गजल

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

मेरो घरको आगनीमा हरियो बाँस हुनेछ।
अनि त्यो बाँसको माथी मेरो लास हुनेछ।।

गाउँले सबैले मलाई मृतक घोषित गर्दा।
त्यहाँ कसैकसैको म उठ्छ भन्ने आस हुनेछ।।

सपनामा मलाई सधै देख्छु भन्ने गर्थी।
बिचरी उस्को पनि सपना नास हुनेछ।।

 

Continue reading


गजल

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

तिमिले त आज भोलि ढाट्न थालेको छौ रे।
धन सग अमुल्य प्रेम साट्न थालेको छौ रे।।

आज एउटा भोलि अर्को प्रेमि बनाउदै तिमी।
झुठो प्रेमको डोरिहरु बाट्न थालेको छौ रे।।

धन सम्पत्तिमै सबैकुरा पाहिन्छ यहाँ भन्दै ।
यौवनमा उन्मत्त बन्दै फाट्न थालेको छौ रे।।

 

Continue reading


दिपेश किशोर भट्टराईका तीन गजल

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

गजल– १,
तिम्रो मेरो प्रेम सम्बन्ध छुटाउने धेरै भए ।
बलियो भनिने प्रेमको डोरी चुटाउने धेरै भए ।

तिमि पनि दुनियाँको चिप्लो कुरा सुन्न थाल्यौ ।
त्यसैले गर्दा झुटा प्रमाणहरु जुटाउने धेरै भए ।।

हाम्रो प्रेम सम्बन्धमा दरार आवोस भन्न लाई।
बिश्वासको सुन्दर घरलाई फुटाउने धेरै भए ।।

 

Continue reading


दिपेश किशोर भट्टराई का जोर गजल

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

गजल– १,
अनेक दु:ख कष्ट सहि शोकमा बाच्न जानेको छु ।
कयौ दिन सम्म नखाइ भोकमा बाच्न जानेको छु ।

जिन्दगीको खेल मैदानमा जस्तोसुकै मोड आवोस।
भोकमरि अनिकाल सब,थोकमा बाच्न जानेको छु ।

धनको धमास देखाएमा मानिस महान बन्छ यहाँ
यस्तै महान गल्ली गल्ली चोकमा बाच्न जानेको छु।

 

Continue reading


दिपेश किशोर भट्टराईका तीन गजल

गजल– १,
(पत्नी पीडितपुरुषतर्फ लक्षित)

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

सानो सानो कुरामा कति सताउँन सकेकी हो ।
मर्छु पो भन्छे मोरी कति अताउँन सकेकी हो ।

कहिलेकाहीँ त मलाई पनि रिस उठ्छ नि अति।
के हालेकी छे दिमागमा कति तताउँन सकेकी हो।

यो चुलोको सङगत गरेर भातको गुण सरेछ क्यारे।
उम्लिदै गरेको चामल झै कति फत्फताउँन सकेकी हो।

 

Continue reading


गजल

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

प्रत्येक दिन सपनाको घर ढलेको हुन्छ।
अनेकौं चोट अनि रोग फलेको हुन्छ।।

नयनले मुल फुटाएर आशु भेल झारे नि ।
भिज्दैन मन अझै तर जलेको हुन्छ।।

थकित हुन्छ रोएर मन आँसु रित्त्याउदै ।
आँसु सगै आत्मविश्वास गलेको हुन्छ ।।

 

Continue reading


दिपेश किशोर भट्टराई का जोर गजल

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

गजल– १,
यमराजको पास देखेँ बेड नं.सत्ताइसमा
अझै बाच्ने आश देखेँ बेड नं. सत्ताइसमा ।

छट्पटी मा कराएर मेरै अगि खोक्दा खोक्दै
गएको अन्तिम सास देखेँ बेड नं. सत्ताइसमा ।

लाउला खाउला भन्ने उमेर थियो त्यो बिचराको
उस्को अन्तिम गाँस देखेँ बेड नँ. सत्ताइसमा ।

 

Continue reading


दिपेश किशोर भट्टरार्इ का जोर गजल

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

गजल– १,
मुस्कुराउदा मुस्कुराउदै फसार्इ मोरीले।
नयन भित्रै खोइ कसरी बसार्इ मोरीले।।

नशालु नयन देखेर मन्त्रमुग्ध भएको ।
मौका छोपी ह्र्दय छेउ टसार्इ मोरीले ।।

म स्तब्ध अनि धड्कन एकसय बीस ।
एकाएक रेस्टुरेन्ट मा पसार्इ मोरीले ।।

 

Continue reading


गजल…..

