आनन्दकै निन्द्रा प्यारो गुन्द्री सानो भएपनि
आफ्नै आँगन स्वर्गबरु चुहुने छानो भएपनि
आँखा भिजाइ अरुको दया मुरी भर्नु भन्दा
पाखुरिकै पसिना मिठो मानो भएपनि
भोक सँग युद्ध गरि धर्तीमा निदाउनेले सधैं
जुनलाइ टेक्ने सपना देख्छ कानो भएपनी
आनन्दकै निन्द्रा प्यारो गुन्द्री सानो भएपनि
आफ्नै आँगन स्वर्गबरु चुहुने छानो भएपनि
आँखा भिजाइ अरुको दया मुरी भर्नु भन्दा
पाखुरिकै पसिना मिठो मानो भएपनि
भोक सँग युद्ध गरि धर्तीमा निदाउनेले सधैं
जुनलाइ टेक्ने सपना देख्छ कानो भएपनी
निकै भाउ खान्छौ किन कमाउन थालेदेखि
आफू ठुलै ठान्छौ किन कमाउन थालेदेखी
हिजोसम्म एकजुम खैनी मागी खाने तिमी
आज सुर्या तान्छौ किन कमाउन थालेदेखि
छोड्याछैन हामीलाई ढिंडो फापर गुन्द्रुकले
डिस्को बार जान्छौ किन कमाउन थालेदेखी
गजल– १,
तिम्रो इच्छा भर्दा भर्दै खाली भएछु म
रुपकै वरिपरि घुम्ने माली भएछु म
कस्तुरी झैँ तिम्रो माया कहिलै नभेटिने
गौंडो गल्ली चहार्दैमा काली भएछु म
पवन बन्ने चाह राख्यौ बादल भएँ फेरि
साथ पाउने बहानामा जाली भएछु म