‘एउटा रङ्गमञ्चमा’

bijay, gyawali, विजय ज्ञवाली , pallawa, पल्लव

विजय ज्ञवाली

मञ्चन भैरहेको नाटक जस्तै
फरक फरक पात्रहरूको
डरलाग्दो अभिनय
हेर्न विवश छन मेरा यी आखाहरू

नचाहदा नचाहदै गासिएको सम्बन्ध जस्तो
जबर्जस्ती अर्कैको इशारामा
डोहोर्‍याईएर हिडिरहेको अजिबको प्राणी झै
भित्रि मनबाट खुशी नभएता पनि
मुहारमा कत्ती पनि नमडारीकन
कालो बादलका आकृतिहरू
गज्जबको अभिनय गरिरहेछ एउटा पात्र

 

Continue reading


नेपाल प्यारो घर…..

Durga, Gyawali, Sharma, दुर्गा ज्ञवाली शर्मा, pallawa, पल्लव

दुर्गा ज्ञवाली शर्मा

बीते दीन हजारौ यो जीवनका यो राष्ट्रका खातिर
लड्दै युद्ध हजार बार रणमा झुकेन मेरो शीर
मृत्युको मुखबाट फुत्कन सके अपाङ्ग रोगी बनी
थापे गोली म वीर झैं तर कतै भागिन लाक्षी बनी

आफ्नै बन्धु स-जातिका शीर उपर ताकेर तीखा तिर
लड्नु के किन ठानदा हृदयले मान्थ्यो अचम्मै पिर
यस्तैमा दिन एकमा गोली लाग्यो मुर्छित भो जीवन
सोझो सत् पदमार्ग भाँचिन पुग्यो दुर्भाग्य आयो किन

 

Continue reading


मनै भित्रको दशैँ

Shakun, Gyawali, Kaski, शकुन ज्ञवाली, pallawa, पल्लव

शकुन ज्ञवाली

आयो दशैँ क्या खुसी ला’को छ
मन उडेर नेपाल मै गा’को छ ।
गोदावरी, मखमली फुले हुन
धानका बाला पँहेलै झुले हुन ।।

सयपत्रीमा डुल्दा हुन भुमरा
दशैँ घरमा राखे हुन जमरा ।
सबैले घर लिपपोत गरे हुन
करेङ कुरुङ मधेशमा झरे हुन ।।

 

Continue reading


गजल

Aditee, Aryal, Gyawali, अदिती अर्याल ज्ञवाली, pallawa, पल्लव

अदिती अर्याल ज्ञवाली

बढ्नुपर्ने तिम्रो माया घट्दै गयो आजभोलि!
शंका लाग्न थाल्यो मलाई त्यो दिलमा कोही होलि !

मलाई भने भेटिएर छुट्ने मन हुन्न कहिल्यै;
किनारामा छोड्यौ पापी तार्छु भन्दै मलाई खोली !

जसोतसो बाँचेकोथेँ हात थाम्छु भन्यौ किन?
आजसम्म रित्तै छु म भर्छु भन्थ्यौ होइन झोलि ?

 

Continue reading


विजय ज्ञवालीका केही मुक्तकहरूः

bijay, gyawali, विजय ज्ञवाली , pallawa, पल्लव

विजय ज्ञवाली

सोझो बन्दै बाङ्गिन्छन फेरि इज्जतको कुरा गर्छन
बिस्तारै उदाङ्गिन्छन फेरि इज्जतको कुरा गर्छन
यि ढोगीहरु अझ संस्कारको पाठ सिकाउछन यार
पर्दा पछाडी नाङ्गिन्छन फेरि इज्जतको कुरा गर्छन ।

सधै हतार सधै ब्यस्त मशिन भो मान्छे
आफ्नै दुनियामा मस्त मशिन भो मान्छे
बिदा हुनु छ एकदिन खाली हात सबै तर
सम्पत्ति कै रोगले ग्रस्त मशिन भो मान्छे ।

 

Continue reading


१८ अक्षरिय गजल

Aditee, Aryal, Gyawali, अदिती अर्याल ज्ञवाली, pallawa, पल्लव

अदिती अर्याल ज्ञवाली

पहिलो भेटमा अाफैँ समाएको हात बिर्सेको हो र?
बेसरी रुँदारुँदै बिताएको त्यो रात बिर्सेको हो र?

