करन बिवश का केही मुक्तकहरूः

Karan, Bivash, करन बिवश, pallawa, पल्लव

करन बिवश

अब त हामी नेपालीले, त्यस्ता नीतिहरू फ्याक्नु छ
कामै नलाग्ने ती कागजी, नियमहरु सारा च्यात्नु छ
न्याय पाउँ भन्दा जनताले, सिधै गोलि पाउँछन भने त
कामै नलाग्ने देशको त्यो, विधानका खुट्टा काट्नु छ

मेरो शहरमा आज चेलीको, अस्मिता लुटिएको छ
न्याय माग्न जादाँ यहाँ, पीडित नै उल्टै कुटिएको छ
यो कस्तो हो नीति नियम, मेरो देशको बुझ्नै कठिन
अपराधी खै भनेर भन्दा त, उल्टै जनता चुटिएको छ…

 

Continue reading


गजल

Karan, Ratna, Pariyar,करण रत्न परियार, pallawa, पल्लव

करण रत्न परियार

यो दुनिया धन पैसामै चलिरहेको छ
अमिर कुल्चिरहे छ फकिर ढलिरहको छ

म मरेभने जलाउँनु पर्दैन मलाई चितामा
मेरो मनमा आगो पहिलै बलिरहको छ

मेरो जिन्दगी डुबानमा पर्ने सम्भावना छ
मनको दुनियाको मौसम बदलिरहेको छ ।

 

Continue reading


करन बिवशका केही मुक्तकहरूः

Karan, Bivash, करन बिवश, pallawa, पल्लव

करन बिवश

भन्नुस भगवान यो देशमा,कहिलेसम्म अमन चयन आउँछ
भोकाले पेट भरी खान अनि,कहिलेसम्म नयाँ नाना लाउँछ
जसले गर्छ यो देशमा अन्याय, अत्याचार अनि भष्ट्राचार
सरकार पक्षबाट त्यही व्यक्ति,हिजो आज सम्मान पाउँछ!!

भाग्य मेटियो मेरो, ऊ पर सर्न थालेपछि
जिवन बेचियो आज, गुलामी गर्न थालेपछि
साच्चै मैले त तब मात्रै, यो जिन्दगी बुझेको हुँ
यी नयनबाट सधैं आँसु, थोपा झर्न थालेपछि !!

 

Continue reading


गजल

Karan, Bivash, करन बिवश, pallawa, पल्लव

करन बिवश

काँडा माथि कै यात्रामा, हिडाउँदै छ जिन्दगी
यादका यि प्यालाहरू, पिलाउदै छ जिन्दगी ।

अन्यौलको कुइरोमा, रुल्मुलिएर बाच्नु पर्दामा
अनायासै, केही बोतल दिलाउँदै छ जिन्दगी ।

अाफैँले जिन्दगीका, पानाहरू खोतलेर हेर्दा
जानी नजानी वेदना नै जिलाउँदै छ जिन्दगी ।

 

Continue reading


करन बिवशका केही मुक्तकहरूः

Karan, Bivash, करन बिवश, pallawa, पल्लव

करन बिवश

भन्नुस भगवान यो देशमा,कहिलेसम्म अमन चयन आउँछ
भोकाले पेट भरी खान अनि,कहिलेसम्म नयाँ नाना लाउँछ
जसले गर्छ यो देशमा अन्याय, अत्याचार अनि भष्ट्राचार
सरकार पक्षबाट त्यही व्यक्ति,हिजो आज सम्मान पाउँछ!

हरेक सपनीमा आशु-आशु, मिली बनेको घरको छत देखिरहे छु
यो समय कस्तो आयो, हरेकको बिचारमा फरक मत देखिरहे छु
चुलो बाल्न सकिएन आनन्दसॅग, यो डिग्री पासको सर्टिफिकेटले
जिवन धान्नकै लागि अब त, राहदानी कै जरूरत देखिरहे छु.!

 

Continue reading


गजल

Karan, Lamichhane, Chturale, Nuwakot,करन लामिछाने, pallawa, पल्लव

करन लामिछाने

मिठा_मिठा पिरतिका, बात के का लागी।
छुट्ने बेला समाऐका, हात के का लागी।।

देखिऐनौ काही कतै, तिम्रो खाचो पर्दा खेरी।
एक्लै बाच्न सिकेपछि, साथ के का लागी।।

जिन्दगीका रहरहरू, ओईलिऐर झरे पछि।
आनाकानी पिरतिका, सौगात के का लागी।।

 

Continue reading