हेमन्त खड्का

Hemanta, Khadka, Yatri, हेमन्त खड्का ‘‘यात्री’, pallawa, पल्लव

हेमन्त खड्का ‘‘यात्री’

बहरबद्ध गजल– १,
जिन्दगी स्वप्न हो, आशमा चल्दछ ।
एकमुठ्ठी न हो, सासमा चल्दछ ।

चाहना प्यारको, राख्छ आत्मा कति
हुन्न साच्चै पुरा, खासमा चल्दछ ।

जे गरौँ जो जहीँ, दु:ख पीडासँगै
प्राणको भीक यो, गाँसमा चल्दछ ।

 

Continue reading


गजल

Hira, Khadka, Adhikari, हिरा खड्का अधिकारी, pallawa, पल्लव

हिरा खड्का अधिकारी

गाउँघरमा फरिया र चोली छोडे आज
आमा जस्तो पवित्र त्यो बोली छोडे आज

कठै ! सारा अनुशासन छोड्दै जाँदा खेरी
रेड लाइट र जुवा घर नै खोली छोडे आज

विवाहमा आजकल कार मोटर लैजानाले
पुरानो त्यो ताम्दानी र डोली छोडे आज

 

Continue reading


गजल

Kiran, Khadka, किरण खड्का, pallawa, पल्लव

किरण खड्का

आकृति आफु जस्तै छायाँ होसत यस्तो होस्
अदृश्य यो दुनियाँमा माया होस्त यस्तो होस्

त्यता तिम्रो मुटु दुख्दा मलाई पनि सन्चो छैन
तर पनि सम्झिरहने काया होस्त यस्तो होस्

नरोपेरै प्रिती फुल्ने बियां कहाँ पाईन्छ होला
भाबनामै ब्यक्त त्यसतो दया होस्त यस्तो होस्

 

Continue reading


गजल

Ganesh, Khadka, गणेश खड्का, pallawa, पल्लव

गणेश खड्का

पढाउ मलाई बरु स्कुल,, बेहाल नबनाउ!
नोकरीमा पैसा कमाउने, दलाल नबनाउ!

बनाउछु यो देशलाई नमूना मैले यहाँ अब
डराउदिन मर्न बरु मलाई,,काल नबनाउ !

भवितव्यमा थियोे रहर,,, जहाज उडाउने
लुटिने र लुटाउने देश यो ,नेपाल नबनाउ !

 

Continue reading


रोटीको, व्यथा जाडोको

Ganesh, Khadka, गणेश खड्का, pallawa, पल्लव

गणेश खड्का

कि रूई , कि फुई, कि दुई … । यी तीन जाडो छल्ने अचुक औषधी हुन् । रसियाको साइबेरिया लगायत युरोपका विभिन्न मुलुकबाट जाडो छल्न भू-मध्यरेखिय हावापानीतिर बतासिन्छन् कर्‍याङकुरुङहरु पनि । हिमाली प्रदेशका तन्नेरी बसिन्दाहरु आफ्ना भन्ट्याङ भुन्टुङका साथमा मधेसतिर झर्छन् । काँचो लाहा, ठुलो ओखती, पाखनभेद, जेठी मधु बेचेर जीविका चलाउनु उनीहरूको परम्परा हो । जङ्गली जडीबुटीसँग अन्न साट्नुले जीवन धान्नुसँग साइनो जोड्छ । हिँड्न सक्नेलाई आफ्नै लर्कोमा डोहोर्‍याउँछ मानव ज्यान होस् या चौपाया ।

 

Continue reading


गजल

Bhabana, Khadka, Kali, भावना खड्का ‘काली’, pallawa, पल्लव

भावना खड्का ‘काली’

सत्तो फेरियो तर देशको पारा फेरिएन
अविरल बगेको आँसुको धारा फेरिएन ।

ब्यर्थै घोक्रो बजाउनको कुनै अर्थ छैन
नेपाल दुख्दा भोषणको नारा फेरिएन ।

गाँस, बास र कपासको सधैँ अनिकोल
भत्किएको घरम अझै गरा फेरिएन ।

 

Continue reading


 कोहि त होला

Dipendra, Khadka, दिपेन्द्र खड्का, pallawa, पल्लव

दिपेन्द्र खड्का

कोहि त होला माया लगाउने
‘मै मोरीलाई डोली चढाउने’ २
मिठो मिठो माया गरेर
सुटुक्कै भगाउने

