केशवराज आमोदी का तीन कविता

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

१) जहाँ राष्ट्रको प्राँणको स्पन्द हुन्न
जहाँ धर्मको कर्मको चाह हुन्न –
जहाँ बुद्धको ज्ञानको आह हुन्न ,
जहाँ प्रीतिको रीतिको राह हुन्न –
त्यहाँ राष्ट्रको प्राणको स्पन्द हुन्न ।१।

जहाँ श्वास फेर्नेहरु लास झैं छन्-
जहाँ राष्ट्र हाँक्नेहरू दास झैं छन् ,
जहाँ कर्म संस्कारको रीति हुन्न-
त्यहाँ राष्ट्रको पार्णको स्पन्द हुन्न ।२।

 

Continue reading


बहरबद्ध गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

पिई प्रीति-पानी
बसें बैंस धानी ।

चुही जून मोही-
भिजिन् रात रानी ।

भई व्योम रित्तो
हरायो बिहानी ।

हुँदा जीर्ण कन्था-
सिएँ जिन्दगानी ।

 

Continue reading


‘क़व्वाली’

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

गजलको भो गफ नलाऊ म तिम्रा बहर हेर्ने छु-
कति पिलाउन सक्दछ्यौ ? पिएर ज़हर हेर्ने छु ,
न लाऊँ धाक जोरले र तिम्रो सहर हेर्ने छु ।

मधुमास फर्किन देऊ या झमझम वर्षा बर्सिन देऊ-
आउन देऊ सुहागरात या मधुरसका मौसमहरु ,
कसरी फर्किदो रहेछ बैंस म सबै लहर हेर्ने छु ।

क़व्वाली गाउने छु अनुकूल मिलाई एक साँझ-
कहाँ के कति भए घात ? सबै ती क़हर हेर्ने छु,
छ मुस्लो प्रेमको भन्थ्यौ कति रहेछ नहर हेर्ने छु ।

 

Continue reading


मेरो चितवन

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

यौटा चित्र , विचित्र चित्रवनको मस्तिष्कमा घुम्दछ-
मायाका टकले भुलेर दिल यो यै भूमिमा रम्दछ ,
बास्ना छर्दछ मृत्तिका कुसुममा वासन्तिकी रंगझैं,
त्यै छायाँ-छविमा मिली प्रकृति नै बस्ने सदा दंग भै ।१

स्रष्टा सिर्जनमा जुटे,दिल लुटे,झन् काव्य-धारा छुटे-
स्वार्थी सोच टुटे ,कुशासन छुटे ,आलस्यता भो ठुटे ।
शिक्षा-सौरभ ली उठे,कुपथका गन्तव्य आफैं छुटे
मेरो राष्ट्र अवश्य लाग्दछ उँभो नेपालवासी जुटे ।२

 

Continue reading


केशवराज आमोदी का जोर गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

गजल– १,
बिर्सनु भो पिरती रसिलो अनि आदर साथ पिलाउनु भो ,
सम्झिनु भो तर झट्ट बढेर मिलाउन हात ढिलाउनु भो ।

निर्मल-निर्मल, निश्चल-निश्चल निर्झरतुल्य प्रवाहसँगै ,
सुन्दर-सुन्दर दृश्यभरी सपनासित आज बिलाउनु भो ।

जीवन दाउ लगाउन कम्मर कँस्नुभयो पलमै खुस भै ,
आगन छेउ थिए जति ती सब झारपात जिलाउनु भो ।

 

Continue reading


मृग-तृष्णा

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

न हो सप्तैरंगी क्षितिजतलको इन्द्रधनु नै –
न वीणा हो मानौं शिशु-हृदयको दिव्य धुन नै,
न भित्री आकांक्षा मधुरतम आलोक छवि नै –
सितारा वा तारा चमचम छ मोती टलक नै ।
१.
कुनै जादू हो या विकल कविको काव्य बह त्यो-
न उर्लेको गंगा सदृश मनको भाव दह त्यो ,
न सन्ध्यामा लाग्ने रमझम नशा-भक्ति-रस त्यो-
न पग्लेको नौनीमय मृदुलता झैं सरस त्यो ।
२.

