मृत्तिका-महिमा

Husain,Khan, हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

टोपी ह्यूँको लगाई सकल जगतमा झल्मलाईरहेकी
अग्ला-अग्ला अनेकौं हिमशिखर सँगै मुस्कुराईरहेकी
आफ्नै शैली र मीठो स्वर लहरमहाँ गुन्गुनाईरहेकी
यी हुन् नेपालआमा हृदयभरि सधैं मग्मगाईरहेकी

खोला-नाला र सारा जलनिगमहरू बग्दछन् कल्कलाई
उठछन् मीठो तराना ध्वनित लहरमा पीर-मर्का भुलाई
डाँडाकै माथिबाटै छङछङ झरना झर्दछन् झर्झराई
बोल्छन् यी प्रेमवाणी मधुर हृदयले वाद्य मीठो बजाई

 

Continue reading


बहरबद्ध गजल

Husain,Khan,  हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

जिन्दगीमा गर्नु पर्ने काम बाँकी छ अझै
यो जगतमा चिन्नु पर्ने नाम बाँकी छ अझै

भेटिएको त्यो पुरानो ठाम बाँकी छ अझै
गौधुलीको एक मुट्ठी घाम बाँकी छ अझै

देखिएका घाउ सारा मेटिएकाछन् तर
शव्दबाट पीटिएका डाम बाँकी छ अझै ।

 

Continue reading


बहरबद्ध गजल

Husain,Khan, हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

जिन्दगीमा गर्नु पर्ने काम बाँकी छ अझै
यो जगतमा चिन्नु पर्ने नाम बाँकी छ अझै

भेटिएको त्यो पुरानो ठाम बाँकी छ अझै
गौधुलीको एक मुट्ठी घाम बाँकी छ अझै

देखिएका घाउ सारा मेटिएकाछन् तर
शव्दबाट पीटिएका डाम बाँकी छ अझै

 

Continue reading


जुविदा खानका केही मुक्तकहरूः

Jubida, Khan,जुवेद खाँन , pallawa, पल्लव

जुवेद खाँन

हो म आफ्नै नाउबाट पहिचान बनाउछु।
जत्ती बिगार जिन्दगी मुल्यवान बनाउछु।
अपहेलित छ स्वयम पथ्थर आफैमा
हेर यही पथ्थरमा म आफ्नो स्थान बनाउछु।

यो जमात यो मेहेफिल बिरानो लाग्छ।
तिमी गयौ जब यो दिल बिरानो लाग्छ।
हरेक सपना जिन्दगीको मख्सद तिमी
टाढियौ सपनाको मञ्जिल बिरानो लाग्छ।।

 

Continue reading


जुबिदा खानका केही मक्तकहरूः

Jubida, Khan,जुवेदा खाँन  , pallawa, पल्लव

जुवेदा खाँन

छोड्यौ टाढिए बरु तिम्रो साथ बाट
मुक्त हुन सकिन केवल याद बाट ।
दोबाटोमा हिडेको आज बर्षौ पुगेछ
समय सँगै तिमी छुट्यौ हात बाट ।।

स्वार्थरुपी तिम्रो कुरुर ढल्नेछ।
अजम्बरी हुदैन हजुर ढल्नेछ।
तिमी जवानी बेचेर जिन्दगी किन्न खोज्छौ
तिम्रो जवानी पनीत एकदिन जरुर ढल्नेछ।

 

Continue reading


दुइ मुक्तक

Husain,Khan, हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

निलो आकास भो रातो, यहाँ माटो विरामी छ
हिमाली ह्यूँ भयो तातो, यहाँ माटो विरामी छ
लडेकाछन्, भिडेकाछन्, यहाँ आफ्नै शिरा – धम्नी
जता हेर्यो उतै टाटो, यहाँ माटो विरामी छ ।
(1222×4)

मेरा यी हिम टाकुरा गगनमा छुन्छन् कि छुन्छन् कि झैँ
सेता ताज सधैँ मुहार हँसिला बोल्छन् कि बोल्छन् कि झैँ
यिन्को चुम्बन गर्न यो गगनका द्यौता धरी झर्दछन्
कस्तो सुन्दर सृष्टि भो सुनहला स्रष्टा स्वयम् दङ्ग छन् ।

(छन्द ः शार्दूल विक्रीडित, म स ज स त त गु)

 

Continue reading


बहरबद्ध गजल

Husain,Khan,  हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

चाँदनी रात झल्मलाएछ
जिन्दगी सङ्ग मुस्कुराएछ

आँगनीमा मिठो हवा चल्दा
मख्मली फूल मग्मगाएछ

कोइली मस्तछिन् कु- कू गर्दै
फेरि फर्की बहार आएछ

 

Continue reading


मेरो नेपाल

Husain,Khan, हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

धरामा सुमेरू छ नेपाल मेरो
यही नै दिलैको सुसञ्जाल मेरो
तरार्इ-पहाडी-हिमाली स्वरूप
मिलेरै बनेको छ मायालु रूप
।१।
कहीँ देउराली कहीँ दून-डाँडा
यहाँ भीरपाखा रहेछन् हजार
कतै लेक-बेसी कतै खर्च-टार
जडीबूटिकै हो ठुलो नै भँडार
।२।

 