बैश चढेर पो हो कि
काउकुति मनमा जाग्छ
बादल सरी यो मन
आकाशमा उडी जान्छ
कोहि त होला नजर लगाउने
मै मोरीलाई डोली चढाउने
मिठो मिठो माया गरेर
सुटुक्कै भगाउने

 

Continue reading


गजल

Bhabana, Khadka, Kali, भावना खड्का ‘काली’, pallawa, पल्लव

भावना खड्का ‘काली’

सत्ता फेरियो तर देशको पारा फेरिएन
अविरल बगेको आँसुका धारा फेरिएन ।

ब्यर्थै घोक्रो बजाउनको कुनै अर्थ छैन
नेपाल दुख्दा भाषणको नारा फेरिएन ।

गाँस, बास र कपासको सधैँ अनिकाल
भत्किएका घरमा अझै गारा फेरिएन ।

 

Continue reading


गजल

Prakash, Khadka, प्रकाश खड्का, pallawa, पल्लव

प्रकाश खड्का

आफ्नो सँग टाढा हुँदा आसु गोडी रोयो मान्छे
बिताएका पल सम्झी डाँको छोडी रोयो मान्छे ।

कपूरको भाँती रै’छ गुमी जाने मुट्ठी पार्दा
भाको माया बढी हुँदा नाता तोडी रोयो मान्छे ।

जतनले राखे पनि धक्का लाग्दा झरि फुट्छ
आफ्नै माया बजारमा साछी जोडी रोयो मान्छे ।

 

Continue reading


बहरबद्ध गजल

Prakash, Khadka, प्रकाश खड्का, pallawa, पल्लव

प्रकाश खड्का

मनै देखि माया भराएर आएँ
रचेको तराना सजाएर आएँ ।

नजानी नजाँची भलै प्रेम तोडे
सवै गल्ति मेरै जनाएर आएँ ।

अधुरो अपुरो विना साथ तिम्रो
सबै एक मैले बनाएर आएँ ।

 

Continue reading


शिवराम खड्काका मुक्तकहरूः

Shivaram, Khadka, शिवराम खड्का, pallawa, पल्लव

शिवराम खड्का

दाँत दुखेको छ, केही खानै हुँदैन
पेट दुखेको छ, झन् खानै हुँदैन
केके हुन्छ केके रोगी ज्यानमा पनि
ज्वरो आएपछि त झन् खानै मन छैन ।

पिउँने हजार छन् कलकल जिउँने हजार छन्
सिउँदै उजाड मन हरपल जिउँने हजार छन्
सकिदैन खप्न घाउ खुन मुटु भित्र लाग्छ जुन
तपकाइ अश्रु जल भलभल जिउँने हजार छन् ।

 

Continue reading


गजल

Bindaas, Prem, Khadka, प्रेम खड्का ‘विन्दास’, pallawa, पल्लव

प्रेम खड्का ‘विन्दास’

रोएर आत्तिँदा भरिए आँखा यी
मुस्कान खोसिँदा भरिए आँखा यी

आशा छ प्रेमको मनमा बस्ने छु
सर्वस्व त्यागिँदा भरिए आँखा यी

जे ,जे छ साथमा लिनु धन् पैँसा
आफन्त चाहिँदा भरिए आँखा यी

 

Continue reading


शिवराम खड्काका केही छन्दात्मक मुक्तकहरू

Shivaram, Khadka, शिवराम खड्का, pallawa, पल्लव

शिवराम खड्का

जहाँ चोट लाग्यो त्यहीँ ठोक्छ मुङ्ग्रो
त्यसै माथि तातो खन्याइन्छ भुङ्ग्रो
म सम्झाउँ भन्थे ! हरे राम राम !!
न सोझिन्छ पुच्छर न मोडिन्छ ढुङ्ग्रो ।।
बहरे मुतकारिव मुसम्मन सालिम

नजरको झरीले भिजायो लछप्प
त्यसैले त बोली भएको छ ठप्प
छचल्की छचल्की नयनबाट आँसु
बलेसी झरे झैं झर्यो तप्प तप्प ।।
बहरे मुतकारिव मुसम्मन सालिम

 

Continue reading


“मिष्टर योग”

Shivaram, Khadka, शिवराम खड्का, pallawa, पल्लव

शिवराम खड्का

मिष्टर योग !
भो ! मलाई चाहिएन
तिम्रा इन्द्रेणी रंगहरूले भरिएको कृत्रिम होली !!
हामीले त उहिल्यै देखि खेल्दै आएका छौँ
‘हलेरी’ देखि ‘खारा’ सम्म पुग्दा
हजारौं निमुखाहरूको ताजा रगतमा ‘लहुलोहान’ होली
र, निरन्तर निरन्तर रूपमा खेलिरहेछौँ- बर्षौँ देखि ।

