बहरबद्ध गजल

Khagendra, Samarpan, Neupane, खगेन्द्र न्यौपाने ‘समर्पण’, pallawa, पल्लव

खगेन्द्र न्यौपाने ‘समर्पण’

खोटी छु भाग्य थाप्ने डोको पर्यो मलाई
रस पोखिएर सकियो खोक्रो पर्यो मलाई ।

हाँस्दा म हाँस्छु भन्ने धेरै सखाहरू छन्
अब कोही अाँसु पुछ्ने खाँचो पर्यो मलाई

बिस्कुन सुकाउँदैछन् तिनले फलाई अन्न
खन्दै अझै म बारी बाँझो पर्यो मलाई ।

 

Continue reading


बहरबद्ध गजल

Khagendra, Samarpan, Neupane, खगेन्द्र न्यौपाने ‘समर्पण’, pallawa, पल्लव

खगेन्द्र न्यौपाने ‘समर्पण’

फर्किएला फेरि खोला नसोचे भो
निष्ठुरीले दिन्छ माया नसोचे भो ।

झूट बोल्ने काम छोडिसक्यो उसले
मित्र हो उसलाई नेता नसोचे भो

लाख गाग्री हाल पानी सुकिजान्छ
बालुवाको खेती नाफा नसोचे भो ।

 

Continue reading


बहरबद्ध गजल

Khagendra, Samarpan, Neupane, खगेन्द्र न्यौपाने ‘समर्पण’, pallawa, पल्लव

खगेन्द्र न्यौपाने ‘समर्पण’

होला र कहिले देशमा, सर्वत्र नारीको खटन
बेसार मसला तेलमा, सासू बुहारीको खटन

खै किन स्वचालित बन्न नि, नेता डराएका यहाँ
अादत परेरै हो कि झैँ, लाग्दैछ पारीको खटन

साथै छ भन्दैमा सारा, स्वामित्व अाफ्नै हुन्न त्यो
बोक्ने स्वयं भरियासँगै, झन् छैन भारीको खटन

 

Continue reading


बहरबद्ध गजल

Khagendra, Samarpan, Neupane, खगेन्द्र न्यौपाने ‘समर्पण’, pallawa, पल्लव

खगेन्द्र न्यौपाने ‘समर्पण’

ऊ राष्ट्रभक्त भाषण गर्दा रहेछ अाखिर
हो देश यो बिगार्ने नेता रहेछ अाखिर

देख्दा धनी थियो ऊ गिट्टी कुटेर हिड्थ्यो
सम्पत्ति श्रीमतीको पेवा रहेछ अाखिर

रुवाइदिन्छ अाफ्ना मान्छे मरेपछाडि
हो लासमा नि शक्ति पक्का रहेछ अाखिर

 

Continue reading


कोपिला जीको Fb बाट तानिएका केही मुक्तकहरू

Khagendra, Giri, Kopila, खगेन्द्र गिरी ‘कोपिला’, pallawa, पल्लव

खगेन्द्र गिरी ‘कोपिला’

समय आफ्नै गतीमा गैरहेको मिठो हुँदोरहेछ
रहरहरु मुटुभित्रै रैरहेको मिठो हुँदोरहेछ
जिन्दगीलाई दृश्यजस्तो ठानेर सोच्दा कहिलेकाहिं
सम्झनाहरु सम्झनै भैरहेको मिठो हुँदोरहेछ ।

जिन्दगीमा के छ र यहाँ ? तिर्सना बाहेक !
केही पनि जोगिन्न भोलि सिर्जना बाहेक
के चाहिन्छ र मान्छेलाई मान्छेबाट धेरै?
मात्र अलिकती उधारो सम्झना बाहेक !

 

Continue reading


गजल

Khagendra, Giri, Kopila,खगेन्द्र गिरी ‘कोपिला’, pallawa, पल्लव

खगेन्द्र गिरी ‘कोपिला’

आकाशभरी आफन्तजस्ता लाग्ने तारा छन् |
जो सधै नै देखिन्छन् तर निकै टाढा छन् |

प्रकृतीको नियम पनि क्या अनौठो रहेछ् !
साना माछा नै यहाँ ठुला माछाका आहारा छन् |

सुस्तरी हिंड्नु कर्तव्यको मार्गमा यहाँ
किनकी बाटोभरी केवल काडैकाडा छन् |

 