Continue reading


मेरी मृत्तिका

Husain,Khan, हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

मृत्तिका देशको चुम्न पाऊँ सधैँ
राष्ट्रकै मटि्टमा रम्न पाऊँ सधैँ
मृत्तिकाले दिइन् रत्नझैँ जिन्दगी
सम्झनामा रहून् यी पला औ घडी
।१।
ओममा शान्तिकी छ्यौ किनारा तिमी
सत्यमा जीतकी सत्य नारा तिमी
ज्यान नै हौ तिमी प्राण नै हौ तिमी
सत्य चैतन्यकी वाटिका हौ तिमी
।२।

Continue reading


मेरी मृत्तिका

Husain,Khan,  हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

मृत्तिका देशको चुम्न पाऊँ सधैं
राष्ट्रकै मट्टिमा रम्न पाऊँ सधैं
मृत्तिकाले दिइन् रत्नझैं जिन्दगी
सम्झनामा रहुन् यी पला औ घडी
(१)
ओममा शान्तिकी छ्यो किनारा तिमी
सत्यमा जीतकी सत्य नारा तिमी
ज्यान नै हौ तिमी प्राण नै हौ तिमी
सत्य चैतन्यको वाटिका हौ तिमी
(२)

Continue reading


बहरबद्ध गजल

Husain,Khan, हुसैन खाँ, pallawa, पल्लव

हुसैन खाँ

प्रेमको बाटो बनाए, रम्छ हाम्रो जिन्दगी
देशको माटो रमाए, रम्छ हाम्रो जिन्दगी ।

हिन्दु- मुस्लिम्- बौद्ध-ईसाई बसेको बागमा
धर्म मायाको चलाए, रम्छ हाम्रो जिन्दगी ।

लेक- वेसी भीर- पाखा औ तराई -दूनमा
गाउँ- बस्ती नै हसाए, रम्छ हाम्रो जिन्दगी ।

 

Continue reading


गजल

Husain,Khan,  हुसैन खाँ, pallawa, पल्लव

हुसैन खाँ

गणतन्त्र दिवसको शुभ अवसरमा

सद्भावको जुहारी खेल्दै छ देश मेरो
पीठो न मूछि रोटी बेल्दै छ देश मेरो

ईर्ष्या र द्वेष- घृणा बढ्दै छ यो जुनीमा
आफन्तको कुटाई झेल्दै छ देश मेरो

हास्दै छ भित्र- भित्रै अन्यौल राजनीति
आफै टुक्रिन जालो जेल्दै छ देश मेरो

 

Continue reading


धन्य हो लोकतन्त्र

Husain,Khan, हुसैन खाँ, pallawa, पल्लव

हुसैन खाँ

यताउता जतासुकै कुरा चल्यो फसादको
कि अन्ध भो स्वदेश यो हुरी चल्यो विषादको
चुसेर रक्त दीनको मजा लिने मनुष्य हो
मनुष्यलाइ विश्वमा सताउने मनुष्य हो
(१)
सभा भयो कठैबरा ! कराउने- तताउने
बढ्यो स्वभाव दानवी दबाउने- सताउने
हिड्यो बथान गिद्धको कराउँदै- सुसाउँदै
यताउता जतासुकै रमाउँदै – डराउँदै
(२)

 

Continue reading


हुसैन खाँका तीन टुक्रा ।

Husain,Khan, हुसैन खाँ, pallawa, पल्लव

हुसैन खाँ

विकासका नै गहना लगाए
नौली सुनौली वधुझैँ सजाए
फेरिन्छ पक्कै रङ- रूप सारा
हुन्थिन् धराकी त यिनी सितारा

यो देशलाई दिलमा सजाऔँ
यो प्रेमबारी रसिलो बनाऔँ
आफन्त ठानीकन प्रीत लाऔँ
आऊ सबै स्वागत गीत गाऔँ ।

 

Continue reading


हुसैनका दुइ मुक्तक

Husain,Khan,  हुसैन खाँ, pallawa, पल्लव

हुसैन खाँ

संगै हाँसौँ हामी मुसुमुसु गरी हास्य रसमा
सधैँ नाचौँ हामी छमछम गरी प्रेमरसमा
सधैं खेलौँ हामी वन -चउरमा जीवनभरी
सधैं बाचौँ हामी यहि धरणिको चिन्तनगरी ।

नाट्य सम्राट “सम ” को ११२ औँ जन्म जयन्तीको अवसरमा वहाँ प्रति आत्मिक श्रद्धान्जलीको

साथै एक श्लोक कविता ,
कैले तराई र पहाड धाएँ
कैले हिमाली हिउमा बिलाएँ
हेरेर -देखेर-सुनेर आएँ
यै म्रृत्तिकामा नव-प्रीत लाएँ ।

Continue reading


हुसैनको २ रुबाई र १ मुक्तक

Husain,Khan,  हुसैन खाँ, pallawa, पल्लव

हुसैन खाँ,

वासन्ती बाग मा चरा उस्तै छन
झन काडे झारका गरा उस्तै छन
पालो पालो मजा लिने नेता मा
सामन्तीवाद का जरा उस्तै छन्

आस्थाको बांध भद् किएको छ कतै
सीमाको सांध च्यपिएको छ कतै
आफू भित्रै छ प्रेम भन्डार तर
मायाको ताज चर्किएको छ कतै

 

Continue reading