मिलन खतिवडा का जोर कविता

Milan, Khatiwada, मिलन खतिवडा , pallawa, पल्लव

मिलन खतिवडा

१) “गरिबीले लेखेको किताब”
पहिलो पानादेखि अन्तिम पानासम्म
दुख र पीडा लेखिएको किताब
गरिबीले लेखेको किताब
पहिलो पानामा जब एक गरिबको जन्म हुन्छ
च्यातिएको मैलो पुरानो थाङ्नोमा सुतिरहदा
दुलै दुलो परेको छानोबाट
गर्मीमा घामका किरणले गिज्याउछ्न्
जाडोमा सितका थोपाले गिज्याउछन्
अनि बर्षातमा पानीले
दोस्रो पाना बाल्यकाल बडो कठोर छ
धनिका छोराछोरीले
फेरि फेरि जुत्ता लगाउदा
ऊ चुडिएको हात्तीछाप चप्पलमा
प्याट प्याट आवाज निकाल्न प्रयास गर्छ  ।

 

Continue reading


गजल

Jibika, Khatiwada, Gantok, Sikkim, जीविका खतिवडा अश्रु’, pallawa , पल्लव

जीविका खतिवडा ‘अश्रु’

उ चाहिँ राम्रो म चाहिँ खराब कहिले नभन्नु
तिमीबाट पर्यो प्रभाब कहिले नभन्नु ।

तनाब धेरै भएपछी हिम्मत बटुल्न,
छिरें भट्टि पिए सराब कहिले नभन्नु ।

जत्ती बिस्वास गर दुईको एउटै हुन्न बिचार
पराइ सामु भयो तनाब कहिले नभन्नु ।

 

Continue reading


रीता खतिवडाका केही मुक्तकहरू

Rita, Khatiwada, रिता खतिवडा, pallawa, पल्लव

रिता खतिवडा

पोल्टा भरी तिम्रो माया समेटेर बोकउँ लाग्छ
मन्का कुरा तिमिमा नै खन्याउँदै पोखउँ लाग्छ
फूलको धारले रेट्छ भन्छन् मान्छेहरू यदा कदा
रेट्ने धार कस्तो हुन्छ कहाँ हुन्छ खोजउँ लाग्छ ।

तिमी सधै सुकुमार निस्पाप नै देख्छु सब
आफैसङ्ग अतालिन्छु तिम्रो आरोप भेट्छु जब
तिमी सङ्गै मन साट्दै तिम्रा राय बुझ्न खोज्छु
आफ्नो स्थान र अस्तित्वमा तिमीलार्इ भेट्छु तब ।

 

Continue reading


जानुका खतिवडाका केही मुक्तकहरूः

Jankka, Khatiwada, Januka, जानुका खतिवडा, pallawa, पल्लव

जानुका खतिवडा

जुन बोट बिरुवाले बढि फल दिन्छ उसैलाई ढुंगा प्रहार हुन्छ
कुन बोट बिरूवाले कम फल दिन्छ उसलाई ढुंगा प्रहारहुदैन ।
फल बढि दिने बोट बिरूवामा सबैको नजर बढी नै लाग्ने हुदा
सुन जतिकै महगो भएर होला त्यसैलाई ढुंगा बढी प्रहार हुन्छ ।।

राम्रो मान्छे र राम्रो किताब तुरून्त चिन्न सकिँदैन
राम्रो किताब र राम्रो मान्छे पनि तुरून्त भुल्न सकिदै ।
आपसमा मान्छे र किताबका राम्रा गुन गान एउटै हुँदा
राम्रो चिज देख्ने बितिकै हामीले तुरून्त किन्न सकिदैन ।।

 

Continue reading


स्वाभिमानको सगरमाथा!

