गजल

Krishna, Ghimire, Gaule, कृष्ण घिमिरे "गाउँले", pallawa, पल्लव

कृष्ण घिमिरे “गाउँले”

अचेल गमलाको फूल मुस्कुराउन बिर्सियो ।।
जब सपना लुटिए गरीब निदाउन बिर्सियो ।।

छोराले शहरमा बिहे गर्यो घरजम जमायो;
बाआमा बिर्सीयो जन्मघर आउन बिर्सियो ।।

एक दिन आश्रममा जम्काभेट भो आमासंग;
मैले चिन्दिन भन्यो छोराले बोलाउन बिर्सियो ।

 

Continue reading


गजल

Krishna, Ghimire, Gaule, कृष्ण घिमिरे "गाउँले", pallawa, पल्लव

कृष्ण घिमिरे “गाउँले”

अचेल गमलाको फूल मुस्कुराउन बिर्सियो ।।
जब सपना लुटिए गरीब निदाउन बिर्सियो ।।

छोराले शहरमा बिहे गर्यो घरजम जमायो;
बाआमा बिर्सीयो जन्मघर आउन बिर्सियो ।।

एक दिन आश्रममा जम्काभेट भो आमासंग;
मैले चिन्दिन भन्यो छोराले बोलाउन बिर्सियो ।

 

Continue reading


गजल

Sudama, Krishna, सुदामा कृष्ण, pallawa, पल्लव

सुदामा कृष्ण

यो संसार यति ठुलो छ कि दुरिलाई के दोष ?
मान्छेका आफ्नै भोगाई मजबुरीलाई के दोष ?

दर्द के हो पिडा के हो दुखेको दिललाई सोधौं
रेटिने अचानो नै भएपछी खुकुरीलाई के दोष ?

गजुर बसोस या घामपानी पसोस उ शिरै हो
बनाउनेले जे सोच्यो बनायो धुरीलाई के दोष ?

 

Continue reading


गजल

Sudama, Krishna, सुदामा कृष्ण, pallawa, पल्लव

सुदामा कृष्ण

कस्तो हुन्छ फुलको रस महबाट बुझ्नु हजुर
कस्तो पिडा जिन्दगीमा वहबाट बुझ्नु हजुर ।

दुनियाँ भन्छ मलाई नयन कहिल्यै रोएन अरे
यी गजलका मर्म खस्ने गहबाट बुझ्नु हजुर !!

तन सफा चित्र सफा चरित्रको ख्याल कसलाई
मुस्कुराउँछ कमलको फुल दहबाट बुझ्नु हजुर ।

 

Continue reading


रामकुमार श्रेष्ठ “फुच्चे”का पाँच मुक्तकः

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

झूपडी र खरबारी को माया गर्ने आमा अचेल,
कटेरा र घरबारी को माया गर्ने आमा अचेल ।
विस्तारा विछ्यौना मै रोगी जीवन बिताउदैछिन्,
अभाव र भोकमरी को माया गर्ने आमा अचेल।।

बाचाकसम तोडीगयौ त्यही मलाईप्यारोलाग्यो,
जहातिमी छोडीगयौ त्यही मलाईप्यारो लाग्यो।
यता मैले बोतल खोले तिम्लाई भूल्ने बाहानामा,
बाटोअन्तै मोडीगयौ त्यहीमलाईप्यारोलाग्यो।।

 

Continue reading


सहनशीला नारी !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

वृद्धा-वृद्धहरू र बाल सबको आशा भरोसा यिनी
दु:खी औ असहायनिम्ति यिनकै मिल्ने दिलासा पनि
आफन्ती र समाजखातिर सधैँ खट्छिन् यिनै कर्ममा
थाकेरै पनि शान्त छिन् न त यिनी चुक्छिन् कुनै धर्ममा !

बारी-खेत र दाउरा वन सधैँ पुग्नैछ खोला तरी
दुख्दो हो उनको शरीर घरको सम्पूर्ण धन्धा गरी
हुन्थ्यो मालिस देहको पति खटे मिल्थ्यो कि खाना मिठो ?
लाग्दो हो सहयोग पाउन सके तंग्रेर उठ्थें छिटो !

 

Continue reading


श्वान-हनुमान लीला !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

हिजोको सहयोद्धा साथी
सत्ताधारी आज कमाल !
तेरो विगत दु:स्वप्नझैँ
आज भइस् क्या मालामाल !

