“उनी आज छैनन् कि संसार छैन”

Kaviraj ,Paudel, कविराज पौडेल, pallawa, पल्लव

कविराज पौडेल

हरे के भयो बाँच्नुको सार छैन
उनी आज छैनन् कि संसार छैन।

यतै यै दिलैमा खसेझैँ नि लाग्छ
लुकी भित्रभित्रै बसेझैँ नि लाग्छ।
जितूँ के र हारूँ कुनै हार छैन
उनी आज छैनन् कि संसार छैन।

 

Continue reading


छन्दको उत्पति,महत्व,विकाश र वर्तमान अवस्था 

Kaviraj ,Paudel, कविराज पौडेल, pallawa, पल्लव

लेखन तथा प्रस्तुतिः  कविराज पौडेल

प्रस्तावना
यो श्रृष्टि लय, गति र यतिको सुन्दर समायोजन हो । लयले सजीवता गतिले परिवर्तनशीलता, यतिले अनित्यता र क्षणभङ्गुरतालाई इ•ति गर्दछ । यसलाई एउटै शब्दमा भन्नुपर्दा लय, गति र यतिको योग नै छन्द हो । छन्द अमूर्त रहस्यको मूत रूप हो । छन्द जीवन हो र जीवन नै छन्द हो । यो चराचर जगत नै छन्दमय छ । छन्द र्सवव्यापी छ । परच्छन्द केही पनि छैन । प्राणीहरुलाई स्वच्छन्दत्व प्रिय हुन सक्छ न कि परच्छन्दत्व । छन्द अनुभुत्यात्मक दृष्टि र जीवन्त सृष्टि हो । छन्द अमूर्त कोलाज होइन यो तथ्यगत सत्य हो
छन्द र छन्द शब्दको व्युत्पति
तस्माद्यज्ञात्र्सवहुत ऋचः सामानि जज्ञिरे
छन्दांसि जज्ञिरे तस्मद्यजुस्तस्मादजायत (ऋक्(१०।९०।९)
(विराट यज्ञ पुरुषबाट ऋक्, साम, छन्दहरु र यजुको उत्पत्ति भयो)

 

Continue reading


कविराज भट्ट विलौनाका केही टिपनटापन टुक्राहरूः

Kaviraj, Bhatta, Bilauna, कविराज भट्ट ‘विलौना’, pallawa, पल्लव

कविराज भट्ट ‘विलौना’

कालो हुन्छ कपाल हेर शिरको सौन्दर्य चम्काउँछ
कालो कोयली मस्त क्या गजबको संगीत घन्काउँछ ।
कालै कृष्ण मिठो बजाइ मुरली बृन्दावनै हर्दछन्
मान्छेले किन रंग हेरि मुखको अन्योलमा पर्दछन् ?

कालै वर्णहरू पढेर जनले संसार जित्ने भए
कालै हुन्छ फलाम रत्नहरूमा सौन्दर्य कुद्ने भए ।
कालै मेघ झरेर पूर्ण हरियो धर्ती यहाँ गर्दछन्
मान्छेले किन रंग हेरि मुखको अन्योलमा पर्दछन् ?

 

Continue reading


‘लङ्गडो – इतिहास’

Kaviraj, Bhatta, Bilauna, कविराज भट्ट ‘विलौना’, pallawa, पल्लव

कविराज भट्ट ‘विलौना’

ए भाषाविज्ञहरू
ए व्याकरणाचार्य अनि
इतिहासकार हरू
मेरी इजालाई आमा नबनाऊ
आमा बन्न त
बुबा जन्माएको हुनुपर्छ
मेरो बैतडीमा
जब तिमी अध्यारो कोठामा
बोत्तलको पानीले गमला भिगाइ
गोरु बन्दै जोतिन्छौँ ।

 

Continue reading


विलौनाका पाँच मुक्तक

Kaviraj, Bhatta, Bilauna, कविराज भट्ट ‘विलौना’, pallawa, पल्लव

कविराज भट्ट ‘विलौना’