Bhim, Khatiwada, Dharan, भीम खतिवडा, pallawa, पल्लव

भीम खतिवडा

स्वाभिमानको सगरमाथा!
बधाई नेपाली युवा खेलाडीहरू!
बधाई लात्तेभकुन्डोका महारथीहरू!
तिनका बोलीको मीठो,

व्यवहारको रुखोपन,
साँध र बाँधको हस्तक्षेप,
हाम्रो सानो शरीरमाथि,
माटो र पानीको बलात्कार,
सहेर नेपाल आमा,
शदियौँदेखि,
रोइरहिन्/
तिनका स्वार्थको घोडा नबन्दा,–

 

Continue reading


गरिव

Jankka, Khatiwada, Januka, जानुका खतिवडा, pallawa, पल्लव

जानुका खतिवडा

जन्मायौ आमा हुर्कायौ बाबा जवानी बनाई।
सधैको लागि छोडेर गयौ मृत्यूको मुखलाई।।
के जन्म दियौ बेसाहारा जीवन टुहुरो बनाई।
नदाजु भाइ नदिदि बैनि सधै एक्लो तुलाई।।

नखन्ने बारी नजोत्ने खेत केही छैन संसारमा।
नखाने अन्न नओत्ने घर बज्रपातलाई सहेर।।
टालेको लुगा मागेको अन्न सधै गुजरा चलाई।
सडक गल्ली गुहारा माग्दै कति दिन चलाउने।।

 

Continue reading


बिन्दा खतिवडाका केही मुक्तकहरूः

Binda, Luri, Khatiwada , बिन्दा खतिवडा, pallawa, पल्लव

बिन्दा खतिवडा

यो मन्सिरमा लगन गाठो बाधेर लान्छु भन्छ
जन्ती ल्याउछु अग्नि साक्षी राखेर लान्छु भन्छ
बाबा आमा भन्छन अरे बुहारिको खाचो भयो
धम्काउदै जान्नौ भने तानेर लान्छु भन्छ ।।

दुख्छ मुटु झन झन खाने बेलामा
बुहारिले लाउछे वचन खाने बेलामा
आँखा तर्छे बुहारिले छोरो पस्छ कोठाभित्र
उल्टिए झै हुन्छ गगन खाने बेलामा ।।

 

Continue reading


‘मेरो देश’

Jankka, Khatiwada, Januka, जानुका खतिवडा, pallawa, पल्लव

जानुका खतिवडा

प्रकृति भुमि शिरमा सगरमाथा बोकि चिनाएर
सेताम्य हिउँ टलक्क टल्कि चाँदनि बनेर
काखमा हिमाल पहाड तराई बोकि मुस्कुराएर
पहाडि पाखा हिमालि फाँट हरियालि चुमेर

हिमाल पहाड तराइ बेसि यहि ठाउँ भएर
लतिका लहरा सुसेलि खेल्दै हावामा झुलेर
ठछहरा छाँगा झर्ना बनी सुनामि फालेर
लहलह झुलाई बालि खेतका आलि प्रकृति रमेर

 

Continue reading


जानूका का केही मुक्तकहरूः

Jankka, Khatiwada, Januka, जानुका खतिवडा, pallawa, पल्लव

जानुका खतिवडा

सूर्यले सप्तरंगि किरण छरि टल्काएको छ हिमाल
बेला बखतमा बज्रपातले हानि ढल्काएको छ हिमाल
सात वटै रङ फिजाई पोतिएको हिमाल देख्न पाउँदा
सुन चाँदि हिरा मोति जोडे झै झल्किएको छ हिमाल ।

शिसा जस्तो जिन्दगी यो फुटे पछि थाहा पाए
तिमीसगको चोखो माया छुटे पछि थाहा पाए
दुनियाँले कुरा काटे, हल्ला गरे ,गाउँ भरि सधै
तिम्रो नाता अन्तै तिर जुटे पछि थाहा पाए ।

 

Continue reading


जानुका खतिवडाका एकदर्जन मुक्तकहरू

Jankka, Khatiwada, Januka, जानुका खतिवडा, pallawa, पल्लव

जानुका खतिवडा

च्यातिएका दुई मुटु चाँडो शिलाईदेउ
भगवान हामी दुबैलाई छिटो मिलाईदेउ
छुटेर पनि एक अर्कामा जिउँन सक्दैनौ
त्यसैले त प्रेम गर्ने शक्त्ति बढाईदेउ ।

उसको र मेरो बिचमा नजर ठोकियो
हिड्दा हिड्दै बाटैमा पाईला रोकियो
एक आसमा मन परापर भएर होकि
हेर हेर्दा हेर्दै उसको रूप अर्कै देखियो ।

 

