कल्पना घिमिरेका एक दर्जन मुक्तकहरूः

Kalpana, Ghimire, कल्पना घिमिरे, pallawa, पल्लव

कल्पना घिमिरे

कोमल मन ममताको खानी बनेर
आराम गर्न पल्टिँदा सिरानी बनेर
उदाउनु छ झलमल्ल सत्यकर्म गरी
पाशाङ, सीता, भृकुटी झैँ बिहानी बनेर ।

दमन होइन समस्याको हल हुनुपर्छ
सबै बसि निर्णायक छलफल हुनुपर्छ
बिभेदकारी नीति लाई पाखा लगाउन
आपसमा शिक्षक हरू सबल हुनुपर्छ ।

 

Continue reading


कल्पना पौडेल ‘जिज्ञासु’का केही मुक्तकहरूः

Kalpana, Paudel, Jigyasu, कल्पना पौडेल ”जि्ज्ञासु”, pallawa, पल्लव

कल्पना पौडेल ”जि्ज्ञासु”

अबिरल बगिरहे यि अश्रुधारा तिमी गए देखी आँखाहरु बाट
तर यादहरुलाई निस्किन दिहिन मुटुको कुना कुनाहरु बाट
जीवन छ र पो अनुभुती छ मलाई साह्रै तिम्रो खाँचो छ प्रिय
बुझे मैले जसरी तिम्ले पनि बुझ न जलिरहेका चिताहरु बाट ।
(१)
विनासकारी भूकम्पले देश भरी नै बेहाल भयो
हजारौँले ज्यान गुमाउँदा लासैलासको खाल भयो
कसलाई के थाहा कठै बरै यो प्रलय होला भन्ने
हाम्रो लागि २०७२ इतिहासमा कालो साल भयो ।
(२)

 

Continue reading


महिला भेदभाव र वैदेशिक रोजगारी

 

Kalpana, Paudel, Jigyasu, कल्पना पौडेल ”जि्ज्ञासु”, pallawa, पल्लव

कल्पना पौडेल ”जि्ज्ञासु”

आज पनि महिलाहरू सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रबाट उत्पीडित र उपेक्षित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला हक, हित र अधिकारका निम्ति गरिएका प्रयत्नका बाबजुद महिलाहरूको स्थितिमा तात्विक अन्तर आउन सकेको छैन । महिलामाथि हुने अनेक उत्पीडनमध्ये घरेलु हिंसाबाट पनि नेपाली महिलाहरू उत्तिकै प्रभावित छन् । बितेका एक वर्षमा १ सय ५२ जना महिलाको हत्या २ सय ११ जनाको बलात्कार (जसमध्ये २३ जना महिला आफ्नै परिवारका सदस्यबाट बलात्कृत), १२ जना महिलाद्वारा आत्महत्या र ७५ जना महिला बोक्सीको आरोपमा पीडित भएको तथ्याङ्कले देखाएको छ ।

 

Continue reading


‘स्वयंभित्रको शक्तिमा रम्न पाऊँ’

Kalpana, Kafle, कल्पना काफ्ले, pallawa, पल्लव

कल्पना काफ्ले

बिरानो छ माटो बिरानो छ पानी
म रच्दैछु यौटा बिरानो कहानी
बिरानो बनेको छु आफैँ यहाँ म
खुशी या गुनासो सुनाऊँ कहाँ म ?

न देखिन्छ कोही चिनेको मुहार
परार्इहरू छन् सबै वारपार
रुने छन् न कोही न हाँस्ने खुशीमा
म एक्लो छु एक्लो छु यो जिन्दगीमा ।

 

Continue reading


कल्पना अधिकारीका मुक्तकहरू

Kalpana, Adhikari,  कल्पना अधिकारी, pallawa, पल्लव

कल्पना अधिकारी

कहिलेकाहीँ मलाई पनि रम्न मन लाग्छ
अतितले दुखाएका पीडा पनि भाग्छ ।
जिन्दगीमा फुलमात्र फुल्छ भन्ने छैन
हाँगाभित्र काँडा नभै फुल जोगिदैन ।

जीवन फूल समान ठान्नुपर्छ
मान्यजनको उपदेशलाई मान्नुपर्छ
चुनौतीहरूसँग जुध्न जान्नुपर्छ
विचार गरेर मात्र संगत छान्नुपर्छ ।।

