प्रकाश कोइरालाका केही मुक्तकहरूः

Prakash, Koirala, प्रकाश कोइराला, pallawa, पल्लव

प्रकाश कोइराला

शुध्द पानीमा खीर बसाएपछी खिन्न हुन्छ
क्रुध्दनानीमा तीर कसाएपछी छिन्न हुन्छ
खाँटी दूधमा कहाँ बजार रम्छ र हजूर?
खुशी ग्रन्थीमा पीर रसाएपछी भिन्न हुन्छ

नयनमा पिरतीको आगो पाल्यौ सानू
चयनमा पिरतीको छाँगो चाल्यौ सानू
आफ्नै ठानी छुन खोजेँ मुक्कालात हान्यौ
शयनमा पिरतीको धागो बाल्यौ सानू!

 

Continue reading


प्रकाश कोइरालाका केही मुक्तकहरूः

Prakash, Koirala, प्रकाश कोइराला, pallawa, पल्लव

प्रकाश कोइराला

संघर्ष,समर्पण र साधना हो साहित्य
प्रेम ,दया र पीडा हो शब्दलालीत्य
पृथ्वीको श्रेष्ठ प्राणीका प्रतिविम्ब एक
मुटु र मस्तिष्कको आत्मा हो साहित्य

तारापुन्ज जगजगी हररातमा रोएँ
असारमा झमझमी बर्सातमा रोएँ
मस्तिष्क र नयनमा त्यो अधुरो कथा
मुटु जल्यो आँखा बर्स्यो वसन्तमा रोएँ

 

Continue reading


प्रकाश कोइरालाका केही मुक्तकहरू

Prakash, Koirala, प्रकाश कोइराला, pallawa, पल्लव

प्रकाश कोइराला

मनको मुहार हुने भए अनुहार चिन्न हुन्थ्यो
मुटुको गुहार सुन्ने भए व्यवहार भिन्न हुन्थ्यो
बाहिर राजा भित्र जोगी बाहिर मान्छे भित्र दैत्य
मस्तिष्क मोतीहार भए सन्सार छिन्न हुन्थ्यो!

पेटभोक शत्रू रोगशोक शत्रू
लाजशान शत्रू जीवनभो पत्रु
गरीबको हासो निधारमा हुन्न
प्रिया! तिम्रो धृणा मेरो प्रिय मित्रु

ओठ ,मुख ,आँखा ,गाला रसाउने बेला
हासो,खुशी, प्रीतसन्सार बसाउने बेला
मरुभूमी जीवनमा नुनचुक छरी
बाटो मोड्यौ गङ्गाजल खसाउने बेला

 

Continue reading


वाथरुम सजावट

Tulashi, hari, Koirala, Tulasi, तुलशीहरि कोइराला, pallawa, पल्लव

तुलशीहरि कोइराला

एउटा राम्रै पुरस्कार हात परेपछि साहित्यकार साथीले खाना खानेगरी आउनुस् है भनेर प्रेमपुर्वक बोलाइसकेपछि नजाने त प्रश्नै उठ्दैनथ्यो ।
केको होलान् ? निक्कै जनालाई बोलाएकोले भीडभाड पो छ कि ? मनमा तर्कनाहरु उठे पनि ‘धेरैलाई बोलाएको छैन, केही तपाईंहरु जस्तै ज्यादै नजिकका साहित्यकार साथीहरुलाई मात्र बोलाएको छ’’ भनिसकेपछि बोलाइएको दिन साथीको घर खोज्दै पुगेथेँ म निम्तो मान्न ।
साहित्यकार साथीको चार तल्ले घर महाभुकम्पमा केही पनि भएनछ । खुसी साटासाट भयो . निम्तालरहरु जम्मा भइसकेपछि चिया खाजाबाट सत्कार प्रारम्भ भयो . गफगाफ , कतिपयका टीकाटिप्पणी, साहित्यिक बजार, पुरस्कार–सम्मान, सम्बन्ध, अनेक सन्दर्भका छलफल एवं हाँसोठट्टाले निक्कैबेर माहोल तातिरह्यो ।

 

