राधा नामविना जगत् छ अधुरो…

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

,कनकधरा स्वामी स्वदेशानन्द

राधा भक्ति विवर्धिनी भगवती आल्हादिनी कृष्णकी,
राधा त्याग विराग भाव मनकी आराधना धर्मकी।
राधा प्रेम सुधा विशुद्ध दिलकी अध्यात्मकी धारिणी,
राधा रोदन हर्ष शोक सब हुन् वैराग्यकी स्वामिनी।

राधा भक्तिमती बनी विपिनमा कात्यायनी डुल्दछिन्,
राधा भाव विभोर हुन् हृदयमा भक्कानु जो पर्दछिन्।
राधा हुन् करुणा दया र ममता सद्भक्ति संयोजिका,
राधा निश्छल भावकी प्रणयिनी श्रीकृष्णकी मल्लिका।

 

Continue reading


छोरी सृजना शर्मालाई डा.सृजना शर्मा भएकोमा बधाई

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

,कनकधरा स्वामी स्वदेशानन्द

नेपाली लिपि एकता विषयमा लेख्ने यिनी गर्दथिन्,
भाषा शब्द र रूपको विषयमा बोल्ने यिनी गर्दथिन् ।
छोरीबाट यिनी विवाहित भई नारी भएकी थिइन्,
विद्यावारिधिले विभूषित भई सम्मान थाप्ने भईन् ।

बोलीमा मधुराक्षरा नयनमा कारुण्य हृत् तापमा,
प्राणीमाथि दया ममत्व जनमा सेवा सदा हातमा।
केही छैन घमण्ड मित्र सबमा सद्भावना देख्दछु,
जस्ती छिन् सृजना उनी कलमले उस्तै यहाँ लेख्तछु।

 

Continue reading


गर्जेर भन्नेछु म….

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

स्पृश्यापृश्य रजस्वला विषयमा लेख्ने कहाँ गर्छु म,
नारीको अधिशत्रु मात्र मदिरा भन्ने कहाँ लेख्छु म!
आफ्ना बेथितिको विवेचनविना यो देश राम्रो भनी,
लेख्नेगर्छु सधैं कथा र कविता साहित्य स्रष्टा बनी ।

सीमाभित्र थिचोमिचो हुनगयो हिन्दुत्वले हेप्दछ,
राम्रो मित्र भनेर कुर्लिरहने साहित्यको धाक छ ।
होली क्रिश्मसमा उमङ्ग हुनगो राखीहरूमा पनि,
आफ्ना विकृतिको विरुद्ध कविता लेख्दैन यो लेखनी ।

 

Continue reading


मर्नेछ पानीविना…

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

,कनकधरा स्वामी स्वदेशानन्द

हामी जीवनदायिनी सकलकी पैले थियौं निर्मल,
शुद्धा निर्झरिणी थियौं शिखरका गर्थ्यौं बगी कल्कल।
हाम्रो आँचल पितृतीर्थ तट हो श्रद्धाञ्जली अर्पिने,
फोहोरी तटिनी बनाउनगयौ हामी भयौं अल्पिने।

हाम्रा यी जलविन्दुले मनुजको मेटिन्न तिर्खा अब,
आफ्नै सन्ततिबाट मारिनगयौं बुझ्ला र के मानव!
यी हाम्रा तटमा लगी सहरको मैलो खसायौ कति,
आफैंले पिउने पवित्र जलको आफैं ग-यौ दुर्गति।

 

Continue reading


भन्दैछ मेरो मन…

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

सारा साउन पार्वतीमय बनी बालाहरू झुल्दछन्,
धर्ती प्रीतिकरा बनेर हरिया वृक्षावली रच्दछिन् ।
जम्मै शैव जटाटवी वसुमती गङ्गाहरू ल्याउने,
शोभा विस्तृत हुन्छ यो भुवनको लोकेश लोभ्याउने ।

यी जम्मै हरिया मुना तरु लता पाखा तथा टारका,
साक्षात् शैलसुता समान जगका हुन् औषधी रूपका ।
धर्ती हुन् जगदम्बिका भगवती आधार यो विश्वको,
छायाँ शीतलता दिने मनुजमा रक्षा गरी जीवको ।

