गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

बोली सदैब लचिलो र उदार देख्छु।
खै नर्क झैँ किन अहो! व्यवहार देख्छु ।

सावाँ र व्याज अनि मूल्य भएर चर्को ।
लौ बाघ झैँ अझ सदैब बजार देख्छु ।

देखिन्न खै किन कतै अझ काम काज ।
भै दिक्क सत्य अब मीत सितार देख्छु ।

 

Continue reading


नेपाल जाग्दैन है ।

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

धेरै दुष्ट म देख्छु गोप्य घरको संसार फैलाउने ।
आजै लड्न तयार हौं सब सखे चाहिन्न भत्काउने ।
हो साँच्चै बलवानले भिख जसै अस्तित्व माग्दैन है ।
खै देखिन्न नि राष्ट्र प्रेम अहिले नेपाल जाग्दैन है ? ।१।

धेरै छ्न् किन चाटुकार जगमा खै बुद्धि भाग्यो कता ?
छाती दुख्छ कटक्क चिर्छ शिर यो यी ज्यादती सम्झदा ।
भन्छन् भन्न त बन्छ स्वर्ग जग यो विश्वास लाग्दैन खै ।
आफ्नो पौरख दान भो सुलभमा नेपाल जाग्दैन है।२!

 

Continue reading


प्रणय विलाप

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

आऊ प्यारी हृदयतलमा बास खोज्दै सबेरै ।
तिम्रो मात्रै किन किन अहो प्रेम लाग्दैछ धेरै ।
जे जे भन्छन् घर वन यता मान्न पो हुन्न बाध्य ।
बाबा आमा नरम दिलले प्यार गर्छन् असाध्य ।१।

सारा प्राणी सहमत हुँदै प्रेम गर्छन् अथाह ।
तिम्रो साँच्चै अब भन सखे छैन झैँ लाग्छ चाह ?
जाचौं हामी मृदुल मनका प्रीत जाँच्ने कसीमा ।
एक्लै बस्ने रस रहित के प्यारको जिन्दगीमा ।२।

 

Continue reading


‘दशैं’

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

दया, माया छोडी नगर झगडा मानव भए ।
घमण्डी भै लड्दा क्षणिक पलमै रावण गए ।
नगर्दा राम्रो हो पशु वध अहो भन्दछ दशैं ।
बिना पैसा न्यास्रो गरिब जनको बन्दछ दशैं ।१

हुने खाने बन्दा सहज मद गुम्ने रहरले ।
गरीबीको खाटा अलिक कमि खै खै कहरले ।
ठुलो खौलो जैले विकल मनमा खन्दछ दशैं,
कठै!छैनन् पैसा निठुर बम झैँ बन्दछ दशैं ।२।

 

Continue reading


बहरबद्ध गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

म गर्दै थिएँ रोज तेरो भलाई ।
गरी पक्ष साह्रै सताइस् मलाई

गरेँ काम निक्कै बुझिस् खै पुकारा
मेरो जोश सारा दिइस् पो गलाई ।

झनै बढ्छ काट्दा नयाँ पालुवा भै।
दुखेसो कसोरी सकिन्थ्यो जलाई ।।

 

Continue reading


बिझ्ला असाध्यै भरे

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

अर्काको रिस रागले जलन भै निद्रा हरायौ भने ।
आफ्नाको झुटमा समर्थन गरी ब्यर्थै करायौ भने ।
होला पीडित रुष्ट बुझ्नु सहजै अन्याय साह्रै गरे ।
लाग्ला श्राप परन्तु रोक्नु कसरी बिझ्ला असाध्यै भरे ।१।

हाँसो आउँनु जीतमा बिजय हो उन्मत्तता हार हो ।
हार्दा चिन्तित भै उदास रहने जो गर्छ बेकार हो ।
बाली रावण वीर हुन् अति गरे हारेर बेंसी झरे ।
बोल्दै झूट नखोज जित्न कहिल्यै बिझ्ला असाध्यै भरे।२।

 

Continue reading


बहरबद्ध गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

राती लडेर भाग्दै खोला तरेर के भो ।
देऊ प्रमाण झट्टै मान्छे मरेर के भो ?