 

Continue reading


केशवराज अामोदी का जोर कविता

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

१) समाज र मान्छे
जता सम्झ्यो कालो कुटिल कटुताको बिगबिगी-
जता कुल्च्यो काँडा ,दलदल निकै छन् लिगलिगी,
जता हे-यो ईर्ष्या, छल कपट हाँस्छन् खितिखिति-
जता खोज्यो चोखो करुण-रस मिल्दैन नि रति ।
१.
न मान्छेमा मायामय सदयताको सुलहरी-
न मान्छेले गुँथ्ने मधुर करुणाको छ पगरी,
न मान्छेले च्याप्यो परहित हुने ज्ञान-गठरी-
धरित्रीमा टिक्लान् कति दिन हरे ! धन्य यसरी ?
.२.

 

Continue reading


टिस्टाका उत्ताल तरड्’गमा निर्लिप्त हुँदै

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

जब म सिक्किम गान्तोकको
माथिल्लो थुम्कातिरबाट
चारैतिरको रमणीय प्राकृतिक
दृश्यहरुमा गम्भीरतापूर्वक नियाल्दछु
अनि म पुलकित हुन्छु
अवर्णनीय आनन्दातिरेकले
भावविभोर हुन्छु
तब अनायास
मेरो मन छचल्किन पुग्दछ
त्यसरी नै जसरी कि
सामुद्रिक ज्वारभाटाहरु छचल्किन्छन्–

 

Continue reading


अामोदी का जोर गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

बहरबद्ध गजल– १,
युगका युग नै कति युद्ध लड़ें, मन-तार टुटे म सिऊँ कसरी ?
न त टेक्नु, समाउनु ठाउँ कतै अझ भास त्यही उभिऊँ कसरी ?

श्रम-शोषित भै ठगिएँ जसरी म हिसाब गरेर लिऊँ कसरी ?
रचनात्मक कार्यबिना म यसै मन माफ़िक़ चल्न दिऊँ कसरी ?

किनमेल छुटे र अभाव बढ़े, अझ दुर्घटना उसमाथि भए ,
सपनाहरु ती बटुलेर सबै जनक्रान्ति गरी दरिऊँ कसरी ?

 

Continue reading


केशवराज आमोदी का जोर गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

१) बहरबद्ध गजल
मोहित पार्ने कृष्णमुरारी ! निर्मल तिम्रो दर्शन पाएँ,
भक्ति-सुधाले भाग्य सुधारी निर्मल तिम्रो दर्शन पाएँ ।

नित्य तिमीमै भक्ति जगाई कीर्तनसाथै नर्तन गर्दा-
निश्छल चोखो नाम पुकारी निर्मल तिम्रो दर्शन पाएँ ।

भक्ति-रसैमा जीवन-पानी खर्चिनु खर्ची एक बिहानै-
अर्पण गर्दा प्रेम-सुपारी निर्मल तिम्रो दर्शन पाएँ ।

 

Continue reading


छन्दात्मक गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

मधुर प्रीतिकी बैंस-कल्पना !
सकल रागका मेट्छु तिर्सना ।

नयन चारु छन् दिव्य जादुझैं-
हृदय-तारमा छुट्छ मूर्च्छना ।

वचन मिष्ठ छन् बैंस फर्किने-
युग बिताउने जाग्छ चाहना ।

 

Continue reading


गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

च्यातिदै छन् जिन्दगीका पुस्तकका पानाहरू,
गाढा हुँदै गएका छन् बिरहका तानाहरू ।

जिन्दगीको यात्रा छोटो अनगिन्ती कामना छन्-
भोक तिर्खा हराउँदा चल्छन् धेरै तानाहरू ।

समाज भो यान्त्रिक झन् उदारता छैन कतै-
मुटु छिया-छिया भई बनेका छन् चानाहरू ।

 