Continue reading


यम्मेलाई रिकुटेको सम्झना

Limbu, Khagendra, खगेन्द्र लिम्बू, pallawa, पल्लव

खगेन्द्र लिम्बू

लुङ्गी उचालेर
धेरै बर्खे खोला तरेकी छौ
पत्करसँगै सपनाहरू बटुलेकी छौ
हात-गोडा घोटेर माटोमा प्रेम रोपेकी छौ ।

पालाम घन्कार जीवन उघारेकी छौ ।

म लाटो थाङ्बेन- हेरिरहन्थेँ चुपचाप ।
अहो- मेन्छ्यायम डाँडामा घाम झुले झैँ
जब तिम्रो निधारमा पसिना टल्किन्थ्यो
अगेनुमा आगो सल्किन्थ्यो ।

 

Continue reading


गजल

Khagendra, Khilaphi, खगेन्द्र खिलाफी, pallawa, पल्लव

खगेन्द्र खिलाफी

टुटेको तक्दिर मेरो
फुटेको तक्दिर मेरो।

बेमौसमी बर्षादले ,
कुटेको तक्दिर मेरो।

आकाश धर्ती झै बनी,
छुटेको तक्दिर मेरो।

 

Continue reading


जन्मभूमिमा नागरिक सम्मान पाउँदाको अनुभूति

Dr., Khagendra,  डा. खगेन्द्रप्रसाद लुइटेल, Luitel, pallawa

डा.खगेन्द्र प्र.लुइँटेल

जननीजन्मभूमिश्च स्वर्गादपिगरीयसि… मेरो जन्मभूमि तेरथुम, सोल्मा– ९ कालिमाटी । मेरो तेरथुमसँगको साइनो अनि तेरथुम बसाइ र छोडाइबारे केही रोचक प्रसङ्ग छन् … । मैले प्राथमिक शिक्षा त्यहीँ मेरा हजुरबाका नाममा स्थापित गौरीशङ्कर प्राविमा लिएँ । त्यहाँ मलाई सुरुमै कक्षा तीनमा भर्ना गरियो । त्यसमा स्कुल फस्ट गरेँ र मलाई डबल प्रमोसन गरी पाँच कक्षामा लगियो । त्यसमा पनि म स्कुल फस्ट नै भएँ । त्यसपछि मलाई इटहरीको जनता माविमा कक्षा छ मा भर्ना गरियो । कक्षा छ मा केही समय पढेपछि म गर्मीले त्यहाँ बस्न सकिन र पुनः तेरथुमै फर्किएँ । घरबाट तीन घन्टाजति उकालो हिँडेर पुगिने रत्न मिडिल स्कुलमा मलाई भर्ना गरियो र त्यहाँ मैले घरबाटै धाएर एक वर्ष पढेँ । त्यस स्कुलमा मैले छ कक्षाको अर्धवार्षिक परीक्षामा स्कुल फस्ट गरेपछि बीचैमा सातमा लगियो, त्यसमा पनि स्कुल फस्ट नै गरेँ ।

 

Continue reading


आप्रवासी नेपाली साहित्यको सैद्धान्तिक र व्यावहारिक पक्ष

Dr., Khagendra, लुइँटेल, Luitel, pallawa

डा.खगेन्द्र प्र.लुइँटेल

१. डायस्पोराको परिचय
हेब्रुली नबिगत तथा अङ्ग्रेजी exile सँग सम्बद्ध ग्रिसेली शब्द diaspora (डायस्पोरा) को पुरानो अर्थ यहुदी समुदायले प्यालेस्टाइनबाहिर निर्वासित जीवन बिताउनु वा कसैलाई दण्ड दिई एउटा मुलुकबाट निकालेर अर्को मुलुकमा धपाउनु भन्ने भए पनि यतिखेर डायस्पोराको सम्बन्ध सोझै यहुदी निर्वासन वा दण्डसँग गाँसिदैन र यसले बलपूर्वक ननिकालिई आफैँ सँसारभर फैलिनु भन्ने अर्थबोध गराउँछ । वर्तमान सन्दर्भमा डायस्पोरा शब्द प्रारम्भिक वा पुरानो अर्थ निर्वासनमा मात्र सङ्कुचित नरही यसको अर्थविस्तार र अर्थपरिवर्तन भएर यसले फैलावट/विकीर्णन (dispresion), फिँजाइ (spreading), छराइ/तितरबितर (scatering), बसाइँसराइ(migration) आदि अनेक अर्थ दिन थालेको छ ।

 