ईर्ष्या गर्ने गर्दैरहन्छन्
भोका-नाङ्गा सब बेहाल
रिसले मर्ने मर्दै गर्छन्
जित्नेहरूकै हो नेपाल !

 

Continue reading


चक्रव्यूह !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

आ-आफ्ना काँधमा भिरेका
ठुल्ठुला झोलाहरूमा
घोषणापत्रका नयाँ संस्करणका साथ
परिवर्तनका केही सुन्दर सपना
महझैँ मीठा आश्वासन तथा
अलिकति लज्जा र
अलिकति क्षमायाचनाका
नयाँ प्याकेजहरू बोकेर
घोषित शत्रुहरूप्रति आक्रामक
तर हामीप्रति नतमस्तक बन्दै
हिमाल-पहाड-तराईका
गाउँ-सहरभित्र पस्दैछन्

सुरक्षाका चौघेरासाथ
अब फेरि विदूषकहरू !

 

Continue reading


चुनाव आउँदैछ हजुर !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

वर्षेनी सयौँ बिघा खेत काट्ने नदीमा
यस वर्ष तटबन्ध बन्दैछ,
अझ खुसीको अर्को कुरा
योजनामा परिसक्यो रे-
यस विकट नदीमा
अब पुल पनि बन्दैछ !
घर-घर छाप्रा-छाप्रामा
बिजुली र धारा पुग्दैछ
भोक-रोग र गरीबी अब
पातालभित्र लुक्दैछ !

 

Continue reading


‘विनाकाममा कविता’

Krishna, Paudel, कृष्ण पाैडेल, pallawa, पल्लव

कृष्ण पाैडेल

न त काम न दाम हुँदा कविता !
भर पेट न माम हुँदा कविता !!
कि त बन्द र जाम हुँदा कविता !
दुख-दर्द तमाम हुँदा कविता !!

अति बन्धन क्रन्दन मा कविता !
दिनरात छ रोदन मा कविता !!
छ छुवाछुत को छल मा कविता !
अपमान तिता पल मा कविता !!

 

Continue reading


जिन्दगीकै साँझमा

Krishna, Wasti, कृष्ण वस्ती,pallawa, पल्लव

कृष्ण वस्ती

बाँच्नुमात्रै पर्दोरैछ घामपानीकै माझमा
इन्द्रधनु खुल्दोरैछ जिन्दगीकै साँझमा

नलाएको साइनो पनि लगाऊँ-लगाऊँजस्तो
बैगुनीलाई गुनले मारी सताऊँ-सताऊँजस्तो
तन छोडी उसैलाई मन चैं भगाइदिउँ कि?
नलेखेरै गीतलाई मीठो धुन सजाइदिउँ कि

बाँच्नुमात्रै पर्दोरैछ घामपानीकै माझमा
इन्द्रधनु खुल्दोरैछ जिन्दगीकै साँझमा

 

Continue reading


स्मृति-तरङ्ग !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

मसंग हाँस्थिन् प्रणयी तरङ्गमा
पोख्थिन् सधैँ हार्दिकता उमङ्गमा
लुक्थें म खोजेर उनै समाउँथिन्
मेरी पियारी मसँगै रमाउँथिन् !

छाया बनेरै नित साथ धाउँछिन्
छोइन्न त्यो रुप कता हराउँछिन्
उर्ली व्यथाका जब छाल आउँछन्
आँखा भरिन्छन् र सबै भिजाउँछन् !

 

Continue reading


रातारात !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

कसरी यो जंगे खम्बा सर्यो रातारात ?
आफ्नो वास विदेशमा पर्यो रातारात
अघिपछि नेताजीका नाराहरूबाट
उर्लिन्थ्यो त राष्ट्रियता मर्यो रातारात ?

पक्की बाँध सिमानामै उँभ्यो रातारात
घर-छाप्रा, खेती-बाली डुब्यो रातारात
सुनिदैन विरोधको स्वर कतै चर्को
‘ठुले’छेउ स्वाभिमान गुम्यो रातारात ?

 

Continue reading


अनुरोध !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

गुण्डा, मुन्द्रे, डन सब मिली गर्दछन् राजनीति
तोड्ने फोड्ने बल-तुजुकमा बोल्दछन् भाँति-भाँति
नेता-मन्त्रीसँग सहजले जोडिएझैँ गलामा
साखुल्ले भै मन जितिलिने पोख्त छन् यी कलामा !

