हिरा भट्ट का जोर कविता

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

१) त्यो दसैं पो दसैं
खोर म्याँम्याँ गरी गाउँ हल्लाउँथे
व्यस्त जाँतो ढिकी साँझमा आउँथे
साँझले बाल्दथ्यो तेल प्यूँदै टुकी
ज्योतिले छाम्दथ्यो चाडको ढुक्ढुकी
।१।
भोकले डाक्दथ्यो शीघ्र चिम्नी-धुवाँ
मृत्तिका गन्धको साथ आमा बुवा
झ्याउरे गीतमा नाच्दथ्यो रेडियो
लाहुरे दाइको काँधमा जो थियो
।२।

 

Continue reading


छाती भरी देश छ

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

यौटा दृश्य छ चर्म चक्षुसितको नाता रुचाउन्न जो
यौटा नृत्य छ सृष्टिमा अटलता आभा गुमाउन्न जो
वासन्ती पलका उषा किरणमा क्यै लिप्त सन्देश छ
जङ्घा तुल्य मधेस शैल शिरमा छाती भरी देश छ
।१।
मेची चुम्छ तमोरका तटतटै कोशी झरेको मन
कालीको जल बन्छ टेक्छ पलमै सैपालको आँगन
ए आमा जुन दुग्ध साथ चुलियो छाती यही बेस छ
जङ्घा तुल्य मधेस शैल शिरमा छाती भरी देश छ
।२।

 

Continue reading


दिन्छौ कि तिम्रो मसी ?

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

राष्ट्रकवि प्रति
गौरीको म कुरा गरूँ र कसरी जो भावनामा घुल्यो
तिम्रो रूप बनी विशाल दिलमा जो फूल फक्र्यो फुल्यो
लेख्ने लक्ष्य लियो सिकारु दिलले माटो धराको घसी
लेख्थेँ सुन्दर देशको म कविता दिन्छौ कि तिम्रो मसी?
।१।
झन्डा एक लिई समस्त युगको गाथा म लेखूँ कि त?
को हूँ? उत्तर छैन सोध्दछु कवे! यो प्रश्न आफैं सित
लाखौं भाव सुधा बनेर दिलका बग्छन् धरामा खसी
लेख्ने लक्ष्य छ दिव्य छन्द कविता दिन्छौ कि तिम्रो मसी?
।२।

 

Continue reading


“कलममा निर्मला” १५ श्लोकमा नियाल्दा

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

१)चीँचीँ चरी निर्मला
हाँसो माझ छ अश्रुताल गहिरो हाँसूँ म खै के गरी?
कैयौं अक्षर लामबध्द उभिए गाँसूँ म खै के गरी?
आशीर्वाद रहोस् सधैं कलममा उर्ली बगून् शारदा
दोस्रोपल्ट कदापि लेख्नु नपरोस् यो आँसु बोक्ने कथा
।१।
कल्ले उन्छ वसन्तमाझ पगरी ती फूल सारा सुके?
छाती हुन्छ विशाल सिन्धु कसरी थोपा र धारा लुके?
मेरै फूल बगानमा किन पस्यो निर्मुक्त चैते हुरी?
ढोकामै किन बस्छ क्रूर युगको जालो बुनी माकुरी?
।२।

 

Continue reading


“कलममा निर्मला” शुभारम्भ

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

चीँचीँ चरी निर्मला
हाँसो माझ छ अश्रुताल गहिरो हाँसूँ म खै के गरी?
कैयौं अक्षर लामबध्द उभिए गाँसूँ म खै के गरी?
आशीर्वाद रहोस् सधैं कलममा उर्ली बगून् शारदा
दोस्रोपल्ट कदापि लेख्नु नपरोस् यो आँसु बोक्ने कथा
।१।
कल्ले उन्छ वसन्तमाझ पगरी ती फूल सारा सुके?
छाती हुन्छ विशाल सिन्धु कसरी थोपा र धारा लुके?
मेरै फूल बगानमा किन पस्यो निर्मुक्त चैते हुरी?
ढोकामै किन बस्छ क्रूर युगको जालो बुनी माकुरी?
।२।

Continue reading


गजल

Hira, Khadka, Adhikari, हिरा खड्का अधिकारी, pallawa, पल्लव

हिरा खड्का अधिकारी

गाउँघरमा फरिया र चोली छोडे आज
आमा जस्तो पवित्र त्यो बोली छोडे आज

कठै ! सारा अनुशासन छोड्दै जाँदा खेरी
रेड लाइट र जुवा घर नै खोली छोडे आज

विवाहमा आजकल कार मोटर लैजानाले
पुरानो त्यो ताम्दानी र डोली छोडे आज

 

