‘गुराँसहरू‘

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

तिम्रो पैतालाले
कुल्चेको गुराँसको
बाटहरू
ऊठेको छन् आजभोली
र फुलेका छन्
रोतो गुरोसँहरू
तिम्रो सोमु
मुस्कुराउन पछि
पर्दैनन् तिनीहरू
सायद–

 

Continue reading


मुक्तक

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

सघर्षै संघर्षमा हेर आज ,जिउने आधार छ
फर्किएकाे फुल फुलाउने ,सपना साकार छ !
कर्तव्यकाे धरातलमा सक्छु ,डटेर बाेल्न म
सक्दैन बाेल्न सत्यतामा, समाज लाचार छ !!

प्रियतम तिम्रा यादहरु सधै नै जीवित छन्
विपना मात्र होईन सपना प्रतिबिम्बित छन् ।
कहाँ मारेर मारिन्छन् यि सम्बन्धहरु त्यसै
खुल्ला हुने चाहना आखिर परिबर्तित छन् ।।

 

Continue reading


एम. पि. आस्थाका मुक्तकहरूः

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

कस्तो संयोग नाग पंन्चमी र रक्षा वन्दन एकै साथ
सु.स्वास्थ्यको कामना दिर्घायुको चन्दन एकै साथ
छाओस् शान्ति घर शहर र दरवारमा यसैगरि सधै
तराई,पहाड,हिमालको खुलोस् चन्द्रवदन एकै साथ ।

चराको चिरविराईले बिहान ब्युझिएर फुलहरू
उज्जालो हेर्न ओछ्यानबाट खोलिए झुलहरू
सुन्दरता नै अगाल्ने हो हेर्दैनन् मान्छेले कुरुप
आफु त असलै बन्छ सधै बिर्सेर गरेका भुलहरू ।

 

Continue reading


व्रत क्रान्ति

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

सुम्पिएर कसैको हातमा
आफ्ना कोमल हातहरु
लेख्दैमा मेहन्दीले उनैको नाम
नाडीभरि सजाउदैमा हरियो चुरा
कहाँ जितिन्छ र संसार ?
बरु बन्ने छ त्यही चुरा हतकडी
चुरासँगै फुट्ने छ्यौ व्यवहारका यज्ञहरुमा
मेहन्दीसँगै खुइलिने छन्
तिम्रा कामनाहरू!
कहिल्यै थाहा पाएकी छ्यौ
तिम्रो नाममा व्रत बसेका तिम्रा पति ?
सुनेकी छ्यौ कहिल्यै प्रार्थना गरेका तिम्रा नाममा ?

 

Continue reading


गजल

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

लगाएर चोट दिलमा लायौ मलम फेरी
गर्दै माया यादहरू दिलाई हरदम फेरी।।

खवर लेख्न आतुर मन माया ओेकलेर
ओेकलिन्छ पिडा समाएर कलम फेरी।।

सहन त सहे पिडा थापिएन हात कैले
संगालेर राखे माया हुन्छ रमझम फेरी।।

 

Continue reading


‘लोग्ने’

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

छाड् विन्ति,
हक़ अधिकार र समानता खोज्न
जबसम्म
तिम्रो संगत ति नारीसगँ हुन्छ
तबसम्म तिमी परिवर्तन हुन सक्दिनौ
माईली साईली र ठुलीकान्छी
श्रीमानलाई मेरो बाबा भन्नेहरुले
बिगारेका छन् तिमीलाई
श्रीमान र बाबा चिन्न नसक्नेको
संगतमा लागेकी छौ तिमी
बिर्सेकी छौ आफ्नो क्षमतालाई–

 

Continue reading


एम. पि. आस्थाका मुक्तकहरूः

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

सबेरै उठेर लाग्नुछ आफ्नो कामको बाटो
दिनभरि दुःखपछि पक्का जोह हुन्छ आटो ।।
गर्व गर्नु पर्छ परजिवि बन्नु परेन भने साथी
मेट्टिन्छ भावीले लेखेको दुर्भाग्यको टाटो ।।

