वेश्या भन्छन् अरे !!

Rashmi, Gurung, रश्मि गुरूङ, pallawa, पल्लव

रश्मि गुरूङ

खेल्ने समयमा …
थुनिएँ म यो
कालो कोठरीमा
आहा ..!
कति खुसी थिएँ
यो अपरिचित अनि
अन्जान शहरमा
प्रवेश गर्दा ,
गाउँको चिसो चिसो
ती पानिका मुहानहरू,
अनि सुन्का टुक्रा
ती मलिला माटाहरू,–

 

Continue reading


रश्मि गुरूङका जोर कविता

 

Rashmi, Gurung, रश्मि गुरूङ, pallawa, पल्लव

रश्मि गुरूङ

कविता– १, ‘ठेस लाग्यो’
त्यो कच्ची बाटोमा
म हिड्दै थिएँ
अनि मेरो पाउमा
ठेस लाग्यो ।।
आत्तिएका यी मेरा
ठुला ठुला नयनहरू
पाउमा हेर्छु त
केही छैन ,
ढुक्क हुँदै
यी मेरा मनहरू
तेही पाउलाई
चाल्न आग्रह गर्छ
अनि चल्छ मेरो पाईला
बिस्तारै गन्तव्य तिर ।।

 

Continue reading


बहरबद्ध गजल

Balkrishna, Gurung, बालकृ्ष्ण गुरूङ, pallawa , पल्लव

बालकृ्ष्ण गुरूङ

टुटेको भरोसाले गुहार्दा दुखायो
नछोई गुनासोले पछार्दा दुखायो ।१।

छुटेको अँगालोले पठाको चिठीले
विलौना बुझाई त्यो मुसार्दा दुखायो ।२।

चिनारी थियो हाम्रो फुटेको र जस्ले
अहो मन बिना संज्ञा पुकार्दा दुखायो ।३।

 

Continue reading


बहरबद्ध गजल

Balkrishna, Gurung, बालकृ्ष्ण गुरूङ, pallawa , पल्लव

बालकृ्ष्ण गुरूङ

हमेशा उदासीले नियाल्दा रुवायो
जलेको उजूरीले अँगाल्दा रुवायो ।१।

भनेथ्यो हँ नौनीले नचिर्ने त फेरि
नयाँ खत कलेजीमा बसाल्दा रुवायो ।२।

चिनारी थियो पोलें उडाएँ खरानी
धुलो जो छ ऐनाले समाल्दा रुवायो ।३।

 

Continue reading


बहरबद्ध गजल·

Balkrishna, Gurung, बालकृ्ष्ण गुरूङ, pallawa , पल्लव

बालकृ्ष्ण गुरूङ

बसाल्नेथें म मन्मा ठाउँ खाली छैन
बुझ्यौ प्यारी हुँ नेपाली म जाली छैन ।१।

कहाँ राखौं परीलाई डढेको पाखामा
म दुःखीको छ घर धूरी र पाली छैन ।२।

बतास आयो समाचार यो कह्यो हो र ?
जवानीको बगान सम्हाल्न माली छैन ।३।

 

Continue reading


बहरबद्ध ‎गजल‬

Balkrishna, Gurung, बालकृ्ष्ण गुरूङ, pallawa , पल्लव

बालकृ्ष्ण गुरूङ

खुशी खोजेर ल्याएथें हरायो फेरि
खबर उस्ले नखोज भन्ने पठायो फेरि ।१।

ए छायाँको खबर के भन्नु राम्रो भा छ
मलाई छोडि अर्कै घर बनायो फेरि ।२।

हिजोजस्तो नरम कोमल कहाँ हुन्थ्यो दिल
ल धस भन्दै छुरा यस्ले थमायो फेरि ।३।

 

Continue reading


बहरबद्ध गजल

Balkrishna, Gurung, बालकृ्ष्ण गुरूङ, pallawa , पल्लव

बालकृ्ष्ण गुरूङ

यताको नसोधे भो खबर के छ त्यता
विषादी पिएँ मैंले असर के छ त्यता ।१।

ए ! हावा कुरा साँचो कहे भो नढाँटी
लगेका थियौ मायाँ ठहर के छ त्यता ।२।

नखोल्ने कसम खाँदा कसैले हँ पर्दा
विरामी परेकाछन् नजर के छ त्यता ।३।

 

