गजल

Kapil, Agyant, कपिल अज्ञात, pallawa, पल्लव

कपिल अज्ञात

दरबारका ती दास बढ्दैछन्
गणतन्त्रका उपहास बढ्दैछन्

जिउंदाजाग्दा मारिए उति बेलै
अब त बचेका पिचास बढ्दैछन्

सज्जनहररू निरीह दुर्बल भए
देशभरि नै तीबदमास बढ्दैछन्

 

Continue reading


प्रयोगात्मक महाकाव्य ‘आरोहण’ माथि दृष्टि प्रक्षेपण

Kapil, Agyant, कपिल अज्ञात, pallawa, पल्लव

कपिल अज्ञात

वि.सं. २०७२ साल नेपालीको लागि शोकसन्तप्त साल हो । यसै साल महाभूकम्प गयो । त्यस दुर्दान्त घटनाबाट अकल्पनीय धनजनको क्षति हुन पुग्यो । त्यही त्रासदी र पीडालाई केन्द्रीय विषयवस्तु बनाएर साहित्यका लब्धप्रतिष्ठ १३ जनाले आरोहण नामक महाकाव्यको रचना गरे । यसमा ७ जनाका दुइ-दुइ र ६ जनाका एक-एक गरी जम्मा २० र्सग छन् । ‘आरोहण’ को शाब्दिक अर्थ चढाइ हो । नेपाली छन्दपरम्परामा तेह्रै जना संयुक्त भएर पर्वतारोहण झैँ साहित्यिक आरोहण गरेको यो महत्त्वपूर्ण सफल काव्यारोहण हो ।

 

Continue reading


पल्लवको साहित्यिक कुम्भ मेला र चितवनका तीनगजल सारथि

Kapil, Agyant, कपिल अज्ञात, pallawa, पल्लव

कपिल अज्ञात

विगतमा जस्तै २०७४ भदौ १७, चितवनमा ‘पल्लव साहित्य प्रतिष्ठान’ को साहित्यिक कुम्भ मेला वर्षौ पिच्छे कुनै झमेला नमानी उत्साह र उमङ्गपर्ूवक मनाइन्छ । यस मेलामा नेपालका दूरदराजमा रहेका साहित्यानुरागी त आउँछ नै भारतको दार्जिलिङ, आसाम, बिहार, उत्तरप्रदेश तथा पञ्जाब, पटियाला देखिका साहित्यकारको पनि उपस्थिति हुन्छ । धेरै ठाउँका धेरै साहित्यानुरागीको जमघट, दर्जनौँ प्रकाशित कृतिको आदान ­-प्रदान, विविध सम्मान र पुरस्कारको र्समर्पण कार्यक्रममा रचना सुन्ने-सुनाउने भन्दा पनि चिनाजानी र रमाइलो नै अधिक भएकाले मेला भनिएको हो ।

 

Continue reading


उमेर ढल्केपछि

Kapil, Agyant, कपिल अज्ञात, pallawa, पल्लव

कपिल अज्ञात

(अनुभव र विचार)
जीवन सङ्घर्षशील रहे पनि स्वस्थ थियो । पचास वर्षगुज्रिँदासम्म शरीरभित्र रोगको कुनै बतास चलेको थिएन । जब एकाउन्नमा प्रवेश गरें तब रोगले एक्कासी आक्रमण गर्‍यो । साठीसम्म पुग्दा त एकसाथ दुइ-तीन रोगले धावा बोले । संस्कृतको सूक्ति ँशरीरम् व्याधिमन्दिरम्’ भनेझैं आफ्नै शरीर रोगको वासस्थान हुन पुग्यो । म वृद्धावस्थाका यी जटिल समस्याबारे सोच्न र समाधानको खोजी गर्न बाध्य भएँ । मानिस कालक्रमअनुसार बूढा हुँदै जान्छन् र ती बुढ्यौलीका दुःखर्-दर्द अनुभव गर्न थाल्छन् ।

 

Continue reading


गजल

Kapil, Mani, कपिल मणी , pallawa, पल्लव

कपिल मणी

यी नजरले ती नजरको ईशारा बुझ्न सक्छ
बुझेपछि मायाको दिलमा मुल फुट्न सक्छ

श्रृङ्गार गरि फूल तिमी नजिक आयौ भने
होस् गर मात्तिएको भँवराले चुम्न सक्छ

कति बस्छौं साँचेर भरिएको त्यो जवानी
आउ साटौँ पिरति नत्र खोली सुक्न सक्छ

 

Continue reading


शून्य रोदन !!

