गजल

Jibika, Khatiwada, Gantok, Sikkim, जीविका खतिवडा अश्रु’, pallawa , पल्लव

जीविका खतिवडा ‘अश्रु’

उ चाहिँ राम्रो म चाहिँ खराब कहिले नभन्नु
तिमीबाट पर्यो प्रभाब कहिले नभन्नु ।

तनाब धेरै भएपछी हिम्मत बटुल्न,
छिरें भट्टि पिए सराब कहिले नभन्नु ।

जत्ती बिस्वास गर दुईको एउटै हुन्न बिचार
पराइ सामु भयो तनाब कहिले नभन्नु ।

 

Continue reading


गजल

Jibika, Khatiwada, Gantok, Sikkim, जीविका खतिवडा अश्रु’, pallawa , पल्लव

जीविका खतिवडा ‘अश्रु’

दु:ख हुँदा तीजको निम्तो नआएकै जाती
ऋण गरेर तीजको दर नखाए कै जाती ।

सीमापारि माइती सम्झी मन दुखाउनु भन्दा
गाउँ बेसीमा तीजको लहर नछाएकै जाती ।

शरीरमा सुनचाँदीको पसल खोल्दै हिड्न
असन्तुलित शृङ्गारपटार नलाएकै जाती ।

 

Continue reading


गजल

Jibika, Khatiwada, Ashru, जिबिका खतिवडा ‘अश्रु’,  pallawa , पल्लव

जिबिका खतिवडा ‘अश्रु’

कात्रो किन्दिन्छु भनेर दाउरा किन्दिन्छु भनेर
घाट्मा माग्दैछ भोट उ मुर्दा सामु हात जोडेर ।

बिपत्ति परेकोबेला हो, उ यहीबाट हिडेथ्यो
बा’लाई हेरेर तर, ल्याएन एम्बुलेन्स बोलाएर ।

होसियार बन्नु है तिमी सधैं होसियार बन्नु
चोट लागेकै बेला आउलान यी नुनचुक बोकेर ।

 

Continue reading


जिबिकाका तीन मुक्तक

Jibika, Khatiwada, जिबिका खतिवडा,  pallawa , पल्लव

जिबिका खतिवडा

नेपाली हौं डटी लड्ने बाँनी छ हाम्रो
गाँउवासी हौ अघि बढ्ने बानी छ हाम्रो ।
बाध्यतामा कतै कहीं दुःखी भए पनि
हात मिलाई खोला तर्र्ने बानी छ हाम्रो ।।
(१)
कही खोल्सा कहीँ ताल भएका छन्
भूक्षयले जन धन बेहाल भएका छन् ।
मानो छरी मुरी उब्जाउने बेलामा
खेत सुख्खा अनि बाटो आहाल भएका छन् ।।
(२)

 

Continue reading


गजल

Jibika, Khatiwada, Gantok, Sikkim, जीविका खतिवडा, pallawa , पल्लव

जीविका खतिवडा

बन्दुक् बोक्ने आफु शासन,अरुले नै गरे पछि
दुनिया बद्लिदैन सत्ता, शोसकले हरे पछि।।

राष्ट्र अनि जनकै चित्र , कोर्नै चाहे पनि मनले
परिवर्तन हुने भो मन, कुर्सी सामु परे पछि।।

झुटको खेती गरिरह्यौ आमा तिम्रै सामू रुईन्
तिमी चिन्तित किन हुन्थ्यो, अन्तै बसाइ सरे पछि?

 

