‘सोध्न मन छ मलाई’

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

म त्यही नै हुं गर्भैमा भ्रूणलाई
विज्ञानको प्रविधीद्वारा केलाउदै फ्याँकिने ।हो म त्यही हुँ।

अनि
त्यही हुँ म गर्भ भित्रैबाट
सबैका मनमा खिन्नता भरिदिने ।
एक्काइसौं शताब्दीमा आइपुग्दा समेत
मलमूत्र खुवाँउदै म भित्रको
त्यो ढुकढुकी चल्ने वायुलाई
सौर्यमण्डलमा मिसाइने म त्यही हुँ।

हो

त्यही हुँ म ।
विभिन्न युगको परिवर्तन संगै
ब्रह्मा,विष्णु ,महेश्वर र कृष्णकै
पाला देखि अस्मिता शोषिएकी
अनि मेरा कोमल भावनासंग
खेलवाड गर्दै कहिले मुम्बैको कोठी
कहिले पार्कहरूमा र कहिले धनाढ्यमा
दिन दहाडै मूल्य तोकिने म त्यही हुँ ।
हो म त्यही हुँ र मेरो नाम नारी हो।

 

Continue reading


अम्बिका कार्की ‘अमु का चार गजल

Ambika, Karki, अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

गजल– १,
हामी केही सिक्नुपर्छ कमिलाको ताँतीबाट ।
एकता नै बल हो फरक हुन्न जातीबाट।

अमुर्त यो जिन्दगानी दुई दिनको घाम छायाँ
इमान् बेच्न लाग्यौं भने निस्किदैन खातीबाट ।

विकृतिको जंजिरबाट बाहिर निस्कौं अब
सभ्यताको चिनारीलाई पुज्नुपर्छ पातीबाट।

 

Continue reading


नजाऊ विदेश

Urmila, Karki, Chitwan, उर्मिला कार्की. pallawa, पल्लव

उर्मिला कार्की

नजाऊ है छोरा विदेश आमालाई छौडेर
कसरी बस्नु घरमा हेर मन रुन्छ धर्केर
आमालाई रुवाइ जान्छौं नौ डाँडा काटेर
सागर सिँस्नु खाएर बस्नु माया–सख काटेर ।

दु:ख सु:ख एक आपसमा बाडेर
साहुकौ ऋण तिर्नु छ आमा
म जान्छु धन कमाउन विदेशमा
कमाइ ऋण साहुलाइ तिरौँला ।

 

Continue reading


अम्बिका कार्की अमुका जोर गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

बहरबद्ध गजल– १,
मनैमा बसेरै बनायौ दिवाना ।
गुलावी फुलैमा जमायौ दिवाना ।

नबुझ्दै जवानी खुशीले सिँगार्न
नजान्दै झुमेरै जनायौ दिवाना ।

सुहाना प्रेमीको पुराना भएका
भरोसा मानेरै कमायौ दिवाना ।

 

Continue reading


सुजन सयपत्री सौरभ कान्छाका पाँच गजल

Sujan, Karki, Sayapatri, सुजन कार्की ‘सयपत्री’, pallawa, पल्लव

सुजन कार्की ‘सयपत्री’

गजल– १,
सक्छस नेपाल मै बाच्ने, आधार दे सरकार
बगाउछु पसिना र रगत, रोजगार दे सरकार

मलाई चाहिँदैन अथात, सम्पत्ति अनि महल
बिचरा सुकुम्बासी लाई ,दरबार दे सरकार

छटपटाउदै कराउँदै छन, अझै बाडी पिडित
राहत को त कुरै छोडौ, उपचार दे सरकार

 

Continue reading


गजल

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

आयो दशैँ उत्साह र उमँगको साथ लिएर
सबको घर आँगनमा खुसिको बात लिएर ।

धनी गरिब सबै ले समान रुपले मनाउँ
कहिल्यै नआओस् दु:ख पिडाको घात लिएर ।

निधारमा रातोटीका शिरमा जमरा लाउँदै
खुसी भएर बा-आमाको आर्शिवद लिएर ।

 

