ऋषिराम खनालका केही मुक्तकहरू

Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

न कसैले रगत नाताको सम्बन्ध मिलाए
न कसैले सपनिमा ममताको याद दिलाए
खपीनसक्नु पीडासहेर बाँचेको एक्लो मत
न कसैले छट्पटीमा प्यासको पानी पिलाए ।

मैले पुग्नुथियो तथापि चुलिमा वा माथमा क्यै गरी
छेके स्वालहरु बथान हुलले जो मार्गको हत्पती
घुम्यो जीवन कोलझैं फनफनी बन्यो पिना पापरी
सोझो मानवको बनेन पथयो धिक्कार हो जीवनी ।

 

Continue reading


गजल

‎Parbati, Khanal, Aryal‎,, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल

धोका दियौ मित्र तिम्ले हार्दा मैले सहेँ
मेरै छाती माथि भार्इ मार्दा मैले सहेँ ।

तिम्ले मलाई केही दिए लिन आएको थे
सुस्तालाई भारत तिर सार्दा मैले सहेँ ।

जननीको आधार माथि घृणा थपिदियौ
अपमानको खडेरीमा खार्दा मैले सहेँ ।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

पिलाउने पनि समय रहेछ
मिलाउने पनि समय रहेछ ।

कहिले चम्कने कहिले मन्द भै
विलाउने पनि समय रहेछ ।

एक ठाउँ छाडी फेरी अर्कोतिर
हिलाउने पनि समय रहेछ ।

 

Continue reading


गजल

‎Parbati, Khanal, Aryal‎,, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल

अन्धकार छ मेरो जीवनमा जून बनेर आउनु
सन्नाटा छाएकोछ सारङ्गीको धुन बनेर आउनु ।

कष्टैकष्टले रूमलिएको काँचै छ यो जिन्दगानी
भावीको लेखन मेट्न सक्ने गुन बनेर आउनु ।

शृङगार रस बिनाको यो स्वप्निल सन्सारमा,
जीवन सन्तुष्ठीको स्वादिलो नुन बनेर आउनु ।

 

Continue reading


भगवती खनालका जोर गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गजल– १,
कहिले को समात्यो कहिले को मात्य‍ो भन्छ दुनियाँ
आफ्नै एक हातले अर्को हात काट्यो भन्छ दुनिया ।

हिजो पानी वारवार गर्ने रामे हर्केहरू आज
आपसी मिलेर नै दु:खसु:ख साट्यो भन्छ दुनिया ।

वर्षौ देखि सिलाउँदै राखेकी थिन आमाले मन
यसरी सन्तानकै वेदनाले फाट्यो भन्छ दुनियाँ ।

 

Continue reading


गजल

‎Parbati, Khanal, Aryal‎,, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल

सत्मार्गको दिव्य लक्ष्यमा घुल्न सकुँ आहा
स्वच्छ मनले निर्मलआकाश डुल्न सकुँ आहा ।

सबैसँग रम्दै रम्दै खुशी साथ जम्दै जम्दै
सबैलाई समान व्यवहारमा फूल्न सकूँ आहा ।

जिन्दगी एउटा मेल हो दुई दिनको खेल हो
खुशी दिदै र लिदै सबै माझ खुल्नसकुँ आहा ।

 

Continue reading


•गजल•

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

लडाउने र तान्ने छेउ छाउमै हुन्छन्
ती कुरा काट्न जान्ने छेउ छाउमै हुन्छन्

अघि फुल देखाई मौकामा पछी पछी
घातमा छुरा हान्ने छेउ छाउमै हुन्छन्

वोल्दैनन् कोही सत्य वाचा कसम सम्झी
अाफ्नो त्यो अर्को छान्ने छेउ छाउमै हुन्छन्

 

Continue reading


गजल

Anil, Khanal, अनिल खनाल, pallawa, पल्लव

अनिल खनाल

अब एउटी रोजी माया लगाउनु पर्‍यो
उसको मनमा माया त, जगाउनु पर्‍यो ।

सजिलै मान्ली जस्तो, लाग्या छैन मलाई
फकाउन कै लागि केही सगाउनु प-यो ।

झ्याइँ, झ्याइँ बिहे गर्ने पुरा हुनेभो रहर
साडी सिन्दुर पोते आजै मगाउनु पर्‍यो ।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

न्याय ती झुकाई दिन्छन् पैसा देखेपछि
हत्यारा फुकाई दिन्छन् पैसा देखेपछि

पैसामा विक्यो मान्छे सत्य छोडेर अाज
अन्याय लुकाई दिन्छन् पैसा देखेपछि

किनवेच भो सारा पैसाको अघि पछी
सज्जन चुकाई दिन्छन् पैसा देखेपछि

 

Continue reading


ऋषिराम खनालका केही मुक्तकहरूः

Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

श्लोक,
पैलेका हनुमानले दनदनी लंकैजलाए तर
ऐलेका हनुमानले दिनदिनै रित्तोबनाए घर
कस्लेपुन्य गरे तथापि कसले हर्दैछ पापीमन
यात्रागर्न भयो बडाकठिनयो तानेर तिम्रा रथ ।

ऐलेको तिहार आएछ गएछ
सबैका निधार खाली भएछ
ब्यूझेंम सारा झिलिमिलि देखें
धत् ! यो त सपनापो रहेछ ।

 

Continue reading


ऋषिराम खनालका केही मुक्तकीय टुक्राहरू:

