कथैकथा

Indra, Kumar, Shreshth, Sharit, इन्द्रकुमार श्रेष्ठ सरित्, pallawa, पल्लव

इन्द्रकुमार श्रेष्ठ सरित्

कति लेख्नु कागजी बाघको कथा
खराबको कथा
असलको कथा
नदेखेको स्वर्ग धर्तीमै पाउने कथा
यी पनि यथाथॅ हैनन्
मात्रै हुन कि मन बहलाउने कथा

को ठीक, को बेठीक
समयले परिभाषा फेरिसक्यो
परिभाषालाई नै आफू अनुकूल बनाउने
एकभन्दा एक विभीषण जन्मिसक्यो
सत्य पनि हो कि अब मात्र एउटा कथा

 

Continue reading


म एउटा आवाज, बोल्छुI

Indra, Ter , - इन्द्र टेर, pallawa, पल्लव

इन्द्र टेर

ऊ पारि क्षितिजमा
एउटा अधकल्चो मानव
महामानवको खोल ओढेर
सयकडौ मानवमुंडहरूका शृंखला शिरमा सजाएर
हिमाल हाँसेझैं उन्मत्त हाँसो भर्छ!
मेरो वस्तिमा समेत
त्यस उन्मत्त हाँसोका ज्वारहरु र परकम्पहरु आउँछन्, विलाउँछ्न्,
आउँछन् बिलाउँछन्, आउँछन् बिलाउँछन्I
चर्चा हुन्छ सखारै
कि रातभरिको अनुष्ठानमा
त्यस अधकल्चो मानवले आफूजस्तै सय्यौ अधकल्चा मानवहरू जन्माएर
धरतिभरि फिंजाइसकेछ, र
अट्टहास गरिरहेछ
उपहास गरिरहेछ
परिहास गरिरहेछ—

Continue reading


विद्यार्थीलाई मन नपर्ने भानुभक्तीय कविता

Indra, Kumar, Shrestha,इन्द्कुमार श्रेष्ठ,pallawa, पल्लव

इन्द्कुमार श्रेष्ठ

कोठामा सजिऊन् प्रबुद्ध जनका फोटाहरु जग्मग
गम्कोस् धूप बिहान शुद्ध तन भै कोठाभरी मग्मग
होओस् एक सफा सिराननजिकै पढ्ने ठूलो तालिका
अङ्गेजी गणितै विज्ञान अरु हुन् पुस्तक शास्त्रादिका ।

मोबाएल नहोस् कुनै बखतमा हातमा सधैं पाठ होस्
कक्षामा रहँदा र बाहिर हुँदा सिक्ने कुरा चाख होस्
मेरो काम छ के म पढ्छु किन हो भन्ने कुरा सम्झनू
पासै हुन्न म र्व्यर्थ पढ्दिन बरु यस्ता कुरा बिर्सनू ।

 

Continue reading


हलीदाइ

Indra, Kumar, Shrestha,इन्द्कुमार श्रेष्ठ,pallawa, पल्लव

इन्द्कुमार श्रेष्ठ

टालेको भोटो मैलो छ टोपी बिचरा हलीदाइ
हलो र जुवा बोकेर जान्छन् दिनहुँ जोत्नलाई ।
पाखुरा नाङ्गा काला न काला जीउ नै अर्को भो
फुटेर खुट्टा चर्चरी दुवै रगत्को धर्को भो ।

सर्ुर्तीले दाँत कालाम्मे भा’छन् माझन नि जान्दैनन्
‘बेलामा मैले पढेको भए …’ भन्ने नि ठान्दैनन् ।
बङ्गरा छैनन् पैंसठ्ठी नाघे हलो नै प्यारो छ
जोतेर पा’को निमेकले जहान पाल्न नै गाह्रो छ ।

 

Continue reading


बहरबद्ध गजल

Indra, Lama, Bhabuk, इन्द्र लामा भावुक , PALLAWA, पल्लव

इन्द्र लामा भावुक

नखोतले त्यो कला तिमीमा, कहाँ खुबी मिल्छ जिन्दगीमा
जवान भन्दै बसेर मात्रै, कहाँ बुढी मिल्छ जिन्दगीमा

छ रात झैँ अन्धकार कालो, यहाँ सधैं हुन्न रे उज्यालो
अभावको मार मा मलाई, कहाँ शशी मिल्छ जिन्दगीमा

नपाइने रैछ पुर्पुरोमा, नलेखिएको कुनै कुरा नि
भएँ अभागी म कर्महारा, कहाँ परी मिल्छ जिन्दगीमा

 

Continue reading


भन्छन् टीका लगाउने !

Indra, Kumar, Shrestha,इन्द्कुमार श्रेष्ठ,pallawa, पल्लव

इन्द्कुमार श्रेष्ठ

बोलीपिच्छे गरी पाप धर्मको स्वाङ गर्दछन्
देवताको पूजागर्न अगाडि सब र्सदछन्
ढोग्छन् चिल्ला कतै ढुङ्गायत मूर्ति उज्यालिने
श्रद्धा भक्ति गरी धेरै भन्छन् टीका लगाउने !