मुटुको टुक्रा बन्यौ र त आज्ञाकारी छौ छोरा
विश्व सामु चिनिने एक चर्चित आफु हौ छोरा।।
भविश्यको खोजीमा छु अभाव हुन दिन्न पनि
दिनको थकान रातको निद्रा मानिन धौ छोरा।।

 

Continue reading


एम. पि. आस्थाका केही मुक्तकहरूः

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

तिम्रो सम्झनाले पागल बनायो
भुल्न नसकिने हरपल बनायो।।
न सकिन्छ यादहरु हलचल गर्न
मायाको शिखर अटल बनायो।।

केवल एक पल त मलाई हेर
जुन मुस्कुराऊछ त्यति खेर।।
खुशि दुबैको ऊस्तै छन् रत
प्रेमको डोरीले नै मलाई बेर।।

 

Continue reading


सहदेव केसीका केही मुक्तकहरूः

Sahadev, Kc, Ktm, सहदेव केसी, pallawa, पल्लव

सहदेव केसी

तिमी गर्छौ संधै वीर पुर्खाका गौरबका कुरा
म गर्छु तिमी र मैले गरेका पौरखका कुरा
इतिहासमा हैन बर्तमानमा गरेका राम्रा काम
लगेर देखाउ अनि भन यी मैले गरेका कुरा ।

साथी बन्नु छ रमाउन मलाई च्वाँकको
जीवन बिताइयो अाजसम्म बेफ्वाँकको
फोहरको डङ्गुरले भरिएको देश र बुध्दि
सुग्घर नभए नि फोहरी सुँगुर घ्वाँकको ।

 

Continue reading


यसपालीको दसैँ

Ramesh, Shubechchhu, Ktm, रमेश सुभेच्छुक, pallaw, पल्लव

रमेश सुभेच्छुक

भोकै छन् कति पेट भोक नमरी टीका मुछूँ के गरी
रातै छन् रणभूमि घाउ नबसी रातै बरुँ के गरी
सेता चामलमा म रक्त रङले रङ्ग्याउनै त्रस्त छु
टीका थाप्न म जान्छु जान्नँ घरमा दोधार दोधार छु ।

यौटा किन्छ खसी बटुल्छ मसला, गाँसैविना छन् कति
यौटा फेर्छ नवीन वस्त्र गहना नाङ्गै रुदैछन् कति
लुक्तै चढ्छ दसैँ उचा घरहरु हेर्दैन झुप्रातिर
खै कस्तो कसको खुसी कति लिई आयो दसैँ आखिर ।

 

Continue reading


१७ अक्षरीय गजल

Sarmila, Kuinkel, ktm, शर्मिला गाैतम ‘सरू’, pallawa , पल्लव

शर्मिला गाैतम ‘सरू’

बेदनाले जल्छ मुटु,जल्न दिउँ कहिलेसम्म।
तिमी भन्दै चल्छ मुटु चल्न दिउँ कहिलेसम्म।

निरन्तर छ यो मनको पागलपन बड्दैगको,
आफैंलाई छल्छ मुटु छल्न दिउँ कहिलेसम्म।

खोलाको दुई किनारा हामी बनिसकेका छौ,
तिम्रै तिरमा ढल्छ मुटु ढल्न दिउँ कहिलेसम्म।

 

Continue reading


गजल

Sarmila, Kuinkel, ktm, शर्मिला गाैतम ‘सरू’, pallawa , पल्लव

शर्मिला गाैतम ‘सरू’

चिसो छ सीरानी भन्यौ तिमीले, पोखिएछ पानी भनेर ढाटेँ ।
आँशु सँगै हाँसो किन हो भन्यौ, यस्तै हो बानी भनेर ढाटेँ ।।

तस्विर तिम्रै आखाँ भरि थियो, हर धड्कनमा तिम्रै मात्र नाम
छामेर मुटु कोही छ की भन्यौ, छिन एउटी नानी भनेर ढाटेँ ।।

