, Bhattarai, मनोजकुमार भट्टरार्इ, pallawa, पल्लव

मनोजकुमार भट्टरार्इ

गजल– २,
हजार रोपेर लाखौलाख फलाउन मिल्ने भए
हिरा नि चाँदिकै भाउमा चलाउन मिल्ने भए

लगाउने थिए होला ढुङ्गाकै हार मानीसहरूले
सुन जसतै ढुङ्गालाइ पनि गलाउन मिल्ने भए

छुवाछुत र जातभात सबै अन्त्य हुन्थ्यो होला
धनी गरिब बिचको पर्खाल जलाउन मिल्ने भए

 

Continue reading


गजल

Ram, Kumar, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ

दुख केहो हुम्ला अनि कर्णालीको गामलाई हेर।
बिजुली र मोटर समेत नपुगेको ठामलाई हेर।।

रेमिट्यान्स भित्रीएको देख्छ मात्र सरकार सधै,
यरपोर्टमा उत्रीएको बन्द लासको लामलाई हेर।

खा को छ कि भोको छ खै छोरो परदेश मा,
पीरलेज्यान सुकाऊनेको बिवशता हामलाई हेर।

 

Continue reading


“म भोलि देखि तिम्रो आसपास पनि आउदिन”

Sudhir, Kumar, Suman,, सुधिरकुमार सुमन, pallawa, पल्लव

सुधिरकुमार सुमन

भमराले साह्रै दिल दुखाएर फूल सङ्ग भन्यो।”किन प्यारा म बाट तेस्तो के गल्ति भयो र।तिमी आउँछौ भनेर नै म दैनिक आफ्नो शरीर भित्र रस भरेर राखेको हुन्छु।तिमी आउने आशामा सधैं आंचल फिजाएर फक्रीएर बसेको हुन्छु।किन त्यसो भन्छौ मेरो प्यारा।केही गल्ती भएको छ भने भन”फूलले पनि साह्रै माया लाग्दो गरेर भनी।
“मेरो साह्रो दिल दुखेको छ । बरु भोलि बाट अर्कै बगैचामा गएर नयाँ नयाँ फूलहरु खोजी गर्नेछु । यो तिमी भएको बगैंचा वरिपरि म आउने छैन” । भमराले आफ्नो अड्डि कस्यो।

 

Continue reading


गजल

Sanjiv, Kumar, Patel, सन्जिवकुमार पटेल , pqllawa, पल्लव

सन्जिवकुमार पटेल

दिनदिनै गाह्रो भयो बाच्न यो शहरमा,
घरपरिवारको मायालाई साच्न यो शहरमा ।!

सुत्न त सधैं महँगो ओछ्यानमा नै सुत्छु,
निन्द्रालाई कोहि आएन जाच्न यो शहरमा ।

हेर्न त पाइन्छ यहाँ ठुला बिल्डिङ र पार्कहरू,
मन लाग्छ आफ्नै आगनमा नाच्न यो शहरमा !!

 

Continue reading


गजल

Dlwash, Dibas, Kumar, Baniya, दिवश कुमार बानीया , pallawa, पल्लव

दिवश कुमार बानीया

किन करोडौं कमाउँछौ नेपाली नारी बेचेर
सुन्दर महल बनाउँछौ नेपाली नारी बेचेर

दंया माया भन्ने चिज रहेन सोचेको भएन,,
के इज्जत सच्याउँछौ नेपाली नारी बेचेर

केहि पैसाको लोभमा आफ्नै दीदी बहिनी
दिल्ली–मुम्बई पठाउँछौँ नेपाली नारी बेचेर

 

Continue reading


गजल

Manoj, Kumar, Bhattarai, मनोजकुमार भट्टरार्इ, pallawa, पल्लव

मनोजकुमार भट्टरार्इ

रातो सारी परैबाट ढल्काउदै आर्इ
ओठको लाली नी टल्काउदै आर्इ

एकै नजरले घायल बनायो मलार्इ
हेरौ हेरौ लाग्ने गरी पल्काउदै आर्इ

खै के ले लगायो यति सारो मोहनी
आफ्नै जवानी छछल्काउदै आर्इ

 

Continue reading