 

Continue reading


गजल

Imazine, Kalpana,कल्पना हुमागांँई, pallawa, पल्लव

कल्पना हुमागांँई

जानी जानी आज मलाई आफ्नाले नै झेल गर्यो
सबै सामु परीक्षामा घात पुर्वक फेल गर्यो ।।

अहम थियो कत्ति उस्को रवाफ पनि उस्तै
ओहोदा र पदको आडमा आफ्नै सँग खेल गर्यो ।।

कतै सुन्थेँ आफ्नो ठाउँमा कुत्ता पनि शेर हुन्छ
स्वाभिमानमा आँचदिर्इ उस्ले नै ठेलमठेल गर्यो ॥

 

Continue reading


बैलार्इ

Kalpana, Oli, Jhapa, कल्पना वली, pallawa, पल्लव

कल्पना वली

बैलार्इ
शहरको होहल्ला र कोलाहलमा हराउदै
शुन्यतामा जीवन अड्याएर
फोहरको डङगुर केलाउँदैछ उ ,
मानौ ,उसको केही चिज हराएको छ
जतनले पोका पतेउरा पार्दै
नजिकै पाकेको पक्वानको
बासनामा डुबुल्की मार्दै
मलिम अनुहारमा सुस्ताएकी छ ।
उ,
सडक र गल्लि लाई कर्म थलो बनाएकी छ ।
मानिसको भिडमा उ एक्लै हराएकी छ ।

 

Continue reading


तिलस्मी प्रवाशका केही मुक्तकहरूः

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

भोज, भतेर र रमाइलो, क्षणिक वा रातको रैला हो
धन, सम्पत्ति र जायजेथाहरु, सबै हातको मैला हो
जति कमायो, उति चाहाना बढ्छ, अतृप्त प्यास झैँ
कुकर्म गरी कमाएर थुपारेको धन,पापको घैला हो ।

तथाकथित समाजसेवा गर्न, बैंकमा खाता चाहिन्छ
प्रचार प्रसार गर्नलाई संचारमा , कुनै नाता चाहिन्छ
समाजसेवा र नैतिकताको, परिभाषा बदलिएको छ
टिकीरहन धन भएका, बुद्धि नभएका दाता चाहिन्छ ।

 

Continue reading


‘नमनाईएको सुहागरात’

 Nepalganj, Kalpana, Kharel, कल्पना खरेल, pallawa, पल्लव

कल्पना खरेल

पूर्णिमाको शुक्ल पक्ष जस्तै गरी मेरो उमेर समयले माथि माथि उचालिरहेको थियो । नारायणी नदी जस्तै गरी कहिले उर्लेर भेल त कहिले मौन उतार चढावका साथ अविरल बहावसँगै थाहै नपाई बाल्यकाल पार गरेर जवानीको रंगहरु भरिँदै थिए । मेरो यौवनलाई साथ लिएर समयको प्रवाह निरन्तर बगिरहेको थियो । दिन प्रतिदिन स्वभाव चञ्चलिँदै थियो । मनका चाहना र मागहरु समय र उमेरले फेरबदल गरिरहेको थियो । प्रकृतिले गुलाफको फूल जस्तै गरी फक्राइरहेको जवानीमा अझै सुन्दरी चिटिक्क पर्ने उत्सुकता जागिरेको थियो । आफ्नै प्रतिबिम्बले आफैँलाई मख्ख बनाएको भान हुन्थ्यो ।

 

Continue reading


तिलस्मी प्रभाषका केही मुक्तकहरूः

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

होस हुनुपर्छ आफैलाई आफ्नै प्रत्येक बसाइहरुको
लेखाजोखा त गर्नैपर्छ आफैले प्रत्येक फसाइहरुको
अनुभवहरु उत्तम गुरु हुन्, उत्तम चेला हुनको लागि
छेक्नुपर्छ अनेक प्रहार आफैले प्रत्येक कसाइहरुको ।