Continue reading


माया

Limbu, Khagendra, खगेन्द्र लिम्बू, pallawa

खगेन्द्र लिम्बू

साउनी श्रीमानले अर्कै केटी लिएर हिँडेको पीडाले टोल थर्काएर छाती पिटी-पिटी रुनसम्म रोइन् । त्यो हेरेर बसेका पल्लाघरका युवक पनि गर्लफ्रेण्डले छोडेको चोटमा तीन दिनदेखि भोकभोकै बसेको थियो । आफ्नी गर्लफ्रेण्डसँग रमाईलो गरेका अतित र बाचा-कसमहरु सम्झँदै ऊ झ्यालमा रोएर बसेको थियो । देख्दा देख्दै साउनीले घर सामुन्नेको आँपको बोटमा आफूलाई पासो हालिन् । केटोको होस-हवास उड्यो । ‘धत यसरी छोटो बुद्धी गर्न हुन्छ तिमीले ! माया ब्यापार र खेती भए पो सधैं पाउने आशा हुन्छ त । माया त खुशी हो । उसले तिमीलाई छोडेर के भो त ? यत्रो दुनियाँ छ तिमीसँग । हेर मलाई पनि, मेरो गर्लफ्रेण्डले छोडेर गइन् । म अझै हाँसी-हाँसी बाँचेको छु । धोका खानेजति सबै मरे भने त यो संसारका सप्पै मान्छे आत्महत्या गरेरै सकिन्छन् ।’-गलाको डोरी काटिदिएर उसले ती साउनीलाई सम्झाउन कतिखेर पुग्यो, उसैलाई पत्तो भएन ।

 

Continue reading


बलिया भएकाछन् करङहरु … ।

Limbu, Khagendra, खगेन्द्र लिम्बू, pallawa

खगेन्द्र लिम्बू

हृदयका शारिकाले
आफ्नै करङ्का तारहरू रेटेर
सारङ्गी कृष्णभिसारिकासामू
साहस्रीका दस्तावेजहरु गाइरहेछ ।

सिस्नोका पातहरुको ओछ्यानमा
हनिमून मनाएर भर्खरै ब्युँझेको छ-आँखा ।

 

Continue reading


नेपालीका विशिष्ट नाटक/एकाङ्कीकार गोविन्दबहादुर मल्ल गोठाले

Dr., Khagendra, लुइँटेल, Luitel

डा.खगेन्द्र लुइँटेल

१. परिचय
१९७९ साल असार २५ गते पिता ऋद्धिबहादुर मल्ल र माता आनन्दकुमारी मल्लका जीवितमध्येबाट जेठा छोराका रूपमा ओमबहाल दफ्तर, काठमाडौंमा जन्मिएका जयबहादुर मल्ल आधुनिक नेपाली साहित्यमा गोविन्दबहादुर मल्ल गोठालेका नामबाट सुपरिचित छन् । तत्कालीन राजनैतिक परिस्थितिका कारण प्रारम्भतिर यिनले गोठाले उपनामबाट साहित्य सिर्जना गर्न थालेको बुझिन्छ र पछि यिनी यसै नामबाट नेपाली साहित्यमा परिचित हुनपुगेको देखिन्छ । नेपालको साहित्यिक पत्रकारिता जगत्मा मात्र नभएर सिङ्गो नेपाली साहित्यमै विशिष्ट स्थान राख्ने र नेपाली साहित्यका विभिन्न विधालाई आधुनिकतातर्फ डोर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने पत्रिका शारदाका सम्पादक आफ्ना पिता सुब्बा ऋद्धिबहादुर मल्ल र तत्कालीन अन्य साहित्यकारहरूको संसर्गबाट गोठाले नेपाली साहित्यका क्षेत्रमा प्रवेश गरेका हुन् ।

 

Continue reading


महामण्डल साहित्ययात्रा

Dr., Khagendra, लुइँटेल, Luitel

डा.खगेन्द्र लुइँटेल

यस पटकको यात्रा किटानीसाथको साहित्ययात्रा थियो-महामण्डल साहित्ययात्रा । नुवाकोट साहित्य प्रतिष्ठानको निम्तो स्वीकारी यो यात्रा तय भएको थियो । गाउँमुखी साहित्यबारे एउटा कार्यपत्रसमेत तयार पारिदिन गरिएको प्रतिष्ठानको आग्रहलाई मैले स्वीकारेको थिएँ । प्रथम गणतन्त्र दिवसको अवसर पारेर सोही दिन बिहान थालिएको थियो हाम्रो साहित्ययात्रा ।  गणतन्त्र दिवसका दिन बिहान साढे छ बजेतिर यसो चुच्चो पखालेर म एकजोर फेरफारसहितको सानो झोला बोकी कीर्तिपुरबाट सहरतिर प्रस्थान गरेथेँ । सात बजेतिर अनामनगर पुग्दा नजिकनजिकका कोहीकोही त्यहाँ आइसकेका रहेछन् । त्यहाँ खासै ढिलो नगरी ठूला अक्षरमा महामण्डल साहित्ययात्रा २०६६ र अलि साना अक्षरमा आयोजक नुवाकोट साहित्य प्रतिष्ठान लेखिएको ब्यानरसहितको हाम्रो गाडी अघि बढ्यो ।