Kapil, Agyant, कपिल अज्ञात, pallawa, पल्लव

कपिल अज्ञात

मन्दिरमा देवता छैन
फूलमा सुवास छैन
समयमा जीवन छैन
अन्धकारमा उज्यालो छैन
फेदिदेखि शिखरसम्म
उन्मुक्तिको स्वर उराल्दै
तैपनि हामी खोजी रहेछौं
भक्ति, शान्ति, अस्तित्व र ज्ञान
आँखामा आँसु छैन
मुटुमा स्पन्दन छैन
सम्बन्धमा प्रेम छैन
सपनामा विश्वास छैन .
मण्डपदेखि मसान घाटसम्म
जन्ति र मलामी हुँदै
मानवताको भजन-किर्तन गाएर
तैपनि हामी सोँचिरहेछौं .=–

 

Continue reading


‘‘सालीक’’ !!

Kapil, Mani, कपिल मणी , pallawa, पल्लव

कपिल मणी

प्रत्येक दिन धुलो र धुँवाको
होली खेल्दै
फागु मनाईरहेको बिचरा सालिक
कयौं हत्याराको प्रत्येक्षदर्शि भएको छ
कयौं बलात्कारीलाई उसले चिनेको छ
उसको मौनतामा महानता छ
उसले धैर्य गर्न जानेको छ
सधैं बुद्ध भएर !!
गणतन्त्र देख्यो लोकतन्त्र देख्यो
कति रात देख्यो कति दिन देख्यो
तर…..
उसलाई सधै एकनास छ
चुपचाप चुपचाप बसेको छ
मौन कल्पनामा लिप्त हुदै ।

 

Continue reading


गजल

Krishna, Gc, Kapil, कृणा जिसी ‘कपिल’,pallawa, पल्लव

कृणा जिसी ‘कपिल’

न आदि देखियो न अन्त देखियो
यो समयको लीला अनन्त देखियो

डाहाले जलन छ खुशीमा ऊ मेरो
दुश्मन त आफ्नै आफन्त देखियो

आमाको चिनो नै जुवामा मिसाउने
छोराको उदाहरण ज्वलन्त देखियो

 

Continue reading


गजल

 

Kapil, Mani, कपिल मणी , pallawa, पल्लव

कपिल मणी

(सवाई लयमा )
न रङ्गिन्छ सप्तरङ्गी निधारमा मेरो ।।
न छुट्टि छ यो बर्षको तिहारमा मेरो ।।

मेरी बैनि कुर्दै होली फूलमाला गाँसि
हेर्दै फोटो घरको त्यो संघारमा मेरो ।।

प्यारी बैनि आउन्न म नदुखाउ मन
सम्झनामा टोलाउदै बेकारमा मेरो ।।

 

Continue reading


१३ अक्षरीय गजल

Kapil, Mani, कपिल मणी , pallawa, पल्लव

कपिल मणी

अब रोकिने छैनन् यी पैतालाहरु ।
मलाई चढ्नु छ ठुला उकालाहरु ।

गाईबस्तु हराएका छन् यी भिडमा
कता हराएका छन् खै गोठालाहरु ।

शिंहदर्बार एक चिडियाखाना हो
त्यहाँ बाघ छन् त कोहि बिरालाहरु ।

 

Continue reading


पर्खालभित्रको घामः उन्मुक्त भावना र विचारको प्रबल प्रस्तुति

Kapil, Agyant, कपिल अज्ञात, pallawa, पल्लव

कपिल अज्ञात

सामना पहाडको पर्खालभित्रको घाम एक विवेचनाः
जीवन पथमा कैयौँ पहाडहरू आर्इपर्छन् । पहाड लाक्षणिक अर्थमा अनेक समस्याका प्रतीक हुन् । हिम्मत, आँट, सिप, जाँगर र प्रतिभा आदिले मात्र तिनको सामना हुनसक्छ । जीवनका यस्तै कैयौँ पहाडहरूलाई सामना गर्ने उद्देश्य राखेर सुमन सिलवालले साहित्यिक नाम सामना पहाड राखी आफ्ना अनुभवहरुलाई कवितामा रूपान्तरित गरेकी छन् । कविता पढेपछि बोध हुन्छ कति र्सार्थक रहेछ उनको नाम सामना पहाड । यस्तै उनले आफ्ना कविता कृतिको नाम पर्खालभित्रको घाम -२०७२) राखेकी छन् ।

