गजल

Hemraj, Dhungana, हेमराज ढुङ्गाना, pallawa. पल्लव

हेमराज ढुङ्गाना

बुझ्दै जाँदा बालुवाको घर रै छ जीवन,
चौतारीमा एक्लिएको बर रै छ जीवन ।।

कहिले भेट्ने कहिले छुट्ने सम्बन्धको बाटो,
यस्तै यस्तै नियती को भर रै छ जीवन ।।

जस्तो परे पनि आखिर हाँस्नु पर्छ भने,
भोगाईमा मलाई लाग्यो कर रै छ जीवन ।।

 

Continue reading


गजल

Hemraj, Dhungana, Hemraj Dhungana, उबििबधब, kNNj

हेमराज ढुङ्गाना

चौतारीमा पर्खी बस्छु, तिमी पनि आउने भए ।
छमछमी नाचिदिन्छु, तिमी गीत गाउने भए ।।

जिन्दगीका हरेक मोडमा, सहयात्री चाहिन्छ नै ।
छाँया बनी रौ’ला तिम्रो, साथ सधैं पाउने भए ।।

तन मन सबै सुम्पी दिन्छु, विश्वास लाग्छ भने ।
सयौं सयौं जुनी काट्ने, साँचो माया लाउने भए ।।

 

Continue reading


गजल

Hemraj, Pokharel, हेमराज पोखरेल, pallawa, पल्लव

हेमराज पोखरेल

सोह्र श्रृङ्गारमा सजिएर सिउँदो यसै खाली राखी
देउता पुजि फर्के भन्छिन तेलमा दियो बाली राखी

सु स्वास्थ्य र दिर्घायु को गरें भन्थिन कामना
देउता सामु आँखा चिम्ली कोइलामा धुप हाली राखी

धेरै गरें तिर्थ व्रत भाकल पनि गरें भन्छिन
छिटै भेट्न पाउँ भनी मनमा आसा पाली राखी

 

Continue reading


हेमराज ढुङ्गानाका मुक्तकहरूः

Hemraj, Dhungana, Hemraj Dhungana, उबििबधब, kNNj

हेमराज ढुङ्गाना

पिपल सँगै रोपेको बर नहुँदा
रातकाट्ने आफ्नो यौटा घर नहुँदा ।
कति रुन्छन् होला दुखेर मनहरू ?
आल्नै मान्छेहरूको नै भर नहुँदा ।।

मनको क्षेत्रफल नाप्ने नापि हुनुपर्ने,
कि यो मनको उजुरि लेख्ने कापि हुनुपर्ने।
लथालिंग भई छरिएर किन हिँड्छ यो मन,
यो मनमा पनि लाउन मिल्ने चापि हुनुपर्ने ।।

 

Continue reading


गजल

Hemraj, Budha, Magar,हेमराज बुढा मगर, p[allawa, पल्लव

हेमराज बुढा मगर

सधैं साझ प्याला पिएकै छु मैले !
पिए जति पैसा दिएकै छु मैले !

तिमीले मेरो ख्याल नगरे पनि ,
सधैं तिम्रो चिन्ता लिएकै छु मैले !

वेदना नै वेदनाले भरेको यो मन,
धुजा धुजा मुटु सिएकै छु मैले !

 

Continue reading


हेमराज बुढा मगरका केही मुक्तकहरू 

Hemraj, Budha, Magar,हेमराज बुढा मगर, p[allawa, पल्लव

हेमराज बुढा मगर

रोज्न त म सुखकै बाटोहरु रोजिरहन्छु।
के हुने हो भनी बेला बेला सोचिरहन्छु।
तेसैले त म आफ्नो भन्दा उसकै कुराले,
म यहाँ सधै भरी अर्को दुख भोगिरहन्छु।

मेरो मन बेसरी रोएको तिम्रो यादले होइन।
जिन्दगी दुखी हुनु पनि तिम्रो साथले होइन।
त्यस्तो नसोचकी म कुनै नराम्रो मन्छे होइन,
माया गरेको साचो हो तर कुनै घातले होइन।

 

Continue reading


हेमराज बुढा मगरका केही मुक्तकहरूः

Hemraj, Budha, Magar,हेमराज बुढा मगर, p[allawa, पल्लव

हेमराज बुढा मगर

आँखा भरी हिमचुली छ्ङ् -छ्ङ बग्ने खोला ।
केही फेरियोकि मेरो गाउँ अझै उस्तै होला ।
शुन्यलाग्छ घरसंसार शून्य लाग्छ मेलापर्व,
कसो गरि बिताउने हो मैले दुइदिने यो चोला ।

डुबिरहेछु म पिडामा यो मन रुदैछ।
आशु टुटेन आखामा यो मन रुदैछ।
बुढेस कालमा ठुलो रोगले समायो,
बिरामी हुनुहुन्छ आमा यो मन रुदैछ।

 

Continue reading