Continue reading


पल्लव सम्मान, लोकार्पित कृति र मोफसल

dr. dhanpati, koirala, kawasoti, डा. धनपती कोइराला, pallawa, पल्लव

डा. धनपती कोइराला

२०७२ साल असोज २३ गते शनिवार झण्डै विहान ढालेर म पुग्दासम्म नारायणगढ लायन्स क्लब चितवनको सभाहल निकै साहित्यमय बनेको थियो । अनारका दानाझैं थिए पङ्िक्तबद्ध कर्ुर्सर्ीी मेचहरू । खालि भेटिन निकै हम्मे हम्मे थियो त्यहाँ । सधैँ जसो सजिलै भेटिने साइँलो दाइलाई भेट्न निकै मुस्किल प्रतीत हुन्थ्यो । छेउमा आइहाले भने पनि विजुली नै बेचिरहने मान्छे विजुली चम्किए झैं पिलिक्कै गइहाल्ने । साँच्चै उनी नै थिए । यत्रोबृहद् साहित्यिक अनुष्ठानका सहजकर्ता । अनि मुख्य संयोजनको अभिभारा पनि थियो होला सायद् उनकै काँधमा । साहित्यानुरागी बन्धुहरूलाई आहृवान गरेका थिए देशभरिबाटै उनले ।

 

Continue reading


पल्लव सम्मान, लोकार्पित कृति र मोफसल

dr., dhanpati, koirala, kawasoti, डा. धनपती कोइराला, pallawa, पल्लव

डा. धनपती कोइराला

२०७२ साल असोज २३ गते शनिवार झण्डै विहान ढालेर म पुग्दासम्म नारायणगढ लायन्स क्लब चितवनको सभाहल निकै साहित्यमय बनेको थियो । अनारका दानाझैं थिए पङ्तिबद्ध कुर्सी र मेचहरू । खालि भेटिन निकै हम्मे हम्मे थियो त्यहाँ । सधैँ जसो सजिलै भेटिने साइँलो दाइलाई भेट्न निकै मुस्किल प्रतीत हुन्थ्यो । छेउमा आइहाले भने पनि विजुली नै बेचिरहने मान्छे विजुली चम्किए झैं पिलिक्कै गइहाल्ने । साँच्चै उनी नै थिए । यत्रो बृहद् साहित्यिक अनुष्ठानका सहजकर्ता । अनि मुख्य संयोजनको अभिभारा पनि थियो होला सायद् उनकै काँधमा । साहित्यानुरागी बन्धुहरूलाई आहृवान गरेका थिए देशभरिबाटै उनले ।

 

Continue reading


मोतीको सम्झनामा

Batsa, Raj, Koirala, वत्सराज कोइराला , pallawa, पल्ल्व

वत्सराज कोइराला

हे मेरो भावको स्रोत ! मोतीराम गयौ कहाँ ?
शून्य आकाश झैं छाति खाली-खाली भयो यहाँ ॥
तिम्रो आज जयन्तीमा लेखूँ कि कविता भनी ।
आँटेको छु तथापि हा ! त्यसै काँप्दछ लेखनी ॥१॥

हे मोती ! आज देखिन्छ चारैतर्फ भयावह ।
कालो बादलले आज ढाकेको छ हिमालय ॥
तिम्रो यो काव्यभूमि नै भएको छ विखण्डित ।
घृणा, इर्ष्या, अनास्थाको मेल देखिन्छ केबल ॥२॥

 

Continue reading


तथ्यघटनामा आधारित

Batsa, Raj, Koirala, वत्सराज कोइराला  , pallawa, पल्ल्व

वत्सराज कोइराला

पाठशाला थियो एक “पेशावर” नजिकमा
कलिका वाल विद्यार्थी रमाई पढ्दथे त्यहाँ
निर्दयी क्रूर हत्यारो “तालिवानी” त्यहीं पस्यो
सयौं वालकको ज्यान उसैले क्षणमा लियो ।

शैतानहरुको कृत्य यस्तो बर्बर जो थियो
अवोध शिशुको रक्त धर्तीमा यसरी बग्यो
पक्कै “अल्लाह” नै रोयो चित्कारहरु गुञ्‍जँदा
रोयो मानवता रोयो, रोयो धर्म र सभ्यता ।

 

Continue reading


१६ अक्षेरीय गजल 

Urmila, Koirala, Aansu, Kanhre, उर्मिला कोइराला ‘अाँशु’ , pallawa, पल्लव

, उर्मिला कोइराला ‘अाँशु’

