गजल

Jhalak, Upadhaya, Badal, झलक उपाध्याय ‘बादल, pallawa, पल्लव

झलक उपाध्याय ‘बादल’

सकेको भए त पाउन तिमिलाई।
मेरो गोरेटो मा दाउन तिमिलाई ।।

हो पक्कै काँपने थेनन् यी हात मेरा ।
टिपेको फुल त्यो लाउन तिमिलाई ।।

मैले जिउनुको अर्थ भेटने थिए ।
मिले त मन् मा सजाउन तिमिलाई ।।

 

Continue reading


‘प्रकृति VS म ….’

Jhalak, Upadhaya, Badal, झलक उपाध्याय ‘बादल, pallawa, पल्लव

झलक उपाध्याय ‘बादल’

प्रकृति तिमी तिमी हौ
म मै हुँ……….

तिमी त्यो हौ जस् संग
निश्चित भोलि छ,
शीत पछिको पाडीलो घाम छ,
वर्षात पछिको सुरम्यता छ,
उराढ पछिको माधुर्यता छ।
…..प्रकृति तिमी तिमी हौ।

प्रकृति तिमी चतुर छ्यौ,
चिसोले पोलेर घाउहरु,
न्यानो ले सेकिदिन्छ्यौ ।
तातोले ओईलाई सुतेकाहरु,
शीतका थोपा छर्केर बिउझाउछ्यौ।
हिजोलाई भोलि पार्ने ,
एक महान गुण छ तिमीमा,
त्यसैले त
…प्रकृति तिमी तिमी हौ।

 

Continue reading


झलकका केही मुक्तकहरूः

Jhalak, Upadhaya, Badal,  झलक उपाध्याय ‘बादल, pallawa, पल्लव

झलक उपाध्याय ‘बादल’

दादागिरी गरेर नी माया लाईन्छ र?
चाकु छुरि देखाएर बिश्वास पाईन्छ र?
के भनी लड्छौ कुन्नि यस्तो लडाइँ ।
दुनियाँ यो जित्नलाई अस्त्रै चाहिन्छ र?

दुखाएका मनहरू ती खै कसरी पटाउनु ।
निशब्द नै रहि कन दिन कसरी कटाउनु ।।
धेरै पल्ट माफि मागे तर पनि मान्दिने खै?
सबै छोडि उसकै लागि अझै कति खटाउनु ।।

 

Continue reading


झलकराज उपाध्यायका मुक्तकहरूः

Jhalak, Raj, Upadhyaya, झलकराज उपाध्याय, pallawa, पल्लव

झलकराज उपाध्याय

मेरो पनि रोजीरोटी चलाई दे न सरकार ।
महल संगै झुपडीमा चुलो बलाई दे न सरकार।।
तिमी हामी नेपाली त उ पनि अर्को होइन ।
द्वेश अनि विभाजन यो जलाई दे न सरकार ।।

दादागिरी गरेर नी माया लाईन्छ र ?
चाकु छुरि देखाएर बिश्वास पाईन्छ र ?
के भनी लड्छौ कुन्नि यस्तो लडाइँ ।
दुनियाँ यो जित्नलाई अस्त्रै चाहिन्छ र ?

 

Continue reading