‘नशा’

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

साच्चै!
मलाई, थाहै भएन
कतिबेला चढ्यो यो रौनक…..
कुन कालमा बेचिएं खै! आफैसंग…

श्रावण महिनामा
झमझम परिरहेको झरी रोकिएर
भर्खर!
पूर्ण रवि झुल्केको बेला …….

यी,
मेरा दृष्टि … एकटकले
एकोहोरीएका छन् …
त्यो दनदनी जलिरहेको चिता माथी।

Continue reading

योद्धा पनि हौं नि साथी

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

अनेक अस्तित्व छ साथ राख्नु
र मौनतामै युग जित्न हिँड्नु
घमण्ड त्यागी छ नि बढनु माथि
हामी त योद्धा पनि हौं नि साथी

लौ कर्म गर्दै सब दंग पार्छु
यी दृष्टि बाटै म धरा सिँगार्छु
अठोट यस्तै हिँड धैर्य राखी
हामी त योद्धा पनि हौं नि साथी

Continue reading

“के अर्थ भो ज्ञानको”

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

लाखौं कर्म कुकर्म चुन्नु मनमा सोंच्ने र देख्ने कुरा
आफ्नो अर्थ अनर्थ सार मुटुले के हो त थेंग्ने कुरा!
एक्लो त्रास हुनेछ भित्र मनमा धोका दिने मुर्खको
लौ सम्मान स्वमं हुँदैन जब त्यो के अर्थ भो ज्ञानको ।

मान्छे बौद्धिक ज्ञान भर्छ मनले आफ्नो पला तर्दछ
मान्छे हो जुन कष्ट मार्फत नयाँ बास्ना कला छर्दछ
भेंडाले पनि सुन्छ काव्य सरिता धम्की दिए त्रासको
उस्तै मेष समान कर्म छ भने के अर्थ भो ज्ञानको ।

Continue reading

“मेरो मन भन्छ”

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

हेर्दा मोहक् जलथल अहो स्वर्ग भन्दा छ राम्रो
पूरै धर्ती झलमल हुने, वीर नेपाल हाम्रो
लाखौं योद्धा रण तिर झरे काप्न लाग्थे विरोधी
उस्तै राखौं जन धन सबै वीरताको लगानी ।

डिग्रीले के नहुनु हुन गो! हो नि शिक्षा बिभोर
शिक्षा मात्रै जति छ बलियो आसभर्ने अमोल
सत्ताधारी जब नव भयो फेर्छ देश्को मुहार
आशामै गो सब दिनदिनै दिन्छ कस्ले गुहार ।

Continue reading

“बाबा”

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

बाबा हुन् यी जनक सरिका शक्ति आधार घर्को
बाबा जस्तो प्रभु सबल खै कुन् छ निष्ठा र अर्को
देख्दा आश्चर्यचकित बिसम्भार जस्तै छ पीडा
दिन्छन् यी विस्तृत छ उपमा शिर्ष आचार बाबा

आफ्नो त्यो वंश सविनयता देख्न त्यै चाहनामा
आफ्ना इच्छा अमर रहने छैन कुनै बाहनामा
पूर्खा आकाश अनि धरती छोड्छ सन्तानलाई
आमा नै ओत, सुकुल पिता भोज वर्दानलाई

Continue reading

“उद्घारमा लौ जुटौँ”

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

दागा दीव्य हुँदा हरेक मनमा आशा उदांगो भयो
पीडा दीप्त हुँदै थियो सतहमा आफ्नो पना गै गयो
लाखौं यी जनता लडेर चुनिने यी ठाउँ कस्ता भए
जिब्रो नै सरकार संग नहुँदा गोबिन्द भोकै लडे ।

ईच्छा चाह तुनेर लाख मनमा, आशा भरेरै सुत्यो
आयो दैव रिसाइ गाउँ घर त्यो निद्रा लुटेरै लग्यो
कोशी बाँध थुन्यो उता ति झुपडी डुब्दै गएका थिए
निद्रामै सरकार भर्न सपना ती शत्रु अंगालिए ।

Continue reading

“देशको घाउ”

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

(झ्याउरे लय)
आशाको दीप बाढीको झोक्का आएर निभायो
बाँच्न भो गाह्रो भोगेर पीडा प्रकृति रुवायो
दुखेर छाती गर्जेर माथी ईन्द्र जी उदाए
सत्ता र निति तकिया राखी नेता जी निदाए ।

मरेको आश गड्ने त्यो भूमि भेटेन लासले
छ हेर्ने दैव म भन्दा माथी भनौं के आशले?
भरिन्छ गह शोकले आज प्रकृति देखेर
लुटिईन् आमा सन्तान बाटै विश्वास गरेर ।

Continue reading

युवा र नेतृत्व

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

यी लोकलाई झुपडी मिलेन
मानो र टालो दुखमा भएन
बेचिन्छ उर्जा जब दामलाई
के आस राखौं अब कामलाई ।

के लाग्छ नौलो भवितव्य आए
जागौँ युवा हो ! सब देश खाए
पर्दा बिरामी खुद नै रुँदैन
अज्ञात शिक्षा भयले हुँदैन ।

Continue reading

“सपांग भिखारी”

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

आचार भन्दा पर सर्नुहुन्छ!
मागेर खाने किन गर्नुहुन्छ?
सम्झेर हेर्दा छ हुनै खरानी
गाली नमीठो मुटु भो बिरामी

जोडेर औंला बल हुन्छ एक
कर्तव्य एकै क्षमता अनेक
लाचार नाच्ने रमिता सबैमा
तौलेर पैसा तह बालुवामा

Continue reading

कविता म लेखूँ !!!

