गजल

Hemraj, Dhungana, Hemraj Dhungana, उबििबधब, kNNj

हेमराज ढुङ्गाना

चौतारीमा पर्खी बस्छु, तिमी पनि आउने भए ।
छमछमी नाचिदिन्छु, तिमी गीत गाउने भए ।।

जिन्दगीका हरेक मोडमा, सहयात्री चाहिन्छ नै ।
छाँया बनी रौ’ला तिम्रो, साथ सधैं पाउने भए ।।

तन मन सबै सुम्पी दिन्छु, विश्वास लाग्छ भने ।
सयौं सयौं जुनी काट्ने, साँचो माया लाउने भए ।।

 

Continue reading


हेमराज ढुङ्गानाका मुक्तकहरूः

Hemraj, Dhungana, Hemraj Dhungana, उबििबधब, kNNj

हेमराज ढुङ्गाना

पिपल सँगै रोपेको बर नहुँदा
रातकाट्ने आफ्नो यौटा घर नहुँदा ।
कति रुन्छन् होला दुखेर मनहरू ?
आल्नै मान्छेहरूको नै भर नहुँदा ।।

मनको क्षेत्रफल नाप्ने नापि हुनुपर्ने,
कि यो मनको उजुरि लेख्ने कापि हुनुपर्ने।
लथालिंग भई छरिएर किन हिँड्छ यो मन,
यो मनमा पनि लाउन मिल्ने चापि हुनुपर्ने ।।

 

Continue reading


अम्बिका कार्की “अमु”का एकजोर गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, kNnj

अम्बिका कार्की ‘अमु’

गजल– १,
सगैं पढ्थ्यौँ हामी प्रगती गरेको देख्नुहुन्छ
भाग्य फुट्या छोरी म अन्तै सरेको देख्नुहुन्छ ।

अर्काको घर टाल्दैछु मेरो आफ्नै हो कि भनेर
सन्तानले केही नगर्ने जाँगर मरेको देख्नुहुन्छ ।

कोही साथी अमेरिका कोहि चाईना रुस गए
बल्ल आफ्नो डाँडाको घर बेशी झरेको देख्नुहुन्छ ।

 

Continue reading


दीपक नेपालका ५० मुक्तक

Deepak, Nepal,, दीपक नेपाल, pallawa, kNnj

दीपक नेपाल

१,
कसैको सामु पीर र चिन्ता सारेर भएन !
दुःख छ भन्दै चाहना सबै मारेर भएन !!
हुनेछ प्राप्ति संघर्ष गर्यौं विगत नभुली !
जीउनु पर्छ जसरी पनी हारेर भएन !!
२,
भौतिक शरीर दिनमा सोह्र घण्टा भएको छ अधीन !
प्रवासमा भने एक साथीले चेहरा बनाऊदै मलिन !!
विलाप गर्दै आफुले आफुलाई धिक्कार्दै अश्रु झारी !
सुनाऊँदै थिए गाऊँमा बाँझो छन् मेरा सारा जमिन !!
३,

 

Continue reading


बहरबद्ध गजल

 

Rilayabal, Rabina, रिलायवल रबिना, pallawa, kNnj

रिलायवल रबिना

उडायो बयालो थियो चाहना त्यै
अटुट प्यारमा प्रेमको साधना त्यै ।

सुसेल्दै उकाली चढेका सँगैमा
सतायो मलार्इ भर्इ सम्झना त्यै ।

सुनौला र प्रेमिल् थिए ती कहानी !
सुकेको छ आत्मा बनी वाहना त्यै ।

 

Continue reading


१२ अक्षरीय गजल

Shishir, Dahal, Swopna, Dang, शिशीर दाहाल ‘स्वप्ना’, उबििबधब, kNnj

शिशीर दाहाल ‘स्वप्ना’

खुट्टामाथी त्यो खिल उस्तै छ आमा ।
मेरो पनि यो दिलउस्तै छ आमा ।।

हर साझ तिम्रो फोटो हेरे पनि ।
आखामा पिलपिल उस्तै छ आमा ।।

दश धारा दुध र स्नेहको भाडा ।
तिर्नु पर्ने बिल उस्तै छ आमा ।।

 

Continue reading