कला भण्डारी का चार गजलः

Kala, Bhandari, कला भण्डारी, pallawa, पल्लव

कला भण्डारी

गजल– १,
हिमालको काखमा बसेको मेरो प्यारो गाउँ
स्वर्ग भन्दा अझै प्यारो सुन्दर हाम्रो ठाउँ

चारैतिर हरियाली छाङ्गा अनि छहरा छन
प्रख्यात हाम्रो खोटाङ्गको हलेसी हो नाउँ

आउ साथी घुम्नलाई घुमाउँला यि गाउँघर
देखिने छ सुन्दर दृश्य हेरे पछि दिल रमाउँ

 

Continue reading


गजल

Kala, Bhandari, कला भण्डारी, pallawa, पल्लव

कला भण्डारी

हेर्नुस् अँगालोमा खुसी बेरेर रमाइलो हुनेछ
बसन्त ऋतु लाग्दैछ्- र हेरेर रमाइलो हुनेछ

प्रकृतीको धनी सुन्दर हाम्रो नेपालमा पनि
चारै तिर फूलै फूलले- घेरेर रमाइलो हुनेछ

हिमाल देश भन्ने नामले चिन्छन् नेपाललाई
पर्यटक आई दई सब्द केरेर रमाइलो हुनेछ

 

Continue reading


कला भण्डारी का केही मुक्तकहरूः

Kala, Bhandari, कला भण्डारी, pallawa, पल्लव

कला भण्डारी

भो भो मलाई चाहिदैन, तिम्रो सुनको चुरा
मेरो सामु आई तिमी, नगर भो ठुलो कुरा
गरिबीमा हुर्कियकी मलाई यस्तै ठिक छ
धनको घमण्ड गरि, चलाउँछौ मलाई छुरा

साँचो माया गर तिमी जहाँ पनि टिक्छ
बोल्नेको त ए हजुर पिठो पनि बिक्छ
घमण्डले भरिएर ठुलो कुरा गरि नभन
अनपढै भएर नी सुनेपछि जस्लेनि सिक्छ ।

 

Continue reading


कला भण्डारी का केही मुक्तकहरूः

 

Kala, Bhandari, कला भण्डारी, pallawa, पल्लव

कला भण्डारी

संघर्ष हो जिन्दगी जिउन सिक्नु पर्छ !!
कैलेकाहीं मनको पीडा पिउन सिक्नु पर्छ!
दुई दिनको जिन्दगीमा रमाउदै बाँच्न–
फाटेको मन मिलाएर सिउन सिक्नु पर्छ !!

घरी घरी गुण सारी अन्त नजाउ चरी
नजिक तिर आउ बरु मेरै छेउमा सरी
नयनबाट टाढा नगई हेर्न मन लाग्छ
सयौंमा भित्र रुचाएको तिमी मेरै परी ।

 

Continue reading


कला शर्माका तीन मुक्तक

Kala, Sharma, कला शर्मा, pallawa , पल्लव

कला शर्मा

तिम्रो पनि जवानी खिइनेछ एकदिन,
रुपमा पनि ब्यँग्य दिइनेछ एकदिन,
मैमत्त ति असुहाउँदा ब्यवहारको बदलामा,
मस्ती,जिन्दगीको आभाष लिइनेछ एकदिन !

नाता जती सवै तिमी टुटाएर गयौ
आखाभित्र मुलको धारा फुटाएर गयौ,
यो जुनीमा हासो जती सवै सकीएछ
वैरी सामु मेरो माया लुटाएर गयौ ।

 

Continue reading


गजल

Kala, Sharma, कला शर्मा, pallawa , पल्लव

कला शर्मा

सम्मान व्यक्त फोटो टाँसेर
सम्बन्ध मृत्यू पछि गाँसेर!!

ज्युँदोमा आस गरिन्छ जब
अर्काको खान्छन् सबै मासेर!!

भोकाको भोक देख्तैन कोही
ध्याउन्न आफै खाने नासेर!!