Continue reading


गजल

Jibika, Khatiwada, Gantok, Sikkim, जीविका खतिवडा अश्रु’, pallawa , पल्लव

जीविका खतिवडा ‘अश्रु’

दु:ख हुँदा तीजको निम्तो नआएकै जाती
ऋण गरेर तीजको दर नखाए कै जाती ।

सीमापारि माइती सम्झी मन दुखाउनु भन्दा
गाउँ बेसीमा तीजको लहर नछाएकै जाती ।

शरीरमा सुनचाँदीको पसल खोल्दै हिड्न
असन्तुलित शृङ्गारपटार नलाएकै जाती ।

 

Continue reading


शोभा काफ्ले (खतिवडा) का जोर कविताः

Shobha, Kafle, Khatiwada, शोभा काफ्ले खतिवडा, pallawa, पल्लव

शोभा काफ्ले खतिवडा

कविता– १) “हिमालमा हिउँ र ढुड्गामा फूल फुलेको देशमा “
ढुड्गामा फूल फुलेको सुन्दर देशमा बस्दछु म रमाउँदै !
हिमालमा हाँसो खुलेको हाम्रो देशमा हाँस्छु म रमाउँदै!
कोशी र काली हुन् सड्गिनी मेरा बहन्छन यो देशमा !!
देशको कथा यो मुटुको रगतले लेख्दछु म गीत गाउँदै ! १

देशका शक्ति ;यो देशका शान यो देशका युवा हुन् !
यो कुरा बुझुन सत्तामा बस्नेले युवालाई देशमै राखुन् !!
यो देशको विकाश होस भनि हरपल ईश्वरलाई पुकार्छु
फर्केर आउन यो देशका सन्तान भनि रमाउँदै गीत गाउँछु !!२

 

Continue reading


असारे गीत

bhawani, khatiwada, भवानी खतिवडा, pallawa, पल्लव

भवानी खतिवडा

(राष्ट्रिय धान दिवस विशेष)
छुपु र छुपु रोपौंला घान हिलोमा पसेर
सकेर मेलो दही चिउरा खाउँला आलीमा बसेर,

असार मास सिमसिमे पानी घुमैले छेकौंला,
झुल्कियो घाम बोकेर हलो खेतमा पुगौंला ।

किसान हौं अनाजका फूलसँगै फुल्छौं,
माटोसँगै मीत लगाई हिमाल पहाड डुल्छौं,

लगाई मानो उब्जाउँला मुरी रमेर बाँचौंला,
असारे गीत गाइदेउ न साँइली छमछमी नाचौंला ।

 

Continue reading


रिता खतिवडाका मुक्तकहरूः

Rita, Khatiwada, रिता खतिवडा, pallawa, पल्लव

रिता खतिवडा

छोटामीठा कुराकानि गर्ने मोेका पाउँदा खेरी
दोर्याउँदै पढोउँ भयो पत्रिकाको पाना हेरी
साहित्यको साथ सङ्गै बिधा हरु थरिथरी
यस्ता औसर पाइरहु फेरीफेरी येसै गरि ।

सुख लुक्छ लुकाएर दुख चाँहिँ लुक्दैन नी
स्वभिमानि शिरहरू वेकसरमा झुक्दैननि
अनर्थका अभिमान, धाक धक्कु देखाउँदैमा
यथार्थकै खाँचो रहँदा अनर्थले पुग्दैन नी ।

 

Continue reading


“असलसाथ तिमी मेरो जीवनको”

Shobha, Kafle, Khatiwada, शोभा काफ्ले खतिवडा, pallawa, पल्लव

शोभा काफ्ले खतिवडा

असल मनको असल यात्री असल साथले तिमी मेरो समिप आयौ!
हरपल तिम्रा शुभ साथहरूले जीवन मेरो तिमीले नै सजायौ!!
तिम्रा मुटुका शुभ भावहरूमा मनका हरेक मेरा रहरहरू सजायौ!
मनको तिम्रो असल पनमा मेरा हरेक पल तिमीले मगमग बनायौ!!१

असल साथ यो मेरो जीवनमा तिमी नै हरपल यहाँ मगमगायौ !
बिहानीको उज्यालो सूर्य यो धरामा परे झैँ तिमी नै जगमगायौ !!
तिमी यो मनको साथै छौ यो मायाँको पनि त छौ तिमी नै साथ !
तिमी मेरो हर स्वासमा छौ तिमी छौ हर निस्वासमा पनि त साथ ।।२

 

Continue reading


आफ्नै जन्मदिनमा . . . . .