Continue reading


बहरबद्ध गजल

Karki, Sirjana, सिर्जना कार्की, pallawa, पल्लव

सिर्जना कार्की

आफन्तले मुटुमा भाला धसाउँदैछन्
आएर सत्रुले बरु मल्हम लगाउँदैछन्

काशी गया के जान्छौ!खुद्राको भाउ मिल्छ
इश्वर भनेर मान्छे पत्थर बिकाउँदैछन्

साेच्थेँ सधैं रगतकाे नाता घनिष्ठ हुन्छ
आफन्त दु:ख पर्दा ताली बजाउँदैछन्

 

Continue reading


गजल

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

तिम्रो गाउँ हेर्नलाइ धाएर आउँदैछु
तिम्रो नाउँमा गीत गाएर आउँदैछु ।

भौगोलिक दुरि धेरै टाडा भए पनि
त्यो बाचा कसम खाएर आउँदैछु ।

हिजो सम्म स्थान थिएन मायामा
आज तिम्रो माया पाएर आउँदैछु ।

 

Continue reading


बहरबद्ध गजल

Karki, Sirjana, सिर्जना कार्की, pallawa, पल्लव

सिर्जना कार्की

दियौं आज धोका तिमीले मलाई
थप्यो दुःख यो जिन्दगीले मलाई ।

दिएँ साथ माग्यौ दुवै हात थामे
लगायौ किनारा सखीले मलाई ।

म बाँचे छु तिम्रो खुसी हेर्न भन्दै
छलेकै थियोे यो खुसीले मलाई ।

 

Continue reading


गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

हेलाँ गर्छौं जिन्दगीको अन्तिम बिदाई हुने बगरलाई ।
नत छेक्छौं लोभ र पापको सागरमा डुब्ने नजरलाई।।

जहिले देखि बसाइ सरि आएँ अनेक सपना तूनेर
न तिमिले चिन्यौ न मैले चिन्नसकें यो पापी शहरलाई।

आकांक्षा अनगिन्ती थिए क्षितिज पारीसम्म गन्तव्य थियो
हिड्दा हिड्दै थाकीसकें रोक्न मनछ अब यो सफरलाई ।

 

Continue reading


गजल

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

गरीबी मनको पीडा कस्ले बुझ्छ बेथा
एक छाक्क केले टारुँ भन्छ घर्मा जेठा ।

काले गोरे भुन्टे अनि भुन्टि रुँदा पनि
खानु लाउनु के नै छर छैन कुनै जेथा ।

आँङ्मा छ फाट्या धरो भोकले खालीपेट
कति कति पिर मनमा अरुलाई के था ?

 

Continue reading


उर्मिला कार्कीका केही मुक्तकहरू

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

दुःख पर्दाको जिन्दगीमा राहात पाएँ
कहिल्यै नभुलले मायाको खात पाएँ
मेरा लागि त्यहाँ बिरानो शहर थियो
त्यतिबेला मैले सहाराको हात पाएँ ।।

तिज आयो भन्दै मा तड्भड्क नदेखाउ नारी हो
आफ्नो सँस्कृती र परम्परा लाइ जोगाउ नारी हो
लाउने खाने रमाउने सबै सबैको रहर हुन्छ
दिदि बैनी साथी सँगीनी सँग रमाउ नारी हो !!

 

Continue reading


बहरबद्ध गजल

Karki, Sirjana, सिर्जना कार्की, pallawa, पल्लव

सिर्जना कार्की

यो दैव घाउ हाम्रा आला बनाउदैछ
रातो यही रगतको प्याला बनाउदैछ ।

सोच्दै नसोच उसले खादा लगाइदेला
छोडेर लेख्न शायर भाला बनाउदैछ ।

स्याबास भन्छ कोही आएर द्वार भित्रै
कसरी बुझूँ म मनमा बाला बनाउदैछ ।

 

Continue reading


“छोरी”