 

Continue reading


म बलात्कृत हुन्न

Kala, Sharma, कला शर्मा, pallawa , पल्लव

कला शर्मा

मलाई बलात्कार गर,
सक्छौ भने
मेरो गोरो छालालाई बलात्कार गर,
तिमिले गरेको बलात्कारले
म बलात्कृत हुन्न ।
सक्छौ भने मेरो मनलाई
बलात्कार गर,
तिमि माहापुरुष हौ भने,
मेरो निश्चलतालाई बलात्कार गर ।
हो,
तिमिले गरेको बलात्कारले
म बलत्कृत हुन्न ।

 

Continue reading


मेरै गाउँ आनन्द

Krishna, Kala, Banem,कृष्ण कला वनेम’, pallawa, पल्लव

कृष्ण कला वनेम

ढाकर बिसाई आएँ मत, ठुलो शहरमा
फाटेका यी दाउरा सुरुवाल, फेर्ने रहरमा

भन्थे सबै शहरमा
रातदिन झिलीमिली
अन्धकार देख्छु यहाँ
टुकी मात्रै पिलीपिली
भोको पेटलाई कसो गरी, पुर्याउ मझेरीमा
बती निभाई रमाउँछ की, शहर अँधेरीमा

 

Continue reading


गजल

Krishna, Kala, Banem,कृष्ण कला वनेम’, pallawa, पल्लव

कृष्ण कला वनेम

अब फेरी नेता बन्न, भयो कि सार्हो ?
अब फेरी गाउँ पस्न, भयो कि गार्हो ?

पाँच बर्ष बितायौ, महलमा नै लुकेर
अर्को चुनाव आयो, छर्दैछौ कि चारो ?

रेडियो र टिभीमा, चिप्लो भाषण दिदै
जनताको आँखामा, हान्दैछौ कि छारो ?

 

Continue reading


गुराँसको फूल ‌ ‌ ‌

Krishna, Kala, Banem,कृष्ण कला वनेम’, pallawa, पल्लव

कृष्ण कला वनेम

माँया तिम्ले मुस्कुराउँदा
घामको झुल्का जस्ती
बसन्तमा फुलेकी
गुराँस फूलको थुङ्गा जस्ती

चन्द्र जस्तो मुहारमा ईन्द्रेणी झै रंग
अजम्बरी माँया गाँसु लाग्छ तिमी संग
माँया तिम्ले गुङुनाउँदा
सुसाउने गंगा जस्ती
बसन्तमा फुलेकी
गुराँस फूलको थुङ्गा जस्ती

 

Continue reading


”गजल”

Krishna, Kala, Banem,कृष्ण कला वनेम’, pallawa, पल्लव

कृष्ण कला वनेम

प्रवासमा सजाई रहे रहर खुशी उमंग
धोकेबाज रैछौ तिमी हिड्यौ अर्कै संग

खुन पसिना बगाई मैले कमाएको पैशा
त्यै पैशाको मस्तीले साट्दो रैछौ अंग

तिम्रो कसम गलत काम गर्दिन भन्थ्यौ
दुईचार दिनमै बद्ल्यौ छेपारो झै रंग

 

पानी माथी ओबानो रैछ्यौ मेरो सामु
बाध्तामा परदेशीदा घरबार पार्यौ भंग

प्रवासमा सजाई रहे रहर खुशी उमंग
धोकेबाज रैछौ तिमी हिड्यौ अर्कै संग


माया गासु लाग्यो

Krishna, Kala, Banem,कृष्ण कला वनेम’, pallawa, पल्लव

कृष्ण कला वनेम

तिम्रो रुप देख्दा कान्छा ,यस्तो मलाई लाग्यो ,
आखा भित्रै कैद गरी , माया गासु लाग्यो ,,

मुस्कुराउदा दन्तै राम्रो ,हिरा मोती जडे जस्तै ,
अध्यारो त्यो साझमा ,हजार दिप बले जस्तै ,,
नयन तिम्रो उस्तै राम्रो ,सागर झै लाग्यो ,
त्यै सागरमा जुनी भरी , पौडी रहु लाग्यो ,,
तिम्रो रुप …………………

 

Continue reading