गजल

अमर प्रेम को एउटा रीत चलाउन मन छ
पिरतीको फुल फुलाई फलाउन मन छ।।

अलि कती माया अलीकती इर्ष्या मिलाउदै

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

वेला वेला उस्को तन गलाउन मन छ ।।

अंकुरिदै मुटुभित्र मायाको त्यो मुना बनी
तिम्रो मुटु भित्र थिरै पलाउन मन छ ।।

 

Continue reading


स्मृति कंडेलको एकजोर गजल

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

गजल– १,
माया नै माया ले सताउन पाए देखि।
उसको त्यो मनमा अटाउन पाए देखि।।

लेखेको थिएँ प्रेम पत्रहरू उसैलाई भनि।
मनै दंग हुन्थ्यो सायद पठाउन पाए देखि।।

किन मेरो इशारा नबुझेको होला उसले ।
कस्तो हुन्थ्यो उनलाई अन्माउन पाए देखि।।

 

Continue reading


गजल

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

सहर पसि मिनिस्कट कहिले लाइन आमा
साडी चोलो बिर्सेर झकास भइन आमा।।

धेरै आए आधुनिकमा अल्मल्याउने साथीहरू
आफ्नो रिति बिर्षी डिस्को कहिल्यै धाइन आमा

तिम्रो सपना मेरो सपना पूरा गर्ने सोचेकी छु
कसैको नि झुटो कसम अरु खाइन आमा

 

Continue reading


‘‘छोरी’’

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

एक दिन एउटा व्याक्तिलाई बाटोमा अचानक रिगटा लागेकोले केहि मान्छेहरूले उसलाई हस्पिटल लान्छ ।
सानै छदा उहाँले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो ।
त्यसैले अर्को मृगौला पनि काम गर्न छोड्न लागेको थियो ।
उसको घरमा फोन गरे पनि
उसलाई यस्तो हालतमा कोहि आफन्त पनि भेट्न आएन ।
उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ ।

 

Continue reading


“आमा”को आँसु पुछेर मनाए नयाँ बर्ष !!

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

नानी यी हेर हातका रेखा ………
सानैमा आमा बितिन अनुहार पनि देख्न पाइन कस्ती थिइन होला मेरी आमा! म सानै हुदा बाउ ले कान्छी आमा ल्याए, आफु १३, पुगेर १४, लाग्दै थिए, हास्ने खेल्ने बेलामा बिबाह गरेर दिए त्यो पनि आफू भन्दा २० बर्ष जेठ्ठो मान्छे सग । केटाकेटी नै अवस्था भए पनि घर चलाउनै पर्थो 18 बर्ष कि हुदा दुई छोरा भए 20 बर्ष नपुग्दै श्रीमान बित्नु भयो । सबै थोक गरेर जिउन सकिदो रहेछ तर बिधुवा भएर जीवन जिउनै गाह्रो ……

 

Continue reading


गजल ……

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

पिरतीको संसारमा दिलको राजा बनार्इ दिएँ
सम्झनाको तरेलीमा मन मुटु सजाई दिएँ ।

समीपबाट टाढा भयौ अपमानित भाकी छु
तिम्रै प्रेममा जिन्दगानी अर्पण गराइ दिएँ ।

तिम्रै यादमा धडकिने यो धडकन पनि आज
हरपल रोएर आँसुको तलाउमा डुबाइ दिएँ ।

 

Continue reading


स्मृति कँडेलका केही मुक्तकहरूः

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

गुनिउ चोली लाउन छोडी सानी सहर पसेपछि
मात्र गमलाको मकै गोडि सानी सहर पसेपछि
घर परिवार सङ्ग अहिले बोलचाल भन्द भएछ
सबै नाता र साइनो तोडि सानी सहर पसेपछी

बनाउ छुट्टै सुन्दर संसार हजुर र म हुनपर्ने।
लेखौ भाग्य रेखा संगै हास्न संगै रुनपर्ने।।
सोचेको जस्तो कसलाई कहाँ पुग्छ र हजुर।
यहाँ हरपल मनको पीडा आशुले धुनपर्ने।।

 

