गजल

Ganga, Kiran, Olee, Shudarsan, गंगाकिरण अोली ‘शुदर्सन’, pallawa, पल्लव

गंगाकिरण अोली ‘शुदर्सन’

तिम्रो र मेरो माया एकादेहको काहानी झै भो
समयले अस्तित्व लुटेपछिको जवानी झै भो ।।

थियो सम्झनामा अहो दिनरात्री जिन्दगानी
त्यही यादगारले मेरो जिन्दगी दिवानी झैँ भो ।।

उता तिमीलार्इ भत भति म एता छटपटी
त्यही भएर निथ्रुक्क भिजेको सिरानी झै भो ।।

 

Continue reading


किरण शाहीका केही मुक्तकहरूः

Kiran, Shahi, किरण शाही , pallawa, पल्लव

किरण शाही

साथ दिने कसम खाएर जान्छ्न
भकानेर रुँदा सधैं हसाएर जान्छन
मित्रता भन्ने चिज नै अनौठो रहेछ
सानो कुरामा पार्टी बजाएर जान्छन

धनसम्पती सबै घुइयाको भाउमा गराएर।
एउटा भाको मनमुटु र ज्यान दाउमा ।।
नचाहदा नचाहदै विदेशिन्छन कतिपय।।
घरजग्गा खेतबारी साहुको नाउमा गराएर।।

 

Continue reading


गजल

Kiran, Shahi, किरण शाही , pallawa, पल्लव

किरण शाही

कराउँछ्न अभिभावकहरु, सन्तान होनहार नहुँदा
पिरै-पिरमा विदेशिन्छ छोरा, देशमा रोजगार नहुँदा ।

लगानी कता जान्छ भनिदिनुस स्वास्थ्य मन्त्रीज्यु ?
दिनहुँ मरिरहेकाछन गरिब, गहकिलो उपचार नहुँदा ।

सरकारलाई गुहार्दै बसेकाछन कतिपय कैदमा
आफुलाई निर्दोष साबित गर्ने, ठोस आधार नहुँदा ।

 

Continue reading


गजल

USha, Kiran, Thapa , उषाकिरण थापा, pallawa. पल्लव

उषाकिरण थापा

हाम्रो प्रेमको दियोमा विश्वासको ज्योती बाले कै त थिएँ
मायामा कमी नहोस भन्दै दियोमा तेल हाले कै त थिएँ !

सुख र दुख जिवन चर्या सम्झिएर मन सम्हाल्दै रहेँ
तिमीले देको मायाका चोटहरू, जोगार्इ टालेकै त थिएँ !

किन बिचलित भयौ ? दुबै मिलेर मायाको जङ्घार तर्दा,
कठोर तिम्रो दिललाई मुटुको मायाले गाले कै त थिएँ !!

 

Continue reading


छबिकिरण ओलीका केही टिपन–टापन

Chabi, Chhabi, Kiran, Oli, छवीकिरण अोली, pallawa , पल्लव

छवीकिरण अोली

कविता
तीखो द.दॅ छ आज योह्रिदयमा हे!दैब हेछॅस् कहाँ
बषीँदे जलआज यो जमिनमा बाली लगाउन् यहाँ
फुल्ने छन् नवसिजॅना ह्रिदयमा झुप्पगरङ्गा धन
आशाहो सम उन्नती मुलुकमा प्रेमादि सम्बोधन॥

बाङ्गो मात्र सधै न लेख कविले पूर्वाग्रही हुन्छ त्यो
राखे बिम्ब नयाँ मिठा सरसका शौहार्दमा हुन्छ त्यो ।
राम्रो सोच भए सबै जनहरू माया बढी गर्दछन्
धेरै कुण्ठित भै चले त पथमा निस्कामको भन्दछन् ।।

 

