कल्पना पौडेल ‘जिज्ञासु’का केही मुक्तकहरूः

Kalpana, Paudel, Jigyasu, कल्पना पौडेल ”जि्ज्ञासु”, pallawa, पल्लव

कल्पना पौडेल ”जि्ज्ञासु”

अबिरल बगिरहे यि अश्रुधारा तिमी गए देखी आँखाहरु बाट
तर यादहरुलाई निस्किन दिहिन मुटुको कुना कुनाहरु बाट
जीवन छ र पो अनुभुती छ मलाई साह्रै तिम्रो खाँचो छ प्रिय
बुझे मैले जसरी तिम्ले पनि बुझ न जलिरहेका चिताहरु बाट ।
(१)
विनासकारी भूकम्पले देश भरी नै बेहाल भयो
हजारौँले ज्यान गुमाउँदा लासैलासको खाल भयो
कसलाई के थाहा कठै बरै यो प्रलय होला भन्ने
हाम्रो लागि २०७२ इतिहासमा कालो साल भयो ।
(२)

 

Continue reading


महिला भेदभाव र वैदेशिक रोजगारी

 

Kalpana, Paudel, Jigyasu, कल्पना पौडेल ”जि्ज्ञासु”, pallawa, पल्लव

कल्पना पौडेल ”जि्ज्ञासु”

आज पनि महिलाहरू सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रबाट उत्पीडित र उपेक्षित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला हक, हित र अधिकारका निम्ति गरिएका प्रयत्नका बाबजुद महिलाहरूको स्थितिमा तात्विक अन्तर आउन सकेको छैन । महिलामाथि हुने अनेक उत्पीडनमध्ये घरेलु हिंसाबाट पनि नेपाली महिलाहरू उत्तिकै प्रभावित छन् । बितेका एक वर्षमा १ सय ५२ जना महिलाको हत्या २ सय ११ जनाको बलात्कार (जसमध्ये २३ जना महिला आफ्नै परिवारका सदस्यबाट बलात्कृत), १२ जना महिलाद्वारा आत्महत्या र ७५ जना महिला बोक्सीको आरोपमा पीडित भएको तथ्याङ्कले देखाएको छ ।

 

Continue reading


प्रकाश बाबू चन्द ‘जिज्ञासु’का पाँच गजल

Prakash, Babu, Chanda, Jigyasu, प्रकाश बाबू चन्द ‘जिज्ञासु’, pallawa, पल्लव

प्रकाश बाबू चन्द ‘जिज्ञासु’

गजल– १,
तिज आयो बूढी आजै माईत जान्छु भन्छे
दूई चार हजार पैसा आफैसंग लान्छू भन्छे

छैन पैसा काली जे छ त्यस्मा रमाउन सिक
भो भो समातेर दूई चार मूक्का हान्छू भन्छे

व्रत बस्नू मेरै नाम शिबजिलाई भाकि तिमि
हून्न म त सक्दिन है सबै थोक खान्छू भन्छे

 

Continue reading


गजल

Kalpana, Poudel, Jigyasu, कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

स्वामी ज्युले सिकाउँनु भो नौलो कुरा सुहागरातमा
कति फुटे थाहा छैनन् रातो चुरा सुहागरातमा ।

कालो रात बढ्दै जाँदा पर्दाहरू खुल्दै गए
कैदी हुन तयार थे यि पाखुरा सुहागरातमा ।

पहिलो थ्यो अनुभूति असहज थ्यो ठाउँ उस्तै
साँच्चै रैछ हुन्न भन्थे खाट साँगुरा सुहागरातमा ।

 

Continue reading


कल्पना पौडेल ‘जिज्ञासु’का एकजोर गजल

Kalpana, Podel, Jigyasu, कल्पना पौडेल ‘जिज्ञासु’, pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’,

गजल– १,
बिना कसूर दोषी बनाई बोली बार्यो निष्ठुरीले
अजम्बरी साइनो तोडी जिउंदै मार्यो निष्ठुरीले ।