 

Continue reading


पू्र्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरमा भानु जयन्ती सम्पन्न ।

11745424_994454533906147_2846103527784861220_n 11229825_994327470585520_6381334067944866841_n

Kapil, Anjan, कपिल अञ्जान, pallawa, पल्लव

कपिल अञ्जान

a1aकोहलुर, बाँकेबाट कपिल अञ्जानले इमेलमा पठाएको समाचार ।
२९, असार, कोहलपुर, बाँके । २०२ औं भानु जयन्तीको अवरमा पुस्तक विमोचन तथा निबन्ध प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । सो अवसरमा कोहलपुरमा सुमित्रा न्यौपानेको “आँखा र आँखाहरु” कथासंग्रह विमोचन गरिएको छ । सो कार्यक्रममा पर्ूव प्रज्ञा सदस्य सचिव सनत रेग्मीले कथा संग्रहको विमोचन गरेका हुन । नेपाली भाषा साहित्यको लागि आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनिय रहेको नेपाल प्रज्ञा प्रतिष्ठान सभाका सदस्य हरि प्रसाद तिमिल्सिनाले बताए ।

 

 

Continue reading


दोलखा र पुत्ररत्न दर्शन

Kapil, Agyat, कपिल अज्ञात  , pallawa, पल्लव

कपिल अज्ञात

पुत्र पुत्रजस्ता भएर निस्किए किन्तु म पिता पिताजस्तो हुन नसक्नुका पछि आफ्नै व्यथा–कथा छन् । पिताको सोझो अर्थ रक्षा गर्नु हो र ध्वन्यार्थमा उचित शिक्षादीक्षा दिएर सक्षम बनाउनु पनि हो । शिक्षादीक्षाको लागि राम्रो परिवेश चाहिन्छ, त्यस्तो परिवेश मैले दिएको छु भनेर पूर्णतया दावा गर्न म सक्तिन । म विश्व विद्यालयको प्राध्यापक भए पनि पुत्रका लागि निरीह अभिभावक जस्तो भएँ । कारण, मैले पुत्रले अपेक्षा गरेको विषय स्वदैशमैं उपलब्ध गराउन सकिन । यिनै हीनता र अभावले लपेटिएर पनि मैले जीवनमा आफैसँग वैचारिक विद्रोह गर्नु पर्‍यो ।

 

Continue reading


यात्रासाहित्यको पहिलो सैद्धान्तिक ग्रन्थ’

Kapil, Agyant, कपिल अज्ञात, pallawa, पल्लव

कपिल अज्ञात

निर्मोही व्यासले साहित्यका प्रमुख विधा कविता, निबन्ध र आख्यानका क्षेत्रमा कलम चलाएका भए पनि उनी निबन्ध विधाअन्तर्गत पर्ने नियात्रा र संस्मरणमै बढी सक्रिय र त्यसैमा लोकप्रिय पनि रहेका छन् । आरम्भतिर कविता–काव्यका दुई पुस्तक प्रकाशित गराएका व्यासमा झन्डै तीनदशक लामो अन्तरालपछि जीवनको उत्तराद्र्धतिर आएर पद्य कवितातर्पm फेरि पनि रुचि बढेको तथ्य उनका निकै सुन्दर र मार्मिक गीत–कविताहरूको सङ्ग्रह ‘बोधिवृक्षको छायामा’ (२०६९) बाट प्रमाणित हुन्छ । उनको प्रकाशन यात्रा ‘सम्झना’ शीर्षक यात्रासंस्मरण (इ.१९७०) बाट प्रारम्भ भएको होे ।

 

Continue reading


‘‘मन’’