पखालिन नपाउँदै ‘टिकापुर’ को होली
यस पटक पनि खेलियो अन्धाधुन्द रूपमा-
‘सप्तरी’ को तातो रगतले ‘भातृत्त्व’ को होली
र, ‘कञ्चनपुर’ को तातो रगतले ‘स्वाधीनता’ को होली ।

 

Continue reading


‘लालटिन कविता’

Aviral, Sindhu, Khadka, अविरल सिन्धु खड्का, pallawa, पल्लव

अविरल सिन्धु खड्का

मेरो मुटु पनि ढुङ्गाको होइन
छ मलार्इ पनि माया
घरको,
पसिना बगएको खेतबारीको
अनि
त्यो भन्दा बढि
साना साना नानिहरूको
झल्झली छ मलाई पनि प्रवस पिडा
अनि
झल्झली छ मातृ स्नेह पोख्न पाउदाको खुशि
तर
त्यो भन्दा पनि दर्दनाक मेरो आसुको जिन्दगी
काँडाको जिन्दगी ।

 

Continue reading


लालटिन कबिता-

Aviral, Sindhu, Khadka, अविरल सिन्धु खड्का, pallawa, पल्लव

अविरल सिन्धु खड्का

नारी फुल
नारी धरती
नारी जुन
धेरै पहिले देखि सुनिएका
यी नारीका उपमाहरू
तर,
आज मात्र बुझ्दैछु यिनको अर्थ
पिडा दमन सहि दिदा “धरती” रे
दया,माया, ममता सबै पोखिदिदा “जुन “रे
अनि
आफू खुशी टिप्न लुछ्न पाउँदा
टिप्ने लुछ्नेहरूले दिएको नाम “फुल “रे
हामी नारीहरू,
यिनै उपमामा रमाइरह्यौ भने
अझ गरिरहनेछन शोषण
गरिरहनेछन हाम्रो क्षमताको दुरुपयोग अनि,,

 

Continue reading


१७ अक्षरीय गजल

Prem, Khadka, प्रेम खडका, pallawa, पल्लव

प्रेम खडका

अपराधी थुन्ने एउटा जेल बनाऊ सरकार
बलियो त्यो हत्कडी र नेल बनाऊ सरकार

सक्क्षम मात्रै देशको असल माली बन्न सक्छ
प्रश्न सोधी नजान्नेलाई फेल बनाऊ सरकार

धेरै भयो बिदेशीको भरमा बाँची राको देश
भित्रै सुनखानी र मट्टीतेल बनाऊ सरकार

 

Continue reading


गजल

Prem, Khadka, प्रेम खडका, pallawa, पल्लव

प्रेम खडका

बीर-भूमि प्याराे नेपाल लुटाउने मन्त्रीहरू
अाफ्नै भाइ-बन्धु पनि कुटाउने मन्त्रीहरू॥

गरीबका बालबच्चा सडकमा रुँदा कठै !
कति नाता सम्बन्ध नै टुटाउने मन्त्रीहरू॥

नभैदिँदा राष्ट्रप्रेमी देशभक्त सन्तान यहाँ
देशलाई चिरा पारी छुटाउने मन्त्रीहरू॥

 

Continue reading


गजल

Prem, Khadka, प्रेम खडका, pallawa, पल्लव

प्रेम खडका

तिमीलाई पूजा गर्दा भगवानले ईर्ष्या गर्छ
तिम्रो अघि फूल छर्दा भगवानले ईर्ष्या गर्छ॥

मन्दिर पनि टाढा भयो तिमीलाई भेटेपछि
अझै तिम्रो नजिक सर्दा भगवानले ईर्ष्या गर्छ॥

तिमीलाई भेट्नासाथ खुसीयाली बर्सिदिन्छ
सधै मेरो आशूका मुल झर्दा भगवनले ईर्ष्या गर्छ॥

 

Continue reading


गजल

Prem, Khadka, प्रेम खडका, pallawa, पल्लव

प्रेम खडका

नेपाल मै बङ्गुर पाल बिदेश नआउ साथी
बरु खरकै छानो हाल बिदेश नआउ साथी

पसिनाले अरुको देस सिचाइ गर्नु भन्दा ता
घरमै दुखसूख गर्न थाल बिदेश नआउ साथी

आफ्नै घोर्यान कोठेबारी भित्रै पैसा फल्छ भनि
साँग सब्जी फलाउ दाल बिदेश नआउ साथी

 

Continue reading