अध्यात्म चिन्तन

Mahadev, Joshi, महादेव जोशी, pallawa, पल्लव

महादेव जोशी

की मार्नू बासनाका दलबलहरू सबै उग्र बैराग्य अस्त्र।
की निर्धाको न गर्नू बध भुजबल भनी ओढि हंकार बस्त्र।।
छोटा छोटा बनैया बिन बहुत बल नै शेरले लाख मार्छन।
ढाली आशक्ति किल्ला,परम गगनमा बुद्ध क्वै एक उड्छन।।

की पढ्नू हर बखतका मन र तिनका बृत्तिका मूल स्रोत।
की ब्यर्थै मद् न भर्नू भनि म यति पढेँ शास्त्रका शब्द श्लोक।।
रट्दै तोता अनेकौं गुणि बचनहरूले प्राज्ञ हुँ भन्न खोज्छ।
गर्दै स्वाध्याय,शाक्षी बनि,मन भँवरका पार क्वै साधु जान्छ।।

 

Continue reading


गजल

Dev, Raj, Joshi, देवराज जोशी"खाल्टेली", pallawa, पल्लव

देवराज जोशी”खाल्टेली”

वयल्दै अनौठो हाउभाउमा, रङ्ग देखायो जवानीले
वदलाव तनमा नमिल्ने भयो, भोटो फटायो जवानीले ।।

मिल्दैन कुरो कसै गरे नि, व्यवहार फरक भै गयो
संस्कार सम्बन्ध विरानो, नाता टेड्यायो जवानीले ।।

एकोहोरो पनमा रमाई, गजधम्म आफ्नै पारामा
हाँसिखुशी आफ्नै दमली, हाँसो जगायो जवानीले ।।

 

Continue reading


गजल

Raghu, Joshi, रघु जोशी, pallawa, पल्लव

रघु जोशी

जिन्दगी यो कबाडको भाउमा राखियो।।
कहिले हार कहिले जीतको दाउमा राखियो ।।

जस्ले सम्मान गर्छु भन्थे मलाइ आज।
तिनैले धुलो सम्झी पाउमा राखियो ।।

आफ्नैले जिन्दगी यो बन्दक बनाए ।
जो छैन उसको नाउमा राखियो ।।

 

Continue reading


गजल

Yagya, Raj, Joshi, यज्ञराज जोशी , pallawa, पल्लव

यज्ञराज जोशी

हिजो जस्तै सबैको प्यारो बनाउ
आउ ऐ बालापन तिमी फर्केर आउ

आहा ! कति खेल्थ्यौं थरिथरिका खेल
अझै पनि साथीसंग त्यसै गरी खेलाउ

नत पाप नत संका कति कञ्चन मन
फेरी पनि मलाई त्यही उमेरमा लैजाउ

 

Continue reading


‘मनकी बात’

Latika, Joshi, लतिका जोशी, pallawa, पल्लव

लतिका जोशी

(बंगाली भाषा कविता)
आमी बंङला बुझी
आमार बन्धुरा आछेन
सुदु बङ्गाले ना बाङ्गलादेशे ते हो आछे
आमी बाङ्गला जानी बोले ऊनादेर सगेँ बन्धुत्व होईछे
किन्तु जे निती आज के बंगाल सरकार बोल्छेन
ईकटु भाबुन तो!
आमार बाच्चार मदर टङ्ग नेपाली
ओके ईग्रेजीटा सिकतेई होबे
कारण उच्च शिक्षा पोड़ते चाईले
अन्तराष्ट्रिय भाषा जाना दरकार
आछे खी ना दिदी बोलुन तो??
एखोन कथा रोईलो बङ्नला निबे की हिन्दी??

 

Continue reading


तीतो मीठो हो . . . . .

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

ढाक्यो बादलले परन्तु रवि नै ज्योत्स्ना जलाई रहे ।
खोलाले धमिले परन्तु जलधी संग्लो बनाई रहे ।।
विष्टामूत्र सुगन्ध पारी धरणी उर्जा फलाई रहे ।
भुक्नेकुक्कुर भुक्छ नाहक सखे भुक्दैन हात्ती अहे ।।

पाकेको फलमात्र हेर्दछ सबै पोख्छौ दुखेसो किन ?
बालेको ज्वलदग्नि ताप्दछ सबै पीडाभएको किन ?
हुन्नन् काष्ट सुगन्धदायक कुनै घोटिन्छ श्रीखण्ड हो ।
घोट्नैपर्दछ पाखुरा समयले घोटेर नै मूल्यभो ।।

 

Continue reading


राष्ट्र महिमा

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

ऐना झैँ म जमौं जमाउँ मृतिका, पाषाण झैँ स्थिरता ।
एकै अङ्गुलमा उठाउँ म धरा, शैलेन्द्रको सम्पदा ।।
मौरी झैं म बनेर गोल मधुझै, पारौं म स्वादिष्टता ।
फक्रौँ सुन्दर बागमा कुशुम झैँ, फैलाउँ सौगन्धता ।।१।।