मान्छेहरु प्रेम त्यागेर सम्पन्नता खोज्दैछन्
सत्यलाई अस्वीकार गरि अन्धता खोज्दैछन् ।

लाखौं हण्डर र लाखौं खानेहरुसँग पनि
किन हो अनुभव छाडेर योग्यता खोज्दैछन् ।

म आफैंलाई काटेर रातो रगत देखाउछु
उनीहरु अझै जातमा भिन्नता खोज्दैछन्

 

Continue reading


गजल सवाई छन्दमा

Urmila, Koirala, Aansu, Kanhre, उर्मिला कोइराला ‘अाँशु’ , pallawa, पल्लव

, उर्मिला कोइराला ‘अाँशु’

सम्झिएर अझैपनि मन किन रुन्छ
भनिदेन ए चाँदनी मन किन रुन्छ ।

बर्षौ भयो अझैपनि छैन कुनै खबर
औंला भाँच्दै दिन गनि मन किन रुन्छ ।

दिन बित्छ जति याद बल्झिदिन्छ उति
भित्रभित्रै व्यथा बनि मन किन रुन्छ ।

 

Continue reading


गजलक्षेत्रका निम्ति एउटा अनुपम उपहार हो: गजल दर्शन

dr., dhanpati, koirala, kawasoti, डा. धनपती कोइराला, pallawa, पल्लव

डा. धनपती कोइराला

Gazal, Darsan, गजल दर्शन,pallawa, पल्लव

गजल दर्शन

क) आमुख
ऋषिप्रसाद लामिछाने उर्फगोर्खे साइँलो पूज्यपाद पिता बोधनाथ र ममतामयी माता हिमकुमारी लामिछानेको गर्भबाट वि.सं.२००९ साल भाद्र १० गते सोमवारका दिन नुवाकोट जिल्लाको चतुराले– ४, थर्पु गाउँमा जन्मेका हुन् (पल्लव साहित्यिक विविध पत्रिका, २०७०ः ५३) । २०२६ सालमा नुवाकोटबाट बसाइँ सरेर आई भ.न.पा.– ४, विालमार्ग, नारायणगढ, चितवनमा बसोवास गर्दै आएका लामिछाने पेसाले विद्युत् व्यवसायी हुँदाहुँदै पनि नेपाली भाषासाहित्यको श्रेयवृद्धि गर्नमा साँच्चै नै कम्मर कसेरै लागि परेका साहित्यिक व्यक्तित्व हुन् । विद्यार्थी जीवनमा नै २०२२ सालमा शान्ति शिक्षा मन्दिर, साउनेपाटी, काठमाडौंमा आयोजित कविता प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेपछि साहित्यिक यात्रामा सरिक हुनपुगेका हुन् उनी (पल्लव साहित्यिक पत्रिका,२०७०ः ११९) । विश्वसाहित्य महासङ्घका केन्द्रीय पार्षद, पल्लव साहित्यिक र्इ–पत्रिकाका सञ्चालक, पल्लव साहित्य प्रतिष्ठानका संस्थापक हुन ।

 

Continue reading


गजलक्षेत्रका निम्ति एउटा अनुपम उपहार हो ः गजल दर्शन . . . . . .

dhanpati, koirala, kawasoti, धनपती कोइराला, pallawa, पल्लव

धनपती कोइराला

दोस्रो पटक प्रकाशन

आमुख
ऋषिप्रसाद लामिछाने उर्फगोर्खे साइँलो पूज्यपाद पिता बोधनाथ र ममतामयी माता हिमकुमारी लामिछानेको गर्भबाट वि.सं.२००९ साल भाद्र १० गते सोमवारका दिन नुवाकोट जिल्लाको चतुराले– ४, थर्पु गाउँमा जन्मेका हुन् (पल्लव साहित्यिक विविध पत्रिका, २०७०ः ५३) । २०२६ सालमा नुवाकोटबाट बसाइँ सरेर आई भ.न.पा.– ४, विालमार्ग, नारायणगढ, चितवनमा बसोवास गर्दै आएका लामिछाने पेसाले विद्युत् व्यवसायी हुँदाहुँदै पनि नेपाली भाषासाहित्यको श्रेयवृद्धि गर्नमा साँच्चै नै कम्मर कसेरै लागि परेका साहित्यिक व्यक्तित्व हुन् । विद्यार्थी जीवनमा नै २०२२ सालमा शान्ति शिक्षा मन्दिर, साउनेपाटी, काठमाडौंमा आयोजित कविता प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेपछि साहित्यिक यात्रामा सरिक हुनपुगेका हुन् उनी (पल्लव साहित्यिक पत्रिका,२०७०ः ११९) । विश्वसाहित्य महासङ्घका केन्द्रीय पार्षद, पल्लव साहित्यिक र्इ–पत्रिकाका सञ्चालक, पल्लव साहित्य प्रतिष्ठानका संस्थापक हुन ।