Continue reading


छविकिरण अोलीका केही टुक्र–टाक्री

Chabi, Chhabi, Kiran, Oli, छवीकिरण अोली, pallawa , पल्लव

छवीकिरण अोली

नालि माथिको कबि र कबिता
गन्धा नाली बिवस कबिता द्रिष्य आकाश हेरी
गल्दै गल्दै सब तन गयो सिजँना सार मारी ।
आची पुच्छन् चपल शिशुकोच्यातिफाल्छन् समाति
त्यो बेला दुख्छ कबिमन यो तुच्छ नाली समाधी ।।

मुक्तकः
साथी साथ बने निक्रिष्ट जनको हान्दो छ छाती तिर
मिले साथ उमङ्गले स्वजनको आत्मा छ आफै तिर ।
चाहीयो पहिचानमा नव कला साँचो र झूटो मन
गेरु भष्म लगाउदा स्वजनले भेटिन्न है त्यो मा ॥

 

Continue reading


गरीब हाँसे देश हाँस्छ

Chabi, Chhabi, Kiran, Oli, छवीकिरण अोली, pallawa , पल्लव

छवीकिरण अोली

न कुल्च मान देशको निचा बनी रमाउँदै
न मेट नाम बिश्वमा बहादुरी गुमाउँदै
न चाल जाल सबॅदा स्वदेश बन्छ निधॅन
न ल्याउ नित्य गाउँमा नयाँ बिषादका दिन॥

नयाँ नयाँ बिचारका युवा जमात गजिॅए
समस्त देशको ब्यथा बुझेर गाउँ गुन्जिए
उदास दास जिन्दगी न सोच बन्धु हो अब
सचेत चेत लोक छन् दबेर बस्छ को अब॥

 

Continue reading


कला हराएको कथा

Chabi, Chhabi, Kiran, Oli, छवीकिरण अोली, pallawa , पल्लव

छवीकिरण अोली

… उ यौटा गोठालो हो । उ यौटा किसान, यौटा घाँसी र यौटा कबि कथाकार पनि हो। उ सधैं साँझ बिहान गोठमा जान्छ। गोठका बस्तुभाउको मलमुत्र सोहछॅ र बस्तुभाउलाई घाँसपत हाल्छ। लैनो पारो खुटाका बलम ब्रुक ब्रुक उफ्रेर नाचेकोमा अौधि रमाउ छ र उ आफ्नो बल्य जीवन तिर फकॅन् छ। उ आफु पनि आफ्नी आमाको काखमा उफ्रदै धोतिको सप्कोमा लुकेर आमाका लाम्टा चुसेको सम्झन्छ। अनि आफै मुसुक्क हाँस्छ र कता कता हराउँ छ। उस्ले समय बितेको पत्तै पउँदैन। गतिशिल समयले उसलाई घचघच्याउँ छ। उ निन्द्रा बाट ब्यूझिय झैं झस्किन्छ। शितको थोपमा सूयॅको किरणले स्वणिॅम रुप धारण गरेको देख्छ। उस्का आँखा तिरमिराउ छन्। उ एक छिन रनभूल्लमा पछॅ । आफ्ना दुबै हातले दुबै आँखा मिच्छ र लामो निशास हल्छ। हँसी र नाम्लो लाई साथि बनाएर घाँस काट्न वनतिर प्रस्थान गदॅछ।

 

Continue reading


बिचित्रको भूगोल

Chabi, Chhabi, Kiran, Oli, छवीकिरण अोली, pallawa , पल्लव

छवीकिरण अोली

कस्तो शिल्पकला यहाँ प्रकृतिको तस्बीर नौलो वन
आत्मा हुन्छ बिभिन्न बोटहरूका त्यै फूलमा जीवन ।
यात्रा प्रात बिहङ्ग कण्ठ रसिला वासन्ति च्यूला वन
चीसो शान्त बतासमा रसिक भै गाना बने जीवन॥

को को हो भनि सोध्दछे म्रिदुगला साँच्ची खुसी कोकिल
नाग्बेली बहदी सुचारु सरिता छे कुञ्जमा शीतल ।
छन् शाना स्वरका चरी चिरबिरे त्यै कुञ्जमा मस्कदै
न्याऊली छ कठै निरास वनमा बेथा बढी झस्कँदै ।।

 

Continue reading


गजल

 

Prash, Kiran, प्रकाश किरण, pallawa, पल्लव

प्रकाश किरण

बल्झिरहने जिन्दगीको ,घाउ बने अनुभुति !
हिजो असामी त आज,साहु बने अनुभुति !

