विचार

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

टुप्पाबाटै सहज जसले अग्रता-तर्फ छुन्छ
आफैंआफैं खुरुरु उसमा दम्भको जन्म हुन्छ
सेरोफेरो सकल हडपी बन्छ ऊ “मत्त गोही”
आफ्नै माटो, जनकजननी, बन्धु चिन्दैन कोही ।।

छोरालाई इलम नदिए हिँड्छ ऊ केश बाटी
घोटीघोटी गरम नगरे बल्छ के ह्वार्र काँटी ?
छोरी हुर्के घरभरि सयौं लुब्धको लाग्छ ताँती
आमाभन्दा नजिक उसको मित्र नै हुन्छ जाती ।।

 

Continue reading


प्यारो नुवाकोट यो

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

टेकायो जुन भूमिले प्रथम यो रङ्गीन संसारमा
दौडायो जुन तीर्थले भुवनको सर्वोच्च आकारमा
मेरो जन्म सुसार पोषण थलो वात्सल्यको बोट यो
आमातुल्य खन्याउँदै छ ममता प्यारो नुवाकोट यो ।।

नौनीतुल्य हिमाल शुभ्र हिमका डल्ला लिई बस्तछन्
“सेतो दूध” समान निर्झर शिला चोख्याउँदै खस्तछन्
मीठो काख र गाँसदायक थलो पीयूषको बोट यो
मेरो प्राण बचाउने शुभ थलो प्यारो नुवाकोट यो !!

 

Continue reading


पीठमा धाप मारून् !!

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

किन किन कविताको मोह नै छाड्न गाह्रो ?
वसन अनि खजाना नीदभन्दा पियारो
छमछम सपनामै नृत्य झैं सल्बलायो
भुज मगज फसायो मोहनी नै लगायो !!

छलफल छ यसैमा शब्दखोला यसैमा
गहन मत यसैमा शिल्पझोला यसैमा
मन फुरफुर पार्ने दिव्य रोदी यसैमा
अवगुण तम मार्नै भाव मोती यसैमा !!

 

Continue reading


चन्द्रमा

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

हे चाँदनी ! तल जगत्-तिर घुम्न आऊ
आफ्नो सुरम्य इतिहास सबै सुनाऊ !
आकाशमा कुन दिशा-तिरबाट आयौ ?
त्यो स्निग्ध, सुन्दर छटा कसबाट पायौ ?

त्यो दिव्य रूप कसले रचना गरेछन् ?
त्यो मोहनी मधुरिमा कसले भरेछन् ?
हौ अप्सरा गगनकी कि त किन्नरी हौ ?
यी नेत्र मोहित भए ! कति सुन्दरी हौ ?

 

Continue reading


धर्ती विवाह

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

आहा ! लग्न आसारको छ बढिया बर्सातको साइत
भिज्दो मस्त उमङ्गमा प्रकृति नै बन्दै गयो सज्जित
माला नव्य उनेर मेघ वर झैं आकाशमा मस्त छ
धर्ती सुन्दर बेहुलीसरि सयौं शृङ्गारमा व्यस्त छ !!

पात्रो वायु र जोखना क्षितिजको तारा बने कुण्डली
चोखा विप्र-बनेर मन्त्रविधिमा शैलेन्द्रका मण्डली
हाँस्यो हुर्हुर तापले चहकिँदै यज्ञाग्नि झैं भास्कर
थाले पल्लव फेरिँदै लगनको आयोजना सुन्दर !!

 

Continue reading


प्राकृत संवाद [भाग : दुई]

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

हात्तीका शिरमा बसेर भुसुना हल्ला गरी जिस्किए
“फुक्ने छौं गजराज ! तिर्र मुरली ती सूँढ सित्तैँ दिए”
बोले कुञ्जर “मूर्ख लट्ठु भुसुना ! यी सूँढ थेग्छन् मुरी
छन् तिम्रा परमाणुतुल्य थुतुना ! के फुक्दछौ बाँसुरी ?”

राम्रा पुष्प चुमीचुमी भ्रमरका ताँती बसे जिस्किन
“देओ मिष्ठ सुगन्ध हे कुसुम हो ! छौं व्यग्र माया दिन”
बोले पुष्प ” नशा भुली भ्रमर हो आत्मीयता ल्याउनू
सच्चा प्रेम दिने-लिने मन भए वार्द्धक्यमा आउनू !”

