राज छेत्री ‘मदन’ का केही मुक्तकहरूः

Raj, Kshetri, Madan, राज छेत्री ‘मदन’, pallawa, पल्लव

राज छेत्री ‘मदन’

गफ मात्र बड़ी भयो, मनन गर्न बाँकी छ ।
निराशा मात्र फैलियो आशा छर्न बाँकी छ ।
नेपाललाई भुगोल मात्र किन ठान्छौ हे बन्धु ।
हजारौ रङ्गको मिश्रणले फूलबुट्टा भर्न बाँकी छ ।

सकीएन प्रयोग गर्न, खेर गयो कती जवानी।
नकारात्मक मात्र सोच्ने, के भयो हाम्रो बानी।
काठमांडौको झिलिमिली मात्र नेपाल नसम्झ।
हेर सुत्केरी दार्चुलाकी र कर्णालीको पानी।

 

Continue reading


गजल

Abhi, Kshetri, Samarpan, अभि क्षेत्री 'समर्पण', pallawa, पल्लव

अभि क्षेत्री ‘समर्पण’

निस्किए आफ्नै भन्नेहरू प्रतिगामी बनेर ।
देखाउँनुछ मलाई पनि अब हरामी बनेर ।

आफ्नोपनको महसुस ज्युँदैमा गर्न सकुँ,
मर्दा त दुश्मन पनि आउँछ मलामी बनेर ।

दुनियाँलाई बाड्ने प्यार् बेची दिनु तिमी,
आयो भने कोही पैसावाल असामी बनेर ।

 

Continue reading


गजल

Anjan, Kshetri, Prem, अन्जान क्षेत्री ‘प्रेम’, pallawa, पल्लव

अन्जान क्षेत्री ‘प्रेम’

मायामा तिमीनै प्राप्ति भन्ने आशा उम्लियो !
तर मायाको परिणाम धोका हो भन्ने बुझियो!!

जुन दिन रोज्यौ महल, रोयो मेरो यो झुपडी !
मेरो झुपडीले तिमीलाई कुरेर बसेको थियो!!

पायौ होला अन्तै भने जस्तै सोचे जस्तै साथ !
मलाई तिम्रो अभाबले नै अनाथ बनाई दियो !!

 

Continue reading


गजल

Diwash, Diwash, Kshetri, Shreekot, दिवश क्षत्री श्रीकोट, pallawa, पल्लव

दिवश क्षत्री श्रीकोट

योगदान गर अवैधान नगर बिन्ती
सम्मान गर अपमान नगर बिन्ती ॥

भन कसलाई दोष दिनॆ म मरॆ सि
बाजुन्जेल मॆरो बयान नगर बिन्ती ॥

दिवश बानीयाँ विवस भएको बेला
बिन्ती छ मलाई हैरान नगर बिन्ती ॥

 

Continue reading


गजल

Diwash, Diwash, Kshetri, Shreekot, दिवश क्षत्री श्रीकोट, pallawa, पल्लव

दिवश क्षत्री श्रीकोट

जवरजस्ती मन पराउनु राम्रो होइन
यथार्थ नजानी सताउनु राम्रो होइन

मेरो औकात छैन महङ्गौ प्रेम किन्ने
प्रेमको मूल्य दोहोर्याउनु राम्रो होइन

धर्तीको धुलोलाई स्वर्गकी अप्सराले
धुलो, महीलो अपनाउनु राम्रो होईन

 

Continue reading


गजल

Anjan, Kshetri, Prem, अन्जान क्षेत्री ‘प्रेम’, pallawa, पल्लव

अन्जान क्षेत्री ‘प्रेम’

जीवनको फरक कहानीमा छु अचेल !
म बचपना बिर्सेर जवानीमा छु अचेल !!

म त खुसी उधारो दिने कारोबार गर्छु !
फिर्ता न हुँदा नोक्सानीमा छु अचेल !!

आफैले बनाएको घर आफैले जलार्इ !
नसोध हालचाल खरानीमा छु अचेल !!

 

Continue reading


अन्जान क्षेत्री ‘प्रेम’का तीन गजल

Anjan, Kshetri, Prem, अन्जान क्षेत्री ‘प्रेम’, pallawa, पल्लव

अन्जान क्षेत्री ‘प्रेम’

गजल– १,
स्वार्थीहरुको त्यो महाजुलुसको मितिमा !
तिमीलाई चुनिएको छ प्रमुख अतिथिमा !!

धनी महलमा बस्नेहरु संग सोधी रहेछु !
माया किन प्राप्ति हुदैन?हामी गरिबीमा !!

एकतर्फी प्रेम कहिल्यै नलागोस कसैको !
शत्रुता लागोस ऋण लागोस जिन्दगीमा !!

 

Continue reading


बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

छिनैमा खुशी, उमारेर छोड्यौँ
चुमे झै गला, मुसारेर छोड्यौँ ।

लुकेका थिए, ति पर्दा पछाडि
नशा प्रेमको, उतारेर छोड्यौँ ।

अचम्मै थियो, चढेको जवानी
हिजो रातिमा, उधारेर छोड्यौँ ।

 

Continue reading


बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

साथमा बस्दा तिम्रो, प्यारले माला उन्थ्यो ।।
बातमा केही हुन्थ्यो, मातमा केही हुन्थ्यो ।।

खोजिमा हिड्दा पैसा, प्रेम भो बाँझो बारी
जीवनी ढल्की बित्दा,बैशको माया गुन्थ्यो।।

पुर्व थ्यो मेची कोशी, मस्त थ्यो काली सेती
ती नदी बग्दा मेरो, बेगले छाती छुन्थ्यो ।।

 