Continue reading


हिरा भट्ट‎ का जोर कविता

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

१) नेपाली मन
लाखौं कोस उडेर टेक्छ पलमै प्यारो हिमाली वन
फर्की उड्छ पहाडका वनवनै छाम्दै तराई मन
पानी सर्वत जाउलो रसद क्यै चाहिन्न क्यै इन्धन
हेर्दै प्वाँख नभै उडेछ कविता मेरो बयेलीमन
।१।
रोएका गह-आँसुमा छ पलमै आँखा लुकाई रुँदो
हाँसेका दहमा डुबी निमिषमै बिर्स्यो कुरा आँसुको
लट्टाई नभई उड्यो गगनमा चङ्गा बनी फन्फन
हेर्दै आज जहाज भो नि कविता मेरो बयेलीमन
।२।

 

Continue reading


हिरा भट्ट का जोर कविताः

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

१) गङ्गामाया
पैलो टुक्रा मृदुल दिलको पुत्रका लास साथ
दोस्रो टुक्रा पति-निधनको आँसुका सिन्धु माझ
तेस्रो टुक्रा दिल चुँडिलग्यो ज्येष्ठ-मातृत्व चङ्गा
टुक्राटुक्रा दिल सँगसँगै बग्दछिन् मौन गङ्गा
।१।
तड्पी तड्पी अगणित व्यथा घाउमा वेदनामा
भिक्षा रूपी मन मनुजता माग्दछिन् एक आमा
लाखौं बन्छन् नयनजलमा आशका दिव्य फोका
प्यासी गङ्गा मनुजदिलको माग्दछिन् आज थोपा
।२।

Continue reading


“आमा” दुख्यौ के गरूँ ?

खोकीले मधुमेहले अपचले यो देह हल्लाउँदा

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट ”सर्वनाम”

हाडे रेबिज भ्यागुते र खटिरा म्यादे-ज्वरो आउँदा ।
जे मिल्थ्यो विष-औषधी मुसुमुसू हाँसेर खान्थेँ बरु।
आमा! आज त चस्स चस्स मुटुमा “सुस्ता” दुख्यो के गरूँ ??

मेरै वक्ष-बगान सिञ्चित गरी मेची र काली जल
लाखौँ लाख सुसेल्दथे हृदयका संवाद ती कल्कल ।
रोयो व्याकुल भो सुक्यो दिल-घडा पानी कहाँको भरूँ ?
आमा ! आज त चस्स चस्स मुटुमा “कोशी” दुख्यो के गरूँ ??

 

Continue reading


हिरा भट्ट का तीन कविता

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट ”सर्वनाम”

१) आमाको सम्झना
आमा आज म जान्छु कान्तिपुरमा पुग्नेछु छिट्टै भरे
प्रज्ञाले प्रतियोगिता चरणमा निम्तो गरेकी छ रे ।
जस्तो चातक चाल त्यो गगनमा उस्तै धराको व्यथा
प्रज्ञा माझ सुनाउनेछु जननी माटो मुछेको कथा ।।

माटो रुन्छ असह्य हुन्छ मुटुमा क्वै मौनता छाउँछ
आमाको शिशुकालको र घरको झल्को झनै आउँछ ।
सोच्दैमा पनि दृष्टि बन्छ मधुरो आँखा बने टिल्पिल
आमा खोज्छु म भोलि कान्तिपुरमा “मेरो बगेको दिल” ।।

 

Continue reading


हिरा भट्ट का जोर कविता

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट ”सर्वनाम”

१) पात्रो सुधारौँ अब
पात्रो खेत भरी असार दुलही शृंगारमा आउँथ्यो
बाजा मेघ बजाउँथ्यो गगनले पीयूष बर्साउँथ्यो
माटोमा दिल नै चुहे सरि हुने भै स्याखु मेरो गिलो
ती रोपार र बाउसे सँगसँगै नाच्थ्यो असारे हिलो

कुद्थे मोटर वेगमा हुरुरुरू तारे र माले जब
दाँते माझ म नाच्दथेँ घर घरै नाँच्थ्यो भकारी तब
सुन्ने को छ र यो बडा सहरमा पोखूँ कुरा कोसित
पात्रो भित्र असार रुन्छ जननी पात्रो लुकाऔँ कि त

 

Continue reading


मेरो बगेको दिल

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट ”सर्वनाम”

