गजल

Kamal, Prasad, Upadhyaya, Kalpit, Spandan, कमल प्रसाद उपाध्याय "कल्पित", pallawa, पल्लव

कमलप्रसाद उपाध्याय “कल्पित”

जब काग आई घरको आगनमा करायो
तब मेरि आमाको मनमा आसा पलायो

छोराले गाउँलाइ छाडी प्रदेशिएको पिरले
ती नुनिला आशुले मेरि आमालाइ गलायो

हो त्यहीआन्छे आज देस भक्त बनेको छ
जसले हिजो जनता लाई जिउदै जलायो

 

Continue reading


कमल थापा ‘मुस्कान’का केही मुक्तकहरूः

कमलको फूल फुलाउँछ त्यो हिलो ले पनि

Muskan, Thapa, Kamal, , pallawa, पल्लव

कमल थापा ‘मुस्कान’

हात्ती तर्साउछ यार जाबो कमिलो ले पनि
सानो कुरामा हार मान्नु भयो भने जिन्दगीमा
सफर रोकि दिन्छ दैलोको खुड्किलो ले पनि

सपनीमा आएर तिमीलाई सताउछु भन्छ
तर अब हात म अर्कैको समाउछु भन्छ
हिजो तिमी बिना एक पल बाच्दिन भन्नेले
आज अर्कै सँग पञ्चेबाजा बजाउछु भन्छ

 

Continue reading


गजल

kamal, kopila, कमल कोपिला, pallawa, पल्ल्व

कमल कोपिला

यादहरुको पनि कोहि स्वयंम माली भइदिन्छ।
एक त तिमी नै थियौ अर्को कर्णाली भइदिन्छ।

म त अझै पनि तिम्रा यादहरुको व्यापार गर्छु,
तर यहाँ कहिल्यै नसुनेको कुरा बहाली भइदिन्छ।

तिमी भन्छौ हर मौसममा बजेटको खोला बग्छ,
हेर सारा देश खेत तर कर्णाली आलि भइदिन्छ।

 

Continue reading


कमल खत्री ‘लुरे’का केही मुक्तकहरू

Kamal, Katri, Lure, कमल खत्री ‘लुरे’का , pallawa, पल्लव

कमल खत्री ‘लुरे’का

नहिड्नु होला कहि,कतै सकभर बर्खे झरिमा
बौलाएको हुन्छ त्यो सुख्खा बगर बर्खे झरिमा
अस्ती भर्खरै रामेलाई पनि बगाएछ खोलाले
त्यसैलेत भन्छु आमा नछोड्नु घर बर्खे झरिमा ।

बाध्यताको भुमरीमा पारिदिय भने सानी
के गर्छौं त हाम्रो माया मारिदिय भने सानी
भन्नलाई त भन्छौ हामी फुल सरि फुलि रहने
फुल्न नपाई कोपिला मै झारिदिय भने सानी

Continue reading


गजल

Kamal, Sarowar, Sarobar, कमल सरोवर, pallawa, पल्लव

कमल सरोवर

कुन्नि किन सत्रु सम्झन्छ मित्रलाई पनि
यो कुरा बुझ्न कठिनाई भो मलाई पनि

बाआमा साथ हुँदाहुँदै पनि जिन्दगीमा
तिम्रै अभाव देखियो म बाँच्नलाई पनि

मेरो झुपडीमा खरको छानो देखिसहन्न
स्वयम् आगो झोस्न आइपुग्छ सलाई पनि

 

Continue reading


गजल

Kamal, Aryal, कमल अर्याल 'धादिङ्गे', pallawa, पल्लव

कमल अर्याल ‘धादिङ्गे’

जब मन र अाँखा मारा मार हुन्छ ।।
कवि हुन्छ मान्छे कलाकार हुन्छ ।।
.
सबै कुरो मिल्छ यता दाँयाँ बाँयाँ ।
उता बाट फेरि –खबरदार हुन्छ ।।
.
कैले भेल आउँछ– बगाउँ छ बस्ती ।
कोहि डुब्छ मान्छे कोहि पार हुन्छ।।

