काशीराम बजगाईका केही मुक्तकहरूः

Kashiram, Bajagain, काशीराम बजगाई, pallawa, पल्लव

काशीराम बजगाई

त्यो छातीको खाल्टोमा बस्न जल्लाद आउनेछ
न मृत्यु आउनेछ न जिन्दगीमा स्वाद आउनेछ
समयको चोकमा यस्तो बिन्दु आउनेछ त्यसपछि
तिमीलाई पाइला पाइलामा मेरो याद आउनेछ ।

आफूलाई पाखापखेरू डाँडाकाँडामा गाब्नेछु
देशलाई मुटुमा राख्नेछु आँखामा गाब्नेछु
मरेको लासमाथि झण्डा ओडाउनेहरू हो
देऊ मेरो हातमा म सिमानामा गाब्नेछु ।

 

Continue reading


गजल

Kashiram, Bajagain, काशीराम बजगाई, pallawa, पल्लव

काशीराम बजगाई

एउटा मसँग पनि थियो जिन्दगी
टुक्र्याउँदै टुक्र्याउँदै सकियो जिन्दगी

जिन्दगीभर जिन्दगीसित लड्नेले पनि
मृत्युको काख पायो बिर्सियो जिन्दगी

जिन्दगी कम्तीमा बाँच्नका लागि हो
बाँच्नका लागि नै बेचियो जिन्दगी ।

Continue reading


‘यो देशमा के भयो ?”

Kashiram, Bajgain, काशिराम बजगाई, pallawa, पल्लव

, काशिराम बजगाई

धर्ती थर्थर गर्छ काँप्छ मुटुमा पर्छन् चिरा छिन्छिन
सारा फूलहरू वसन्त ऋतुमै वैलेर झर्छन् किन ?
छाती पट्पट फुट्छ बग्छ खुनको खोलो सुसाई किन ?
लड्छन् भाइ र भाइ युद्ध घरमा रुन्छिन् मतारी किन ?

गोठालो वनबाट साँझ घरमा आएन फर्की यहाँ
बस्ती शून्य भयो गयौ प्रियतमा छाडी मलाई कहाँ ?
रात्तै छन् बटुका गिलास किन हो? रात्तै छ पानी पनि
रक्ताम्मे फरिया छ छैन बहिनी धारा पँधेरामुनि

 

Continue reading


”यो देशमा के भयो ?”

Kashiram, Bajgain, काशिराम बजगाई, pallawa, पल्लव

काशिराम बजगाई

धर्ती थर्थर गर्छ काँप्छ मुटुमा पर्छन् चिरा छिन्छिन
सारा फूलहरू वसन्त ऋतुमै वैलेर झर्छन् किन ?
छाती पट्पट फुट्छ बग्छ खुनको खोलो सुसाई किन ?
लड्छन् भाइ र भाइ युद्ध घरमा रुन्छिन् मतारी किन ?

गोठालो वनबाट साँझ घरमा आएन फर्की यहाँ
बस्ती शून्य भयो गयौ प्रियतमा छाडी मलाई कहाँ ?
रात्तै छन् बटुका गिलास किन हो ? रात्तै छ पानी पनि
रक्ताम्मे फरिया छ छैन बहिनी धारा पँधेरामुनि ।।

 

Continue reading


क्रान्ती

Kashiram, Bajgain, काशिराम बजगाई, pallawa, पल्लव

काशिराम बजगाई

क्रान्ती
कात्रोको लबेदा पहिरी
शङ्खको मधुर ध्वनिमा
तिमी रोएर गाएको
मीठो संगीतको सुमधुर गीतमा
म मस्त निदाइरहेछु
छ मेरो दुई बाँसको एक अग्लो तखता ।

छातीमा दुई थुम्का पहाड बोकेर
खुल्ला झ्याल जस्तो जवानी खोलेर
क्रान्तीको नाउँमा चोली फुकाली
पातलो बिकनीभित्रको हिउँ जस्तै बक्षस्थल प्रदर्शन गरेर
मेरा सामुन्ने खडा भएकी
यी फूल जस्ती कोमलाकार युवतीले
यी जून जस्ती धर्तीकी अनामिका अप्सराहरूले
कहिल्यै देखेनन् क्रान्तीको सुन्दर अनुहार–

 

Continue reading


गजल

Kashiram, Bajgain, काशिराम बजगाई, pallawa, पल्लव

, काशिराम बजगाई

एउटा मसँग पनि थियो जिन्दगी
टुक्र्याउँदै टुक्र्याउँदै सकियो जिन्दगी ।

जिन्दगीभर जिन्दगीसित लड्नेले पनि
मृत्युको काख पायो बिर्सियो जिन्दगी ।

जिन्दगी कम्तीमा बाँच्नका लागि हो
बाँच्नका लागि नै बेचियो जिन्दगी

 