 

Continue reading


कनकधारा स्वामी स्वदेशानन्द का जोर कविता

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

१) बाँच्दैछ बाँच्दैछ रे…..
झु्ल्के सूर्य बिहानको समयमा लाली छरी पूर्वमा,
टल्किन्छन् हिम टाकुरा तरु लता सौन्दर्यका साथमा।
पाखा भीर र कन्दरा गगनको शोभा बढेको थियो,
आफ्ना फूलहरू चढाउन भनी चाँपो फुलेको थियो।

टाढ़ाबाट हिमाल शैल चुचुरा हेरौं भनी बादल,
हावाका सँग मन्दराचल हुँदै लाग्दैथिए उत्तर।
केही हात थिएन अर्पण गरौं भन्नेगरेका थिए।
झार्दै मेघहरू जलार्चन गरी सेवा गरेका थिए।

 

Continue reading


पाञ्चायन भजन

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

असार सारहीनको विनाशशील यो जगत्,
मरीचिका समानकै कली छली छ यो फगत्।
मरेर लानु के छ र वृथा गरी प्रलोभन,
कृपा गरून् गणेशले बनूँ सधैं विचक्षण।।०१।।

कुटुम्ब बन्धु बान्धव प्रपञ्चकै प्रसारण,
मुहार हाँस्छ बेस्सरी छ पेटमा विदारण।
असत्य जाल झेलका दयाविहीन पूजन,
कृपा गरून् महेशले बनूँ सधैं विलक्षण।।०२।।

 

Continue reading


आफ्नै सन्ततिबाट शोषित….

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

फक्री वक्षहरू फुले वदनमा आयो जवानी पनि,
माया प्रीति र हर्षको सुमन हूँ माने नमाने पनि।
धर्तीको गहना म हूँ सृजनकी स्रष्टा म हूँ बीजकी,
बान्की रूप कला मुहार हँसिली आस्था र विश्वासकी।

मेरा चिन्ह र विम्ब विश्वभरि छन् साहित्य मेरो घर,
मेरै शव्द र भाव छन् भुवनमा मेरोविना के छ र!
मेरो यो अनुहार लेख्छ कविले भाषा शिँगारीकन,
मेरै छन् प्रतिभा समस्त जगमा आशीष पाईकन।

 

Continue reading


बाख्राको पुकार …..

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

हे सर्वज्ञ सुधी महाकविहरू द्रष्टा तथा सज्जन!
जस्को ध्येय परोपकार छ महत् सम्पूर्ण संसारमा ।
हत्यारा र पशुघ्न मानिस भए खान्छन् पकाईकन,
बाख्राले पनि बाँच्न पाउँछ भनी गर्नोस् नयाँ चिन्तन ।

हाम्रो हुन्छ दशैं तिहारभरि नै हत्या सबै देशमा,
हुन्छन् मन्दिर रक्त रञ्जित बली दिन्छन् भनी पूजन ।
हाम्रा प्राणविहीन खप्परहरू छन् देउताका घर,
बाख्राले पनि बाँच्न पाउँछ भनी लेखून् सुधी सत्वर ।

 

Continue reading


विश्व पर्यावरण दिवसको मङ्गलमय शुभकामना…

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

,कनकधरा स्वामी स्वदेशानन्द

हावा सिर्सिर सिर्र सिर्सिर गरी हल्लाउँदै कानन,
बग्दा उत्तरबाट हर्षित हुने मेरो भयो आनन ।
बारीमा हरिया मकै फलिरहून् हेरौं म आनन्दले,
धर्ती शीतल शान्त सौम्य बनियोस् बाचूँ म सानन्दले ।।

सल्ला हून् सँधियार आँप सजिना डुम्री तथा पिप्पल,
नस्पाती दुधिलो गुराँस गिरिका शोभा बनून् काफल ।
अम्बा ज्यामिर सुन्तला तरुलता उत्तीस अग्लाहरू,
मेरा इष्ट र मित्र हून् भुवनका मेरा छिमेकीहरू ।।

 

Continue reading


मात्रै पाठकबाट आसिक लिने……

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

नेपाली कविले कदापि कविता मेरा नपढ्नेगरून्,
बेकामे कविता भनी कनकका सर्वत्र निन्दा गरून्।
छैनन् भाव र शव्दमा मधुरता जान्दैन केही पनि,
भन्ने काम गरे सुधी सकलले फर्कन्छ यो जीवनी!