Continue reading


दिनेशका एकजोडी बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

बहरबद्ध गजल– १,
देख्छु प्यारी सुन्दरी, रातो सारीमा ।।
भेट्न आऊ मञ्जरी, रातो सारीमा ।।

गर्छु लैला मञ्जु झै, त्यस्तै माया म
बस्नु मेरी मन्करी, रातो सारीमा ।।

हेर्छु फोटो यो सधै, मनको आखाँले
लाग्छ राम्री जल्परी, रातो सारीमा ।।

 

Continue reading


बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

धेरै सम्झिदै, होलान् दिदी बैनी ।।
फोटो पर्सिदै, होलान् दिदी बैनी ।।

आयो पर्व यो, दोस्रो ठुलो चाड
पक्कै झोक्रिदै, होलान् दिदी बैनी ।।

सातै रङ्गको, टीका बनाएर
बाटो पर्खिदै, होलान् दिदी बैनी ।।

 

Continue reading


बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

हुदैन सेतो घोटी, कालो अँगारलाई ।।
सुधार्नु तिम्ले आफ्नो, थोत्रो बिचारलाई ।।

नबाँच्नु ब्याधो जस्तै, स्वार्थी बनेर आज
यो देश जन्ता तिम्रा, हैनन् सिकारलाई ।।

नदी र खोला जस्तै, जान्छौ बगेर पक्कै
मिसिन्छ पक्कै सागर्, भुल्छौ किनारलाई।।

 

Continue reading


गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

पैसा पैसा भन्दा भन्दै, बाटो बिर्सियौँ ।।
सँगै ज्यूँने जिन्दगीको, पाटो बिर्सियौँ ।।

खाडी पस्छ्न् कैयौं यूवा, बोक्दै क्यै सप्ना
आफ्नो जन्मै भूमीको त्यो, माटो बिर्सियौँ ।।

खायौ थोरै पिँजा बर्गर्, धेरै काँचो खब्बुस
ढिडो भात रोटी पीठो, आटो बिर्सियौँ ।।

 

Continue reading


बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

जे जे भन्छौ यार तिमीले, सबै मानें मैले ।।
जल्दै जल्दै मैन सरी भै, सधै धानें मैले ।।

रैछौँ झाँक्री काम चलाई, निको पार्ने रोग
आगो रैछौँ नीर भएको, यहीँ ठानें मैले ।।

हुन्थ्योँ एक्लो जीवन राम्रो, भनेथें ज्योतीसी
जान्दा जान्दै दु:ख दिने पो, चरी छानें मैले ।।

 

Continue reading


बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

मीठा बात मारौं , आऊ रातमा ।।
यौटा फूल सारौं , आऊ रातमा ।।

आँखा भित्र माया , फेवा ताल झै
गंगा बन्छ तारौं , आऊ रातमा ।।

चढ्दो बैँस तिम्रो , लाली ओठको
माया सँग खारौं , आऊ रातमा ।।

 

Continue reading


बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

थियो जवानी ,अनुहारमा ।।
र पो बिकेकी ,छ बजारमा ।।

हिमाल जस्तै , चुचुरा छन
चढे उकालो , म हतारमा ।।

अथाह चाहा , मनका जति
सबै छ भन्छन् , दरबारमा ।।

 

Continue reading


बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

टाढा भएँ त के भयो , माया अथाह छ ।।
साँच्चै पृया तिमी प्रती , बैसालु चाह छ ।।

डोली चढाइ प्रेमले , ल्याएँ म साथमा
सुर्ता र पीर के गर्छौ , मेरो निगाह छ ।।

गर्मी सहेछु ज्यानले , पोल्दा म घामले
तिम्रै छ मात्र यादको , हावा प्रवाह छ ।।

 

Continue reading


गजल

Samir, Kshetri, Singar, समीर सींङ्गर , pallawa, पल्लव

समीर सींङ्गर

जानि,जानि भारी बनाए आफ्नै जिन्दगीलाई
चोटसहने पियारी बनाए आफ्नै जिन्दगीलाई

जिन्दगानी रंगहिन पानी होरैछ भन्ने थाहाँ भो
पिडाभित्र चौतारी बनाए आफ्नै जिन्दगीलाई

तिमी जुनेलि रातको जुन हुँ भन्छ्यौ भनेपनि
मायााको भिकारी बनाए आफ्नै जिन्दगीलाई

 

Continue reading


बहरबद्ध गजल

Samir, Kshetri, Singar, समीर सींङ्गर , pallawa, पल्लव

समीर सींङ्गर

आज मेरो जिन्दगीको अध्यन पूरा भा,छ
पछाडिएर दुबै दुबैमा मध्यन पूरा भा,छ

खोज्दै त बढे रातदिन कहिँपनि भेटाईन
यो दुनियाँमा मान्छे सज्जन पूरा भा,छ

बढिरहे झन अघि अघि पाईन अल्झिरहे
सकियोछ रमितामा भज्जन पूरा भा,छ

 

Continue reading


दिनेशका केही मुक्तकहरूः

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

खोजेको थें शान्ति आवास मेरै देश भित्र ।।
भेटे मैले क्रान्ति आयास मेरै देश भित्र ।।
मन्को आँखा खोली हेरे अझै के के हुने हो
देख्छौ अनेक भ्रान्ति आभास मेरै देश भित्र ।।

पैसा रहेछ ठूलो यसैमा अल्झिन्छ मान्छे ।।
दासी बनेर ज्यूँदै बसैमा अल्झिन्छ मान्छे ।।
झेली रहेछ द्योता बिसाएँ बिन्ती अनेक
ढुङ्गा पुजेर कैल्ये कसैमा अल्झिन्छ मान्छे ।।

 

Continue reading