मातृ पुकार

Pagal,, Kavi, पागल कवि, pallawa, पल्लव

Pagal,, Kavi, पागल कवि, pallawa, पल्लव

आमा, आमा, आमा, आमा मेरी प्यारी आमा
अँध्यारो को ज्योती तिमी उज्यालो को घाम ।
दसै महिना कोखमा राखी जन्म दियौ जब
सन्सार कै खुशी पाए झैँ हर्षित भयौ तब ।।

भोक भोकै आफू न खार्इ गर्‍यो लालन पालन
अलि,अलि बिरामी हुँदा म रुन्थेयो तिम्रो मन ।।
पहिलो गुरु तिमि नै होउ बाबा भन्न सिकायौ
बालक पाँचै बर्ष लाग्दा लाग्दै स्कुलै पठायौ ।।

 

Continue reading


माता–पिताको सम्मान गरौँ

Pagal,, Kavi, पागल कवि, pallawa, पल्लव

 पागल कवि

आमा,आमा,आमा,आमा मेरी प्यारी आमा
अँध्यारो को ज्योती तिमी उज्यालो को घाम ।।
दसै महिना कोखमा राखी जन्म दियौ जब
सन्सार कै खुशी पाए झैँ हर्षित भयौ तब ।।

भोक भोकै आफू न खाइ गर्‍यो लालन पालन
अलि,अलि बिरामी हुँदा म रुन्थेयो तिम्रो मन ।।
पहिलो गुरु तिमि नै होउ बाबा भन्न सिकायौ
पाँचै बर्ष लाग्दा लाग्दै मलार्इ स्कुलै पठायौ ।।

 

Continue reading


म एउटा जिँउदो लास।।

Pagal,, Kavi, पागल कवि, pallawa, पल्लव

पागल कवि

जीवनदेखी नीरास भयी यो कविता लेख्दै छु ।
मनमा भयका दुख:पीर म आज पोख्दै छु ।।

जिन्दगीको गोरेटोमा छैन केही आस ।
प्र्‍थीवीलाइ भारी भयेँ म त जिँउदो लास।।

ऐया आमा मुटु फुट्यो प्राण मेरो गयो ।
अर्को जुनी हुम्ला भेट अहिले यस्तै भयो ।।

 

Continue reading


बहरबद्ध गजल

Kavi, Panth, कवि पन्थ ‘वसन्त’, pallawa, पल्लव

कवि पन्थ ‘वसन्त’

परदेश बाट फिर्ने, भाका अनन्त हुन्छ
घरदेशमा सधैँ त्यै, आशा अनन्त हुन्छ ।

छुट्ने बखत प्रियाले,देको चिनो नियाल्छु
बल्झिन्छ याद मनमा,पीडा अनन्त हुन्छ ।

तोकिन्छ यार दूरी,धर्ती र जून बिचको
याँ मात्र प्रेम गर्ने, सीमा अनन्त हुन्छ ।

 

Continue reading


बहरबद्ध गजल

Kavi, Panth, कवि पन्थ ‘वसन्त’, pallawa, पल्लव

कवि पन्थ ‘वसन्त’

गुम्यो होस मेरो बिगत याद छैन
शिथिल यो जवानी छ उन्माद छैन

फिर्यो सूर्य पट्टी सधैँ सूर्यमूखी
हुँदा यी नयन चार संवाद छैन

तिमी राख इश्वर बनाएर मन्दिर
म राख्नेछु मन भित्र प्रासाद छैन

 

Continue reading


बहरबद्ध गजल

Kavi, Panth, कवि पन्थ, pallawa, पल्लव

कवि पन्थ

जो नि आए खास यो जिन्दगानीमा
ती सबै आफ्ना सिमित छन् कहानीमा

जिन्दगीको स्वाद लुट्ने हरूको नै
याद मात्रै याँ रहन्छन् निशानीमा

आँसु आफैं रंगहिन हुन्छ मात्रै हो
नत्र सारा राज खुल्थ्यो सिरानीमा

 