बर्षामास चल्यो बतास छिनमै दर्केर पानी पर्‍यो
चौपाया र जहान साथ दिलमा उर्लेर कोशी झर्‍यो
क्वै कङ्काल र भग्न-खण्ड छरिए कोशी किनारा तिर
खोजूँ खै म कता? कता अलप भो मेरो बगेको दिल
।१।
कोही भन्छ बिहान साझ दिउँसो टिस्टा पुगी हाँस्छ रे
कोही भन्दछ जादु झैँ निमिषमै किल्ला पुगी नाच्छ रे
के भो कुन्नि छ स्वाभिमान मुटुमा भूकम्प झैँ हल्चल
कोही बोल न बोल आज छ कता मेरो बगेको दिल
।२।

 

Continue reading


हिरा भट्टका जोर कविता

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट ”सर्वनाम”

१) मालती
राम्री छ्यौ ,ऋतु-राजका गगनको क्वैली सरी गाउछ्यौ!
चिन्ता लाग्दछ यौबना किन तिमी यो साँझमा आउछ्यौ?
खाली छैन कुनै कुना-हृदयको, जिद्धी गरेको कति?
सिंगो देश जलीरहेछ पिरती ”लाइन्न भो मालती”!

हाँस्थ्यो देश भने खुला पवनमा लान्थे टपक्कै टिपी!
छाती भित्र रुँदैछ-देश, तर त्यो उस्तै छ तिम्रो ढिपी!!
‘ढुंगे-मन्दिरमा’ झुटा कसम ती ”खाइन्न भो मालती”!
सिंगो देश जलीरहेछ पिरती ”लाइन्न भो मालती”!

 

Continue reading


हिरा भट्ट का जोर कविता

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट ”सर्वनाम”

१) “नारी गुञ्जन”
रामे भन्छ हिमालमा छ कविता ल्याऊ न दाजै टिपी
झर्नाको जलभित्र बग्छ कविता गर्दैछ श्यामे ढिपी
आमाको स्वर पो बुलन्द सुनियो “मिथ्या सबैका कुरा
मेरै आँचलमा नियाल सब ती झर्ना गुफा टाकुरा”
।१।
सन्ध्याकाल छ सुँक्क सुँक्क ननिको चीत्कार चिच्याहट
बिच्छी सर्प विराज दूर घरमा देखिन्छ क्वै बालक
वाणी एक विलीन भो हृदयमा “लम्की हिँडेको कता
पन्छेकी कविता छ छाउघरमा भो भो नजाऊ त्यता”
।२।

 

Continue reading


हिरा भट्ट को कविता

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट ”सर्वनाम”

रामे भन्छ हिमालमा छ कविता ल्याऊ न दाजै टिपी
झर्नाको जलभित्र बग्छ कविता गर्दैछ श्यामे ढिपी
आमाको स्वर पो बुलन्द सुनियो “मिथ्या सबैका कुरा
मेरै आँचलमा नियाल सब ती झर्ना गुफा टाकुरा”
।१।
सन्ध्याकाल छ सुँक्क सुँक्क ननिको चीत्कार चिच्याहट
बिच्छी सर्प विराज दूर घरमा देखिन्छ क्वै बालक
वाणी एक विलीन भो हृदयमा “लम्की हिँडेको कता
पन्छेकी कविता छ छाउघरमा भो भो नजाऊ त्यता”
।२।

Continue reading


“आमा” दुख्यौ के गरूँ ?

Hira, Bhatta,हिरा भट्ट ''सर्वनाम'', pallawa, पल्लव

हिरा भट्ट 

खोकीले मधुमेहले अपचले यो देह हल्लाउँदा
हाडे रेबिज भ्यागुते र खटिरा म्यादे-ज्वरो आउँदा ।
जे मिल्थ्यो विष-औषधी मुसुमुसू हाँसेर खान्थेँ बरु।
आमा! आज त चस्स चस्स मुटुमा “सुस्ता” दुख्यो के गरूँ ??

मेरै वक्ष-बगान सिञ्चित गरी मेची र काली जल
लाखौँ लाख सुसेल्दथे हृदयका संवाद ती कल्कल ।
रोयो व्याकुल भो सुक्यो दिल-घडा पानी कहाँको भरूँ ?
आमा ! आज त चस्स चस्स मुटुमा “कोशी” दुख्यो के गरूँ ??