खै छैन राज तिम्रो पीडा अझै छ्दैछ ।
संघर्षमा तिमीले डेरा सरेर के भो ।

फर्केन खै हरायो न्यानो बिहान तिम्रो ।
सारा पहाड चिर्दै बेंसी झरेर के भो ?

 

Continue reading


। गजल ।

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

यो देशमा बुद्धि भन्दा बल प्यारो भो।
किन होला देश भन्दा दल प्यारो भो ।।

रोजी सोची मत हाल्ने हक तोडेर ।
धाक,धम्की पैसा ढुक्ने पल प्यारो भो ।।

यो बारीमा बास्ना दिने फूल छोडेर ।
दिवा सपनामा दिने फल प्यारो भो।।

 

Continue reading


बहरबद्ध गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

तिमी हौ नि तारा सधैं भन्छु मोरी ।
म तिम्रो सहारा सधैं भन्छु मोरी।।

म निर्धो छु दिन्नन् छकाएर भागौं ।
निको छैन पारा सधैं भन्छु मोरी ।।

सँगै बाच्न पाई सँगै मर्नुपर्ने ।
हवस् प्रेमधारा सधैं भन्छु मोरी ।।

 

Continue reading


बहरबद्ध गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

बिना अर्थमा पो डुलाएर राख्यौ ।
अझैसम्म मोरी भुलाएर राख्यौ ।।

मिलेको छ जोडी अहा!हेर भन्दै ।
देखाएर फोटो धुलाएर राख्यौ ।।

थियो पास पैसा तिमी नै सबै हौ ।
भनी बाग भित्रै फुलाएर राख्यौ ।।

 

Continue reading


बहरबद्ध गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

आँधी सधैं चल्दछ छैन मेल ।
देखिन्छ चारैतिर आँसु भेल ।।

भागे युवा नै किन आज पारी ।
भन्थेँ बुझेँ बल्ल भएर जेल ।।

राम्रो निकै हुन्छ नि देश भन्थे ।
हावी भयो दुष्ट झनै अचेल ।।

 

Continue reading


बहरबद्ध गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

जे जे भन्यौ त्यो तब मान्छु मैले ।
मर्ने कुरा नै जब मान्छु मैले ।।

ए! मोहनीले किन लट्ठ पार्छ्यौ?
त्यस्तै नशाले सब मान्छु मैले ।।

हो ,जोइटिङ्ग्रे किन हो भनेको ?
सेवा सबै गौरव मान्छु मैले ।।

 

Continue reading


बाध्यता . . . . .

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

आफ्नो देश बसेर काम नहुँदा चिन्ता लिदै लोकले ।
छोड्ने गर्दछ प्यार वैभव सबै आक्रान्त भै भोकले ।।
बाआमा घरमा निराश मन भै एक्लै बसे तापनि।
जानै पर्छ विदेश त्यागी ममता अत्यन्त दु:खी बनी १।।

सम्झेरै अति श्रीमती मनमनै छोरा र छोरी पनि ।
पैले ईश्वर सम्झदै हर घडी रक्षा गरे है भनी ।।
जो छोडेर गए निकै बह सँगै चिन्ता हुँदै बाँच्दछन् ।
कोही हुन्न बिदेशमा विकल ती माया कता साँच्दछ्न् २

 

Continue reading


गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

पढ्ने छोरा सुटुक्क रेस्टुरेन्ट पस्दो रहेछ थाहै भएन ।
यसरी पो मान्छे कुलतमा फस्दो रहेछ थाहै भएन ।

सिधा मान्छेलाई के थाहा छोरा यस्तो गर्छ भनेर ।
हो,राम्रो रिजल्ट भन्दै पैसा कस्दो रहेछ थाहै भएन ।