Continue reading


गुवाहाटी यात्रामा पुत्नेछोराको करामत

– डा. खगेन्द्रप्रसाद लुइटेल

गौहाटी विश्वविद्यालयले नेपाली स्नातकोत्तर कार्यक्रमको विशेष गोष्ठीमा विशेषज्ञका रूपमा आमन्त्रण गरेकाले गुवाहाटी जानुपर्ने भयो । उताबाट व्यक्ति नै तोकेर निम्ता आएको हुँदा त्यहाँ कोको जाने भन्ने विवादको कुरै भएन । रासुले आफूलाई फोनबाट निम्ता आएको कुरा बताए । मलाई त्यसपूर्व नै कार्यक्रम विवरणसहितको जानकारी आइसकेको थियो । हाम्रो उता जाने पक्का भएपछि रासुको प्रस्तावअनुसार सपत्निक जाने भइयो । भद्रपुरसम्मको टिकटको जिम्मा रासुले र उताको टिकटको जिम्मा मैले लिएँ । बोन ट्राभल्सका विनोद पौडेललाई फोन गर्नेबित्तिकै उनले न्यु जलपाइगुडीबाट चढ्ने गरी ‘गुवाहाटी एक्सप्रेसको टिकट घरमै ल्याइदिए । रासुले पनि यती एयरबाट आतेजाते टिकट लिइसकेको बताए । उताको मौसमी जानकारी मलाई फोनबाटै प्राप्त भइसकेको हुँदा त्यसैअनुसारका लुगा हाल्ने टुङ्गो गरियो ।

Continue reading


गजल

–  खगेन्द्र लिम्बू

भीरैमा पलाएँ भीरैमा फुलुँ कि
सुहाए मायाको शिरैमा फुलुँ कि

छाँगामा सपना बगाई जाने गो’
दुखेरै भए नि तीरैमा फुलुँ कि

Continue reading


गजल

–  खगेन्द्र लिम्बू

भीरैमा पलाएँ भीरैमा फुलुँ कि
सुहाए मायाको शिरैमा फुलुँ कि

छाँगामा सपना बगाई जाने गो’
दुखेरै भए नि तीरैमा फुलुँ कि

Continue reading


तेर वर्षपछि तेरथुम टेक्दा …

– डा. खगेन्द्रप्रसाद लुइटेल

तेरथुम मेरो, म तेरथुमको । परिस्थितिले डोर्‍याएर मलाई निकै टाढा पुर्‍यायो तर मेरो रगतका कणकणमा अनि नसानसामा तेरथुमै तेरथुम छ । मलाई मेरो जन्मभूमि तेरथुम अति प्यारो छ । अनि मेरा तेरथुमेहरू झनै प्यारा छन् । मैले तेरथुम छोडेको धेरै वर्ष बितिसकेछ । निकै वर्ष पहिले एकदुईपटक क्याम्पसको जाच चलाउन गएको थिएँ । त्यसपछि त्यहाँ जाने मन हुँदाहुँदै पनि अनुकूल मिलेको थिएन । यसपटक अनुकूल मिल्यो क्याम्पसकै कामका सिलसिलामा… ।

Continue reading


गीत

–  खगेन्द्र पन्धक लिम्बु

एक्लै बसी रुने मन भो’ ,रुन्छु बेस्सरी
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी

राखे पनि झिके पनि पोल्छ भत्भती 
बुढेस कालमा बल्ल बुझें माया एकरत्ती

Continue reading


मुक्तक आधादर्जन

खगेन्द्र गिरि ‘कोपिला’

१)
कल्पनाको उडानबाट नझरेको पनि धेरै दिन भयो
भावनाका तरङ्गहरु नछरेको पनि धेरै दिन भयो
आफैमा आफूलाई अनुवाद गर्न खोज्दाखोज्दा
सम्झनाको नविकरण नगरेको पनि धेरै दिन भयो

Continue reading