सदैव उत्साह छाईरहोस !

Hari, Dhakal, हरि ढकाल, pallawa, पल्लव

हरि ढकाल

आहौ ! क्या छ फुलेर मोहक खुबै, देखिन्छ रम्यै त है ।
राताम्यै छ गुराँसले नि खुबनै, पाखा पखेरा त है ।
नौला अङ्कुर पालुवा वनभरी, रातै र सेतै छ है ।
भो प्रारम्भ वसन्त ऋतुसित नै, वर्षै नयाँ यै त है ।

यो छेहत्तर साल मोह रसले, भै पूर्ण आयो घुमी ।
त्यो बोकेर वसन्तकै नवरसै, टुप्लुप्प आयो घुमी ।
वर्षै यो खुब स्वस्थ बनेर सब त्यो, देहै निरोगी बनोस् ।
पाएरै सुख शान्ति वर्ष सबकै, उत्कृष्ट ज्यादै बनोस् ।

 

Continue reading


हरिप्रिया रिजाल का जोर गजलः

Hari, Priya, Rijal, हरिप्रिया रिजाल,pallawa, पल्लव

हरिप्रिया रिजाल

गजल– १,
बिश्वास गर तिमी सँग कुरा लुकाउँदीन
जति पीर परोस् तिम्रो मन दुखाउँदीन ।

सगरमाथा जस्तै उच्च रहोस् शीर तिम्रो
झुक्न परे मै झुकुँला तिम्रो शीर झुकाउँदीन।

किताब बन तिमी म सुरक्षा गाता बनुला
हामी बीचको गोप्यता कसै सँग फुकाउँदीन।

 

Continue reading


गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल

साथी यो मनैको बनायो आँसुले
यो जीवन जिउन सघायो आँसुले ।

सुख र दुःखको साथी हो जिन्दगी
त्यसैमा रम्न पो बतायो आँसुले ।

नयनबाट खस्छन् सधैँ अश्रु धारा
थिए दु:ख–पीडा बगायो आँसुले ।

 

Continue reading


गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल,pallawa, पल्लव

हरिप्रिया रिजाल

मनैको साथी जो बनायो आँसुले।
जीवन जिउन पो सघायो आँसुले।

सुख त पाहुना झैं आउँछ जान्छ
साथ दिने मै हो बतायो आँसुले।

आँखा बाट खस्दै खस्दै अश्रुधारा
दु:ख पीडा सारा बगायो आँसुले।

 

Continue reading


हरिप्रिया रिजाल का जोर गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल,pallawa, पल्लव

हरिप्रिया रिजाल

गजल– १,
लगाउछ्न खोट मन भित्र दुख्छ
देखिदैन चोट मन भित्र दुख्छ ।

सहन्छु पीडा फरक पर्दैन भन्छु
लिए पनि अठोट मन भित्र दुख्छ ।

हिड्छ जो पानीमा मेटाउँदै पाइला
फेर्छ रूपको बनोट मन भित्र दुख्छ ।

 

Continue reading


गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल,pallawa, पल्लव

हरिप्रिया रिजाल

घरको काम त कति कति बिर्सिए
गजल लेख्दा लेख्दै पती बिर्सिए ।

समय जति सबै साहित्यले लिदा
ब्यापार भित्र हुने क्षति बिर्सिए ।

आउदिन माइत लेखिराख भन्छिन
प्यारी नन्द ती कलावती बिर्सिए ।

 

Continue reading


गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल

मनैको साथी बनायो आँसुले।
जीवन जिउन सघायो आँसुले।

सुख त पाहुना हो आउँछ जान्छ
साथ दिने मै हो बतायो आँसुले।

आँखा बाट खस्दै खस्दै अश्रुधारा
पिडा दुख सारा बगायो आँसुले।

 

Continue reading


गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल,pallawa, पल्लव

हरिप्रिया रिजाल

पवित्र हूँ म भन्थ्यो अपवित्र देखेँ
उसको मनको सारा सचित्र देखेँ ।

पुजारी हु भन्थ्यो शिकारी रहेछ
धेरै थरी नै उसको चरीत्र देखेँ ।

वास्नामय छ बाहिर अत्तर छर्केर
फैलिएको दूर्गन्ध उही मित्र देखेँ ।

 

Continue reading


गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल,pallawa, पल्लव

हरिप्रिया रिजाल

घर त एउटै छ ढोका धेरै छ्न
बिश्वास भन्दा धोका धेरै छ्न ।

पीडाको छ गाठो फुकाउँ कसरी
मनमा वेदनाका पोका धेरै छ्न ।

फुकाएँ भने नि छरलिन्छ फेरि
शब्द चुहिने खाले डोका धेरै छ्न ।

 

Continue reading


गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल

चरित्रमा नै पवित्रता आइरहोस सर्वदा
सात्विक कर्ममा मन छाइरहोस सर्वदा ।

मेरो चित्त नबनोस चञ्चल कहिल्यै पनि
आत्मा चैँ भक्ति भावतिरै जाइरहोस सर्वदा ।

शितल गङ्गाको तिरमा गर्दै छु काव्य साधना
मनले साहित्यामृत प्यूँन पाइरहोस सर्वदा ।

 