Continue reading


काशीराम बजगाईका केही मुक्तकहरूः

Kashiram, Bajgain, काशिराम बजगाई, pallawa, पल्लव

काशिराम बजगाई

त्यो छातीको खाल्टोमा बस्न जल्लाद आउनेछ
न मृत्यु आउनेछ न जिन्दगीमा स्वाद आउनेछ
समयको चोकमा यस्तो बिन्दु आउनेछ त्यसपछि
तिमीलाई पाइला पाइलामा मेरो याद आउनेछ ।।
.
आफूलाई पाखापखेरू डाँडाकाँडामा गाब्नेछु
देशलाई मुटुमा राख्नेछु आँखामा गाब्नेछु
मरेको लासमाथि झण्डा ओडाउनेहरू हो
देऊ मेरो हातमा म सिमानामा गाब्नेछु ।।

 

Continue reading


‘स्वर्गबाट कोही चिहाउँछ यहाँ’

Kashiram, Bajgain, काशिराम बजगाई, pallawa, पल्लव

काशिराम बजगाई

म सैर गर्छु स्वप्नको म बाग बाग डुल्दछु
सुरम्य कुञ्ज वाटिका म फूल फूल फुल्दछु
म टिप्छु बायुका छटा प्रकाशहार उन्दछु
दिगन्त मालु कोपिला लता लता म झुल्दछु ।

पहाड पाइलाहरू हिमाल ताज माथका
सुवाश शब्द छर्दछन् किताब छन् गुलाबका
बुकी सुनाखरी फुली बनेछ स्वर्ग आगन
छ शीत मेघको कुटी छ पद्मवृक्ष आसन ।

 

Continue reading


‘सरस्वती सम्झना’

Kashiram, Bajgain, काशिराम बजगाई, pallawa, पल्लव

काशिराम बजगाई

तारा तेज कपूरको वदनमा नीहारको हार छ
यौटा सुन्दर कुण्ड नेत्र तटमा ब्रम्हाण्ड आधार छ
गर्छ्यौ स्नान हिमालको हिउँ दली सेतो हिरा अम्बर
सातै सागर शब्दमा,कलममा झर्ना उठ्यो झर्झर।

हावा,पात,नदी,हिमाल,गिरिमा,माटो र पाषाणमा
छाला,हाड,नशा-नशा रगतमा संसारको सारमा
सारा सृष्टि कुना फुल्यौ गगनमा फैल्यौ मिठा काब्यमा
तिम्रै ज्योति मुहार खिल्छ वनमा कैलाशको वागमा।

 

Continue reading


‘नयाँ नेपालको यौटा गीत’

Kashiram, Bajgain, काशिराम बजगाई, pallawa, पल्लव

काशिराम बजगाई

ती पल्ला घरकी ठिटी सँगसँगै को रातमा आउँछ ?
बुझ्नै सक्तिन मध्य रात किन हो त्यो खाट हल्लाउँछ !
छैनन् बालक कम्पनी छ कि त्यहाँ? खै के छ होला अरु !
त्यस्का आँगनमा बिहानपखमा हुन्छन् गुबाराहरू ।

साडीमा सजिएर को सँग कहाँ ? जान्छे नि गाडीतिर
खाडीमा पति दुःखमा छ कति त्यो पत्नी छ झाडीतिर
छोरी सुन्दर एक,वर्ष दशकी होस्टेलमै छिन् सँधै
छोरो रुन्छ मुमा भनेर घरमा,को दूध देला कठै !

 

Continue reading


‘सरस्वती सम्झना’

Kashiram, Bajgain, काशिराम बजगाई, pallawa, पल्लव

काशिराम बजगाई

तारा तेज कपूरको वदनमा नीहारको हार छ
यौटा सुन्दर कुण्ड नेत्र तटमा ब्रम्हाण्ड आधार छ
गर्छ्यौ स्नान हिमालको हिउँ दली सेतो हिरा अम्बर
सातै सागर शब्दमा,कलममा झर्ना उठ्यो झर्झर।

हावा,पात,नदी,हिमाल,गिरिमा,माटो र पाषाणमा
छाला,हाड,नशा-नशा रगतमा संसारको सारमा
सारा सृष्टि कुना फुल्यौ गगनमा फैल्यौ मिठा काब्यमा
तिम्रै ज्योति मुहार खिल्छ वनमा कैलाशको वागमा।

 

Continue reading


बहरबद्ध गजल

Kashiram, Bajgain, काशिराम बजगाई, pallawa, पल्लव

काशिराम बजगाई

म ज्वाला र आगो पिई प्यास मेट्छु
दिवाना म यौटा म माया समेट्छु ।

डुब्यो पापको याममा शृष्टि सारा
तिमी धर्ती मेट्नू म आकाश मेट्छु ।

बनी श्वासको एक धर्को पवनमा
छिप्यो चेहरा त्यो म यो श्वास मेट्छु ।

 

Continue reading


‘‘ओए मान्छे”

Kashiram, Bajgain, काशिराम बजगाई, pallawa, पल्लव

काशिराम बजगाई

शरीर खून लाजको नशा र कर्म हातको
उघार खै! मुहार त्यो म हेरुँ रंग जातको
लिएर आउनू सखी सुधा भरेर प्यारको
पवित्र अञ्जुलीविषे कमण्डलू छ हारको

चुँडिन्छ प्वाँख धर्मको फुले र फैलिए प्रित
छ एउटै गरीव को?छ जिन्दगी सबैसित
सधैँ मगन्त शम्भुको प्रजा नरेशको पनि
न पोखरी रहन्छ जिन्दगी न बन्छ नै नदी

 

Continue reading