देखाऔं श्रमशीप झैँ म कमिला, आकार सानो बनि ।
पैराऔं म गुलाव झैँ सुमनमा, छर्दै प्रभा रोशनी ।।
पानी रङ्गतरङ्ग झैँ पथलियौं, थाक्दै नथाकी हिडूँ ।
बैरीमा अरिगाल चाल म रहौ, शालीनताले भिडूँ ।।२।।

 

Continue reading


नववर्ष २०७४ साल आगमनको मंगलमय शुभकामना ।

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

आऊ नूतनवर्ष हर्षसुखको उर्लाउदै सागर ।
ल्याऊ भाव नवीनता सुखप्रदा नौलानयां जागर ।
तिम्रो आगमको पुनर्मिलनको न्यानो अपेक्षा गरी
आऊ स्वागत गर्दछौं हृदयले आनन्द मीठा छरी ।

आऊ नूतनवर्ष शैलशिरमा, छाएर पीताम्वर ।
आऊ नूतनवर्ष पल्लव मुना,फर्की नयाँ सुन्दर ।।
आऊ भन्छ गुलाव आरुजमुना, ऐसेलु या काफल ।
आऊ भन्दछ गौथली सस्वरमा, फेर्दै नयां काचुल ।।

 

Continue reading


राष्ट्र महिमा

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

ऐना झैँ म जमौं जमाउँ मृतिका, पाषाण झैँ स्थिरता ।
एकै अङ्गुलमा उठाउँ म धरा, शैलेन्द्रको सम्पदा ।।
मौरी झैं म बनेर गोल मधुझै, पारौं म स्वादिष्टता ।
फक्रौँ सुन्दर बागमा कुशुम झैँ, फैलाउँ सौगन्धता ।।१।।

देखाऔं श्रमशीप झैँ म कमिला, आकार सानो बनि ।
पैराऔं म गुलाव झैँ सुमनमा, छर्दै प्रभा रोशनी ।।
पानी रङ्गतरङ्ग झैँ पथलियौं, थाक्दै नथाकी हिडूँ ।
बैरीमा अरिगाल चाल म रहौ, शालीनताले भिडूँ ।।२।।

 

Continue reading


स्वयम् चाहना !!

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

म चाहन्छु सम्मान सेवा उपाधी ।
म चाहन्छु सौन्दर्यता स्वस्ती आदी ।
सधैं सुखभोगी बनौं मै नीरोगी ।
सदासर्वदा देवतातुल्य भोगी ।।

परन्तु गएँ मार्ग कालो करालो ।
लिपें चर्ममा रङ्ग सेतो उज्यालो ।
छरें बीज तीतो र कांटा कठोर ।
म खोज्दै हिडें चाहनामा डुबेर ।।

 

Continue reading


बसन्तागमन

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

फ्रकेर सुन्दर गुलाब पलाँश काँस,
पग्लेर मिष्ट मधुव्ञ्जनको मिठास ।
ताना निनाद तरूपल्लव भुनभुनाई
आयो बसन्त ऋतुराज सुगन्धदायी।।

नीलाम्य वास परिधान कमान पन्ना ,
गुञ्जायमान तदधानसमान तन्ना ।
बुट्टा भिरेर कुसुमाकरको बिहान,
आयो महामहिम कौतुकता मुहान ।।

 

Continue reading


अाफू मुखी

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

म चाहन्छु सम्मान सेवा उपाधी ।
म चाहन्छु सौन्दर्यता स्वस्ती आदी ।
सधैं सुखभोगी बनौं मै नीरोगी ।
सदासर्वदा देवतातुल्य भोगी ।।

परन्तु गएं मार्ग कालो करालो ।
लिपें चर्ममा रंग सेतो उज्यालो ।
छरें बीज तीतो र कांटा कठोर ।
म खोज्दै हिडें चाहनामा डुबेर ।।

 

Continue reading


गजल

Sarala, Joshi, शरला जोशी , pallawa, पल्लव

शरला जोशी

पहिले पनि पहिरो ले पुर्दै गर्दा बचायौ
अहिले फेरि जिन्दगीमा लड्दै गर्दा बचायौ

बचाउन त बचायौ धेरै पटक तिमीले
फेरि आँखा बाट साउन झर्दै गर्दा बचायौ

तिम्रो गुनले थिचीएर भुई मै बिलाएछु
कैयौ पटक जिउदो मै मर्दै गर्दा बचायौ

 

Continue reading


गजल

Hemanti, Joshi, हेमन्ती जोशी, pallawa, पल्लव

हेमन्ती जोशी

पानीको तागत भेल तर्नेलाई थाहा होला
ओरालो के हुन्छ बेसी झर्नेलाई थाहा होला ।

कति पीडा हुन्छ, आफैँ भित्र कति दुख्छ मुटु
सर्वस्व गुमाई एक्लै मर्नेलाई थाहा होला ।