Continue reading


हरिप्रिया रिजाल का जोर गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल

गजल– १, 
थोरै चोट लाग्दा पनि रुन मन लाग्छ
थोरै दाग लाग्दा पनि धुन मन लाग्छ ।

पीडानै पीडामा मन तडपिएको बेला
छुन पाए आकाशको जून मन लाग्छ ।

चाहान्छु म खुसीहरू सबैलाई बाड्न
दु:ख – पीडा सबै लुकाउन मन लाग्छ ।

 

Continue reading


गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल

गोरी जन्मिए कोही भने त कोही काली हुने
बाबुबाटै लुटिँदा छोरीको गर्व खाली हुने ।

बिश्वास गर्ने खै कसरी हो? पबित्र नातामा
नाता भित्रै पनि मर्यादा मिचेर ववाली हुने ।

मालिकको घरमा काम गरेर बस्दाबस्दै
गोठालीको यौन शोषण गर्न वहाली हुने ।

 

Continue reading


गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल,

खुल्ला मैदानमा जीत होस वा हार होस
तर मानव जीवनमा जित्ने आधार होस ।

धेरै पटक लडेर आफैँ उठन जानिन्छ
प्रेममा हार वा जीत तर वारपार होस् ।

रणभूमिमा लडेर उठे पनि जीत हुन्छ
सानो वा ठूलो प्रमाण हुने पुरस्कार होस् ।

 

Continue reading


गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल

खुला गगनमा उडने चरी बनाऊ
पहरामा फुल्ने सुनाखरी बनाऊ ।

सुखमा मुस्कान छर्दै हाँसी दिन्छु
दुखमा आँखाबाट खस्ने झरी बनाऊ ।

मनको श्रृङ्गार सु-बिचारले धुन्छ
कल्पनाले स्वर्ग की नै परी बनाऊ ।

 

Continue reading


हरिप्रिया रिजाल का जोर गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल,

गजल– १,
धनछैन त के भो चलेकै छ यो जिन्दगी
खेतको धान जस्तै फलेकै छ यो जिन्दगी ।

मीठोखाना खानु अनि राम्रोनाना लाउनु
मलार्इ त दिनले छलेकै छ यो जिन्दगी ।

चुल्हो चलाउनु मात्र हैन रै’छ जीवन
तर आनन्दमा चलेकै छ यो जिन्दगी ।

 

Continue reading


गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल

खोजिन्छ यौटा यहाँ भेटिन्छ अर्कै
भनिन्छ अर्कै यहाँ लेखिन्छ अर्कै ।

भित्र जाल बुन्ने बेग्लै छ्न मान्छे
सबैको सामुन्ने उ भइदिन्छ अर्कै ।

म लाटो ग्राहाक टिक्नु कसरी ?
देखाइन्छ अर्कै यहाँ बेचिन्छ अर्कै।

 

Continue reading


गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल

तिमीलाई सडकमा न त देख्न सक्छु
साथमा नै राखौँ भने कहाँ थेक्न सक्छु ।

छैनन बा, आमा छैन, राष्ट्रको दायित्व
नत घच्घचाउँदै सिंह दरबार टेक्न सक्छु ।

बिकल्प नै छैन अरु भोकले चोरेर खान्छौ
सबैले पिट्छन देख्छु म, न त छेक्न सक्छु ।

 

Continue reading


हरि अचार्य का केही मुक्तकिय टुक्रहरूः

Hari, Acharya, हरि आचार्य, pallawa, पल्लव

हरि आचार्य

कहिलेकाही त जिन्दगिको बाटो तय गर्दा
गन्तब्यमा पुग्न गाह्रो छ है ! संघर्षमा पर्दा ।
सत्य निस्ठा साथी बनुन, गोरेटोमा हिड्दा
जिन्दगीको मजा यही अन्यायमा भिड्दा ।

टन्टलापुरी घाम छ लाईसेन्न्स रिन्युको चार्म छ
दिनभर लाईयो मुस्किलले राजस्व तिर्न पाईयो ।
राजस्व उठाउ तर कर तिर्नेलाई सुबिधा जुटाउ
जनताले तिर्ने करलाई कहर नबनाउ र नसताउ ।

 

Continue reading


गजल…….

Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल

झुटो कुरा गरी गरी हिड्न सकिएन
सत्य कुरा गरी मन जित्न सकिएन।

व्यवहारमा औंला बांगो बनाउनु छैन
औंला सोझो पारी घिउ झिक्न सकिएन।

खोजिन्छ यहाँ पानीलार्इ दूध बनाउन
साधुलाई चोर भनी पिट्न सकिएन ।

 

Continue reading


.गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल

स्वभाव अनुसारको नै चरीत्र हुन्छ
चोरको सधैँ चोरनै परम मित्र हुन्छ ।

यदि दया, प्रेम र करुणा छैन भने
जस्तै पुजारी होस् त्यो अपवित्र हुन्छ।

आफ्नो आत्माले परमात्मा जान्दछ भने
सदैव उस्को चित्त शुद्ध र पवित्र हुन्छ ।

 

Continue reading