विश्वासको दियो किन निभ्यो कारण सोधिरहे
झुटो अनेक बाहानामा मलाई टार्यो निष्ठुरीले।

जीवनभरको साथ माग्यो सुम्पिदिए जिन्दगानी,
विश्वासघातको झटारोले खुशी झार्यो निष्ठुरीले।

 

Continue reading


कल्पना पौडेल ‘जिज्ञासु’का तीन गजल

Kalpana, Podel, Jigyasu, कल्पना पौडेल ‘जिज्ञासु’, pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’,

गजल– १,
कष्ठपुर्ण जीवनमा बाँचेका छन् मजदुर
सँधैभरि रोदनमा बाँचेका छन् मजदुर ।

शोषकबाट शोषित भै पिडित छन् श्रमिक
अभाबको भोजनमा बाँचेका छन् मजदुर ।

यता टाल्यो उता फाट्छन् समस्याको टालो
कहाँ टालौं दोमनमा बाँचेका छन् मजदुर ।

 

Continue reading


गजल

Kalpana, Poudel, Jigyasu, कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

हिमाल हाँसेको हेरन आकास खुलेको कति राम्रो
हिमचुलीको माथि माथि डाफे डुलेको कति राम्रो ।

बगाउदै मलिलो माटो पहाडबाट झर्छीन नदी
तराईका फाँटमा पहेंलै धान झुलेको कति राम्रो ।

फरक भाषा, भेष तर एकै आमाका सन्तान हामी
भाइचारामा सद्भावको त्यो रंग घुलेको कति राम्रो ।

 

Continue reading


कल्पना पौडेल ‘जिज्ञासु’ एकजोर गजल

Kalpana, Poudel, Jigyasu,कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

गजल– १, 
बिते त्यसै ऋतुहरू प्रेमिल साथको कल्पनामा
ढल्यो बैश चिसीएर न्यानो हातको कल्पनामा ।

अँधेरीले चुमीरह्यो जागेका ती नयनहरू
अनिदै बसेकोछु स्वप्निल रातको कल्पनामा ।

लगातार उच्छवासमा प्रियतम अल्झिएर
ढुकढुकी बढ्न थाल्छ मिठो बातको कल्पनामा ।

 

Continue reading


कल्पना पौडेल ‘जिज्ञासु’ का एकजोर गजल

Kalpana, Poudel, Jigyasu, कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

गजल– १,
शोषित पीडित गरिवका दर्द सुन्ने सरकार चाहियो
भत्केका गाउँबस्तीहरू कै सामुन्ने सरकार चाहियो |

धेरै खपिन आँधीहुरी देशमा तुफान उठ्दा खेरी
नयन पुछी आमाको आँसु थुन्ने सरकार चाहियो |

हत्याहिंसा अस्थिरताले खुसी लुट्यो मुहार बाट
निरसा हटाई विकासको मार्ग चुन्ने सरकार चाहियो ।

Continue reading


गजल

Kalpana, Podel, Jigyasu, कल्पना पौडेल ‘जिज्ञासु’, pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’,

चाँदनीमा सारै मन पराएको रात
धेरै मन दुख्यो जून हराएको रात ।

आकासमा बादलु त्यो मडारिदै थियो
चट्याङको आवाजले डराएको रात ।

घनघोर बर्षातले भिजेको थ्यो तन
यौवनले छताछुल्ल गराएको रात ।

 

Continue reading


कल्पना पौडेल ‘जिज्ञासु’का जोर गजल

Kalpana, Podel, Jigyasu, कल्पना पौडेल ‘जिज्ञासु’, pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’,

गजल–१,
प्रबासको गुलामीमा कस्टकर जीवन चल्छ
पचपन्न डिग्री घामले बालुवामा आगो बल्छ ।