 

Continue reading


बहरबद्ध गजल

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

सखी ! मस्त तिम्रा कुराले फसाए
अझै टम्म नाडी, चुराले फसाए !!

कतै हातमा नै दियौ स्निग्ध नौनी
उता नेत्रका ती छुराले फसाए !!

उकालो हिँडी रोकिएँ कन्दरामा
तिखा शैल हुन् या ! जुराले फसाए !!

 

Continue reading


प्राकृत विवाह

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

खोज्छिन् धरा सुन्दर बैंससाथी
झिम्क्याउँछन् अम्बर नेत्र माथि
दुवै दुवैका मनमा पसे झैं
देखिन्छ माया गहिरो बसे झैं !!

तात्छिन् धरा वृष्टि पुकार गर्दै
आकाश बोल्छन् जलकुम्भ भर्दै
मानौं दुवैका मन साटिए झैं
विवाहको उत्सव आँटिए झैं !!

 

Continue reading


बहरबद्ध गजल

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

सबै याम उस्तै भलो हुन्न नानी
जता देख्छ होचो उतै बग्छ पानी !!

मुना-पालुवा हो बुझी भोग्न जाने
नजाने दशाको चुरो हो जवानी !!

दशाकै जरा हुन् महामोह, चिन्ता
बुझी त्याग्न जाने उही आत्म-ज्ञानी !!

 

Continue reading


विचार र दृष्टान्तः भाग पाँच

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

धामा गरे सफलता वश पर्छ पर्छ
आहार तान्छ कमिलो जति पल्ट झर्छ
अल्छी र निष्क्रिय बने पर सर्छ मौका
के सिन्धुको तट कुरी अघि बढ्छ नौका ?

ज्यादै विशाल सपना लिनु हुन्न जाती
लौरो लिई सगर को छुन सक्छ माथि ?
बेकारको लगनले पछि दिन्छ धोका
लाखौं प्रयास गरियून् ! अडिँदैन फोका !!

 

Continue reading


मृत्युलाई पछार !!

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

भुज-पयर गलायो वृद्धताले सतायो
अति शिथिल जवानी लौ न होसै हरायो
अति कमसल आँखा, केश नै फुल्न थाल्यो
अघिपछि-तिर लौरो साथमा डुल्न थाल्यो !!

पतझर वनपाखा फेरिई पात लाग्छन्
चिरबिर चिडियाका कण्ठले प्रात डाक्छन्
शिशिरपछि लताले वृक्षमा बाट्छ चुल्ठो
तर गजब ! जवानी फिर्न जान्दैन उल्टो !!

 

Continue reading


सपनाकी प्रियतमा

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

बन्यो गाढा तन्द्रा भुसुभुसु सुते लोचनहरू
सिरानीमै टुङ्गे क्षणिक रतिका गन्थनहरू
भयो फिक्का बोली अवयव निदाए शयनमा
उदाइन् रम्भा झैं झलल सपनाकी प्रियतमा !!

सुगाको झैं बोली हरिण-सरि सङ्ला नयन छन्
गलामा गीताका हरफ-सरि मीठा वचन छन्
परेलीका ताँती झिमझिम अहो ! सुन्दर छटा !
घसेका गालामा जलरहित सेता घनघटा !!

 

Continue reading


बहरबद्ध गजल

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

सफर भुल्न थाल्यो स्वयम् जीवनीले
धकेले चुलो, पथ, पिँढी आँगनीले !!

तिमी सूर्य छेकी समर जित्छु भन्छौ
क्षितिज के उघार्ला ठुटे चाँदनीले ?

खसाल्यौ मुलुकका ध्वजायुक्त टाला
कहाँ छोप्छ लज्जा झिनो कन्धनीले ?