बेदनाले बिछिप्त मन्को ,सागर सयर गर्दा,
मझ्धारमै पल्टी जाने, नाउ बने अनुभुति !

मेरै चिहान माथि मेरै, स्वप्नहरु फलाएर,
स्वप्नील दुनियाँको छुट्टै,गाउँ बने अनुभुति !

 

Continue reading


दिल जलेर खरानी . . .

Chhabi, Kiran, Oli, Taplejung, छवीकिरण अोली, pallawa, पल्लव

छवीकिरण अोली

दिल जलेर खरानी भयो
आशु सुकेर खडेरी भयो!
कतै शान्तिको आभास छैन
हत्या हिम्सा बलात्कार ले
सधैँ प्राथामिकता पाई रहयो
नत छ देशमा दिगो संबिधान
आज देश रोयको देक्दा!

 

Continue reading


जन्जिर भित्रको जीवन

Kiran, Giri, किरण गिरी, pallawa,पल्लव

किरण गिरी

ए मुर्ख हो ! तिमीहरु मलाई किन यसरी चिथोर्दैछौ?
मानौँ कि मेरो शरीर कुनै निर्जीव वस्तुबाट बनेको छ,

म त्यसबाट आनन्द लिईरहेछु ;

अनि हाँस्छौ मलाई हेर्दै
कुनै सर्कसमा जादु देखाउने ‘जोकर’ सम्झेर र,
तिम्रो हाँसोबाट मलाई
यस्तो दुर्गन्ध आउँछ कि
तिमीहरुले भर्खरै ओथारो
बसेर उम्केकी माऊबाट चल्ला नकढेको अण्डा
खाएका छौ ।

 

Continue reading


गजल

Chhabi, Kiran, Oli,छविकिरण ओली,pallawa, पल्लव

छविकिरण ओली

वचन बाणले हान्नु भन्दा मारि दिए हुन्छ बरु /
कोपिलामै फुल्नै नपाई झारि दिए हुन्छ बरु //

घरि घरि घोचिरहन्छेउ मनै छिया हुने गरि /
पराईको सिन्दुर लगाउ जारि दिए हुन्छ बरु //

आखिर बद्नाम गराई छाड्यौ समाई हात मेरा /
घरन घाटको अब मलाई पारि दिए हुन्छ बरु //

 

Continue reading


सयौं चुली जिन्दगीमा

Kiran, Kaushal, Meyongba, किरण कौशल मेयोङ्बा, pallawa

किरण कौशल मेयोङ्बा

थोरै माया थोरै रिस दुवै हुन्छ पिरतिमा
एकपछी अर्को गर्दै सयौं चुली जिन्दगीमा
हाँस्दै जिउँनु सिक्नु पर्छ कैले हार्नु हुन्न
ठोक्किएलान् हात पाउ आँशु झार्नु हुन्न

कैले आफ्नै छाँया पनि तर्साउने भुत बन्छ
सत्ते कसम धुर्ब सत्य सरासरी झुट बन्छ
धेरै रात काट्नु छ यहाँ नडराउ अधेरिमा
एक पछी अर्को गर्दै सयौं चुली जिन्दगीमा

 

Continue reading


गजल

Prabhati, Kiran, प्रभाति किरण, pallawa, पल्लव

प्रभाति किरण

मित्रहरू टाढिन्छन् र भन्छन् फेरि भेटौँ है
भित्रभित्रै डाढिन्छन् र भन्छन् फेरि भेटौँ है ।