जन्ताको कर खाइ आज जगमा मोटो भएको छ ऊ
नौला वस्त्र लगाइ बस्छ अहिले फोटो भएको छ ऊ
धेरै बोल्छ तथापि काम उसले भाच्दैन सिन्को कतै
मान्दैनन् परराष्ट्रले फगत लौ खोटो भएको छ ऊ ।

बोल्ने शाहस छैन आज कसरी बोलु तिमीसँग हे
खोल्ने शाहस छैन भाव मनका सारा मनैमा रहे
भो भैगो अब के भनु हरघडी सोच्दैछु मैले भनी
बन्दै राम डुलेर घोर बनमा खोज्दैछु मैले भनी ।

 

Continue reading


नारी

Kaviraj, Bhatta, Bilauna, कविराज भट्ट ‘विलौना’, pallawa, पल्लव

कविराज भट्ट ‘विलौना’

नारी धन्य अहो ! समस्त जगकी, हौ सृष्टि कर्ता तिमी
व्याख्या गर्न सकिन्न के छ तिमीमा, ए विश्वकी मोहिनी ।
बन्छन् काव्य मिठा तिमी उपरमा, लेख्छन् कविले जब
पूर्णै हुन्न तथापी तत्व तिमी मै लुकी रहन्छन सब ।।

सारा छन्द तिमी सबै रस तिमी , तिमी अलङ्कार हौ
फिक्का व्यञ्जन हुँ म स्वरहरूकी , तिमी चमत्कार हौ ।
थामी यो मनको लगाम तिमीले , गर्छेउ सवारी जब
मात्रै याद तिमी समस्त जग नै भुलिन्छ फेरी सब ।।

 

Continue reading


गजल

Kaviraj, Bhatta, Bilauna, कविराज भट्ट ‘विलौना’, pallawa, पल्लव

कविराज भट्ट ‘विलौना’

सारा उमङ्ग मेरा मारिगयौ तिमीले
कैले नउठ्ने सक्ने पारिगयौ तिमीले ।।

एउटै थ्यो लक्ष्य मेरो तिम्रै सुवास चुम्ने
हानेर तिर दिलमा झारिगयौ तिमीले ।।

सोच्दैथे एक कुटी मनमा बनाई तिम्रो
बस्नु त भन्दाथेनी टारीगयौ तिमीले ।।

 

Continue reading


समकालिनता खोज्दै गरेका ओइलाएका फूलहरु

Kaviraj, Bhatta, Bilauna, कविराज भट्ट ‘विलौना’, pallawa, पल्लव

कविराज भट्ट ‘विलौना’

कृतिकार– जगदीश ओझा
‘जीवन भोगाईका क्रममा तात्कालिन परिस्थिति र सामाजिक यथार्थबोध द्वारा मेरा मन मस्तिष्कमा उत्पन्न भाव श्रृंखला’ हुन …. कविता ।
कविता यात्रामा डोके कविता संग्रह (२०१३), गौंकी सोराइ (२०६४) हुदै ओइलाएका फूलहरु (२०७०) पस्केर लोक साहित्यमा फन्र्को मार्ने बाशुदेव भाइ साब समकालिन कविहरुको साथ पुरा गर्दै गरेका देखिन्छन । ३० थान कविताहरुको संग्रहका रुपमा पछिल्लो संग्रह कवि स्वयं द्वारा प्रकाशित भएको छ । २०५४ देखि २०६९ सम्मको १५ वर्षको अन्तरालमा रचित यी कविताहरुमा देश कालको एउटा कालखण्डको विशेष अवस्था रहेको तथ्य कविको स्वीकारोक्ति हो । अनि कविता परिवेश र परिस्थितिले जन्माएका कलात्मक पुष्प भएको र जीवनका विविध रुपको निदर्शन भएको हुने पनि कविको स्वीकारोक्तिको अर्को पक्ष हो ।

 

Continue reading