Continue reading


गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

नैतिकताको निर्मल-गङ्गा सुक्दै जान्छ कि जस्तो भो,
यौवनआयो खहरे बन्दै तान्दै लान्छ कि जस्तो भो ।

नील गगनमा रालो छायाँ पोतिएझैं चञ्चल मनमा-
ढाकिएको विषय-बादल फैली तान्छ कि जस्तो भो ।

आयो तृणावर्त बनेर…भीषण ह्रिंसक रूप लिएर-
मेरो राष्ट्रिय अस्मिता खोसी स्वात्तै खान्छ कि जस्तो भो ।

 

Continue reading


छन्दको महिमा

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

जिन्दगी छन्दमा नै छ हाँस्नु बोल्नु र गाउनु-
नाच्नु कम्मर नै भाँची , वाद्य यन्त्र चलाउनु ।
१॥
कहाँ छैन भनूँ छन्द क्वैलीका ध्वनिमा कि वा-
काव्यका पदमा छैन भनूँ कि कविता कि वा ।
२॥
हावाको गतिमा हुन्छ गङ्गाको ध्वनिमा अनि-
जता छाम्यो उतै छन्द सृष्टिका कणमा पनि
३॥

 

Continue reading


गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

प्रियाको शहरमा रहर सल्बलायो,
अधरमा बहेको नहर सल्बलायो ।

नजरका शिविरमा तरेली परेझैं-
जुलेबी-अधरमा ज़हर सल्बलायो ।

भयो खप्न गारो नजरका प्रहार-
नजरमै गडेको शहर सल्बलायो ।

 

Continue reading


मोहको मूर्च्छना

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

मोहको मूर्च्छना भर्ने झर्ना देख्दिन आज म
मद-मात्सर्यले शून्य, पाउन्न खै समाज म ।

सौहार्द्र-प्रेम-सद्वाणी रूपका त्रिफला कतै-
माटो खोजेर पाइन्न उर्वरा श्यामला कतै ।

मेरो अमर आत्माको इतिहास कहाँ छ खै ?
‘आरम्भ अन्त’ को लीला कसरी सुरु हुन्छ खै ?

 

Continue reading


बहरबद्ध गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

रसैमा डुबेको बहर खै त नि !
ज्वलनमा उठेको रहर खै त नि !

म गंगा व्यथाकी रुँदै भन्दथ्यौ-
नजरबाट बग्ने नहर खै त नि !

अँध्यारो सुती ओस जम्दै हुँदा-
उजेलो बसेको पहर खै त नि !

 

Continue reading


गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

मन मन्दिरमा भरिऊँ कसरी !
दिलदार बनी छरिऊँ कसरी !

युगका युग नै कति युद्ध लड़ें-
मन-तार टुटे म सिऊँ कसरी !

न त टेक्नु समाउनु ठाँउ कतै-
अझ भास त्यही उभिऊँ कसरी !

 

Continue reading


धन्य बन्छ पिरतीमय साँझ

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

प्रातको सफरझैं अति रम्य-
हैम-पंक्ति दृगको पदगम्य ,
भावनामय सुधा रस पोखी-
बन्धु ! लेख कविता दिल जोखी

हैमका लहरमा जति दौडूँ-
प्रेमका उदधिमा उति पौडूँ ,
तृप्त हुन्न मन खै किन होला !
जिन्दगी डगरझैं अझ होला ?

 

Continue reading


गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

तिमी नै त मेरी अमृतकी प्याला पिरतीकी रसधारा हौ,
कलकल बग्ने पहाड़ी झरना वा निर्मलताकी रारा हौ ।

रातको सन्नाटामा हेरी टोलाउँछु तिम्रा मौन प्रतिविम्बहरु-
त्यसरी नहराइदेऊ, तिमी नै त मेरी जीवनकी सहारा हौ ।

इन्क्लाब ! जिन्दवाद !!, पिरती युगयुग अमर रहोस् !!
सदन- सडक तताउँदै मैले लाउने तिमी नै मेरी नारा हौ ।

 

Continue reading