गजल

Dineshraj, Subedi, Dinglali, Kanchho,  दिनेशराज सुवेदी ‘दिंमालीकान्छो’, pallawa, पल्लव

दिनेशराज सुवेदी ‘दिंमालीकान्छो’

पहिले अपरिचितले कुट्छ जीवनमा
त्यसैगरी परिचितले लुट्छ जीवनमा

धेरै प्रयासपछि सफलता पाउनै लाग्दा
पूरा हुन नपांउदै शृङ्खला टुट्छ जीवनमा

सबैको उस्तै नै हो कि जिन्दगीको कहानी ?
मेरो चैं भाग्य बारबार फुट्छ जीवनमा

 

Continue reading


गजल

अन्जान यात्री गोठालो कान्छा

अन्जान यात्री गोठालो कान्छा

अझै बाकी छन् घाउहरू आलो मेरो बस्तीमा ll
गएको थियो एक दिन भुईचालो मेरो बस्तीमा ll

किन दिनु हुन्छ त्यो राजधानी तिर मात्र सुबिधा l
दिनुस् न यता तिर पनी पालो मेरो बस्तीमा ll

तिमी कदापी नआउनु कापी कलम बोकेर l
ल्याउ बरू तिमीले कुटो कोदालो मेरो बस्तीमा ll

 

Continue reading


दिनेश सुवेदीका केही चाखलाग्दा हाइकुहरूः

Dineshraj, Subedi, Dinglali, Kanchho, दिनेश सुवेदी ‘दिंमाली कान्छो’, pallawa, पल्लव

दिनेश सुवेदी ‘दिंमाली कान्छो’

फुलेको फूल
ऒईलाउँदै जान्छ
प्राकृत सत्य ।

कुमारी फूल
भमराको चुम्बन
लाग्दैछ फल ।

सौन्दर्यताको
वर्णन गर्नेहरु
खोज्दैछन् तिमी ।

 

Continue reading