अझैपनि ताजाछन् ती बाचाहरू मेरो मनभित्र;
सजाएका थियौ सपनाका ती खात बिर्सेको हो र?

तिमीबिना एकपल पनि ज्यूँन सक्दिन भन्दैथियौ
अतितमा गरेका तिम्रा ती सबै बात बिर्सेको हो र?

 

Continue reading


गजल

Vijayaraj, Gyawali, विजय ज्ञवाली, pallawa, पल्लव

विजय ज्ञवाली

खै कसरी अन्त्य होला तनाव जिन्दगीको
मात्र केवल पिडै पिडा बहाव जिन्दगीको

हरेक पाइला भासिदैछ ज्वाला छातिभित्र
तर पनि मुस्कान किन नकाव जिन्दगीको

खुशी अब फुल्दैनन रे आँखा भरि उसकोl
कोपिलामै निमोठियो गुलाफ जिन्दगीको

 

Continue reading


गजल

bijay, gyawali, विजय त्रवाली , pallawa, पल्लव

विजय त्रवाली

प्रगतिमा छेको हाल्छ समयले घरिघरी
मुटु भित्र आगो बाल्छ समयले घरिघरी

कागजको पुतली झैं बनाएर मेरो छाति
आफै च्यात्छ आफै टाल्छ समयले घरिघरी

हुर्काउछ मलजल गरी ठुलो हुने आश देखाइ
फेदै काटी किन ढाल्छ समयले घरिघरी

 

Continue reading


रामप्रसाद ज्ञवालीका केही मुक्तकीय टुक्राहरूः

ram, prasad, gyawali, रामप्रसाद ज्ञवाली,pallawa , पल्लव

रामप्रसाद ज्ञवाली

महान् बन्ने भए इच्छा सुनौला सिर्जना गर
श्रम-त्याग-तपस्याले बन्दछन् सृष्टि सुन्दर ।
त्यसका निम्ति मान्छेले साधना गर्नुपर्दछ
बर्सिन्नन् अन्नका दाना, बिउ नै छर्नुपर्दछ ।।

स्वादे जिब्रो सधैँ गर्छ स्वादकै निम्ति ‘उद्यम’ !
स्वादकै निम्ति मान्छेले गर्छ ‘यत्न-पराक्रम’ !
‘खा खा’ भन्दछ ‘जिब्रो’ले, ‘नखा’ भन्दछ ‘स्वास्थ्य’ले
जित्यो भने त जिब्रोले हार्दो रहेछ स्वास्थ्यले ।।

 

Continue reading


मुक्तक

Rudra, Gyawali, रूद्र ज्ञवाली , pallawa, पल्लव

रूद्र ज्ञवाली

मधेश कसैलाई फकाउने कुराउनी हैन
मधेश कसैको दाइजो पेवा र जिउनी हैन
उद्घोष जनताको बुझे हुन्छ दुशासनले
मधेशको निर्माता तिम्रो मामा शकुनी हैन

अर्जाप्दै छु म बिचारका औजार देशका खातिर
लगाउँदै छु म तरवारमा धार देशका खातिर
जन्मेको भए वर्तमानमा भन्थे होला बुद्ध स्वयम्
मलाई पनि देऊ हतियार देशका खातिर

 

Continue reading


रामप्रसाद ज्ञवालीका एकदर्जन मुक्तकीय टुक्राहरूः

ram, prasad, gyawali, रामप्रसाद ज्ञवाली, pallawa, पल्लव

रामप्रसाद ज्ञवाली

सबैभन्दा ठुलो बल
समाजमा ठुलो हुन्छ – ‘पैसा’ ‘इमान’को बल
र त्योभन्दा ठुलो हुन्छ – ‘प्रतिष्ठा’ ‘ज्ञान’को बल
त्योभन्दा नि ठुलो हुन्छ – ‘सत्ता’ ‘शासन’को बल
हो ‘आत्मबल’ नै किन्तु सबैभन्दा ठुलो बल ।