 

Continue reading


अनलाइन

hira, kaji, kumal, हिराकाजी कुमाल, pallawa, पल्लव

हिराकाजी कुमाल

“हेल्लो ! अनुभव जि नमस्कार ।”
मेरो पनि नमस्कार! आराम हुनुहुन्छ ?
“हजुर ठिकै छु, तपाईंलाई कस्तो छ ?”
म पनि ठिक छु ।
एउटा साहित्यिक पेज मार्फत देखादेख भएपनी हाम्रो बोलचाल भएको थिएन। म साहित्यमा रमाउने मान्छे । गजल, मुक्तक केहि छोटा कथाहरू पनि लेखेर पोस्ट गर्थें। उहाँ पनि फाट्टफुट्ट लेख्नुहुन्थ्यो। उहाँले मेरोमा मैले उहाँको मा लाइक कमेन्ट गर्न सायदै छुट्थ्यो।  निकै अगाडिदेखि’नै बोल्न मन खोजिरहेको कुरा व्यक्त गर्नुभो। यहाँ मेरो फुर्सदिलो काम छ । तपाईंको समय मिल्दा जतिसुकै बेला पनि बोलाउन सक्नुहुन्छ मैले भनेँ ।

 

Continue reading


‘सोंच’

hira, kaji, kumal, हिराकाजी कुमाल, pallawa, पल्लव

हिराकाजी कुमाल

म एक दशक लामो बिदेशको बसाइँलाई बिट मार्दै भर्खरै गाउँ फर्किएको थिएँ, अब आफ्नै देशमा सानोतिनो ब्यापार ब्यबसाय गर्ने सोंच लिएर । रामलाल दाजु गाउँमै पशुपालन गरेर बसेको थाहा पाएपछि केहि सल्लाह लिनुपर्‍यो भनेर उनैकहा पुगेको थिएँ। काका केहि दिनदेखि बिरामी परेर थला परेका रहेछन् । कुराकानीको क्रममा “आफ्नै देशमा परिवारको साथमा बसेर सानोतिनो ब्यापार ब्यबसाय गरेर खानलाउन पुग्छ भने किन जानुपर्‍यो बिदेश ? केटाकेटी पढाएको छु, मलाई पुगेकै छ, अलिकति बचत पनि गरेकै छु । विडम्बना गाउँका युवाजति सबै बिदेशिए दुखबिमार पर्दा अस्पताल लाने मान्छे समेत छैनन्” भन्नुभो रामलाल दाजुले।

 

Continue reading


‘‘सोंच’’

hira, kazi, Kumal हिरा काजी कुमाल pallawa, पल्लव

हिरा काजी कुमाल

म एक दशक लामो बिदेशको बसाइँलाई बिट मार्दै भर्खरै गाउँ फर्किएको थिएँ, अब आफ्नै देशमा सानोतिनो ब्यापार ब्यबसाय गर्ने सोंच लिएर । रामलाल दाजु गाउँमै पशुपालन गरेर बसेको थाहा पाएपछि केहि सल्लाह लिनुपर्‍यो भनेर उनैकहा पुगेको थिएँ। काका केहि दिनदेखि बिरामी परेर थला परेका रहेछन् । कुराकानीको क्रममा “आफ्नै देशमा परिवारको साथमा बसेर सानोतिनो ब्यापार ब्यबसाय गरेर खानलाउन पुग्छ भने किन जानुपर्‍यो बिदेश ? केटाकेटी पढाएको छु, मलाई पुगेकै छ, अलिकति बचत पनि गरेकै छु । विडम्बना गाउँका युवाजति सबै बिदेशिए दुखबिमार पर्दा अस्पताल लाने मान्छे समेत छैनन्” भन्नुभो रामलाल दाजुले ।

 

Continue reading


ॐ स्वाहा !!

hira, kazi, Kumal हिरा काजी कुमाल pallawa, पल्लव

हिरा काजी कुमाल

उता घरबाट कहिले आउँछस छोरा बिदा मिलाएर छिटो आइज भनेर बा फोन गरिरहनुहुन्थ्यो। यता बिदा लेखेर पेश गरेको दुई हप्तामा पनि पास भएको थिएन । हवल्दार मेजर, सुबेदार मेजरलाई कतिपटक भनें अहँ घर गएको अर्को नआइ तेरो बिदा पास हुन्न भन्ने उपाय नलागेपछि सिधै कार्यलय प्रमुखकोमा पेश गएँ समस्या बताएँ, पन्ध्र दिनको बिदा बल्लतल्ल दस दिनमात्र पास भयो।
तत्कालै हिँडिहालेँ साँझपख घर पुगेँ पर्सिको दिन बिहे छ टाढाको पाहुना आइसकेका सबै कराउन लागे बिदा मिलाएर छिटो घर आउन पर्दैन ? म मौन रहें । केटि पहिल्यै हेरिसकेको कुरो छिनोफानो गरि छोडेको घरमा सबै चाँजोपाँजो मिलिसकेको। सामान्य तरिकाले बिहे सम्पन्न भयो।

 

Continue reading