Continue reading


गजल

Smritee, Smriti, Kandel, स्मृति कँडेल. pallawa, पल्लव

स्मृति कँडेल

प्रेमको मुल नै फुटाउदै कहानी बनाउँछु म
मेरै मायामा हराउने तिम्रो बानी बनाउँछु म ।

हाम्रा जीवनका कयौं तरंगहरू खुसिले भरी
सधैँ तिम्रो मन बगिरहने पानी बनाउँछु म ।

माया गर्छु भन्दै सताएर नजाउ है मायालु
फर्केर हेर्दा प्रेमले बाध्ने जवानी बनाउँछ म ।

 

Continue reading


“स्मृतिको अमर प्रेम”

Smritee, Smriti, Kandel, स्मृति कँडेल. pallawa, पल्लव

स्मृति कँडेल

सदा झै म साथीहरू संग च्याट गरेर बसिरहेकी थिए ।मार्च 8 साझ करिब 8 बजेको कुरा हो ।
जसलाई मैले केहि महिना देखि मनमा सजाउन थालेकी उसैको म्यासेज आयो एकासी हाइ भनेर अनि म छक्क परे कस्तो अचम्म है, यतिका दिन नबोलेको मान्छे आज एक्कासी आएर आफै बोलायो, जसलाई सम्झेर अनि कल्पना गर्दै उसको तस्बिर हेरेर दिन बिताउने गर्दथे उ संग आज देखि बोल्न पनि पाए भनेर खुसिले मनै फुरुङ भयो र म खुशीले नाच्न थाले ।

 

Continue reading


“गजल……

Smritee, Smriti, Kandel, स्मृति कँडेल. pallawa, पल्लव

स्मृति कँडेल

मलाई आनन्द कि पुर्णीमाको जुनले दिन्छ।
कि त खुशी उमङ्ग सबै मेरै उनले दिन्छ।।

यो दुनियाँ किन बिरोध गरिरहन्छ प्रेमको?
तर खुसीको संसार त प्रेमील धुनले दिन्छ।।

प्रेम जिन्दगी हो आखिर प्रेमले दिने खुसी!
न हिरामोतीले दिन्छ न त सुनले दिन्छ।।

 

Continue reading


स्मृति कँडेका केही मुक्तकीय टुक्राहरूः

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

सृष्टिको भब्य योजनामा तयार पारिएकी छोरी तिमी
अनेकौं तवरले नै बेहद शृङ्गारिएकी छोरी तिमी ।
यो दुनियाँमा आज अथाह तिरस्कृत भएर हेपिदै छौ
आफ्नै गाउँ समाजबाट जिउँदै मारिएकी छोरी तिमी।।

दुनियाँ सङ नै दाजेर गए
दुनियाँ र म के फरक भएँ ?
दुनियाँ सधै – वहुवचन हुँदा
म त सधै – एकवचन रहेँ ।।

 

Continue reading


समय

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

साथि पनि भन्छेउ
घाती पनि बन्छेउ।।
चोटको बदला चोटै मिल्छ
थाहा छैन र तिमिलाइ?
जिबितै मा आफ्नो लागि
किन खाडल खन्छेउ।
तिमी भित्र को घिन लाग्दो
श।तिर पन प्रष्ट देख्न सक्छु
अनि ती नै चरित्र को म त
कथा लेख्न सक्छु ।।

 

Continue reading


१३ अक्षरीय गजल,

Bhawana, Kandel, Pahadki, Chhori,पहाडकी छोरी भावना , pallawa, पल्लव

पहाडकी छोरी भावना

प्रेरीत भए म उसको दारी बाट !
जीन्दगी जिउन सिके भीखारी बाट !!

आयो उ सरासर सभ्यता लिएर,
जोगाउनु भन्दै सस्कृति पारी बाट !!

आफ्नो कदर आफै जान्दिन उ यहॉ,
नारी नै लुटीन्छन हरे! नारी बाट!!

 

Continue reading


गजल

Harihar, Kandel, हरीहर कँडेल, pallawa, पल्लव

हरीहर कँडेल

चढ्नुछ जिन्दगीको उकालीमा सुस्त सुस्त!
हो जसरी बढ्दछ फुल डालीमा सुस्त सुस्त !!

सुस्ता अनि दशगजाले के पुग्ला बैरी लाई !
आँखा लाग्नसक्छ उस्को कर्णालीमा सुस्त सुस्त!!