राम्रा काममा त नराम्रा सबै छाडी लाग्नुपर्छ सधैं
बाधक तत्त्वहरुसँग बाह्र हात परै भाग्नुपर्छ सधैँ
सफलताको शिखर त्यसै चुम्न कहाँ सकिन्छ र ?
ऋषितुल्य बनी सत्कर्ममा हरपल जाग्नुपर्छ सधैँ ।

 

Continue reading


तिलस्मीका केही मुक्तकहरू 

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

तिमी कस्ता घरानाका हौ,तिमीले खाने कबाफबाटै थाहा हुन्छ
तिमी कति विद्वन् छौ, त्यो तिमीले दिने जबाफबाटै थाहा हुन्छ
ढोललाई पिटेर त्यसको गुण थाहा हुन्छ, मान्छेलाई प्रश्न सोधेर
तिमी को हौ ? त्यो त तिमीले नै देखाउने रबाफबाटै थाहा हुन्छ ।

तिमी हास्छौ खै कसरी हो तर देश रोई रहेछ
आफ्नै आँसुले आफ्नै मैलो मुहार धोई रहेछ
बिलौना गर्दैछ देश मलाई नै खाईरहेछौ किन
सबै ठान्छन् तिमीहरुको नियतमै गोही रहेछ ।

 

Continue reading


तिलसमी प्रभाषका केही मुक्तकहरूः

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

तिमीसित नाता जोडेर आएँ
आफन्तको साथ छोडेर आएँ
तिम्रा खुसी नै मेरा खुसी हुन्
पूर्व इतिहासलाई गोडेर आएँ ।

हिमालयको काखमा फलेको पवित्र फल हुँ म
हिमनदीबाटै आएको पवित्र जलको भल हुँ म
कसैलाई बगाउँला त कसैलाई अघाउँला यसले
पवित्र आत्माको लागि त सधैँ पवित्र जल हुँ म ।

 

Continue reading


तिलस्मी प्रभाषका केही मुक्तकहरूः

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

कर्मको मसीले आफ्नो भाग्य आफै लेख्नुपर्छ
भविश्य वर्तमानमा ज्ञान चक्षुले आफैँ देख्नुपर्छ
भाग्य त भगवानले हैन आफैले पो बनाउने हो
सुमार्गमा आउने वाधा अड्चन आफै छेक्नुपर्छ ।

सुख, दु:ख अनि राम्रा, नराम्रा सबै नै क्षण भङ्गुर हुन्छन्
सोचे चेतनशील हुन्छन् नत्र मांसपिण्डका डङ्गुर हुन्छन्
आँखाका चौघेरा मात्र संसार ठाँनी त्यसैमा भुल्नु व्यर्थ छ
अल्छिहरुलाई आफ्नै सपनाहरु अमिलो अङ्गुर हुन्छन् ।

 

Continue reading


तिलस्मी प्रभाषका केही मुक्तकहरूः

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

विचारशून्य भएर अरुको विचार बोक्नेहरुको के कुरा गर्नू
निशानै नलगाई अँध्यारोमै गोली ठोक्नेहरुको के कुरा गर्नू
सँस्कार र सँकृतिको भारीले थिचिएर हिँड्न नसकेकाहरु
अाफू हिँड्न नसक्ने अरुलाई नि रोक्नेहरुको के कुरा गर्नू ।

तिमीलाई भेट्दिनँ म भन्छु नभेटूँ भन्यो झनै भेटूँ भेटूँ लाग्छ
ऋदमको जल पिएर प्यास नमेटूँ भन्यो झनै मेटूँ मेटूँ लाग्छ
तरङ् तैरिदै सयर गर्छन् मनको शान्त सामुद्रिक सरोवरमा
यी अधरले नजर तिम्रा नछेकूँ भन्यो झनै छेकूँ छेकूँ लाग्छ ।

 

Continue reading


गजल

Kalpana, Poudel, Jigyasu, कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

स्वामी ज्युले सिकाउँनु भो नौलो कुरा सुहागरातमा
कति फुटे थाहा छैनन् रातो चुरा सुहागरातमा ।

कालो रात बढ्दै जाँदा पर्दाहरू खुल्दै गए
कैदी हुन तयार थे यि पाखुरा सुहागरातमा ।

पहिलो थ्यो अनुभूति असहज थ्यो ठाउँ उस्तै
साँच्चै रैछ हुन्न भन्थे खाट साँगुरा सुहागरातमा ।