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

मन भरी चोटैचोटहरू अनि पिरै पिर देख्छु ।
मैले हिड्ने बाटोमा विछ्याइएका जन्जिर देख्छु ।।

जन्जिर बाट फुत्किएर पार हुन्छु जसो तसो।
फेरि अघि बढ्न खोज्दा झनै ठूलो भिर देख्छु ।।

भिरमा पुग्दा खाली खुट्टा पत्थरहरु अनेक थरि ।
त्यस्मा पनि मुटु घोच्न बनिएका तिर देख्छु ।।

 

Continue reading


दिपेश किशोर भट्टराई का तीन गजल

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

गजल– १,
मलाई आफ्नो मान्छे भन्न घिनाएको भुल्दिन म।
फलानोको नोकर भनी चिनाएको भुल्दिन म।

अरु भन्दा गरिब थियौ बाबा आमा सारै रोगी।।
पढ्छु भन्दा घाँस दाउरामा हिनाएको भुल्दिन म ।

आफ्ना भन्ने आफन्तीले म गरिबको फाइदा उठाइ।।
पिट्दै पिट्दै कोदो, फापर पिनाएको भुल्दिन म।।

 

Continue reading


दिपेश किशोर भट्टराईका जोर गजल

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

गजल– १,
अरुको दुख देखिँदा आफ्नो दुख नै सानो लाग्छ ।
घाममा टाउको सेकिँदा घरको नै छानो जस्तो लाग्छ ।।

पैसाकै कारण सन्सारमा लाखौं मारिएको देख्छु ।
पैसानै ठूलो लेखिँदा लेखकको सोच नै कानो लाग्छ ।।

शहरहरूको पैदलमार्गमा धेरै हिड्छु आज भोलि ।
भिकारी द्वारा बाटो छेकिँदा जिन्दगी नै एक मानो लाग्छ ।।

 

Continue reading


दिपेश किशोर भट्टराईका जोर गजल

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

गजल– १,
हसाउँछु भन्दै मलार्इ रुवाएरै छाडिस हैन ?
तिम्रोआँसु थाम्छु भन्थिस चुवाएरै छाडिस हैन ?

मलार्इ प्रेम विवाहमा बिश्वास छैन भन्दा पनि ।
जालमा फसार्इ अनि धोका खुवाएरै छाडिस हैन??

जिन्दगिको हरेक मोड्मा साथ दिने कसम खाइस ।
देखाइस औकात खा’को कसम तुहाएरै छाडिस हैन?

 

Continue reading


दिपेश किशोर भट्टराईका केही मुक्तकहरू

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

(सन्दर्भः दुखी बालक)
भारि बोकि सानै बाट हिनेको हो भन्दै थियो ।
शरीर मेरो बालापनमै छिनेको हो भन्दै थियो ।
बाबा आमा खोइ त? बाबू कोहि छैनन्? तिम्रो भन्दा ।
बाबू मरे आमा पोइला हिनेको हो भन्दै थियो ।।

शडक अनि मन्दिर मात्र चिनेको हो भन्दै थियो ।
भारि बोकि एकछाक अन्न किनेको हो भन्दै थियो ।
कति दुखी रछ मोरो देख्दा पनि अश्रु झर्यो ।
ठूलो रोग छ छैन डाक्टर चिनेको हो भन्दै थियो ।।

 

Continue reading


गजल…

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

भासन हैन सरकार अब काम काम गरेर देखाउ ।
विश्व सामु नेपालको नाम गरेर देखाउ ।।

छिमेकीको गिद्दे नजर लाग्न नदेउ बुद्ध माथी ।
शान्ति फैलाइ देशलाई बुद्ध धाम गरेर देखाउ ।

प्राकृतिक र ऎतिहासिक स्थानको बिकास गर ।
देशमा लाखौं पर्यटकको लाम गरेर देखाउ ।।

 

Continue reading


गजल

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

देश बनाउछु भन्ने नेता भोट मा भेटिन्छन ।
चुनाव आउदा हर गरीबको चोट्मा भेटिन्छ्न।।

जनता मूर्ख “मीठो भासण सुने पछि मख्ख हुने ।
चुनाव जित्छन” नेता महङ्गा कोट्मा भेटिन्छ्न ।

जितेपछि बिदेशीको दाशि हुन्न नेपाल भन्छन् ।
तिनै नेता चुनाव पछि सधै एयर्पोट्मा भेटिन्छन ।

 

Continue reading