Kapil, Anjan, कपिल अञ्जान, pallawa, पल्लव

कपिल अञ्जान

कहिलेकाँही,
आँखा हो रसाउँछ
विश्वास हो टुटछ्
माया हो च्यातिन्छ
मन हो मर्छ ।
यी सबै नहुने भए
तिमी र पत्थरमा
असमानता हुने थिएन
र हुने थिएन
सहन सक्ने विशाल छाती ।

 

Continue reading


नयाँ वर्ष र खुसी

Dr., Kapil, Lamichhane, Bhairahwa, डा. कपिल लामिछाने, pallawa, पल्लव

डा. कपिल लामिछाने

केही युवा–युवतीहरू बडो उमङ्गका साथ नयाँ वर्ष मनाउँदै थिए । पुरानो साल बाई–बाई !! नयाँ साल हाई–हाई !! भन्दै थिए । हरेकका मुखमा झुन्डिएको थियो – नयाँ साल ! नयाँ वर्ष ! तिनको बोलीवचन, हाउभाउ, लबाइ–खवाइमा उत्साह थियो । जोस थियो । उमङ्ग थियो । सडकमा हिँड्दै थिए ।

फुटपाथमा सानातिना बेपारी थिए । घर महल नहुनेहरू थिए । घर भए पनि आँगन नभएकाहरू थिए । साँगुरो डेरा लिएर बसेका विद्यार्थी र जागिरेहरू थिए । आफ्नो खेतबारीमा दुखले उब्जाएको तरकारी बेच्न आएका बेपारी थिए । पत्रिका बेच्ने कराउँदा हकर थिए । नयाँ सालको उमङ्ग बोकेको एक हुल ठेलमठेल गर्दै फुटपाथमा आइपुग्यो ।
एउटाले भन्यो – ए बाटो छाडो ! कस्ता नन्सेन्स ! बाटै छेकेर बस्ने !

 

Continue reading


ट्रिक ! ट्रिक !!

Dr., Kapil, Lamichhane, Bhairahwa, डा. कपिल लामिछाने, pallawa, पल्लव

डा. कपिल लामिछाने

बनारसमा पढ्दा ठूलो घरमा बस्थेँ । दसैँको अवसर थियो । घरमा बस्नेहरू घर गएका थिए । तेस्रो तलामा एक साधु

बस्थे । भुइँ तलामा म । त्यत्रोमा जम्मा हामी दुई !
एक रात ! छतमा डङ्ङ कोही हाम फाले जस्तो लाग्यो । साधु कोठाबाट बरन्डामा निक्ले । उनको हातमा कठबाँसको
लठ्ठी थियो । ठक्ठक् पारे ।
चर्को डाँकोले बोले – ए बालकृष्ण ! कठबाँस लिएर निक्ल ।
ए घनश्याम ! उठ !!
ए कन्हैया ! ए पहलमान । भरुवा ल्याओ ।
ए बहादुर । खुकुरी ले’र आऊ ।
ए बहादुर ! ए नेपाली ! जाग जाग ! जाग्नु पर्ने भयो ।
…….

 

Continue reading


‘‘भ्रष्टाचार– निवारण’’ दिवस

Dr., Kapil, Lamichhane, Bhairahwa, डा. कपिल लामिछाने, pallawa, पल्लव

डा. कपिल लामिछाने

मुलुकमा भ्रष्टाचार चरममा थियो । घुसतन्त्र र कमिसनतन्त्रको बोलबाला थियो । मानिसहरू आजित भइसकेका थिए । घुस बिना कुनै काम हुन्नथ्यो । मन्त्रीपरिषद्को बैठकमा यसबारे छलफल भयो ।एक मन्त्रीले भ्रष्टाचार–निवारण दिवस मनाउने प्रस्ताव राखे । अरूले उडाए– आज मन्त्रीज्यूलाई के भयो ? यस्तो फोकट्या प्लान ल्याउनुभयो । हामीलाई के फाइदा हुन्छ, त्यसबाट ? आफ्नै खुट्टामा बन्चरो हान्ने काम गर्नुहुन्न, मन्त्रीज्यू ! उनले आश्वस्त पार्दै भने– कस्तो कुरा गर्नुहुन्छ ? हाम्रो आयस्रोत कसरी बढाउने ? त्यो मलाई पुरा सम्झना छ । आज सबै भ्रष्टाचार बढ्यो भन्छन् । यस्तो अवस्थामा हामीले केही नगरी बस्नु हुँदैन । आयोग हाम्रै रक्षार्थ हो भन्ने दुनियाँले बुझिसक्या छ । भ्रष्टाचार–निवारण दिवसको घोषणा गर्दा एकातिर हामी चोखिन्छौँ, चोखा ठानिन्छौँ भने अर्कातिर जिल्ला–जिल्लामा दिवस मनाउँदा एकै दिन हामी सबैलाई दुई तीन ठाउँमा प्रमुख अतिथि भएर जाने अवसर मिल्नेछ । प्रत्येक ठाउँबाट मान पनि माल पनि भइहाल्नेछ ।