 

Continue reading


 

dhanpati, koirala, kawasoti, धनपती कोइराला, pallawa, पल्लव

धनपती कोइराला

क) आमुख
कवि दीपक सोती पिता नित्यानन्द पण्डित र माता नन्दकुमारी सोतीका पञ्च पुत्ररत्नहरूमध्ये तेस्रो पुत्ररत्नका रूपमा २००६ साल साउन ११ गते लमजुङ जिल्लाको कुन्छामा जन्मेका हुन् । आफ्नै त्यो प्यारो जन्मभूमिमा हाँस्दै, खेल्दै र पढ्दै बाल्यवय यापन गरेका कविले त्यहीँबाट प्रवेशिकासम्मको अध्ययन गरे । आफ्ना पिता नित्यानन्द पण्डित, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, युगकवि सिद्धिचरण श्रेष्ठ, कवि गोकुल जोशी लगायतका साहित्यिक व्यक्तित्वको गहिरो प्रभाव परेकाले उनले विद्यार्थी जीवनबाटै साहित्यलेखनमा अतिशय रुचि राख्न थालेको कवि स्वयंको स्वीकारोक्ति छ । प्रायः लमजुङको त्यो ग्रामीण इलाकामा हुनेगरेको साहित्यिक लेखन वाचन र प्रकाशनका कारण कविमा अन्तनिर्हित कवि व्यक्तित्वले प्रस्फुटित हुने अवसर प्राप्त गर्‍यो ।

 

Continue reading


धनपतीका केही मुक्तकहरू

dhanpati, koirala, kawasoti, धनपती कोइराला, pallawa, पल्लव

धनपती कोइराला

कहिलेकाँही यस्तै हुन्छ, आफूले खनेको खाडलमा आफै परिन्छ
पहिला नै बिचार पुर्‍याउनु थियो, विवेकको प्रयोग कहाँ गरिन्छ
मानिस मानिस नै हो ,पराकर्मी हुनसक्छर्,र् इश्वरीय शक्ति होइनर्
कर्मकर्तु, दुर्वल चच्छु, झटपट गर्दा मानव विवेक त्यहाँ हरिन्छ

मेरो नजरमा एक नैना थिइन्
चच्छु चोरी हर्ेदा मोरी ऐना थिइन्
नियाल्दा सारा तन मन सकल
दिलफूलकी सुन्दर मैना थिइन्

 

Continue reading


मेरो सहरको अवलोकन: कृष्णादेवी शर्मा (श्रेष्ठ)

dhanpati, koirala, kawasoti, धनपती कोइराला, pallawa, पल्लव

धनपती कोइराला

मेरो सहरमा घुम्दा, थाकी बस्न परेन म
विषयवस्तुको पोको राखी बस्न परेन म
कतै छ क्रान्तिको व्यङ्ग्य कतै राष्ट्रियताभरि
बहेको छ कतै भाव, आमाको दर्द मन्भरि (अनुष्टुप्)

परिचयः
मृदुभाषी, कर्तव्यनिष्ठ, सबैलाई मित्रवत् व्यवहार गर्ने, देख्दै सन्तोषी, जिज्ञासु र सहयोगी भावनाका धनी एक वरिष्ठ साहित्यकार हुन्ः धनपति कोइराला । पिता चन्द्रलाल कोइराला र माता विष्णुमायाका साहिला छोराका रुपमा वि.सं. २०२७ मंसिर २१ गते सतासीधाम–५, झिलझिलेमा जन्मिएका कोइरालाको वर्तमान कर्मथलो नवलपरासीको कावासोती रहेको छ । व्याकरणाचार्य     (प्रथमश्रेणीमा प्रथम) एम. ए. नेपाली (प्रथम श्रेणी) र एकवर्षो शिक्षा शास्त्रको औपचारिक शिक्षा हाँसिल गरेका कोइराला मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोती एवम् पशुपति साङ्गवेद संस्कृत आवासीय माध्यमिक विद्यालयमा अध्यापनरत छन् ।