 

Continue reading


गजल

Kamal, Dhungana, Eklotara, कमल ढुङ्गाना ‘एक्लो तारा’, pallawa , पल्लव

कमल ढुङ्गाना ‘एक्लो तारा’

खै कस्ता _कस्ता सादा दिन देखीरहेछु
अरे देख्न त मैले सपना रँगीन देखीरहेछु

जलस्रोतमा धनी हुँदा पनी मेरो राष्ट्रको
हरेक बस्ती बस्तीमा लालटिन देखीरहेछु

यहाँ सडकमा गरीब जनता रोईरहेछन्
तर उता नेताहरूको खानपिन देखीरहेछु

 

Continue reading


गजल

Kamal, Aryal, कमल अर्याल 'धादिङ्गे', pallawa, पल्लव

कमल अर्याल ‘धादिङ्गे’

घुम्तीको बाटो नहींड एक्लै साँझमा चाँदनी ।
बादल बैरी घुमेछन् यहाँ —काजमा चाँदनी ।

छिन्न र भिन्न पार्छन्की कोहि कोमलो रुप त्यो,
सिन्धुको यात्रा अड्कनु पर्ला माझमा चाँदनी ।

म संग पनि लगाउ मित—– ठुलै छ यो मन ,
कहिले लुक्छिन् कहिले हेर्छिन् लाजमा चाँदनी ।

 

Continue reading


गजल

Kamal, Aryal, कमल अर्याल 'धादिङ्गे', pallawa, पल्लव

कमल अर्याल ‘धादिङ्गे’

कस्ती राम्री देखिएकी सानी आज काफियामा
रदिफ मात्र लेखिएकी नानी आज काफियामा ।

चिरी च्याट्ट भयौ तिमी सांचै मेरो मन छोयो
आइ छौ नि त जानी जानी आज काफियामा ।

रटान हुँदा जिन्दगीमा भनेउ….. कटान भयो
कता बाट मायाँ की खानी आज काफियामा ।

 

Continue reading


बहरबद्ध गजल

Kamal, Aryal, कमल अर्याल, pallawa, पल्लव

कमल अर्याल

लौन लौ झस्किएँ गीतमा संगिनी
थाम लौ भासिएं प्रीतमा संगिनी ।

मस्किनौ भेटमा आतिएँ बेसरी
हाँसिनौ के भयो मीतमा संगिनी ।

रातमा साथको घामले डाम भो
बोलिनौ सुस्तरी जीतमा संगिनी ।

 

Continue reading


गजल

Kamal, Aryal, कमल अर्याल, pallawa, पल्लव

कमल अर्याल

जुन संग जुन मागेर हुल आए जुनकिरी
हतारमा लाम लागेर हुल आए जुनकिरी

जुनकिरीको जुन पनि माग्दै थे रे मान्छेहरु
क्षितिज बाट भागेर हुल आए जुनकिरी

मेरै बस्ति सुरक्षितछ आउ प्यारा जुनकिरी हो
दुस्मन संग जागेर हुल आए जुनकिरी

 

Continue reading


गजल

Kamal, Aryal, कमल अर्याल, pallawa, पल्लव

कमल अर्याल

जति मागे पनि दिई रहने हुनु भयो दानी
हजुर आसपासको म कस्तो भाग्य मानी

यात्रा गाह्रो होला म सक्छु की सक्दिन
तर पनि जान्छु हजुर कहाँ सम्म जानी

हतियारहरु कहाँ बाट के के तयार गरूँ म
कुन उपयुक्त छ भनि दिनुस् छानी छानी

 

Continue reading


गजल

Kamal, Aryal, कमल अर्याल, pallawa, पल्लव

कमल अर्याल

मुटु जल्यो देख्ने गरी मान्छे चकितछन्
चोट दियौ थरि थरि मान्छे चकितछन्

हिंजो सग्लै थिएँ म साक्षि छन् यतै देख्नेहरु
आउँछन् हेर्छन् जान्छन् वरिपरी मान्छे चकितछन्