Continue reading


विक्रय वस्तु

Dr., Kapil, Lamichhane, Bhairahwa, डा. कपिल लामिछाने, pallawa, पल्लव

डा. कपिल लामिछाने

बिर्खे सडक छेउ आगो पुत्ताएर मकै पोल्दै थियो । मकै धेरै पोलिसक्यो । बिक्दा होइनन् । मकै खाऊ न भाइ, ताजा–ताजा छन् । मिठा छन् । खाऊ कति सस्तो छ । फलाउन कति गारो छ । खाऊ न बैनी । … बिर्खे हैरान भयो । बिक्दो होइन । कति कराओस् ? मकै बेचौँला । पैसा पारौँला । छोरीको फिस तिरौँला । उसको कत्रो सपना थियो । ऊ निराश फक्र्यो ।

एक दिन चमेली मकै पोल्न बसी । राता गाला घाम र आगोले झनै राता भएका हुन्थे । उसका हात मकै पोल्नमा तल्लीन हुन्थे । स्कुले मिड्डी लगाएर बसेकी थिई । सुडौल पिरम्ला देखिन्थे । त्यसमा निश्छल हाँसो र निधारमा बग्दा पसिना । ऊ मकै पोलिरहेकी हुन्थी । यसलाई कति हो ? भनी सोध्ने, मकै किन्ने र त्यहीँ उभिएर खानेको धुइरो लाग्यो । डोकामा ल्याएका मकै सकिन थाले । बिर्खेले अर्को डोको मकै ल्यायो । त्यो पनि सकियो । अर्को पनि सकियो ।

 

Continue reading


जननेताको पराजय

Dr., Kapil, Lamichhane, Bhairahwa, डा. कपिल लामिछाने, pallawa, पल्लव

डा. कपिल लामिछाने

चुनाउ प्रचारका बेलामा उनका पक्षमा व्यापक र स्वाभाविक जनलहर देखियो । घरदैलो कार्यक्रम लिएर उनी जहाँ जहाँ पुगे, मान्छेहरू अघि अघि ठेलमठेल भए । जनताका सुख दुखमा उनी जीवन भर सधैँ साथमा हुन्थे । उनलाई पूर्ण विश्वास भएको थियो– उनी पक्का जित्छन् । सबै त्यही भन्थे ।
उनको भन्दा जनताको जिताउने बढी चाहना थियो । प्रतिस्पर्धी नेतालाई निद्रा लागेन । जनविश्वास आफ्ना साथमा नभएको उनले निष्कर्ष निकाले । चुनाउ हुन्छ कि हुन्न– हुन्छ कि हुन्न भन्दाभन्दै चुनाउ भइछाड्यो । मतदानमा जनताको उत्साहजनक सहभागिता देखापर्‍यो । उनले जनताका अनुहारमा उत्साहभन्दा ममता पढे । किन यस्तो ? उनले ठम्याउन सकेनन् ।मतगणना सुरु भयो, तर उनले अग्रता लिन सकेनन् । मलिनो अनुहार लिएर उनी आफ्नै निवासमा पुगे । सारा मतदाताहरू पहिले नै उनका निवासमा पुगेका रहेछन् । उनले सबैलाई धन्यवाद दिँदै भने- कतै धाँधली भए जस्तो लाग्दैन, तर यस्तो अप्रत्याशित नतिजा कसरी आयो ?

 

Continue reading