Continue reading


बहरबद्ध ‎गजल‬

Balkrishna, Gurung, बालकृ्ष्ण गुरूङ, pallawa , पल्लव

बालकृ्ष्ण गुरूङ

कता जाने कहाँ पुग्ने नसोध ए तक्दीर
जहाँ पुग्लास् ल हिँड् बाटो नरोक ए तक्दीर ।१।

कहाँ भेट्थें सुगन्धित जल बगरमा दिन्थें
दिएँ जीवन गला रेट्ने नखोज ए तक्दीर ।२।

भयो हारें जितिस् तैंले अनेक खेल याने
निजी सम्झी बिना पैसा नभोग ए तक्दीर ।३।

 

Continue reading


बहरबद्ध गजल

Balkrishna, Gurung, बालकृ्ष्ण गुरूङ, pallawa , पल्लव

बालकृ्ष्ण गुरूङ

बचेको दिए भोजन अघाई कसैले
र त्यही चढाएछन् नखाई कसैले ।१।

रुवायो शिशालाई अँधेरो कुनामा
नचिन्ने चिनाजानी गराई कसैले ।२।

दिने भा दिने खुल्ला जुहीले दिएझैं
जवानी दिए बेचे छपाई कसैले ।३।

 

Continue reading


बहरबद्ध गजल

Balkrishna, Gurung, बालकृ्ष्ण गुरूङ,  pallawa , पल्लव

बालकृ्ष्ण गुरूङ

डढेको पखेरा मन पराएँ हमेशा
सुखा त्यो रुवार्ईमा हराएँ हमेशा ।१।

चुलेसी र मेरो थ्योे चिनारी अकाट्य
कलेजी चिरा पार्दा कराएँ हमेशा ।२।

शिशाले चिनेजस्तो नगर्ने कहाँ हो ?
नसुन्ने कुराकानी गराएँ हमेशा ।३।

 

Continue reading


बहरबद्ध ‎गजल‬

Balkrishna, Gurung, बालकृ्ष्ण गुरूङ, pallawa , पल्लव

बालकृ्ष्ण गुरूङ

कता जाने कहाँ पुग्ने नसोध ए तक्दीर
जहाँ पुग्लास् ल हिँड् बाटो नरोक ए तक्दीर ।१।

कहाँ भेट्थें सुगन्धित जल बगरमा दिन्थें
दिएँ जीवन गला रेट्ने नखोज ए तक्दीर ।२।

भयो हारें जितिस् तैंले अनेक खेल याने
निजी सम्झी बिना पैसा नभोग ए तक्दीर ।३।

 

Continue reading


बहरबद्ध गजल

Harkaraj, Gurung, Bhutani, हर्कराज गुरूङ ‘भुटानी’’, pallawa , पल्लव

हर्कराज गुरूङ ‘भुटानी’’

छँदैछैन भन्दा छ छानो म जस्तै।
छ धर्ती सधैँ यो उतानो म जस्तै।

न टोपी लगाएँ न कोटै लगाएँ,
छ यौटै मजेत्रो पुरानो म जस्तै।

यता हेर्छु आधा उता हेर्छु आधा,
सधैँ हेर्छु मानो छ मानो म जस्तै।

 

Continue reading


बहरबद्ध ‎गजल‬

Balkrishna, Gurung, बालकृ्ष्ण गुरूङ, pallawa , पल्लव

बालकृ्ष्ण गुरूङ

किनाराले नदीलाई भुलेको छैन
र पो नाता दुईबिच यो टुटेको छैन ।१।

नभुल्ने है कसैले याँ किनाराले जो
नदी बाहेक कसैलाई चुमेको छैन ।२।

तुना खुल्दा अचानक यो जनायो प्यारी
क्षितिजमा हेर ऊ भास्कर डुबेको छैन ।३।

 