Continue reading


नमस्ते साहित्य परिषद ओखलढुङ्गा र माने भञ्ज्याङ्को मीठो सम्झना 

Jibika, Khatiwada, जिबिका खतिवडा,  pallawa , पल्लव

जिबिका खतिवडा

नया जोश, जाँगर, उत्साहसाथ सन् 07.09.2016- को दिन गान्तोक, सिक्किमबाट लागेँ नेपालतिर पहिलो ओखलढुङ्गा यात्रामा। म हतारिएकी थिएँ ओखलढुङ्गा पुग्न। साँझ बिराटनगर आफ्नै दाजु तोया खतिवडाको घर पुगेँ। बिहान 5.30 बजीको बसमा जानुपर्ने जानकारी पाएँ’थें कवि गण्डकी पुत्रबाट। 8 तारिख हस्याङ्-फस्याङ् गर्दै दाजुसँग कञ्चनबारी चोकसम्म निक्लिएँ। मेरो दाजु हमेशा मेरो भलो चाहने मान्छे। बापछि बा कै ठाँउ लिनु भएकोछ। गण्डकी पुत्र र रमेश चन्द्र अधिकारी पनि आइपुग्नु भयो। केही समयको पर्खाईपछि ७ बजी बस आयो। हामी लाग्यौं गन्तव्यतिर। दुई घन्टा २० मिनटको यात्रा मिर्चैयामा ठोकियो। तराईको चिल्लो बाटो, सहज नै बन्यो यात्रा।

 

Continue reading


गजल

JiBiKa, Khatiwada, जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

पर्खेर बसे आउछ। भनी त्यो छोरो आएन
हेरी नै रहें आउछ भनी त्यो छोरो आएन ।

बर्सा र मास बाडि र पहिरो बाटो छ भत्केको
मन यो भयो सार्हैनै ग्लानि त्यो छोरो आएन ।

बिदेश जान्छु कमाउछु धन भनेर हिड्एथ्यो
छिट्टै नै आउछु ए आमा भनी त्यो छोरो आएन ।

 

Continue reading


गजल

Jibika, Khatiwada, जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

को खाई को खाई भन्दै आउँदैन सरकरी कोटा
को सक्षम छ ? बुझेर धाउँदैन सरकारी कोटा ।

कालो सिसाले ढाकिएर ठुला महल तिर जान्छ
जाज्वल्ल दीप पुज्न भ्याउँदैन सरकारी कोटा ।

सत्ता र भत्ताको सामु के हो र! धने र मानबिरे
देशका गौरवलाई माला लाउँदैन सरकारी कोटा ।

 

Continue reading


गजल

Jibika, Khatiwada, जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

आलीको बाटो ती नानी हिड्छन् सकिन घेर्नलाई
लड्ने पो हुन् कि धड्किन्छ मुटु सकिन बेर्नलाई ।

सहरमा हेर्छु ती नानीलाई समा’का हातमा
डोह्र्याएका छन् ती पशुसरी सकिन हेर्नलाई ।

म गाउँले आमा सिकाउँछु नपर्नु अर्का भर
कापी र कलम बोकेर जाऊँ अक्षर केर्नलाई ।

 

Continue reading


गीति गजल

JiBiKa, Khatiwada, जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

ओढ़ी रामनामी दलेको छ चन्दन
असत्यको आगो बलेको छ झनझन्

हरयाली डाँडा र पाखाहरुमा
बिषालु यो हावा चलेको छ झनझन्

सुरम्य र सानो छ यो राष्ट्र मेरो
तथापि यो स्वर्ग गलेको छ झनझन्

 

Continue reading


गजल

Jibika, Khatiwada, जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

सामन्त र शोषकको कानून तोड्दैछु म।
समानता र षड्यन्त्रको बाग गोड्दैछु म।।

अन्यायको कहाली लाग्दो कथा लेखेर।
क्रोधी र सामन्तिको झुञ्ड फोड्दैछु म।।

रिक्तता बाहेक छैन यहा स्वर्णिमता।
त्यसैले त देशको सिस्नोहरु झोड्दैछु म।।

 

Continue reading


मधुपवन भरी . . . . .

Jibika, Khatiwada, जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

अनन्त छ्यौ दुर आकाश झै,
स्वतंत्र छ्यौ बहन्छ्यौ बतास् झै।।

सिन्धु सरि छ्यौपबित्र दिब्य,
बन्छ्यौ तिमी किन संत्रास झै।।

मेघ सरि शित्बोकेर नित्य,
के बिध्न भो हिड्छ्यौ हताश झै।।

 

Continue reading


१७ अक्षरीय गजल

Jibika, Khatiwada, जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

आँखा खोलि समयलाईचारै तिर हेर्नु पर्छ
अप्ठ्यारोलाई स्थिरताले हराएर जित्नु पर्छ

जस्तै सहज भने पनि समस्या नआउने हैन
आत्मबल दर्हो बनाई लडाएर जित्नु पर्छ

हरेकबार गिद्धे दृष्टि नलाएका कहाँ हुन् र!
आमा बचाउनमा सबै जगाएर जित्नु पर्छ

 