Kazi, Kaji, Kajee, Karki, काजी कार्की, pallawa, पल्लव

काजी कार्की

म दिदीको घरबाट फर्किदै थिएँ ।
बिच जंगलमा बच्ची रोई रहेको आवाज आयो ।
म सरासर त्यतै गएँ । सुनसान बनमा कुनै पापिले उनलाई छाडेर गएछन् ? अब के गर्ने होला ?
हे भगवान !
मैले सोचें “घरै लैजान्छु”
फेरी घरमा के भन्ने हुन ?
ठिकै छ जे होला ।
म घर पुगें ।
सबै कुरा भनें ।

 

Continue reading


गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

हेलाँ गर्छौं जिन्दगीको अन्तिम बिदाई हुने बगरलाई
नत छेक्छौं लोभ र पापको सागरमा डुब्ने नजरलाई ।

जहिले देखि बसाइ सरि आएँ अनेक सपना तूनेर
न तिमिले चिन्यौ न मैले चिन्नसकें यो पापी शहरलाई ।

आकांक्षा अनगिन्ती थिए क्षितिज पारीसम्म गन्तव्य थियो
हिड्दा हिड्दै थाकीसकें रोक्न मनछ अब यो सफरलाई ।

 

Continue reading


अन्दाज

Kazi, Kaji, Kajee, Karki, काजी कार्की, pallawa, पल्लव

काजी कार्की

दुई वटा साना ननिहरू च्यापेर उभिदै यात्रा गरिरहेकी एक महिला लाई देखेर मलाई दया लाग्यो काठमाडौ जाने त्यो सिट मैले तिनै महिला लाई छाडिदिएॅ ।
बैनि बस । उनले धन्यवाद दिदै सिटमा बसिन । म उनको नजिक उभिएँ ।
‘बैनि कहाँ पुग्ने’ ?
“धार्के” उनले भनिन ।
माईत हो ?
नाई दाजु हैन ।

किन त ?
मैले कर गरें ।
उनले सबै भनिन “घरमा लोग्ने, सासु, ससुरा, देवर, नन्द सबै रहेछन् । दुईवटा नानिहरू जन्मिए पछि ।

 

Continue reading


गजल

E., Rakesh, Karki, र्इ.राकेश कार्की, pallawa, पल्लव

र्इ.राकेश कार्की

धाउदा पैताला पोलेका
उ थिए भक्त भोलेका

जसमा भरोसा राखेथेँ
उसैले पार्टी खोलेका

सही बोल्नेले किन हो
अनि त झूठ बोलेका

 

Continue reading


बहरद्ध गजल

Karki, Sirjana, सिर्जना कार्की, pallawa, पल्लव

सिर्जना कार्की

आँधी तुफान जस्तै हलचल बनार्इ दिन्छ
आएर याद उनको पागल बनार्इ दिन्छ

आए छ सम्झनाको बाढी यहाँ बिहानै
पीडा दिएर मनमा खाडल बनार्इ दिन्छ

छैनाै तिमी हियामा मेरो बुझेछु मैले
बल्झेर घाउ मेरो घायल बनार्इ दिन्छ

 

Continue reading


गजल

Jagat, Karki, जगत कार्की, pallawa, पल्लव

जगत कार्की

परि रहन्न पानी विदो हुनेछ
हामी रूझेको पल हिजो हुनेछ|

नभन न बेमान छ कलीको पानी
भरे ह्विस्कीमा थप्या मिठो हुनेछ|

जत्ति गरे पनि भरिएन घडा
पथमा ठेस चोट छिटो हुनेछ |

 

Continue reading


अम्बिका कार्की “अमु”का जोर गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

गजल– १,
चाहाना थियो तिमी छेउ बस्दै गर्नलाई राज ।
डोर्‍यायो समयको गतिले बिह्वल छु आज ।

कुँदिएका छन् तिम्रा तस्बिर हृदयका कुनामा
भाग्यको खेल निष्ठुरी रै’छ आफैँमा भो साज ।

भनिन्छ प्रेममा खेल जित र हार हुन्छ भनी
तर देखिदैन लगाएको कुनै खेलाडीले ताज ।

 

Continue reading