सानो-ठूलो जुन पनि यहाँ घोषणा होस् चुनाव
या होस् उल्टो सबतिर कुनै आइलागोस् तनाव
आफ्ना मान्छे भनिकन यिनै व्यक्तिको खोज हुन्छ
डुङ्गा टार्ने ‘चतुर’ यिनको रोज नै भोज हुन्छ !

 

Continue reading


गजल

Krishna, Paudel, कृष्ण पाैडेल, pallawa, पल्लव

कृष्ण पाैडेल

म छु यो सृष्टिको वारि,तिमी पारि कहाँ पर ?
बीचमा शून्यताको छ,अपार जलसागर !!

बाक्लो वादल लागेझैं,बुद्धि भो तमसावृत !
उसै कारण देखिन्नौ,प्रभो ! भुवन-भाष्कर !!

उस्तै अग्लो छ पर्खाल,अहम् को अभिमानको !
साक्षात्कार गरूँ मैले,कसरी ? श्यामसुन्दर !!

 

Continue reading


सयौं बार मर्ने स्वयं हुँ !!!

Krishna, Paudel, कृष्ण पाैडेल, pallawa, पल्लव

कृष्ण पाैडेल

प्रतिज्ञा सबै सामु गर्ने स्वयं हुँ !
नमर्दै सयौं बार मर्ने स्वयं हुँ !!

गरे कर्म सच्चा म चुम्थेँ उँचाइ !
असत् तर्फ गिर्ने र झर्ने स्वयं हुँ !!
कसैमा भए आँट छोएर हेरोस्
दुराचारको बीज छर्ने स्वयं हुँ !!

तमासा म हेर्दैछु यो देश तोडी !
विषादी सबैभित्र भर्ने स्वयं हुँ !!
सकेदेखि मेरो कठालो समात !
सधैं देशको चीर हर्ने स्वयं हुँ !!

 

Continue reading


श्वान-हनुमान लीला !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

हिजोको सहयोद्धा साथी
सत्ताधारी आज कमाल
तेरो भूत भो दु:स्वप्नझैँ
आज भइस् क्या मालामाल !

ईर्ष्या गर्ने गर्दैरहन्छन्
भोका-नाङ्गा सब बेहाल
रिसले मर्ने मर्दै गर्छन्
जित्नेहरुकै हो नेपाल !

 

Continue reading


“कोही आउला त ?”

Krishna, Paudel, कृष्ण पाैडेल, pallawa, पल्लव

कृष्ण पाैडेल

दाना र खाना पनि सक्किएछ!
छाना र नाना पनि मक्किएछ!!
यो दर्द बुझ्ने मन आउला त ?
सच्चा हितैषी जन आउला त ?

शिकारका बङ्गुर छन् बजार!
विकारका डङ्गुर छन् हजार !!
कोही हुरी भैकन आउला त ?
नचाहिने तत्त्व उडाउला त ?

 

Continue reading


हात्ती आयो…..?!

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

कोही दक्षिण छन् र उत्तर कुनै, छन् पश्चगामी पनि
कस्तो यो विपरीत जोड ? कसरी सत्ता चलाऊन् यिनी ?
न्यायाधीश र राजदूत दलकै छानिन्छ बन्डा गरी
आफ्नो राष्ट्रिय स्वाभिमान, गरिमा राख्लान् यिनी के गरी ?

यौटा भन्दछ एकथोक, त्यसको उल्टो अरू भन्दछन्
बाझिन्छन् जब स्वार्थ मित्रहरु नै दुश्शीलझैं बन्दछन्
सत्ताकै चलखेलमा रुमलिई बिर्सिन्छ राम्रा कुरा
त्याग्दै बुद्धि-विवेक हेर कसरी सुर्किन्छ ऊ पाखुरा !

 

Continue reading


गजल

Krishna, Gc, Kapila, कृष्ण जि.सी 'कपिल', pallawa, पल्लव

कृष्ण जि.सी ‘कपिल’

घट्दै घट्दैन दुखको सतह भनेर के हुन्छ र?
मनको बह कसैलाई नकह भनेर के हुन्छ र??

आफ्नैहरू झम्टेर बोल्छन् पराईको के कुरा?
सम्झिदा अतित भरिन्छ गह भनेर के हुन्छ र?

उर्लेर आउँछ कर्णाली भेरी एकैसाथ मनमा
भरिन्थ्यो पोखरी हुन्थ्यो दह भनेर के हुन्छ र?

 

Continue reading