Continue reading


फाटेको मांसपट

Jibika, Khatiwada, जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

दुखका ति दिन सम्झी टोलाएको बेला हो ययो
आधा पेट खोले पिई बाँच्ने ईच्छा कहाँ थियो?
रमाएरै दुबै हामी तानेमुने गर्दै हुन्थ्यौं
आज आई पूर्ण थियौ तर किन साथ छुट्यो।।

बिगतलाई भुलाएर अघि बढ्ने चाहना ति
क्षणभर मै चक्नाचुर भो एकान्तमा रोइरहें
सम्झनामा दिनदिनै तिमी मात्र आइरह्यौ
मांसपट फाट्यो अबमांसक्षय हुदै गयो।।

 

Continue reading


बुझि लेउ पिशाचहरू हो . . . . . .

Jibika, Khatiwada, जिबिका खतिवडा,  pallawa , पल्लव

जिबिका खतिवडा

हाम्रो आट लिएर लौ बनि रथ्यो यौटा बृहत पार्टी यो
नाना जात र भेषले बुनिएको बिरंगी माला थियो
हेर्थे माथि बसीदेखेर रमिता हामी मिलेको यहाँ
छुट्यो लौ न धनिष्टता निमेषमै आक्रान्त भो जिवन॥

तोड्ने यी नर रुपी दानवहरु अपांग या लालचि
देखाई तिनले नपुंसकता छुटे कतै भाग लिई
किनिए सब आफनै मोल लिई शान्ति त्यहा के छ र!
भोगेकै छन है माथि यिनले सबको छि:छि: दुरदुर॥

 

Continue reading


१६ अक्षरीय गजल

JiBiKa, Khatiwada, जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

मरो आफ्नो पिडा भित्र मन लुकाएर बस्छु
च्यातिएको तन्को धागो मन बुझाएर बस्छु

आफ्नै आँगनमा सधै बस्ने बानि रमाएर
लिपु,काली,मेची रुदा मन दुखाएर बस्छु

बिश्व अझै साक्षी छ यहाँ नेपाल छु्ट्टै राज्य
अन्यत्रिले हेला गर्दा शिर झुकाएर बस्छु !!

 

Continue reading


१२ अक्षरीय गजल

JiBiKa, Khatiwada,जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

तिमी झै सधै खेल खेल्ने म हैन
सदा झै पिडा बेसी झेल्ने म हैन।।

तिमी अधर्मी पापी खेल्वाड गर्ने
तिमी झै मिथ्या बात पेल्ने म हैन।।

यता प्यार गर्छौ उता भा’छ धोका
नारी भावना सँग खेल्ने म हैन।।

 

Continue reading


१६ अक्षरीय गजल

JiBiKa, Khatiwada,जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

आजभोलि माया पनि बेरसिलो द्वन्द्व भा’छ
मेरो माया झापा पारी सिक्किममा बन्द भा’छ ।

भारतले नाका बन्द गरिदिदा हाम्रो माया
सांगितिकरौनक बिना त्यसै त्यसै मन्द भा’छ ।

सम्हालेर सम्हालिन्न यो संकटको घडीमा
मेरो मायामा चर्को आन्दोलन बे-छन्द भा’छ ।

 

Continue reading


१२अक्षरीय गजल

JiBiKa, Khatiwada, जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

तिमी झै सधै खेल खेल्ने म हैन
सदा झै पिडा बेसी झेल्ने म हैन।।

तिमी अधर्मी पापी खेल्वाड गर्ने
तिमी झै मिथ्या बात पेल्ने म हैन।।

यता प्यार गर्छौ उता भा’छ धोका
नारी भावना सँग खेल्ने म हैन।।

 

Continue reading


१४ अक्षरीय गजल

JiBiKa, Khatiwada,जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

प्रेमका कुरा गर्छौ देश रोएको बेला
अफिमचि झैँ हेर्छौ देश रोएको बेला

सम्बन्ध यहाँ प्रगाढ छदैछ नी हाम्रो
बचन किन फेर्छौ देश संकट्को बेला

पुर्खाले मुस्किलले आर्जेको हो नेपाल
तिल तिल किन मार्छौ देश रो’को बेला

 

Continue reading