Continue reading


बहरबद्ध गजल

Kavi, Panth, कवि पन्थ, pallawa, पल्लव

कवि पन्थ

लुटे खुशी सबै र पो सधैँभरी पर्‍यो रुन
अभावको बजारमा घरीघरी पर्‍यो रुन

पराइको सियो भए म दर्द खप्न सक्दथें
समीपका बने छुरी र बेस्सरी पर्‍यो रुन

हुनेछ जीत सत्यको भनी हिडेँ अडिग भइ
कतै हुँदै भएन खै कसैगरी पर्‍यो रुन

 

Continue reading


बहरबद्ध गजल

Kavi, Panth, कवि पन्थ, pallawa, पल्लव

कवि पन्थ

सम्झ यो जिन्दगी, तिम्रो हातमा छ
आयु नाप्ने घडी , तिम्रो हातमा छ

आज यौटा चरी, प्यारको पिंजडामा
हो बन्यो बन्धकी, तिम्रो हातमा छ

के बनाउछ्यौ तिमी,फूल वा साथ छोडी
यी नयनमा नदी, तिम्रो हातमा छ

 

Continue reading


बहरबद्ध गजल

Kavi, Panth, कवि पन्थ, pallawa, पल्लव

कवि पन्थ

छोडेर नै जाँदै छु भन्ने सूचना जारी भयो
दुख्ने छ मेरो यो मुटु त्यै बाट जानकारी भयो

वाचा थियो हाम्रो सधैँ जीवन भरी संगै हुने
छोडेपछी उन्ले जसै यो जिन्दगी भारी भयो

फूल मात्र फुल्थे प्यारका हामी हुदा जो साथमा
उर्वर मनैको यो जमिन झन् यादको घारी भयो

 

Continue reading


बहरबद्ध गजल

Kavi, Panth, कवि पन्थ, pallawa, पल्लव

कवि पन्थ

हुँदा धोका सधैँ मन प्रेम खानी बन्छ
अझै के गर्न हो खै झन् जवानी बन्छ

खुशी मैले दिएँ ब्यर्थै बटुल्दै पीडा
त्यसैले ब्यूँझिदा गीलो सिरानी बन्छ

कयौं स्वप्नाहरू देख्दै बितेको राती
सधैँ मेरो नयाँ यौटा कहानी बन्छ

 

Continue reading


बहरबद्ध गजल

Kavi, Panth, कवि पन्थ, pallawa, पल्लव

कवि पन्थ

हुँदैथ्यो शुरू संगै , सुनौलो बिहानीको
छुट्यो साथ एकाएक, सिरकसंग सिरानीको

थियो जो समीपैमा , भयो आज त्यै टाढा
त्यहाँ साथ को होला, सहारा निशानीको

कतै भेटिएनन् खै , हटाई दिने दु:ख
सुनाएन कस्लाई ? , कथा मन फडानीको

 

Continue reading


बहरबद्ध गजल

Kavi, Panth, कवि पन्थ, pallawa, पल्लव

कवि पन्थ

एकान्तमा विगत ती, सारा गनेर बस्दा
हो दु:ख लाग्छ स्वप्ना, थारा गनेर बस्दा

दंगै म पर्छु पीडा , भन्दा बगी बनेका
मेरा यी आशुका ती , रारा गनेर बस्दा

छोडी गए नि धेरै , आनन्द लाग्छ उस्तै
मनमा अझै रहेका , प्यारा गनेर बस्दा

 

Continue reading


बहरबद्ध गजल

Kavi, Panth, कवि पन्थ, pallawa, पल्लव

कवि पन्थ,

हुदा साथ मज्जा थियो जिन्दगीको
ढलेको छ ऐले मियो जिन्दगीको

हरायो कहाँ खै खुशी देखिदैन
मिलाएर जोड्ने सियो जिन्दगीको

छु खोज्दै उज्यालो म संसार घुम्दै
निभेको छ मेरो दियो जिन्दगीको

 