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

नेपाल जस्तो थल छैन अन्त
चीसो हिमाली जल छैन अन्त
मेरो हियामा म सबै समेटूँ
मातृत्व बाँच्ने कविता म लेखूँ

“सद्भावनाका” हरदृष्टि राखौं
डाँडा र पाखा छहरा अनेकौं
हो सान मेरै खुकुरी म रेटूँ
बोली नचुक्ने कविता म लेखूँ

Continue reading

गजल

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

नयाँ कार्य थाल्ने, नशामा छु ऐले
म ढुंगा पगाल्ने, नशामा छु ऐले

तिमी भेट मात्रै, सुरा प्यार हुन्छ
म यै दीप बाल्ने नशामा छु ऐले

बढ्यो नित्य आस्था र संवेग मेरो
धरा नै उचाल्ने, नशामा छु ऐले

Continue reading

गजल

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

कि ! देख्यौ मलाई सजायौ सिरानी
सजाई सिरानी बिछायौ जवानी

जहाँ पुष्प फूल्छ त्यहाँ चल्छ बास्ना
भ्रमर फूल चुम्दा होला भाग्यमानी

समालेर आत्मा थियो राख्नु पर्ने
अधरको तपनले भएँ यार पानी

Continue reading

गजल

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

जब फस्छ दिलमा दिल् निकाल्न गाह्रो हुन्छ
तप्प तप्प खस्छ बैस सम्हाल्न गाह्रो हुन्छ

मनै न हो मेरो पनि, आगो र घ्यू तिमी र म !
एक्लै ज्यूने बानी सांच्चै बसाल्न गाह्रो हुन्छ

फक्रेको त्यो कोपिला नि झर्छ पक्कै झर्छ हेर
टुट्छ जव एक दिन दिल पगाल्न गाह्रो हुन्छ

Continue reading

बहरबद्ध गजल

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

तिम्रो साथ पाऊॅ, मात्र यै चाह हो
साथैमा रमाऊॅ , मात्र यै चाह हो ।।

एक्लै आॅसु झार्दै, सानु भन्छ्यौ नरौ
त्यै ज्यानमा रसाऊॅ मात्र यै चाह हो।।

तारा टिप्नु मेरो, हैन ईच्छ्या प्रिय !
ज्यूंने आस् जगाऊॅ, मात्र यै चाह हो ।।

बहरबद्ध गज़ल

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

आँसुको तालैमा तलाएछ यो ज्यान
अर्चनाले ब्यर्थै ढलाएछ यो ज्यान ।।

विर पूर्खा हाम्रा थिए देश योद्दा
बैरि जाग्यो ज्यूँदै जलाएछ यो ज्यान ।।

भो जवानी नौलो कहानी कसैको
कस्तुरी झैँ बास्ना छलाएछ यो ज्यान ।।

Continue reading

छन्दात्मक गजल

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

बनोस् तृप्त मन् आसै हरायो
म ज्यूँने सबै चासै हरायो ।।

कसैको जुनी दीयो बलेझैँ
कसैको ब्यथा पासै हरायो ।।

बुझेनौँ अझै घाटा करोडौँ
कतै बन्दले गासै हरायो ।।

Continue reading

छन्दात्मक गजल

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

बैशालु आँखा छन् चलेको
भित्रै छ मेरो मन् जलेको ।।

भो आगमन् तिम्रो म संग
आघात यो आँगन् बलेको ।।

उड्दै छ कोही हर्षमा नै
क्वै को छ सिँहासन् ढलेको ।।

Continue reading

बहरबद्ध ‎गजल‬·

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa  , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

म साह्रै आत्तिएँ तिम्रा कुरा सुन्दा ।
सयौँ बार भाँचिएँ तिम्रा कुरा सुन्दा ।।

न भैयो ध्येय नै, आस्था न केसैको . .
म भित्रै बाँझिएँ तिम्रा कुरा सुन्दा ।।

बग्यो क्या रक्तपात् ब्याथा छ मन भित्र
म ज्यूँदै भासिएँ तिम्रा कुरा सुन्दा ।।

Continue reading

छन्दात्मक गजल

Krishna Pyashi, Butbal, कृष्ण प्यासी, pallawa , पल्लव

कृष्ण प्यासी

सिऊंदो भरौँला
म माया गरौँला ।।

तिमी मै हराई
म पासै सरौँला ।।

जवानी छ जाग्दो
मुटू मै चरौँला ।।

Continue reading