 

Continue reading


नझिम्कार्इ परेली

Jaya, Kumar, Poudel, जय कुमार पौडेल, pallawa, पल्लव

जय कुमार पौडेल

वारि र पारि नपरे जारि पिरती सजाउनी
त्यो जारी मैले तिरौला कहाँ माया नै नरहे ।

छ दायाँबायाँ तिम्रै छायां हो बाटो देखाउनि
मधुर मिलन ति देखौला कहाँ छायां नै नरहे ।
खाली खल्ति हुदैन गल्ती क्षमा छ रिसानी
पाउ छुनभनि निहुरौला कहाँ भुल नै नरहे ।।

 

Continue reading


बहरबद्ध गजल

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

न घर हुन्छ ठूलो न धन नै रहेछ
सदा साथ बस्ने त मन नै रहेछ !!

पलकका पलकमै विछोडिन्छ माया
दिगो टिक्न गाह्रो मिलन नै रहेछ !!

तिमी योग्यताको सदा भर नपर्नू
बढी शक्तिशाली “भजन” नै रहेछ !!

 

Continue reading


जय कुमार पौडेलका पाँच गजल

Jaya, Kumar, Poudel, जय कुमार पौडेल, pallawa, पल्लव

जय कुमार पौडेल

गजल– १,
पिरातिको नाटक गरि एक भुल गरेर जाउ
कोपिलामै छोएर जवानिको रस हरेर जाउ।

हराभरा घासे मैदान सन्झी छुस्स चरेर जाउ
कलेजी ओठमा उमङ्गको लाली भरेर जाउ।

आशाहिन फूलको बोट्मा पानी छरेर जाउ
कोपिला लाग्ने बेलामा पात चट्ट झरेर जाउ।

 

Continue reading


चन्द्रमा र गुण

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

हे चाँदनी ! तल जगत्-तिर घुम्न आऊ
आफ्नो सुरम्य इतिहास सबै सुनाऊ !
आकाशमा कुन दिशा-तिरबाट आयौ ?
त्यो स्निग्ध, सुन्दर छटा कसबाट पायौ ?

त्यो दिव्य रूप कसले रचना गरेछन् ?
त्यो मोहनी मधुरिमा कसले भरेछन् ?
हौ अपसरा गगनकी कि त किन्नरी हौ ?
यी नेत्र मोहित भए ! कति सुन्दरी हौ ?

 

Continue reading


जय कुमार पौडेलका तीन गजल

Jaya, Kumar, Poudel, जय कुमार पौडेल, pallawa, पल्लव

जय कुमार पौडेल

गजल– १,
रोस्ट र टोस्ट बनाउन सिक्या छौ रे
खोले फांडो सिस्नु पकाउन जान्या भए हुन्थ्यो।

आफ्नै भाग्यले खाने जिउने भन्छौ रे
भट्ट भुटी गुन्द्रुक उमाल्न जान्या भए हुन्थ्यो।

चिकेन पिजा तन्दुरी नभै खादैनौ रे
चाना र सिन्की सुकाउन सिक्या भए हुन्थ्यो।

 

Continue reading


गजल

Jaya, Kumar, Poudel, जय कुमार पौडेल, pallawa, पल्लव

जय कुमार पौडेल

भन्छन यहाँ फलानो पार्टिमा खराबी छ
सत्तामै बसि मनपरि बोल्छ रे सराबी छ ।

बुझदैन कोइ माथी थुक्दा तलै झर्छपर्छ
दुई जिब्रेहरू चोर डांका भन्दा हरामी छ ।

सोझासाझा सच्चा देशभक्त हार खान्छ
काला बांदरको हातमा देशको चाबी छ ।

 

Continue reading


जय कुमार पौडेलका जोर कविता

Jaya, Kumar, Poudel, जय कुमार पौडेल, pallawa, पल्लव

जय कुमार पौडेल

कविता– १,
‘बिषालु सर्पले झै आज पो डसेर गै रे’
तिम्रै लागि कमाउन बिदेश गयो लाहुरे
परिबन्दले उनि अन्तै पो फसेर गै रे।
खाको ऋण तिर्नलार्इ परदेशमा लाहुरे
समाजको नजरदेखी पो खसेर गै रे।

लप्पनछप्पन नजानेको त्यो सोझो लाहुरे
बैशले मात्तिएर खरानी पो घसेर गै रे
महिनै पिच्छे कमाएर पठाउथ्यो रे लाहुरे
भारी पुग्नेगरि पोको पो कसेर गै रे।

 

Continue reading