खुलेआम सिमानामा रमाउँदैछन दुस्मन हरु !
घट्यो कि त बिरता त्यो गोर्खालीमा सुस्त सुस्त!!

 

Continue reading


१४ अक्षरीय गजल

Bhawana, Kandel, Pahadki, Chhori,पहाडकी छोरी भावना , pallawa, पल्लव

पहाडकी छोरी भावना

किन खाने हो हार यि धोतीहरु संग ?
हामी बनेर लाचार यि धोतीहरु संग !!

छिमेकीको प्रगति डाह गर्ने निचहरु,
को बन्ने समझ्दार यि धोतीहरु संग !!

यि शत्रु कहिल्यै मित्र हुनै सक्दैनन,
छैन सद्भाव – प्यार यि धोतीहरु संग !!

Continue reading


यो जिन्दगी अधुरो भो

Sarasoti, Kandel, Lamsal, सरस्वती कँडेल (लम्साल), pallawa, पल्लव

सरस्वती कँडेल (लम्साल)

मानवीय धनी हुँदा धनको गरिव हुँदोरहेछ
निराशको घाऊ लाग्दा मुटुभत्रि छुँदोरहेछ ।
जलेको देख्ने नयनले मन जलेका देख्दैन
मुटु नै जलेर हुन्छ खरानी तर लेखिँदैन ।।

दुःखमा वगेको आँसुले विश्राम पाउँदैन
सुखमा रम्ने हाँसोले पीडालाई छाउँदैन ।
असाहायको सहारा भै दिन्न कोही साथ
पीडाहुन्छ, आँसुबग्छ, अझै मिल्छ वात ।।

 

Continue reading


टुक्रे कविता

Radhika, Regmi,Kandel, राधिका रेग्मी कुइँकेल,  pallawa , पल्लव

राधिका रेग्मी कुइँकेल

दु:ख सुख साटी कर्म गर्दै जन्छु आमा
भयका दु:खलाई सुखमा बदल्दै जन्छु आमा ।
सुख ल्याउछु भनी प्रदेशियकी छु आमा
ओत र गाँस बटुल्छु भनी संघष गर्दै छु आमा ।
हजुरले दियका आशीर्वाद ताजै छन मन मष्तिकमा
त्यसैलाई आधर बनाइ गोरेटोमा हिड्दै जन्छु आमा ।

जिन्दगीमा सबै कुरा सोचे जस्तो हुदैन रहिछ।
आफुले चाहेको हरेक कुरा मिल्दैन रहिनछ।
कहिले ढुङ्गा खोज्दा देवता मिल्छ
कहिले देवता खोज्दा ढुङ्गा मिल्छ …….. ।

 

Continue reading


बहरबद्ध गजल

Ramesh, Kandel, राम कँडेल  , pallawa, पल्लव

राम कँडेल

कहानी ब्यथाका लुकाएर आऊ
भिजेका परेली सुकाएर आऊ ।

शशीको सहारा उजेली छ साथी
उकालो भिरालो चुकाएर आऊ ।

नहेरी बताएँ उकालो छ बाटो
मजस्तै दुखेसो फुकाएर आऊ ।

 

Continue reading


जन्मे पछि नमरिने रीत कहाँ हुन्छ ?

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

पूणिर्माको रात बिना औँशी कहाँ हुन्छ

घर बिना थकाई मेट्ने कौसी कहाँ हुन्छ ?

जिन्दगीमा सधैँभरी जीत कहाँ हुन्छ –
वैरभाव राख्नेहरू मित कहाँ हुन्छ ?

केही पाउन केही दिनु प्रीत कहाँ हुन्छ –
दुवोमाथी टलकँदैमा शीत कहाँ हुन्छ ?

 

Continue reading


गजल

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

अतीतका यादहरू बल्झाई दियौ किन ?
एक त्यान्द्रो सास मेरो अल्झाई दियौ किन ?

पल-पल मेरो मुटु भरी घाऊ लगाएर
प्यारो जिन्दगीमा आगो सल्काई दियौ किन ?

मुस्कुराउन खाज्दा पनि राक्न आयौ तिमी,
अञ्जान बन्दै रहरमा पल्काई दियौ किन ?

 

Continue reading