वर्षा विविधा

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

लिई खोप्ने,ताछ्ने उपकरण राँभो र बसिला
हलो छेड्ने शीर्षस्थलतिर अनौँ ठोक्न सजिला
कहाँ जालान् कालीगढ युगजयी यी पछि हरे !
कठै ! छोप्ला आफ्नै जठरतिर पापी समयले !

जहाँ आफ्नो भन्ने डिजल छ न पेट्रोल छ कतै
दयामा अर्काकै हरसमय चल्दो छ मुलुकै
दया कैलेसम्मन् ? अनि घुटघुटे ट्र्याक्टरहरू
मिठो बज्लान् कैलेतक परदयाभित्र घुँघरु ?

 

Continue reading


वर्षा विविधा (१)

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

वसन्ती शोभाको मधुर मधुबेला पर गयो
कडा ग्रीष्मज्वाला पनि कम हुनाले डर गयो
गयी मन्दाक्रान्ता गनगन गरी ग्रीष्मभरिमा
उठ्यो वर्षा गर्दै ध्वनि शिखरिणीको मधुरिमा ।

कहाँ वर्षारानी जनजगतकी प्राणजननी
कहाँ अल्पज्ञानी गनगनवती यो शिखरिणी
कहाँ ज्ञानी पुर्खा कविगण बडा,शूर कठिनी
कहाँ मेरो लेखा मउपर चढ्यो भाव तपनी ।

 

Continue reading


ग्रीष्म गनगन

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, oallawa पल्लव,

खोलाधरे साहिँलो

स्वाँ स्वाँ होस् वा कलकल बगून् ,गड्गडाई बगून् क्वै
छाल्को हान्दै छपछप गरून् ,नाद नौलो सुनाई
खोला ,खोल्सा,नद र खहरे छन्द झैं शब्द गर्छन्
छङ्छङ् झर्छन् त्वरित छहरा छन्दकै भान दिन्छन् ।

वर्षा झर्दा झमझम कुनै पातमा बन्छ शब्द
झर्झर् गर्दै जल जमिनमा ठोकिंदा बन्छ शब्द
पानी बोकी सननन बहे वायुमा बन्छ शब्द
बेग्लाबेग्लै ढब तर सबै छन्द नै हो कि लाग्छ !

 

Continue reading


“भाषाप्रति “

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

उखेली मूर्दाका करङ अब गन्नै किन पर्यो ?
बितेका हूतात्मा घरिघरि बखान्नै किन पर्यो ?
बनौं पुर्खाजस्तै भनिकन बनौं के कपि अब ?
चुनौती नै बढ्लान् नवचलन बढ्दा थपथप ।

उही बोलौं हामी जुन सहज मान्छन् अधिकले
र,त्यै लेखौं जो स्वीकृत छ विधिले मान्यमतले
टिक्यो,जस्ले पायो विमति नभई लोकप्रियता
नपाएमा लुक्ला अलिअलि बनी कालग्रसित ।

 

Continue reading


बहरबद्ध गजल

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

सबै आफ्नु ठानौं र पो देश बन्छ
र,कर्तव्य धानौं र पो देश बन्छ !

कुनै जाल,चुक्ली कुनै झेल,खेल
कसैले नजानौं र पो देश बन्छ !

कुनै जाति वा वर्ण वा क्षेत्रभेद
नराखौं, नछानौं र पो देश बन्छ !

 

Continue reading


बहरबद्ध गजल

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

मलाई त यो जातले मार्नुमार्यो
चुलामाथिका भातले मार्नुमार्यो ।

उचोनीचको धारणाको धतूरे
नशाको कुवर्षातले मार्नुमार्यो ।

बनाएछ कस्ले विभेदी प्रथा यो ?
रुढीका छुचा हातले मार्नुमार्यो ।

 

Continue reading


बहरबद्ध गजल

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

“जङ्गलराज”
बाघको चर्ममा स्यालको राज छ
“दिक्क”को “धिक्क”को आम आवाज छ ।

लुट्नमा, कुट्नमा, भुट्नमा जो थिए
माथमा ती सबैको बडो ताज छ ।

जङ्गलीराजमा छैन सम्वेदना
क्यै घृणा वा न क्यै त्रास वा लाज छ ।

लोकले ,विश्वले भोलि जे जे भनोस्
ती समरस्वाँठका लागि ता “आज” छ ।

 

Continue reading


‘नियति’

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

चिल्लो केराको थाम
अँगालीरहें,अँगालीरहें
घाम चरक्क चर्केदेखि नै
क्षणिक शीतल/मुलायम
घाम ढल्किंदा पनि मुलायम
अनि , सधैं
सर्दी लागिरह्यो
म अँगालीरहें ।
तातेको तेल वा घिउ
भुटुन हो घरव्यवहार
पानीका छिटा पर्दा
पड्कीरह्यो ,पड्कीरह्यो
छेउमै बस्न बाध्य भएको म
पिल्सीरहें ,पिल्सीरहें ।

 

Continue reading


कसले जित्छ ?