कौडीको भाउमा युवा श्रम त्यहाँ बेचिराछन
सुन्दा पनि तिन्का पिडा मुटु भतभत जल्छ ।

कृषि प्रधान देश आफ्नो बाझै छन खेतबारी
उनैको त्यो मेहेनतले खाडी भरी सुन फल्छ ।

 

Continue reading


गजल

Kalpana, Poudel, Jigyasu, कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

हाम्रो प्रेम अमर राख्न दरवार बनाउँछु
दुनियाँको नजर लाग्ने घरवार बनाउँछु ।

संधैभरि यस्तै मिठो साथ दियौ भने तिम्ले
इतिहास रच्ने बेग्लै यो संसार बनाउँछु ।

निस्वार्थ भै माया प्रेम गरियोस यसैगरी
मनको बिक्रि नहोस त्यसो बजार बनाउँछु ।

 

Continue reading


कल्पना पौडेलका “मुक्तकहरूः

Kalpana, Poudel, Jigyasu, कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

धन सम्पति भन्दा प्यारो मलाई साथी लाग्छ
मित्रताको त्यो सम्बन्ध सबैभन्दा माथी लाग्छ ।
जीवन रुपी यात्रामा भेटिँदा रैछन चौतारी बनी
पीडाको भारी बिसाउन त्यै छहारी जाती लाग्छ ।।

दु:ख सँग नजिक बाट चिनजान भयो जिन्दगीमा
आफन्त र पराइ बीचको पहिचान भयो जिन्दगीमा ।
आउँछन जब जटिल मोड़ भाग्यलाई नै दोष दिन्छु
पीडाको यै पहाड़ मलाई बरदान भयो जिन्दगीमा …।।

 

Continue reading


कल्पना पौडेल ‘जिज्ञासु’का मुक्तकहरु

Kalpana, Poudel, Jigyasu,कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

कोमल मन नारीको दुखाएर पुरुष जाती
गर्ब गर्दै हिड्छ अझै फुलाएर आफ्नो छाती
भरोसाले सुम्पिदिन्छौ जिन्दगानी जसलाई
झेल हुन्छ उसै वाट सधै किन हामी माथि ?

अनेकौ ति बहानाले मुटु लुट्ने धेरै हुन्छन
सोझालाई फसाउन जाल खुटने धेरै हुन्छन
कोमल मनका नारि तिमि हुनुपर्छ होसियार
भोलि तिम्रै विरोधमा यहा जुट्ने धेरै हुन्छन

 

Continue reading


‘जिज्ञासु’ का केही मुक्तकहरूः

Kalpana, Poudel, Jigyasu, कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

गूँडमै थियौ निस्किदा म जुटाउन चारा तिमीलाई
धिक्कारछ पिलाउन सकिन दूधको धारा तिमीलाई ।
कति दुख्छ मुटु पीडा हुन्छ अति सन्तानको वियोगमा
भेटेरै बताउनेछु त्यो मेरो बाध्यता सारा तिमीलाई ।।

ए मन तँ सधै छस उदास किन? हुदैन यसरी जाति
एक्लो नठान आफुलाई कहिल्यै आसुँ छ तेरो साथी ।
मतलबका स्वार्थि नाता हुन् सबै गर्दैनन् कसैले प्रबाह
टुट्छन आशा बारम्बार यसैगरी नगर भरोसा कसै माथि ।।

 

Continue reading


‘जिज्ञासु’का केही मुक्तकहरूः

Kalpana, Podel, Jigyasu, कल्पना पौडेल ‘जिज्ञासु’, pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’,

एक्लो यात्रा जीवनको संघार तर्न सकिन
आगो झैं जल्छ पीडाले छाती मर्न सकिन
अनेकौं नामले पुकार्नेछन् बुझ्दैनन् भावना
चाहेर पनि त्यो आत्महत्या गर्न सकिन