मेरा पाठकले पढेर कविता नेपाल देखौं भनी,
गर्लान् पाठ दया भरेर करुणा जाने नजाने पनि।
नेपाली जनता जगाउन भनी लेख्ने सधैं गर्छु म,
नेपाली कविबाट आदर हुँदा भट्कन्छु बिग्रन्छु म।

 

Continue reading


नेपाली अधिकारकै विषयमा……

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

हत्या हुन्छ चरित्र देह कविको नेपाल सोध्छौ भने,
हत्या हुन्छ विचार बुद्धि सबको उत्थान खोज्छौ भने।
यो नेपाल सदैव गर्वित हुने दायित्व छोड़ीकन
लेखे श्लोकहरू महाकवि हुने बाटो छ नेपालमा।

ईर्ष्या द्वेष अतीव वर्धित भए आक्रान्त छन् भावना,
त्यो ठूलो कसरी भयो मुलुकमा झार्ने भए चाहना।
आस्थामाथि जघन्य हुन्छ हमला धम्की हुनेगर्दछ,
साथी हो! कवि बन्न छैन सजिलो जो राष्ट्रको बोल्दछ।

 

Continue reading


नेपालीको नेपाली वैरी हुँदैन..

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

नेपाली एकताको गीत……
चेपाङ् नेपाली तामङ् नेपाली,
भोटे राई लिम्बु गुरुङ् दुरा नेपाली।
बाहुन छेत्री मगर भोटे लेप्चा नेपाली,
सेर्पा थारु धिमाल मेचे कोचे नेपाली।
नेपालीले नेपाली मार्नु हुँदैन, नेपालीको नेपाली वैरी हुँदैन…..।।०१।।

कामी नेपाली दमाई नेपाली,
सार्की वादी गाईने हामी नेपाली।
ठकुरी र सन्यासी हामी नेपाली,
जम्मै खस किराँती हामी नेपाली।
नेपालीले नेपाली हेप्नु हुँदैन, नेपालीको नेपाली वैरी हुँदैन….. ।।०२।।

 

Continue reading


महाकाव्यको थालनी…

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

,कनकधरा स्वामी स्वदेशानन्द

मङ्गलाचरण
हे गौरीसुत आदिपूज्य भगवन् उद्दण्ड द्वैमातुर!
विद्यावारिधि विघ्ननाशक शुभम् हे रक्त पीताम्बर!
हे रुद्रप्रिय शाम्भवी पुरुष हे हे ज्ञानका सागर!
लेख्ने तागत बक्सियोस् कनकमा मात्रै छ है जाँगर।।०१।।

जस्ले त्यो सुँड शक्तिबाट सहसा श्रीव्यास सम्भाषण
लेख्यो सर्सर सर्सरी सुर सरित् गङ्गा बगेकै सम।
त्यस्ता अद्भुत शक्तिका शरणमा मस्तिष्क सुम्पीकन
थालें लेख्न म काव्य यो समयमा हून् पूर्ण यी कामना।।०२।।

 

Continue reading


भित्री थियो दानव…

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

छानो पात छ शीतको लहरले हाँक्दैछ झर्ने गरी,
लैजाला गुँड़ सम्म आज निशिमा बाँचिन्न केही गरी।
मानौं काल समान यो शिशिरको अर्को महाकाल हो,
तप्केनी चुहुँदैछ तप्तप गरी मार्ने छ षड्यन्त्र यो।।०१।।

आउन्नन् रवि झुल्किएर वनमा तापून् चराले भनी,
जान्छन् दक्षिणमार्ग बाट तलका मान्छे बचाऊँ भनी।
कोप्चे गाउँ समाजदेखि परको खोल्सा र खाल्सीतिर,
ठूलो वृक्ष छ वास यो मुलुकको माया कहाँ छुट्छ र।।०२।।

