हिरा गौतम ‘हिरु’ का केही मुक्तकहरूः

Hira, Gautam, Hiru, हिरा गौतम ‘हिरु’ , pallawa, पल्लव

हिरा गौतम ‘हिरु’

उसको र मेरो जिन्दगी वारपार भएपछि
बीचैमा बार्न लाई काँडे तार भएपछि
तिमी कति उसैको नाम जब्दै बस्छौ
अर्कैसँग जवरजस्ती घरबार भएपछि ।।

मनको कुरा बोले पो थाहा हुन्छ
रहरका पोका खोले पो थाहा हुन्छ
पारी रुखको फल पाक्यो पाकेन
वेल पाकेको फोडे थाहा हुन्छ ।।

 

Continue reading


१६ अक्षरीय गजल

Sapcota, Hiru, हिरू सापकोटा, pallawa, पल्लव

हिरू सापकोटा

विम्ब हेर्दै प्रतिविम्ब जगाउने रहर मेरो
आफ्नै रूप लावण्यमा रमाउने रहर मेरो ।

मेरो कथा यही नै हो परिभाषित जस्तो गर
चन्द्रमालाई हत्केलामा खेलाउने रहर मेरो ।

यो जिन्दगी बहुरूपी आकाशजस्तै हुन्छ साथी
माया पाउने रहर तिम्रो ,तड्पाउने रहर मेरो ।

 

Continue reading