एक्लै हिँड्ने अभिलाशा जाग्दो होला कतै कतै
त्यसैले त भाँडिन्छन् र भन्छन् फेरि भेटौँ है ।

आफ्नो दुनो सोझ्याउने होडबाजी बढेपछि
हरेक ठाउ“ बा“डिन्छन् र भन्छन् फेरि भेटौँ है ।

 

Continue reading


सयौं चुली जिन्दगीमा

Kiran, Meyongba,  किरण कौशल मेयोङ्बा, pallawa, पल्लव

किरण कौशल मेयोङ्बा

थोरै माया थोरै रिस दुवै हुन्छ पिरतिमा
एकपछी अर्को गर्दै सयौं चुली जिन्दगीमा
हाँस्दै जिउँनु सिक्नु पर्छ कैले हार्नु हुन्न
ठोक्किएलान् हात पाउ आँशु झार्नु हुन्न

कैले आफ्नै छाँया पनि तर्साउने भुत बन्छ
सत्ते कसम धुर्ब सत्य सरासरी झुट बन्छ
धेरै रात काट्नु छ यहाँ नडराउ अधेरिमा
एक पछी अर्को गर्दै सयौं चुली जिन्दगीमा

 

Continue reading


संस्कृतिक कविता

Prabhati, Kiran, प्रभाति किरण, pallawa, पल्लव

प्रभाति किरण

नमामीश मीशान निर्वाणरूपं विभुं व्यापकं ब्रह्मवॆद स्वरूपम् ।
निजं निर्गुणं निर्विकल्पं निरीहं चदाकाश माकाशवासं भजॆहम् ॥

निराकार मॊङ्कार मूलं तुरीयं गिरिज्ञान गॊतीत मीशं गिरीशम् ।
करालं महाकालकालं कृपालं गुणागार संसारसारं नतॊ हम् ॥

तुषाराद्रि सङ्काश गौरं गम्भीरं मनॊभूतकॊटि प्रभा श्रीशरीरम् ।
स्फुरन्मौलिकल्लॊलिनी चारुगाङ्गं लस्त्फालबालॆन्दु भूषं महॆशम् ॥

 

Continue reading


गजल

Kiran, Kaushal, Meyongba, किरण कौशल मेयोङ्बा, pallawa पल्लव

किरण कौशल मेयोङ्बा

सु-सज्जित आवरण मनै सुन्दर फूल
बैचारिक उच्चतामा झनै सुन्दर फूल

कुरुपतामा पवित्रता हेर्न जान्यौ भने
कालीझारे बुट्टे झ्याउ वनै सुन्दर फूल

बेवास्तामा जीवन यो केही छैन खास
सजाउन जान्नु पर्छ तनै सुन्दर फूल

 

Continue reading


गजल

Kiran, Kaushal, Meyongba, किरण कौशल मेयोङ्बा, pallawa पल्लव

किरण कौशल मेयोङ्बा

दु:ख सबै मैले लिएँ सुख पारेँ तिमी सँग
जितेँ मैले सबै लाई तर हारेँ तिमी सँग

मुटु भित्र सजाएर जिन्दगानी दिन्छु भनी
पिर ब्यथा सही सधैं मन सारेँ तिमी सँग

छचल्केर खुशीहरु सिमा नाघी उर्ली दिँदा
थाहा नभै आफ्नो मानी हल नारेँ तिमी सँग

 

Continue reading


बहरबद्ध गजल

Kiran, Kaushal, Meyongba, किरण कौशल मेयोङ्बा, pallawa पल्लव

किरण कौशल मेयोङ्बा

न पारी न वारी बनायौ तिमीले
भुँईमा लतारी रुवायौ तिमीले

पुलेसो कटाई तरौंला भनेथ्यौ
नदीको बिचैमा खसायौ तिमीले

खुशीको मुहानै थुनेशी निरीहा
तबेला बनाई बजायौ तिमीले

 

Continue reading