 

Continue reading


मेरी प्यारी अब त रचना……

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

,कनकधरा स्वामी स्वदेशानन्द

मेरी प्यारी रहर मनकी सिर्जनाकी मुहान!
आऊ मेरो बस न दिलमा साँझ राती बिहान।
हेरौं तिम्रा नयनभरिका दीर्घ काला परेली,
गाला चुम्ने मन हुनगयो दूर छ्यौ आजभोलि।

तिम्रा जस्ता अवयव हुने कामिनी धेर देखें,
एक्लैले नै मन हरिलियौ धेर बेकार देखें ।
प्यारी मेरो स्थिर मन भयो चाहिँदैनन् अनेक,
आई मेरो बस नजिकमा काव्यको मूल फुट्छ।

 

Continue reading


यो देशको पक्षमा….

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

,कनकधरा स्वामी स्वदेशानन्द

माग्दा भोट झुकी गयौ घरघरै मायालु जस्तो बनी,
ऐले आपसमा कठोर बनियौ झुक्दैनझुक्ने तिमी।
हाँगामा फल छन् भने विटपका झुक्छन् लदी भूमिमा,
हे नेता! फलबाट मात्तिनगयौ ठाडा सधैं देख्छु म।

केही काम झुकेर हुन्छ जगमा हुन्छन् कुनै प्यारले,
मोदीका सँगमा झुक्यौ कति तिमी ऐले भयो लाज रे!
ठूला दाइ पिता समान वयका ओली फलेका फल,
साना भाइ प्रचण्ड लौ झुक तिमी वैलिन्छ यो काफल।

 

Continue reading


नेपाली हित मात्र लेख्छ कनका

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

मेरामा पनि भावना रहर छन् सम्वेदना सान्त्वना,
मैत्री मानवता दया र ममता सौहार्द सद्भावना।
ईर्ष्या क्रोध विमर्ष हर्ष मनका होलान् अनेकौं कुरा,
नेपालीहितको विरुद्ध कनका लेख्दैन केही तर।।०१।।

मैले पाउनु छैन खान उनको भोका उनै छन् बरा,
आफ्नै वास विदेशको हुनगयो नेपाल देखिन् पर।
मेरो माइत हेप्छ मित्र बनिदै पीड़ा कहाँ खप्छु र!
नेपाली हित मात्र लेख्छ कनका मान्दैन केही डर।।०२।।

 

Continue reading


षड्यन्त्र अर्कै छ कि!

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

यो नेपाल बिगार्न तम्सिरहने जम्मै कमारा जति
स्वामी! लज्जित छौं गरौं अब कसो आजीविका छुट्छ कि!
यस्तो हुन्छ कदापि सात मनले सोचेन एकै मन,
मैना मर्दछ खर्च माग्छ शिशुले बढ्दैछ हा! कम्पन।

त्यो संशोधन संविधान नहुँदा स्वामी रिसायौ कति!
फेरौंला म विधान फेरि पनि ता भन्ने बिलाए हकि!
हिन्दीले निधिको भयो निधनझैं हारे महासेवक
स्वामी दासहरू म-यौं अब म-यौं पाइन्न होला सुख!

 

Continue reading


विम्ब साहित्य आमा….

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

थाङ्ना धुन्छिन् गुहु मुत सबै थोकको घीन छैन,
चोखो के हो शिशु र जननी भित्रमा भेद छैन।
आफैं बिर्सी तनुज तनया माथि लाग्दोछ ध्यान,
नारी आमा सकल जगकी सिर्जनाकी मुहान।।०१।।

राती सुत्दा सु सु हुनगए कत्ति झर्को नमानी,
छाती च्यापी वर वर गर्यौ मोहकी दिव्य खानी।
कैले काहीं वर पर कतै गाउँमा जानुपर्दा,
छाती पिठ्यूँ दुइतिर कसी बोक्दथ्यौ काम गर्दा।।०२।।

 

Continue reading