Rishiram, Khanal, ऋषिराम खनाल,pallawa, पल्लव

ऋषिराम खनाल

रोकिन्न खेतमापानी आलीनभा बराबरी
बस्छ पानी लगाएपो ठूलाआली गरागरी
टाल्नुपर्छ कुनाकानी मुसाछिर्ने दुलापनि
तवमात्र मुरीमाना धानफल्छ रसाकसी ।

अनगिन्ती चोटहरु दबिएर रोटी भए
चुलिएका लक्षहरु एकाएक गोटीभए
चाहथियो योमनमा शिखरचढी रमाउन
अघिबड्दा लुटिएको जीवननै खोटीभए ।

 

Continue reading


•गजल•

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गरीवलाई दशै तिहार मान्नै धौ धौ भयो
यो महङ्गीले चाडपर्व नै धान्नै धौ धौ भयो

अती धेरै छ खाडल यहां हुने नहुनेमा
हामी सवै नेपाली हौ ठान्नै धौ धौ भयो

धेरै रहर वोकी दिन्छन् ती साना नानी वावु
कसरी हो माग पूरा गर्ने जान्नै धौ धौ भयो

 

Continue reading


बहरबद्ध गजल

Prakash, Khanal, प्रकाश खनाल, pallawa, पल्लव

प्रकाश खनाल

सखाले सामना गर्नै सिकाएका छैनन्
सफरमा पाइला चाल्दा लडाएका छैनन्

मुटुमा पुष्पले ज्यादा चिथोरेरै होला
मलाई धारिला काँडा बिझाएका छैनन्

कसैका दर्दले होला कसैका हर्षले होला
यहाँ कसका नयन छन जो रसाएका छैनन्

 

Continue reading


बहरबद्ध गजल

Prakash, Khanal, प्रकाश खनाल, pallawa, पल्लव

प्रकाश खनाल

नमीठो कहानी बनायौ तिमीले।
मुटुमा निशानी बनायौ तिमीले।

तिमी नै बसेको मुटु आज आफै,
जलायौ खरानी बनायौ तिमीले।

म सुत्ने गरेको,थियो हेर छाती,
अरूको सिरानी बनायौ तिमीले।

 

Continue reading


गजल

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

ढुङ्गाको मूर्ति पुजेर धार्मिक हुन खोज्छु म
गङ्गाको फोहोर पानीले पाप धुन खोज्छु म

अस्तब्यस्त छु आफैँ,भ्याउदिन स्याहार गर्न
आश्रममा बाउआमाको पाउ छुन खोज्छु म

आफैँ दुखी छु, नानाथरी ब्यथा छन मनमा
तैपनि ती दुखी मान्छे देखेर रून खोज्छु म

 

Continue reading


बन्दी प्रमाणपत्र !

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

कलेज जाँदा एकदिन “तिर्सना” को नजर “मनोज” को नजर संङ ठोकिन पुगे। खै किन हो दुबै ले अलि लामो समय नजर जुधाए । केहीछिन पछि “तिर्सना” का आँखामा केही लाजको लाली झल्कियो उनले नयनहरु झुकाइन् ।
अर्को दिन दुबैजना का आखाहरुले एकाअर्कालाई खोजेको आभास भयो । क्लास मा जाने बेलामा अचानक एक अर्को लाई देखे ! दुबै जना ले हल्का मुस्कान साथ फेरि फेरि भेट्ने अनौपचारिक निमन्त्रणा दिदै क्लास भित्र गए ।
क्लास सकिए पछि बाहिर निस्के र दुबै जना खाजा खान चमेना घरतिर गए !

 

Continue reading


ऋषिराम खनालका केही मुक्तकहरू:

Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

असलफूल टिप्नलाई पहरामा चड्नुपर्ला
फूलमौरी र भमराका अघिअघि बड्नुपर्ला
ख्यालगर फूलटिप्ने सौखिनका मालिकहरु
राम्रोछांन्दा भिरबाट चिप्लिएर लड्नुपर्ला ।

उकाली चढेकाहरुले थकाए
अगाडी नबड्नेहरुले सताए
कसैले उठाए कसैले बसाए
म अन्जानलाई बिपत्ता रुवाए ।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

मुटुले माट‍ो वोल्छ वोल्दैन
गुन्द्रुक अांटो वोल्छ वोल्दैन

अोल्लो पल्लो छिमेकी भाईको
हिड्ने दोवाटो वोल्छ वोल्दैन

एउटै घर टुक्रीदा खेरी
पिडाको खाटो वोल्छ वोल्दैन

 

Continue reading


गजल,

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

जानाजान हाम्रो माया छुटाउछौ भने
तिमिले कोमल यो दिल टुटाउछौ भने

दिल भित्रैबाट मेटाउछु सबै ती यादहरु
तिमीले जवानी अर्कैलाई लुटाउछौ भने

मेरो पबित्र मायाको नाता तोडेर तिमी
अर्कै अपवित्र सम्बन्ध खुटाउछौ भने

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

तिमी अन्तै रम्न थाले पछी थाहा भो
नियतिले पाउ चालेपछी थाहा भो ।

अमृत भन्दै मलाई बीस दिएछौ
प्यारले यसरी गालेपछी थाहा भो ।

खरानी वनाउन मागेछौ नी मुटु
यादले नै अागो वाले पछी थाहा भो ।

 

Continue reading