 

Continue reading


तिलस्मी प्रभाषका मुक्तकहरूः

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

के देऊँ तिमीलाई म ग्राह्य वस्तु नभेटेर रिक्त छु
के खुवाऊँ म तिमीलाई मधुरस नभेटेर तिक्त छु
म बेग्लै छु त्यसैले त एक्लै छु भीडभाडमा पनि
लाैकिक हैन निर्वाणकाे अभिषेकबाट सिक्त छु ।

निस्वार्थीले सच्चा प्रेम पाऊँ भनी भगवानसँग कहिल्यै भाक्दैन
हजारौँलाई निशाना बनाई ती स्वार्थी नजरहरू कहिल्यै ताक्दैन
ऊ दिन मात्र चाहन्छ लिन कहिल्यै केही चाहदैन यसमै रमाउँछ
यदि उसले प्रेममा धोकै पायो भने पनि वैरभाव कहिल्यै राख्दैन ।

 

Continue reading


तिलस्मी प्रभाषका मुक्तक

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

यी आँखा किन खोज्छन् भिडभाडमा पनि तिनै आँखाहरु
यी कान किन अघाउँदैनन् सुनेर तिम्रै मधुर तिनै भाकाहरु
भिडभाडमा भौँतारिनु पर्ने बाध्यताको बाबजुद पनि मनले
खोज्छ सधैँ आँखामै बसेका सुन्दर सुनसान तिनै पाखाहरु।

जति आधुनिक विदेशी भोजन गरे पनि आफ्नो सीता भुल्नुहुन्न
जति वद्वान् भए पनि आफ्नो दर्शन ,त्रिपिटक र गीता भुल्नुहुन्न
एउटाको दर्शन र स्वाभिमानलाई अर्काले ससम्मान स्वीकार्नुपर्छ
चक्रवर्ति सम्राट नै भए पनि आफूलाई जलाउने चीता भुल्नुहुन्न ।

 

Continue reading


कल्पना पौडेल ‘जिज्ञासु’का एकजोर गजल

Kalpana, Podel, Jigyasu, कल्पना पौडेल ‘जिज्ञासु’, pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’,

गजल– १,
बिना कसूर दोषी बनाई बोली बार्यो निष्ठुरीले
अजम्बरी साइनो तोडी जिउंदै मार्यो निष्ठुरीले ।

विश्वासको दियो किन निभ्यो कारण सोधिरहे
झुटो अनेक बाहानामा मलाई टार्यो निष्ठुरीले।

जीवनभरको साथ माग्यो सुम्पिदिए जिन्दगानी,
विश्वासघातको झटारोले खुशी झार्यो निष्ठुरीले।

 

Continue reading


‘कहाँ छ स्वतन्त्रता ?’

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

कहाँ कहाँ खोज्दैनन्
मान्छेहरु यसलाई ?
प्रजातन्त्र दिवसमा ?
सहिद दिवसमा ?
नारी दिवसमा ?
बाल दिवसमा ?
मजदुर दिवसमा ?
आदि आदि दिवसहरुमा ?
अनि
रङ्गहरुको दिवस होलीमा ?
नेताजीहरुको बोलीमा ?
सेनाहरुको गोलीमा ?
म्यान पावरको झोलीमा ?

 

Continue reading


तिलस्मी प्रभाषका केही मुक्तकहरूः

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

जीवन सफल हुन धर्म,अर्थ,काम र मोक्ष सबै पूरा हुनुपर्छ
यसका बारेमा अध्ययन अनुसन्धान हुनुपर्छ कुरा हुनुपर्छ
दार्शनिक मनोविज्ञान छैन भने त साहित्य अपाङ्ग हुन्छ
त्यसैले जति सक्दो दर्शन र साहित्य दुवैमा छुरा हुनुपर्छ ।

चढ्न नसके भिर हो सके सगरमाथाको शिर हो जिन्दगी
पढ्न नसके झिर हो सके मीठो प्रसादी खिर हो जिन्दगी
जिन्दगीको महत्त्व र परिभाषा बुझी आफैले हाँक्नु पर्छ
तर्न नसके वारिकै तिर हो सके पारिको तिर हो जिन्दगी ।

 

Continue reading