बाबुले बुढेसकालको सहयोगी ठान्दै काढेको पैसा
नानाथरीका रचेर जाल पो बस्दो रहेछ थाहै भएन ।

 

Continue reading


बहरबद्ध गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

समस्या बुझेरै भयो घात आज ।
झुठो लाग्न थाल्यो सबै बात आज ।।

अहो! ब्यर्थ गाली नगर्दा हुने हो ।
पछार्ने उचाल्ने छ पो हात आज ।।

सबै खेतबारी भए बोट शून्य ।
कसैबाट माग्दै जुट्यो भात आज ।।

 

Continue reading


ज्ञानेन्द्र बहादुर सिंहका केही मुक्तकहरूः

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

झिम्काएर परेलाले वोलाए नि आउँदिन भो ।
जालीसंग झुक्किएर पनि माया लाउँदिन भो ।।
धन देखे महादेवको तेस्रो नेत्र खुल्छ भन्छ्न् ।
लागेँ उतै चौतारीमा कुर्ने फुर्सद पाउदिन भो ।।

साच्चै मेरो खाने गासमा नजानिदो ढुङ्गो लाग्यो ।
पहिले धनी गुणि देख्यौ अहिले पो बुङ्गो लाग्यो ।
जे जे गर्छ्यौ गर्नु सबै अब तिम्रो मन मर्जी ।
कसम मलाई चासो छैन बुझ्नु कुरा टुङ्गो लाग्यो ।।

 

Continue reading


बहरबद्ध गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

माथी पुगेमा मल हुन्छ झैं भो ।।
नेपाल बन्ने छल हुन्छ झैं भो ।

यो देश सिङ्गापुर बन्छ भन्नू ।
आकाश फल्ने फल हुन्छ झैं भो ।

संसारको सामु त शक्ति हाम्रो ।
नाबालकैको बल हुन्छ झैं भो ।।

 

Continue reading


गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

कालो कामबाट धेरै कमाएको देख्छु ।
टेबुलको मुनि पैसा थमाएको देख्छु ।।

समयमा कामकाज पुरा गर्ने भन्दा
सुति,लुकि कमाउने रमाएको देख्छु ।।

प्रमाणपत्र बन्यो किन खोस्टो कागजको ।
ल्याप्चेवाला कापीकलम समाएको देख्छु ।।

 

Continue reading


बहरबद्ध गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

थियो प्यार जस्तो चुलेकै छु आज ।
त्यसैले त हो कि? झुलेकै छु आज ।।

कडा सब्द पोख्यौ भलै ख्याल गर्दा ।
कसम् बात मैले भुलेकै छ आज ।।

छु सानो सधैं पो कहाँ हुन्छ गल्ती ।
म साच्चै झुकेरै खुलेकै छु आज ।।

 

Continue reading


काव्यमा सम्बाद

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

वरिष्ठ साहित्यकार तथा महाकाव्यकार मणिराज जोशी र ज्ञानेन्द्र बहादुर सिँह काव्यमा सम्बाद !!!
मणिराज जोशी
आहा राम्रो मधुररसको काव्यको स्वाद पाएं ।
फर्कीफर्की नजररसले मुक्त मुस्कान गाएं ।
खांदैखांदै भ्रमर म बनें मिष्ट मिष्ठान्न पाएँ
एक्लै खाएं मन मगजले एक्लएक्लै रमाएँ ।।

ज्ञानेन्द्र बहादुर सिंह
कच्चा बच्चा मन मुटु संगै काव्य लेख्ने परेँ म ।
ठण्डा काटेँ अलमल हुँदै बल्ल बेंसी झरेँ म ।।
बान्की पार्दै सरल रुपमै शब्दको भाव पोख्छु ।
साथी भेटेँ प्रखर मणि नै धन्य भै माथ ठोक्छु ।।

 

Continue reading