मेरो कुरा सुन्ने कम झन् कम किन कम भो
कस कसलाई सम्झाउं खैकसरी मान्छे चकित छन्

 

Continue reading


गजल

Kamal, Aryal, कमल अर्याल, pallawa, पल्लव

कमल अर्याल

तिमि नै हो भाग लाउने कुन तल कुन माथि
हेर्दै छु म आँखा लाउने को को छन् जुन माथि

हाम्रो रगत पसिनाले उठ्छन् तिम्रा पिलरहरु
फेरि किन डाह गर्छौ हाम्ले खाने नुन माथि

तिम्रा लागि परि आउँदा ज्यान दिने हामी नै हो
किन संधै घात गर्छौ हाम्ले लाको गुन माथि

 

Continue reading


गजल

Kamal, Aryal,कमल अर्याल,, pallawa, पल्लव

कमल अर्याल,

तिमीले चुटेको देख्ने जुन घाम छ
हेर्न सक्छौ हेर मुटु भित्र डाम छ

आउ एकै छिन् बस्ति वरि परी
यहाँ मेरो कति ठुलो बदनाम छ

कस कसलाई म कसरी जवाफ दिउँ
सोद्छन् मान्छेहरु तिम्रो के बिराम छ

 

Continue reading


गजल

Kamal, Sanghars, कमल सङ्घर्ष, pallawa,पल्लव

कमल सङ्घर्ष

आशाका दीन गिनीयो, सहर पसेपछि
आखीर मान्छे चिनीयो, सहर पसेपछि

गाउमा नुनको अभाब, कती हुन्छ कती
माया समेत किनीयो, सहर पसेपछि

उपलब्धी भनौ भने, बस यत्ती भाँहो
लगन गाँठो छिनीयो, सहर पसेपछि

 

Continue reading


गजल

कमल "जलनआँशु"

पानी न भय महा सागर के का लागी”
तिमी न भय मेरो घर के का लागी!

आत्म हत्या गर्न दिएन तिम्रो बचन ले”
मर्नु छ अब मलाइ डर के का लागी!

Continue reading


आँशु झर्दो रै’छ

Atripta, कमल, Kamal

अतृप्त कमल

तिम्रै हुँ म भन्नेले नै छोडी गएपछी
बाचा कसम तोडी आज पराई भएपछी
रुदिन म भन्दा पनि आँशु झर्दो रै’छ
आँखा छोपी एकान्तमा रुँनुपर्दो रै’छ

तिमीबिना एक्लै हुँन्छु नगर्नु है घात
जन्म-जन्म मेरै हुनु नछोड्नु है साथ
भन्ने नै छोडी जाँदा मन मर्दो रै’छ
रुदिन म भन्दा पनि आँशु झर्दो रै’छ

Continue reading


तीन मुक्तक

अतृप्त कमल कार्की

मुक्तक एक
अर्कैकीसँग दिल बस्यो कस्तो अचम्म!
उनकै यादमा आँशु खस्यो कस्तो अचम्म!!
अनेक् प्रयास् उन्लाइ भुल्ने सबै ब्यर्थ भो।
मोहनी रुपले झनै कस्यो कस्तो अचम्म!!

Continue reading


विख्यात लेखकका रोचक तथ्यहरू

 

कमल सुवेदी

कमल सुवेदी

क्रिस्टोफर कडवेल

सन् १९३५ मा निस्केको ‘इल्युजन एन्ड रियालिटी’ जस्तो विश्वप्रसिद्ध पुस्तकका लेखक क्रिस्टोफर कडवेलका कृति उनको मृत्युपश्चात् मात्र निस्किएका हुन् । सन् १९३४ मा कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि उनी दिनभर टाइपराइटरमा लेख लेख्ने र बेलुकी आमसभामा गई कम्युनिस्ट पार्टीको वक्ता भई भाषण गर्ने गर्थे । त्यसपछि साँझमा सन्ध्याकालीन अखबार ‘डेली वर्कर’ को हकर भई कराउँदै पत्रिका बेच्ने गर्थे ।

Continue reading