समुन्द्री त्यो छाल जस्तै सधैं यो मन छल्किरहन्छ
जति भुल्न खोज्छु अतित याद बनि बल्झीरहन्छ
राम्रोसँग थाहा छ मलाई अभागी छु दुनियाँमामै
तर पनि खुशी पाउने झिनो आशा अल्झीरहन्छ

 

Continue reading


चरीको विलौना

Kalpana, Poudel, Jigyasu, कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

घनघोर जंगलको बीचमा एउटा पन्छी बन्य जन्तुहरुको बस्ति थियो । त्यसै मध्य एक परिवार थियो पंछीको, जहाँ एक जोडी माउका दुईवटा चल्ला गरि चारवटा पन्छी रहन्थे । वरिपरी घना जंगल भएकाले चारो खोजेर आहार बटुल्न मुस्किल हुने हुँदा प्राय माउ (भाले) टाढा टाढाको फाटमा जाने गर्थे । तर ति चार पंछीको परिवारमा आहार खोजेर ल्याउने कोहि थिएनन् । माउ भाले एकदमै अल्छी थियो, पोथी माउले कतैबाट ब्यबस्था गरेमा मात्र पेट भर्थे । बचेरा ठूला हुदैं गएका थिए, आहार पनि बढेदै गएको थियो । त्यसैले पोथी माउलाई चिन्ताले सतायो, न बस्ने गूड थियो न त आहार नै ।

 

Continue reading


२० अक्षरी गज़ल

Kalpana, Podel, Jigyasu, कल्पना पौडेल ‘जिज्ञासु’, pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’,

राष्ट्रको शीर बैरीसामु झुक्न नदेऊ नयाँ सरकार
देश प्रतिको जिम्मेवारी चुक्न नदेऊ नयाँ सरकार ।

शहिदले रगत बगाइ सिर्जिएको नेपाल हो हाम्रो
दुश्मनलाई वरिपरि ढुक्न नदेऊ नयाँ सरकार ।

डाँडा काँडा पखेरा नै हराभरा बनाउनु बनाएर
नदी नाला झरनालाई सुक्न नदेऊ नयाँ सरकार ।

 

Continue reading


‘जिज्ञासु’का जिज्ञासामयी मुक्तकहरूः

Kalpana, Poudel, Jigyasu, कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

कति न्यानो उनको माया पुष माघको घाम जस्तो
लाग्न थाल्यो भेट्न उनलाई उडेर नै जाम जस्तो
के नाम दिउ खै यति मिठो पवित्र यो सम्बन्धलाई
कि यसो भनौ ? ए प्रिय तिमी चिठी म खाम जस्तो

पिडा भयो तड्पी बाँच्दा दैब मृत्यु मलाई देऊ
आगो लाउछु आफै बरु लौन कोही सलाई देउ
पल पल मरेर म बाचेकी छु यो संसारमा
एकै चोटी दुखोस बरु साच्चै भन्छु जलाई देउ

 

Continue reading


मीनाको सपना

Kalpana, Podel, Jigyasu, कल्पना पौडेल ‘जिज्ञासु’, pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’,

दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी मीनाका बा कान्छो भाइ गर्भमा हुँदा लाहुर गएका थिए, अझै फर्केका थिएनन् । तीन बहिनीमुनि जन्मिएको भाइ पनि पाटी बोकेर स्कुल जान सक्ने भएको थियो । दिनभरि साहुको मेलामा मुजुरा गरेर बेलुका घर फर्किंदा चोयाको डोको, कम्मरमा बार हाते पटुका, खद्दडको सारी, उनिको पछ्यौरा, नाम्लोले बोकेकी तामाको गाग्री, उकाली ओरालीमा छचल्किँदै पोखिने त्यो पानी, डोकाका प्वाल जस्तै भएको ती ढाकाका चोलीका पाटाहरु अनि भिजेका ती कपडा, सुईंया सुस्केरा हाल्दै पिँढीमा पानीको गाग्री बिसाउँदा मीनाकी आमालाई रातको १० बज्ने गथ्र्यो ।

 

Continue reading