अरुको लिन जानेको जानेको छैन रे दिन
दयामाया हराएर बनेको निठुरी किन र?
तैपनि व्रत बस्ने रे उसै हल्ला जगाउने
कस्तो बानी भयो फेरि भन्छन् टीका लगाउने !

 

Continue reading


अब मिल्नुपर्‍यो

Indra, Kumar, Shrestha,इन्द्कुमार श्रेष्ठ,pallawa, पल्लव

इन्द्कुमार श्रेष्ठ

बुझ लोक भरी यसकै रमिता
कुन सृष्टि ? विना शशि औ सविता
अब यी दुइटै नमिलिकन ता
भन हुन्छ कहाँ ? जननी र पिता ।

यदि भुल्न पुगे महिमा उनले
तब गर्व गरी सजिने कुनले ?
सब आस निराश हुने नहुने
भुइको भुइँमै शिर त्यो नछुने ।

 

Continue reading


बाँचे पनि तिमीलाई . . . . .

Indra, Kumar, Shrestha,इन्द्कुमार श्रेष्ठ,pallawa, पल्लव

इन्द्कुमार श्रेष्ठ

तिम्रो हाम्रो सम्बन्धलाई शीतको थोपा मान्नुपर्ला
बाँचे पनि तिमीलाई मरेकी नै ठान्नुपर्ला ।

मैले विश्वास गरिरहें तिम्रो जाली हेराइमा
त्यसै त्यसै लोभिइरहें तिम्रो खाली बोलाइमा
सपनाझैं भयो आज डुबाएर मलाई फाल्यौ
छटपटी मलाई यता तिमी उता हाँस्न थाल्यौ ।

 

Continue reading


गजल

 

Indra, Kumar, Shrestha,इन्द्कुमार श्रेष्ठ,pallawa, पल्लव

इन्द्कुमार श्रेष्ठ

शिरमा सधैं फूल सजाउनू तिमीले
भेट्ता मलाई लजाउनू तिमीले

मन लागे आऊ मेरो मनैमा
अरुको मनमा नधाउनू तिमीले

म तिम्रो भक्त उल्टो मेरो नै
बदनाम गरी के पाउनु तिमीले

 

Continue reading


अर्को जुनीको आशामा . . . . .

Indra, Kumar, Shrestha,इन्द्कुमार श्रेष्ठ,pallawa, पल्लव

इन्द्कुमार श्रेष्ठ

तिमीलाई छुन नपाए नि बोल्न कतै पाउँला
बोल्न पनि नपाएमा हेर्नसम्म पाउँला
हेर्न पनि पाइनँ भने हृदयमा ल्याउँला
सम्झी सम्झी सम्झिएरै तिम्रै छेउमा आउँला ।

भूगोलमा टाढा हौली कति हो र टाढा
जति टाढा भए पनि माया मीठो गाढा
तिमी पनि बस्ने आखिर यही धरतीमा
म पनि त बाँचेकै छु तिम्रै पिरतीमा ।

 

Continue reading


लौन कोही छौ कि ???

Indra, Kumar, Shrestha,इन्द्कुमार श्रेष्ठ,pallawa, पल्लव

इन्द्कुमार श्रेष्ठ

तिमी पनि अरुजस्तै राष्ट्रघाती हौ कि
नेपालको माया गर्ने लौन कोही छौ कि !

आशाहरु देखाएर हामीलाई मख्ख पार्‍र्यौ
गाउँको घर छाडी डेरा सहरतिर सार्‍यौ
सहरमा रहर बढ्यौ त्रि्रो मनभित्र
रहरमा पाप फल्यो रङ्गीचङ्गी चित्र ।

 

Continue reading


गजल

Indra, Kumar, Shrestha,इन्द्कुमार श्रेष्ठ,pallawa, पल्लव

इन्द्कुमार श्रेष्ठ

गालामा डण्डीफोर आओस् तिम्रो
दाँत किराले खाओस् तिम्रो ।

त्यो सलक्क परेको कपालमा
माकुराले गुँड लाओस् तिम्रो ।

हातखुट्टाहरु पटपटी फुटून्
सौर्न्दर्य उडेर जाओस् तिम्रो ।

 

Continue reading


फोनको पिरलो

Indra, Kumar, Shrestha,इन्द्कुमार श्रेष्ठ,pallawa, पल्लव

इन्द्कुमार श्रेष्ठ

यो मोबाएल ‘अफ’ गरुँ भने पनि

तिम्रो फोन आउँथ्यो कि भन्ने पीर लाग्छ
यो मोबाएल ‘अन’ गरुँ भने पनि

तिम्रो फोन आउँछ कि भन्ने डर लाग्छ
मैले नै तिमीलाई फोन गरुँ भने पनि
‘कुन बेला पर्ने हो’ भन्ने त्रास लाग्छ
फोनै नगरी बर्सूँ न त भन्दा पनि
‘कस्तो निष्ठुरी !’ भन्छ्यौ कि भन्ने शङ्का लाग्छ ।

 

Continue reading


गजल

इन्द्र पुन मगर

जवाफ
तह तह जून लागेको रात भुल्दैन सानू।
सम्जन्छु हरक्षण यहिँ बाट भुल्दैन सानू।।

आउँदैहोला हुलाके दाई मेरो हृदय बोकेर,
तिम्ले देको जीबन भरी साथ भुल्दैन सानू।

Continue reading