Continue reading


बहरबद्ध ‎गजल‬

Balkrishna, Gurung, बालकृ्ष्ण गुरूङ, pallawa , पल्लव

बालकृ्ष्ण गुरूङ

कसैलाई भुले धड्कन, निशानी बन्छ
र याद गर्दा महासागर, खरानी बन्छ ।१।

उध्याऊ यो गलामा त्यो, नलाग्ने धक्कु
र पो तिम्रो मनोभाकल, जवानी बन्छ ।२।

कहाँ राखौं नयन छोपी, खुला राख्नाले
सधैं मेरो नयाँ यौटा, कहानी बन्छ ।३।

 

Continue reading


बहरबद्ध ‎गजल‬

Balkrishna, Gurung, बालकृ्ष्ण गुरूङ,  pallawa , पल्लव

बालकृ्ष्ण गुरूङ

किनाराले नदीलाई भुलेको छैन
र पो नाता दुईबिच यो टुटेको छैन ।१।

नभुल्ने है कसैले याँ किनाराले जो
नदी बाहेक कसैलाई चुमेको छैन ।२।

तुना खुल्दा अचानक यो जनायो प्यारी
क्षितिजमा हेर ऊ भास्कर डुबेको छैन ।३।

 

Continue reading


बुढो माझी र देश

Chandra-Gurung--150x150दिल बहादुर माझी
नारायणी वारि-पारि दिनहरू खियाउँछ
पानीकै गाउँतिर रमाउँछ
पानीकै गल्लीे-गल्ली डुल्छ I
बिताउँछ-
रंगहीन/स्वादहीन/आकारहीन
पानी जस्तै जीवन I
झुपरीको निँदालमा
बुढो रेडियो घ्यारघ्यराइरहन्छ-
अक्कासिएको महँगी
अस्तव्यस्त कुशासन
छरपष्टिएका बेथिती समाचार I

 

Continue reading


गजल

Harkaraj, Gurung, Bhutani, हर्कराज गुरूङ ‘भुटानी’’, pallawa , पल्लव

हर्कराज गुरूङ ‘भुटानी’’

तिम्रा ती नजरले, घायल बनाए पछी।
पागल भएको छु, पागल बनाए पछी।

कसम यो धड्कन, बसमा छैन आज।
तन मनमा उसैले, आँचल बनाए पछी।

दुख्छ मन रुन्छ तन, मुटु जल्दा प्रिए।
अनि पिउँछु आँसु, आहल बनाए पछी।

 

Continue reading


एउटा भुइँचालोे थाम्नु छ मुटुभित्र

Chandra, Gurung, चन्द्र गुरूङ, pallawa , पल्लव

चन्द्र गुरूङ

एउटा भुइँचालोे थाम्नु छ मुटुभित्र
हिँडिरहेको एउटा मस्त घाम
मध्याह्न दिन, चिप्लिझर्छ धरहराको निधारबाट …
घामसँगै लडिझर्छन् उज्यालाहरू
दुर्धटनाग्रस्त बन्छन् आशाका किरणहरू ।
हेर्दाहेर्दै
अन्धकारको साम्राज्य फैलिन्छ
अस्त–व्यस्त दृश्यहरूको भीड लाग्छ
अतास र हाहाकारको संयुक्त जुलुस निस्किन्छ ।

 

Continue reading


बहरबद्ध गजल

Tak, Gurung, टक गुरूङ, pallawa, पल्लव

टक गुरूङ

प्राप्ति रोज्छौ भने त्याग्नै पर्छ भन्छन्
सन्त साधन बिनै सागर तर्छ भन्छन्

मूल ढोका नराखेको तर्क सोध्दा
पाहुनाले घरै दावी गर्छ भन्छन्

आँसु फालेर मन हल्का गर्नु झट्टै
आँसुको बोझले ज्यूँदै मर्छ भन्छन्

 

Continue reading


गजल

Harkaraj, Gurung, Bhutani, हर्कराज गुरूङ ‘भुटानी’’, pallawa , पल्लव

हर्कराज गुरूङ ‘भुटानी’’

जति टाढा सारे पनि छातीमा छ मेरो देश
सात समुन्द्र तारे पनि छातीमा छ मेरो देश .

पुग्छु म त साँझ बिहान जननीकै काखमा
सिमानाले बारे पनि छातीमा छ मेरो देश .

हाँसी दिन्छु खुशी हुँदै खसा दैव बज्रपात
मेरै शिरमा झारे पनि छातीमा छ मेरो देश .

 

Continue reading