लेख्दै थिएँ म पोख्दै थिएँ, सम्बन्ध हाम्रो उतार्दै थिएँ
हेरेर सोध्यौ के लेख्यौ भनि, थियो एक कहानी भनेर ढाटेँ ।।

 

Continue reading


गजल

Sarmila, Kuinkel, ktm, शर्मिला गाैतम ‘सरू’, pallawa , पल्लव

शर्मिला गाैतम ‘सरू’

चिसो छ सीरानी भन्यौ तिमीले, पोखिएछ पानी भनेर ढाटेँ ।
आँशु सँगै हाँसो किन हो भन्यौ, यस्तै हो बानी भनेर ढाटेँ ।।

तस्विर तिम्रै आखाँ भरि थियो, हर धड्कनमा तिम्रै मात्र नाम
छामेर मुटु कोही छ की भन्यौ, छिन एउटी नानी भनेर ढाटेँ ।।

लेख्दै थिएँ म पोख्दै थिएँ, सम्बन्ध हाम्रो उतार्दै थिएँ
हेरेर सोध्यौ के लेख्यौ भनि, थियो एक कहानी भनेर ढाटेँ ।।

 

Continue reading


गजल

Rabat, Rabat, ktm, राबत राबत, pallawa , पल्लव

राबत राबत

आहा यार, तिम्रो त घर पनि बजार जस्तो !
कोही किनिन, कोही बेचिन तैयार जस्तो ।

यो बाटोमा जस्ले मुट्ठी उठाएर हिँड्न सक्छ
एक्लै पर्ला उ, तर देखिन्छ हजार जस्तो ।

नतात्तिकन, नगलिकन, नपिट्टिइकन
कसले पाउँछ जिन्दगी सुनैको हार जस्तो ।

 

Continue reading


नौ नम्बरकी

Indira, Prasain, KTM, इन्दिरा प्रसाई, pallawa, पल्लव

इन्दिरा प्रसाई

आर.बी., म एक महिनाको छुट्टी जाँदै छु, साहेबले बल्लतल्ल मान्यो । पाँच वर्ष जाँदै छु । तिम्रो चिठीपत्र भए पठाऊ, लगिदिन्छु तर मालसामानचै लादिन है ! अहिले भन्दिया छु । अस्तिको पल्ट तिमीहरूको सामान बोक्ने भएर उता एयरपोर्टमा लगेज भारी भएर उल्टै दण्ड पर्‍यो । यसपालि कसैको पनि कुनै सामानचै नलाने । साथीभाइको चिठीपत्र भने लगिदिन्छु कि कसो ! रामचन्द्र घर जाने उत्साहमा बोल्दै थियो । रामचन्द्र जसलाई यहाँ साहेबले आर.सी. भनेर बोलाउछ, त्यसैले ऊ सबैको आर.सी. हो । त्यसै गरी आर.बी.चाहि रामबहादुर हो । साहेबले लामो नाउ बोलाउने झन्झट नगरी सबैको नाउ छोट्टयाइदिन्छ । उनीहरू तीन जना नेपालीबाहेक दुईजना भारतीय केटीहरू र चार जना बङ्गलादेशी केटाहरू पनि यहाँ छन् । भारतीय केटीहरू चन्द्रावतीलाई सी.भन्छ साहेबले र मधुमालतीलाई एम.मात्रै भन्छ ।

 

Continue reading


गजल

Shila, Karki, ktm, शीला कार्की, pallawa  , पल्लव

शीला कार्की

पल पलमा तड्पाएर जिउदै मार्यौ सानू !
तिम्रै हुन्छु भन्दै मलाई एक्लै पार्यौ सानू !!

तिमी बाहेक यो मुटुमा कोहि छैन भन्थ्यौ !
म बस्ने मुटु त्यो काँडेतारले बार्यौ सानू !!

कस्तो खेल खेल्यौ तिम्ले सधै मैले हार्नु पर्ने !
भित्र हाँस्यौ अनि बाहिर आँसु झार्यौ सानु !!

 

Continue reading