स्मृतिगौरव
भोग्न चाहन्न मान्छेले जिन्दगीमा कुनै दुख
नचाहे पनि उ भोग्छ दुख, हुन्न सधैँ सुख
गर्व गर्दा भने मान्छे सम्झन्छ नि तिनै दुख
भोग्दाका दुख नै बन्छन् मान्छेका स्मृतिगौरव ।

 

Continue reading


गजल

Vijayaraj, Gyawali, विजय ज्ञवाली, pallawa, पल्लव

विजय ज्ञवाली

महंगीले बजारको अस्तित्व नै हराइसक्यो
अब त्यो हजारको अस्तित्व नै हराइसक्यो ।

परिणत भयो नारायणीहिटी जब संग्रहालयमा
लाग्दैछ दरबारको अस्तित्व नै हराइसक्यो ।

सय दिनको खुसियाली नमनाउ तिमि अब
यो देशमा सरकारको अस्तित्व नै हराइसक्यो ।

 

Continue reading


म निद्रा निदाऊँ

Rudra, Gyawali, रूद्र ज्ञवाली , pallawa, पल्लव

रूद्र ज्ञवाली

म हूँ रूप मात्रै तिमी सार मेरो
म हूँ दृश्य मात्रै तिमी बिम्ब मेरो
म यस्तो कुनै दीपमाला जलाऊँ
म बल्दो दियालो सरी मर्न पाऊँ

म यात्री र मेरो बिसौनी तिमी हौ
म हूँ धूप मेरो छहारी तिमी हौ
म त्यो काखलाई सिरानी बनाऊँ
बिसाएर काया त्यहीँ मर्न पाऊँ

 

Continue reading


रूद्र ज्ञवालीका केही मुक्तकहरूः

Rudra, Gyawali, रूद्र ज्ञवाली , pallawa, पल्लव

रूद्र ज्ञवाली

फूलहरुले बिद्रोहको आगो बालेको इतिहास छ
त्यै आगोले फलामलाई गालेको इतिहास छ
भो धेरै नजिस्क्याउ आगो यो स्वाभिमानलाई
कमिलाले पनि हात्तीलाई ढालेको इतिहास छ ।

कतै नचल्ने खोटो सिक्का दाम जस्तो नबन्नु
चिठ्ठी पढी फालिएको खाम जस्तो नबन्नु
बोलाएर बिहानैमा भन्नु भयो मेरा बाले
बरु रावण बन्नु छोरा बाबुराम जस्तो नबन्नु ।

 

Continue reading


जाऊँ पर्खाल लाउन

Rudra, Gyawali, रूद्र ज्ञवाली , pallawa, पल्लव

रूद्र ज्ञवाली

सुकिलो देख्नमा किन्तु मर्मकाटा छ पेटको
कपटी तर ऊ साधु सन्त जस्तै छ भेषको
विश्व बन्धुत्वका मीठा आलाप पनि गाउँछ
गौंडा थुनेर चौतर्फी नाकाबन्दी लगाउँछ

हाम्रो सम्बन्ध हो रोटीबेटीको पनि भन्दछ
कुरा पानी जवानीका गरेर दङ्ग पार्दछ
पुरानो मित्रता भन्दै सिमाना साँध मिच्दछ
आऊ गला मिलौं भन्दै घाँटी पक्रेर थिच्दछ

 

Continue reading


नाङ्गो यथार्थ

Rudra, Gyawali, रूद्र ज्ञवाली , pallawa, पल्लव

रूद्र ज्ञवाली

“तैंले र तेरी श्रीमतीले लगाउने कट्टु कहाँको ?” एक गिलास चिरिप्प पारेपछि अस्तित्व पाण्डेले अनायासै यस्तो प्रश्न सोध्यो । आज त अति नै गर्‍यो अस्तित्व पाण्डेले । मेरो सम्म त ठिकै हो । हेप्दाहेप्दै स्वास्नीका कट्टुसम्ममा पुग्यो ऊ । अतिक्रमणको पनि हद हुन्छ । झनक्क रिस उठ्यो । जमाएर बजियाका गाला चड्काई दिउँ जस्तो पनि लाग्यो । तर चड्काई हाल्ने आँट भने भएन । यसरी आँट नहुनुको कारण थियो मेरो तुलनामा अस्तित्व पाण्डेको विशाल काया र उसकै सौजन्यमा चल्दै गरेको यो जलपान । अस्तित्व पाण्डे र म शिशुकक्षादेखिका सहपाठी हौं र पनि उसको र मेरो देश एउटै हैन । उसको र मेरो नागरिकतामा लेखिएको भाषा फरक छ र पनि हामी दुबै नागरिकताका भाषा मज्जाले पढ्न लेख्न सक्छौं ।