पुर्खाको त्यो जायजेथा आफूखुसी खर्चिनेले
दुःख के हो त्यो त श्रम गर्नेलाई थाहा होला ।

 

Continue reading


अहिलेको देशको आवश्यक्ता इच्छाशक्ति

Nishu, Joshi, Banke, निशु जोशी, pallawa , पल्लव

निशु जोशी

देश संकटमा छ । सारा युवाहरु निरास छन् । दिनानुदिन अनेकौ सपना वोकेर विदेशी मरभुमीमा गइरहेका छन् । केहि समयमा नेपाल वुढावुढी र वालवच्चाको अर्थात अशक्तहरुको देश नवन्ला भन्न सकिन्न । अनि होला त देशको विकास ? देश सरकारले केहि गरीदिएन युवाहरुका लागी भन्ने उनिहरुको गुनासो छ । नेताहरु भने आफ्नै तालमा छन् । आफ्नै जीवन सींगारपटारमा व्यस्त छन् । जेनतेन संविधान वन्यो । तर जनताले सोचेजस्तो खुसी व्यक्त गर्न पाएनन् । भारतको अघोषित नाकावन्धिलाई झेल्नुपर्‍यो झन्दै ४ महिना । हरेक चिजको अभाव सृजना भयो । अभावकोमौका छोपेर कालोवजारी गरेर कोहि मालामाल वने तर देश भने दिनप्रतिदिन आर्थीक कारेवारमा घटिरह्यो । पीडा भएको घरको सम्पतिमा आखाँ लाग्यो ।

 

Continue reading


१६ अक्षरिय गजल

Sarala, Joshi, शरला जोशी , pallawa, पल्लव

शरला जोशी

झमक्कै ढलेछ सॉझ तिमी सम्म आईपुग्दा
थामेछु कसरी सास तिमी सम्म आईपुग्दा

चट्याड्ग परेको रूख झै जल्दैछ यो जिन्दगी
जलेर हुन्छु की नाश तिमी सम्म आईपुग्दा

बाढी ले बहेको बस्ती झै उजाड हुदैछ मन
बहार को छैन आस तिमी सम्म आईपुग्दा

 

Continue reading


एउटा बाँकी सपना

Nishu, Joshi, Banke, निशु जोशी, pallawa , पल्लव

निशु जोशी

एउटा बाँकी सपना
एउटा मीठो सपना
पुरा गर्नुछ मैले
वषौदेखी सजाएको
एउटा अनौठो सपना
मैले देखेको थिए त्यो सपना
बाले अक्षर रटाउदै गर्दा
आमाले शव्द चटाइदिदा
पठारको दुइ अंगुले वाटोमा
जीन्दगी वोक्न सखीले सीकाउदा
भाइसंग सीक्दा वन्चरो केलाउन
दिदिले पकाएका वावर हेरेर
जीन्दगी पनि वावरजस्तै वुझेथे–

 

Continue reading


आमाको पहिलो खुसी

Nishu, Joshi, Banke, निशु जोशी, pallawa , पल्लव

निशु जोशी

आमाको पहिलो खुसी
धुवाले ढाकिएका ओठमाथि
गुलावि रंगको मुस्कान देखेको छु
पहिलोपल्ट उज्याला छन्
फलामजस्ता वत्तिसे दातहरु
सधै चिन्तामा धम्लीरहने मन
सम्लीएको छ आज
तोरीको तेलजस्तो देख्दैछु
पहिलो पल्ट यति खुसी धेरै खुसी
रस निचोरीएका कागति जस्ता गालामा
जालो लागेका आखाँमा
उन्मात खुसी भरीएको छ
तप्प आसुले कागज रुझेपछि –

 

Continue reading


यी पुराना सम्वन्ध

Nishu, Joshi, Banke, निशु जोशी, pallawa , पल्लव

निशु जोशी

मधुरो वत्तीको उज्यालोमा
ताराहरुको प्रकाश लीएर
भित्ता हल्लीरहेको छ ।

पुरानो फाटेको काठका फलेखमा छरीएका
माटोमुनीका फललहरुसंग
निभेकको चुलो तापेर
दुलहि झै घुम्टोभित्रवाटै आँखा देखाएर
चाउरीएको आपजस्तो चेहेराले
उ वोलीरहेछ यो शहरको कोलाहलमा
वुलन्द चर्को आवाज निभेको वत्तिजस्तै
मधुरो प्रकाश सरी सुस्ताएको छ ।

 

Continue reading


गजल

Nishu, Joshi, Banke, निशु जोशी, pallawa , पल्लव

निशु जोशी

सायद तिमी वन्नु उसैको थियो ।
भगवानले त्यस्तै वनाइदियो ।

तिमी खुसी छौ म खुसी छु त्यसैमा,
तिम्राँखुसी देखियो जव बाँचीयो ।

जवरजस्ति मायाँमिठो हुदैन ।
मैले गर्ने मायाँएकोहोरो थियो ।

 

Continue reading