 

Continue reading


गजलक्षेत्रका निम्ति एउटा अनुपम उपहार हो ः गजल दर्शन

dhanpati, koirala, kawasoti, धनपती कोइराला, pallawa, पल्लव

धनपती कोइराला

ऋषिप्रसाद लामिछाने उर्फगोर्खे साइँलो पूज्यपाद पिता बोधनाथ र ममतामयी माता हिमकुमारी लामिछानेको गर्भबाट वि.सं.२००९ Gazal Darsanसाल भाद्र १० गते सोमवारका दिन नुवाकोट जिल्लाको चतुराले– ४, थर्पु गाउँमा जन्मेका हुन् (पल्लव साहित्यिक विविध पत्रिका, २०७०ः ५३) । २०२६ सालमा नुवाकोटबाट बसाइँ सरेर आई भ.न.पा.– ४, विालमार्ग, नारायणगढ, चितवनमा बसोवास गर्दै आएका लामिछाने पेसाले विद्युत् व्यवसायी हुँदाहुँदै पनि नेपाली भाषासाहित्यको श्रेयवृद्धि गर्नमा साँच्चै नै कम्मर कसेरै लागि परेका साहित्यिक व्यक्तित्व हुन् । विद्यार्थी जीवनमा नै २०२२ सालमा शान्ति शिक्षा मन्दिर, साउनेपाटी, काठमाडौंमा आयोजित कविता प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेपछि साहित्यिक यात्रामा सरिक हुनपुगेका हुन् उनी (पल्लव साहित्यिक पत्रिका,२०७०ः ११९) । विश्वसाहित्य महासङ्घका केन्द्रीय पार्षद, पल्लव साहित्यिकर् इ(पत्रिकाका सञ्चालक, पल्लव साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष, पल्लव साहित्यिक पत्रिकाका प्रधानसम्पादक तथा व्यवस्थापक र गजल मञ्च चितवनका अध्यक्षका रूपमा गहन भूमिका निर्वाह गरिरहेका गोर्खे साइँलो विभिन्न सङ्घसंस्थाहरूमा संलग्न छन् । उनका सम्मोहन गजलसङ्ग्रह (२०६२), मुस्कान  गजलसङ्ग्रह (२०६२),कादम्बरी कवितासङ्ग्रह (२०६३), सूत्रमाला गजलसङ्ग्रह (२०६३) र विवेच्य ग्रन्थ ‘गजल दर्शन’ (समालोचना,२०६९) आदि ग्रन्थाकार कृतिका साथै विभिन्न पत्रपत्रिकामा कविता, कथा, गजल, निबन्ध संस्मरण, समीक्षा तथा अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् ।

 

Continue reading


छन्दात्मक– गजल

Urmila, Koirala,  उर्मिला कोइराला ‘आँशु’, pallawa, पल्लव

उर्मिला कोइराला ‘आँशु’

सम्झना मेरी आमाको
माया चटक्क मारेर कहाँ गयौ नि निष्ठुरी ?
संसारै रिक्त पारेर कहाँ गयौ नि निष्ठुरी ?

निशाले ढाकियो आमा ! यादमात्रै निशान छन्
जिन्दगीदेखि हारेर कहाँ गयौ नि निष्ठुरी ?

जन्मिए यहि धर्तीमा भन्थ्यौ यहिं रमाउछु
कठै ! रहर टारेर कहाँ गयौ नि निष्ठुरी ?

 