Continue reading


बहरबद्ध गजल

Kavi, Panth, कवि पन्थ, pallawa, पल्लव

कवि पन्थ

पुगे माथि नेता उँधो भो विकास
उकास्ने भएनन् सधैँको हतास

अझैछन् विपत्ति सहेका सडकमा
गुमाएर आफ्ना सहारा र बास

लथालिङ्ग पारे बन्यो देश टुक्रा
दलाली र आफू बसे आसपास

 

Continue reading


बहरबद्ध गजल

Kavi, Panth, कवि पन्थ, pallawa, पल्लव

कवि पन्थ,

याद फिर्ता पठाउनै गाह्रो
रात एक्लै कटाउनै गाह्रो

देख्छुमात्रै म प्रेमका प्याला
के भयो खै बताउनै गाह्रो

जे गरे नि भएन क्यै पनि
दूरी हाम्रो बढाउनै गाह्रो

 

Continue reading


बहरबद्ध गजल

Kavi, Panth, कवि पन्थ, pallawa, पल्लव

कवि पन्थ

मिलेको सम्म अल्पन्छन् अचेल मान्छेहरू धेरै
कतै मद्दत दिए कन्छन् अचेल मान्छेहरू धेरै

सधै स्वार्थी बनेरै झन् लगाएका ति गुन बिर्सी
गुनासो मात्र सम्झन्छन् अचेल मान्छेहरू धेरै

बुबाआमा लगी आश्रम कठै! छोरो उचालेर
सहारा हो पछी भन्छन् अचेल मान्छेहरू धेरै

 

Continue reading


बहरबद्ध गजल

Kavi, Panth, कवि पन्थ, pallawa, पल्लव

कवि पन्थ,

थियो बलेको, दियो निभायौ, बनेर दुश्मन् ,सधै तिमीले
बसी नयन् मा , मुटु बिझायौ, बनेर दुश्मन् ,सधै तिमीले

छ चन्द्र झै त्यो, मुहार तिम्रो, र खेलमा जो ,गर्यौ प्रयोग
दिएर धोका, उतै जितायौ, बनेर दुश्मन् ,सधै तिमीले

हरेक मोड्मा, यि चोट मिल्ने, थिएन आशा ,कतै मलाई
नियम् सबै जो,झुठा सिकायौ, बनेर दुश्मन् ,सधै तिमीले

 

Continue reading


बहरबद्ध गजल

Kavi, Panth, कवि पन्थ, pallawa, पल्लव

कवि पन्थ

बाधिएका किल्ला फुकाएर आयौ
उच्च थ्यो हाम्रो शिर् झुकाएर आयौ

बिति सक्नै लाग्यो नवौं यो वसन्त
मर्म आन्दोलन् को लुकाएर आयौ

संविधान् बन्ने छैन पक्का अझै नि
वीर् हरूको आत्मा दुखाएर आयौ

 

Continue reading


हिन्दी पद्य–कविता

Kavi, Raj, Bundeli, कवि - राज बुन्दॆली, pallawa, पल्लव

कवि – राज बुन्दॆली

शिव पार्वती विवाह (खण्ड-काव्य)   

मत्तगयंद सवैया ======
शारद, शॆष, सुरॆश  दिनॆशहुँ,  ईश  कपीश गनॆश मनाऊँ ॥
पूजउँ राम सिया पद-पंकज, शीश गिरीश खगॆशहिं नाऊँ ॥
बंदउँ  चारहु  बॆद  भगीरथ, गंग  तरंगहिं  जाइ नहाऊँ ॥
मातु-पिता-गुरु आशिष माँगउँ, शंभु बरात विवाहु सुनाऊँ ॥

सवैया (मत्तगयंद)
========
जैसहिं है छवि दूलह की सखि,तैसि बरात सजावत भॊला !!
दै डुम कारि बजै डमरू अरु,   नाद- सु- नाद सुनावत भॊला !!
नाग गरॆ झुलना जसि झूलत,  दै पुचकारि खिलावत भॊला !!
आइ रहॆ गण  दूत सखी सबु,  ताहि बुलाइ बिठावत भॊला !!

 

Continue reading