 

Continue reading


युवाप्रति

Ramprasad, Gyawali , राम ज्ञवाली, पाल्पा, pallawa, पल्लव

राम ज्ञवाली

हे युवा ! तिमी जागन जाग एकजुट बनन
हातमा हात मिलाई उठ हुन्न्ा चुप रहन
देशको मुहार उज्वल पार्ने कर्तव्य नविर्स
हटेर होइन डटेर लड्ने खाँचो यो नविर्स ।
– १ –
जिउँदो लास भएर बाँच्नु के अर्थ ज्यूँनुको –
स्वाभिमान गुमे पराधीन बने के अर्थ जीवनको –
जोस र होस सम्हाली यहाँ छलाङ मार्नु छ
चेतना दीप बालेर यहाँ अगाडि बढ्नु छ ।
– २ –

 

Continue reading


बहरबद्ध गजल

Sandesh, Gyawali, Smart, सन्देश ज्ञवाली 'स्मार्ट', pallawa, पल्ल्व

सन्देश ज्ञवाली ‘स्मार्ट’

हुरीले मलाई भुईमा खसायो
कठै पुष्प सम्झी नदीले बगायो ।

म पागल् उसैमा हराएँ यसोरी
रुवायो मलाई उ आफू रमायो ।

दुखैमा परेको बखत् निष्ठुरीले
धसेरै छुरा यो दिलैमा दुखायो ।

 

Continue reading


धुनिक रामायाण

Rudra, Gyawali, रूद्र ज्ञवाली,pallawa ,पल्लव

रूद्र ज्ञवाली

गाइजात्रे  कवता
प्रधान्मन्त्रि भइ गया सुशिल’दा आफ्नै गरौं हित् भनी
छट्टु वामनदेव् प¥या चरणमा हिस्सा म पाउँ भनी
के माग्छौ भन बामदेव प्रभुले मर्जी भयाथ्यो जसै
पाउँ गृह प्रभो भनी जव भने त्यै गृह पाए तसै

दारी राम थिए झनै कम कहाँ दौडी नजिक्मा गया
बिना अर्थ म बाँच्न सक्दिन प्रभो भन्दै बिलौना ग¥या
त्यो आशीष महेशको दिइसक्याँ हे राम क्या मो गरुँ
जे माग्छौ अरु माग राम गतिला छन् स्वादिला झन् अरु

Continue reading


दर्शनदेव

Rudra, Gyawali, रूद्र ज्ञवाली , pallawa, पल्लव

रूद्र ज्ञवाली

हामी आफूले आफैलाई विश्वाशघात गरेर बिग्र्‍यौं । निकैबेर आँखा चिम्लेर सोंचमग्न भएपछि बोल्यो, ऊ ।
उ अर्थात दर्शनदेव आचार्य ।
कुनै गम्भिर कुरा सोंच्नु पर्दा आँखा चिम्लने उसको सानै देखिको बानी हो । सानोमा अलि थोरै चिम्लन्थ्यो । अचेल अलि बढी नै चिम्लन्छ ।
उसका बाउ गाउँका प्रकाण्ड ज्योतिष हुनुहुन्थ्यो । हामी ज्योतिषबा’ भन्थ्ँयौं । ज्योतिषबा’ पनि कसैको चिना पल्टाएपछि पटक पटक यसैगरि आँखा चिम्लेर घोत्लिनु हुन्थ्यो र संस्कृतका कुनै श्लोकबाट याचकको भाग्यको फैसला सुनाउन थाल्नु हुन्थ्यो । तर ज्योतिषबा’ अहिले यो लोकमा हुनुहुन्न ।
आँखा चिम्लनु उसले पिताबाट पाएको आनुवंशिक उपहार थियो ।

 

Continue reading