Continue reading


‘लू’ः सीमावर्तीय जीवनको यथार्थ प्रतिबिम्ब

dhanpati, koirala, kawasoti, धनपती कोइराला, pallawa, पल्लव

धनपती कोइराला

नयनराज पाण्डेको अति चर्चित उपन्यास ‘उलार’ पछिको अर्को सशक्त औपन्यासिक सिर्जना हो ‘लू’ । यो  नेपालको विशद् मैदानी भूखण्डको प्रतिबिम्बपरक औपन्यासिक कृतिका रुपमा प्रस्तुत छ । यसमा एउटा चरम पीडा, उपेक्षा र अभाव व्योहोर्न विवश मान्छेका सजीव गाथाहरु अभिव्यक्त भएका छन् । खासगरी यातना, वैरभाव, पूर्वाग्रह र  तिरस्कारका घाउहरु मन र मुटुभरि पालेर जिउन बाध्य मान्छेका मर्महरु छताछुल्ल भएर पोखिएका छन् उपन्यासभरि । धार्मिक असहिष्णुता र आडम्बर  साम्प्रदायिक विभेदता मानवीय संवेदनाहीनताको परिचायक बनेका छन् यहाँका मान्छेहरु । अपहरण, हत्या, अतिक्रमण र पाशविकताको शिकार भए पनि आउने सुन्दर भविष्यको परिकल्पनामा आप्mना चर्‍याइरहेका घाउहरुमा मलमपट्टी गर्दछन् र बिताइरहेछन् पलहरु यिनीहरुले ।

 

Continue reading


उत्पादनशालाका कर्मी

Tulashi, hari, कोइराला, Koirala, pallawa

तुलसीहरि कोइराला

व्यक्तीपरक निवन्ध
नेपालमा आमपत्रकारिताभन्दा जेठो भएर पनि साहित्यिक पत्रकारिताले अझै दर्विला खुट्टा टेक्न सकिरहेको छैन । विगतमा केही साहित्यिक पत्रिकाहरू इतिहास बनेर अस्ताए भने रहरैरहरमा जन्माउनेहरू पनि उत्तिकै छन् । केही व्यक्ति र सम्बद्ध साहित्यिक पत्रिका यसरी गाँसिएका छन् कि उनीहरूको सम्पूर्ण परिचय नै सिक्काका दुई पाटाझैँँ लाग्दछन् । भानु, अभिव्यक्ति, रचना यसमा अग्रणी नाम हुन् र पनि भवानी घिमिरेको निधनले ‘भानु’ मा आइपरेको सङ्कट शुभेच्छुकहरूबाट जेनतेन टरिरहेको छ । नगेन्द्रराज शर्मा ‘अभिव्यक्ति’ र रोचक घिमिरे ‘रचना’ बूढोपुस्ताका साहित्यिक पत्रिकाका रूपमा निरन्तर यात्रारत छन् । रोचक घिमिरेलाई त समकालीनहरूको जमघटमा हस्यौलीको पात्र बनाइएको पनि सुनिन्छ – यो रोचक र ‘रचना’को उमेर त उस्तैउस्तै पो छ त ! आमाको काखमै हुँदैदेखि पत्रिका प्रकाशन/सम्पादन थालेर अचम्मै पारेको छ यसले ।

 

Continue reading


उत्पादनशालाका कर्मी

Tulashi, hari, कोइराला, Koirala, pallawa

तुलसीहरि कोइराला

नेपालमा आमपत्रकारिताभन्दा जेठो भएर पनि साहित्यिक पत्रकारिताले अझै दर्विला खुट्टा टेक्न सकिरहेको छैन । विगतमा केही साहित्यिक पत्रिकाहरू इतिहास बनेर अस्ताए भने रहरैरहरमा जन्माउनेहरू पनि उत्तिकै छन् । केही व्यक्ति र सम्बद्ध साहित्यिक पत्रिका यसरी गाँसिएका छन् कि उनीहरूको सम्पूर्ण परिचय नै सिक्काका दुई पाटाझैँं लाग्दछन् । भानु, अभिव्यक्ति, रचना यसमा अग्रणी नाम हुन् र पनि भवानी घिमिरेको निधनले ‘भानु’ मा आइपरेको सङ्कट शुभेच्छुकहरूबाट जेनतेन टरिरहेको छ । नगेन्द्रराज शर्मा ‘अभिव्यक्ति’ र रोचक घिमिरे ‘रचना’ बूढोपुस्ताका साहित्यिक पत्रिकाका रूपमा निरन्तर यात्रारत छन् । रोचक घिमिरेलाई त समकालीनहरूको जमघटमा हस्यौलीको पात्र बनाइएको पनि सुनिन्छ – यो रोचक र ‘रचना’को उमेर त उस्तैउस्तै पो छ त ! आमाको काखमै हुँदैदेखि पत्रिका प्रकाशन/सम्पादन थालेर अचम्मै पारेको छ यसले ।

 

Continue reading