बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa ,पल्लव

दिनेश क्षेत्री

एक्लै हुँदा दिल यहाँ , मुटु थर्थरायो ।।
सम्झे जसै सब कुरा , मन बर्बरायो ।।

बाकी छ आशु पिउँने , बिरही नशामा
खल्लो थियो जल जसै , पृत चर्चरायो ।।

प्रेमी बियोग धुनको , रस यौवनैमा
कुल्ची गएर सपना , तन जर्जरायो ।।

 

Continue reading


बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

खाली छ है काख यो , आई बसे हुन्छनी ।।
जाने भएँ साथमा , कम्बर् कसे हुन्छनी ।।

लज्जावती फूल झै , बास्ना छरी सर्मले
सर्माउँदै घाटको , बाटो पसे हुन्छनी ।।

तिम्रै मिठो स्वरमा , बोलाउँछौं रातमा
बोल्दै मिठो स्वादको , चिल्लो घसे हुन्छनी ।।

 

Continue reading


बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

न खेल चाल त्यो , न रोज खाल त्यो ।।
र खोज देश यो , न सोध हाल त्यो ।।

पसे छ राज्यमा , मुसो भई यहाँ
सकेन बुझ्न क्यै , बिदेश चाल त्यो ।।

रक्षा त गर्नु थ्यों , जमीन आफुले
बिदेश चाकडी , कुरीति फाल त्यो ।।

 

Continue reading


बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

देखे म फूलेको , कोपिला हाली ।।
नाच्दै छ बोटैमा , फूलको डाली ।।

रोएछ डाली त्यो , कोपिला चुड्दा
डुब्दै छ गोहीको , ऑसुमा माली ।।

फक्रीन खोजे थों , कल्पना बोक्दै
कीटाणु लागेसी , लाग्छ के बाली ।।

 

Continue reading


बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

न खेल चाल त्यो , न रोज खाल त्यो
र खोज देश यो , न सोध हाल त्यो ।।

पसे छ राज्यमा , मुसो भई यहाँ
सकेन बुझ्न क्यै , बिदेश चाल त्यो ।।

रक्षा त गर्नु थ्यों , जमीन आफुले
बिदेश चाकडी , कुरीति फाल त्यो ।।

 

Continue reading


बहरबद्ध गजल

 

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

जीबन भार यो सहदै , छ आज हिनेको त्यो
दुःख माथि सुखै दिन हो , हजार पिनेको त्यो ।।

सुन्दरता यहाँ छ जती , दिएछ सबैलाई
चिन्नु र जान्नु नै सबले , भनेर बिनेको त्यो ।।

सत्य युगै गयो जब यो , कुरा बुझिनन् उन्ले
धर्म र कर्म रैंछ ठुलो , र जन्म दिनेको त्यो ।।

 

Continue reading


यस्ताे लाग्याे अाज ।

Bhawani , Kshetri, भवानी क्षेत्री, pallawa, पल्ल

भवानी क्षेत्री

झुठकाे खेती गर्नेहरु
उपयाेगकाे ब्याड राखेर
प्रयाेग गरिरहेछन्
मान्छेकाे जातलाई
अाफै।जाे सधै हारिरहेकाे छ
अाफ्नाे खुसीकाे निम्ति अरुलाई
बारम्बार मारिरहेकाे छ
तर पनि एकनासले
अाँसु झारिरहेकाे छ।
सुख शान्ती र खुसी केमा छ
बुझ्न नसकेर अाफैलाई
अलमलमा पारिरहेकाे छ।

 

Continue reading


गजल

Bhawani, Kshetri,भवानी क्षेत्री, pallawa, पल्लव

भवानी क्षेत्री

परेलीले दुबै आँखा छोपिराख्नू है
बगिजाला मोतीदाना रोकिराख्नू है ।

शब्दभन्दा मिठो भाषा आँखा बोल्दछन्
तिनै प्यारा आँखाहरु खोलिराख्नू है ।

हिड्दै जाँदा काँ पुगिन्छ भन्न सकिन्न
मन जित्ने दुई–चार शब्द बोलिराख्नू है ।

 

Continue reading


ती फूलहरु

Bhawani, Kshetri,भवानी क्षेत्री, pallawa, पल्लव

भवानी क्षेत्री

ती फूलहरु
जो फुल्दछन् र झर्दछन्
२)ती फूलहरु

ती फूलहरु
जो फुल्दछन् र झर्दछन्
ती फूलहरु मात्र एक याम फुलेर
जो झर्दछन् र मर्दछन्
मन पर्दैन मलाइ
अहँ पटक्कै मन पर्दैन ।

 

Continue reading