Shobha, Kafle, Khatiwada, शोभा काफ्ले खतिवडा, pallawa, पल्लव

शोभा काफ्ले खतिवडा

तिमीले दिएको यो मेरो जीवनमा ;तिम्रो नै मायाँको रुप छ!
घाम,छायाँ अनि तिम्रो मायाँको ;मिठो मिठो यो आभाष छ!!
कतै जीवनको सुवास छ ; कतै मायाँको मिठो उच्छवास छ!
कतै दिनझैँ उज्यालो मायाँ;कतै त्यो चन्द्रको कति मिठासछ

कतै सूर्यको उज्यालो ज्योति ;हृदयको भावमा नै खुल्दछ!
कतै मगमग त्यो उज्यालो चन्द्र ;रातको मोह पनि घोल्दछ!!
जीवन साथी तिम्रो स्नेह ;मनमा बसी सुवास पनि छोड्दछ!
मुटुका हर पाना भित्र रहरका ;अनेक सुन्दर शव्द खोज्दछ!!

 

Continue reading


गजल

Jibika, Khatiwada, Ashru, जिबिका खतिवडा ‘अश्रु’,  pallawa , पल्लव

जिबिका खतिवडा ‘अश्रु’

कात्रो किन्दिन्छु भनेर दाउरा किन्दिन्छु भनेर
घाट्मा माग्दैछ भोट उ मुर्दा सामु हात जोडेर ।

बिपत्ति परेकोबेला हो, उ यहीबाट हिडेथ्यो
बा’लाई हेरेर तर, ल्याएन एम्बुलेन्स बोलाएर ।

होसियार बन्नु है तिमी सधैं होसियार बन्नु
चोट लागेकै बेला आउलान यी नुनचुक बोकेर ।

 

Continue reading


छरिएका भावनाहरू

bhawani, khatiwada, भवानी खतिवडा, pallawa, पल्लव

भवानी खतिवडा

हाम्रा पौरखी हात पाउहरुको खाँचो छ त्यो देशमा
हाम्रै सोच विवेक बर्गतहरु खाँचो छ त्यो देशमा
हाम्रा बुद्धि विवेक शक्तिहरुको पर्खाइमा देश छ
नेपालीहरुबाट उच्च तहमा आत्मीय आदेश छ ।

वर्षाको अब याम आउन गयो पानी प-यो झम्झम
उब्जन्छन् मनभित्र पानी सरीकै इच्छाहरु रंरम
माटोबाट सुवास केही बटुली हावा चल्यो सर्सर
आफ्नो जन्मथलो पसेर स्मृतिमा ऐले भयो हर्हर ।

 

Continue reading


गजल

muna, khatiwada, मुना खतिवडा, pallawa, पल्लव

मुना खतिवडा

यो मान्छेको स्वभाव पनि अचम्मको हुन्छ
समयको अभाव पनि अचम्मको हुन्छ ।

ज्यान दिन्छु भन्नेले पनि छाडी जान्छ भोली
उस्ले दिने जबाफ पनि अचम्मको हुन्छ ।

अरे यो दुनिया नै भुल्न प्यूँन बानीहुँदा
सरावी नै खराब पनि अचम्मको हुन्छ ।

 

Continue reading


लायन विन्दा खतिवडाका केही मुक्तकिय टुक्राहरू

Lion, Binda, Khatiwada, लायन विन्दा खतिवडा, pallawa, पल्लव

लायन विन्दा खतिवडा

कस्तो छ कर्मको बोट ?
गोड सज्जन, कस्तो कर्मको बोट?
भोलि आउने छैन दिन यो फेरि
जे काम पनि गर आजै बिचारिएर हेरि

भोलि थियो न त्यो फेरि अर्को दिन हुनेछ सुन
फेरि आजैको नामले परिचित हुन्छ त्यो दिन
त्यसैले आजै गई गोडहाल कर्मको बोट
गर धर्म खाली ,नजमाउ धनको त्यो नोट

 

Continue reading