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

ऐले मानिस भेट्न खोज्छ सजिलै भण्डार ऐश्वर्यका
नाना भोग विलास, राम रमणी सोहोर्न संसारका
ती इच्छा चरितार्थ पार्न सकियोस् ठानेर दुर्भावले
जे जे गर्छ ठगिन्छ,बन्छ विजयी सत्कार्यले,प्रीतिले ।१।

विश्वै जित्न भनेर युद्ध रचिए,रच्नेहरू नै ढले
द्वन्द्वी वर्ग समाप्त पार्दछु भनी लाग्नेहरू नै गले
जे जे काण्ड घटाइए विगतमा लोभानि पापानिले
केही पार भएन, आखिर जिते सद्भावले,प्रीतिले ।२।

 

Continue reading


बाङ्गो

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

धर्तीबाट उँभो हेर्दा बाङ्गो आकाश व्याप्त छ
धर्ती नै अक्षमा केही बाङ्गै ढल्केर घुम्दछ
कक्ष झन् पूर्ण बाङ्गो छ त्यस्तैमा पिण्ड घुम्दछन्
सारा ब्रह्माण्ड नै मानूँ बाङ्गाकै लागि बन्दछन् ।१ ।

चलेको यसरी बाङ्गो सिद्धान्तभित्र व्यापक
बाङ्गोपना मिलेको छ सोझाको छैन क्यै तुक
सोझो आैंलो घुसाएर घिउ कोट्टिन्न क्यै रति
बाङ्गो पारेर कोतर्दा हात लाग्छ भनेजति ।२ ।

 

Continue reading


बहरबद्ध गजल

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

तिमी बैंशरानी फरक यत्ति नै हो
म ढल्दो जवानी फरक यत्ति नै हो ।१।

तिमी झम्झमे झोल हौ मात लाग्ने
म ता अश्रुपानी फरक यत्ति नै हो ।२।

तिमी स्वस्थश्यामा मिलेकी तराजू
म कोल्टे कमानी फरक यत्ति नै हो ।३।

 

Continue reading


शुभकामना विजयादशमीको

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

तर्क्यो वर्षा अलिअलि गरी खुल्न थाले हिमाल
पर्दा खुल्दा अब प्रकृतिको देखियो क्या कमाल !
लाखौं तारा टिमटिम गरी रातमा चम्चमाए
यै शोभाले तरल मनमा भावना सल्बलाए ।१।

खोलानाला क्रमश: तनको नीर सङ्ल्याउँदै छन्
बाला झुल्ने तर खर सँगै धान पोटाउँदै छन्
लाग्दा एक्लो फगत दिनमा टण्टलापूर घाम
भ्यागुत्ता वा सरिसृप लुके आेस खोजी तमाम ।२।

 

Continue reading


बहरबद्ध गजल

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

परिवर्तित मलामीहरू)
मलामीहरू लाग्छ थाकेर आए
अहम् क्यै घटाएर पाकेर आए ।१।

हजारौं निहत्था चितामा चढाई
“शहादत ! शहादत !! फलाकेर आए ।२।

जबर्जस्त निस्तब्धतालाई “शान्ति”
भनाएर क्यै शर्त भाकेर आए ।३।

 

Continue reading


छन्दात्मक गजल

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

पाइन्छ काम जति गर्न अमेरिकामा
झोली बनाउन र भर्न अमेरिकामा ।१ ।

हाम्रा बडा सचिव,पण्डित ,राजकर्मी
आएर मिल्छ पछि पर्न अमेरिकामा ।२ ।

नेता र नेति कि हऊन् डुकुराम/देवी
हुन्छन् समान धन धर्न अमेरिकामा ।३ ।

 

Continue reading


. . . . . छन्द . . . . .

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, oallawa पल्लव,

खोलाधरे साहिँलो

छङ् छङ् छङ् झर्छ झर्ना अविरल गतिमा छन्द को नाद छर्दै
ज्ञानी, ध्यानी, किसानी सब जनमनमा स्निग्ध आह्लाद भर्दै
खोला, खोल्सा, नदी वा नहर,नद सबै छन्द कल्लोल बुन्छन्
मान्छे त्यो माधुरीमा हतप्रभ हुन गै छन्द त्यस्तै सुसेल्छन् ।१।

भाले एकाबिहानै कुँककुँक कुखुरी काँ गरि छन्द बास्छन्
डाँफे, क्वैली, जुरेली चिरबिर लयमा छन्दकै प्रात डाक्छन्
हावा चल्दा सुसेल्छन् वन उपवनका व्रिक्षले स्निग्ध छन्द
विद्युत् झिल्का उगेल्ने गडड गडगडे मेघले बोल्छ छन्द ।२।

 

Continue reading


बहरबद्ध गजल

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, oallawa पल्लव,

खोलाधरे साहिँलो

दुखेका कथा छन् भनूँ के म सानू !
लुकेका कथा छन् भनूँ के म सानू !

भयो प्यास लामो नपाएर पानी
सुकेका कथा छन् भनूँ के म सानू !

थिए सुक्ष्म जो दर्द आकार बढ्दै
फुकेका कथा छन् भनूँ के म सानू !

 

Continue reading