गजल

Thakur, Prasad, Guragain, ठाकुरप्रसाद गुरागाईं, pallawa, पल्लव

ठाकुरप्रसाद गुरागाईं

नियतिको हुकुम त्यसै फर्किएर जान्न
आएपछि रित्तोहात लर्किएर जान्न

बाह्र वर्ष पछि पनि धुरी माथि चढी
कराउँछ पाप त्यसै तर्किएर जान्न

पाइ पाइ लिने गर्छ उसको हिसाप किताब
भू कम्पको झट्का त्यसै थर्किएर जान्न

 

Continue reading


देवीढकाल, चितवन को संस्मरणः संझनामा बर्माको मिचिना शहरका छ दिन

Thakur, Prasad, Guragain, ठाकुरप्रसाद गुरागाईं, pallawa, पल्लव

ठाकुरप्रसाद गुरागाईं

(रचनाकारः देवीढकाल, चितवनः संझनामा बर्माको मिचिना शहरका छ दिन)
मिचिनाबाट २६ गते चैत्रमा फर्कदा रेलमा फर्कियौं! दिउसो दश बजे चढेको रेलबाट बर्माको कचिन राज्यको भू-वनौटलाई नियाल्दा नियाल्दै सूर्यास्त सँगै मेरो हेर्ने चाहनाले पूर्ण विराम लियो ! बेलैमा कोशेली खाएँ! सूर्यास्त पहिले नै मिले र भए सम्म वेलुकाको खाना खाने वानीलाई वाराकोटी परिवारले पठएको कोशेलीले सम्भव वनायो! त्यो परिवारलाई कुन शब्दले धन्यवाद दिने त्यो मार्मिक प्रश्नको चित्त वुझ्दो जवाफ म संग छैन ! समयमा नै खाना भयो त्यसले गर्दा म आठ बजे पछि स्लिपरको माथिल्लो बेडमा गएँ !

 

Continue reading


किन जाग्दैन नेपाल सरकार ??

Prem, Guragain,Nepali, Dress, प्रेम गुरागाईँ, pallawa,पल्लव

प्रेम गुरागाईँ

म हु गौतम बुद्ध यो देशको सच्चा सुपुत्र
म त हु नेपाली जन्मेको यहि नेपाल भित्र
बचाऊ नेपाली मलाई हुदैछु है म आज पराई
नेपाली भनेर भन्न गार्हो भैसक्यो आज मलाई

नेपालमा जस्तै मेरो जन्म स्थल बन्दै छ अर्को
अब मेरो मातृ भूमि नेपाल हो की अर्को
जबर्जस्ति बनाउन लागे मलाई भारतीय
म त हु नेपाली नेपालको सच्चा सुपुत्र

 

Continue reading


शब्द अनुभूतिमा वानीरा

Radhika, Guragain, राधिका गुरागाई, pallawa,पल्लव

राधिका गुरागाई

आफ्नै आँगनीमा

चिहाउँदै गरेको घाम
मुसुक्क मुस्काउदै गर्दा
त्यही उषाको लाली पैंचो लिएर
शब्दहरुको सुन्दर महल श्रृजना गर्न
ब्यस्त एउटा कलम
कहिले फूल बनेको हुन्छ
कहिले जून बनेको हुन्छ

 

Continue reading


के तपाईँ आफ्नी आमालाई माया गर्नुहुन्छ ?

 

Prem, Guragain,Nepali, Dress, प्रेम गुरागाईँ, pallawa

प्रेम गुरागाईँ

एएनएको बिबादः
“अबश्य। म आफ्नी जन्मदिने आमा र जन्मेको भूमिलाई ज्यादै मायागर्छु।”
जुनसुकै नेपालीलाई यो प्रश्न गर्ने होभने उत्तर यहि आउँलाजस्तो मलाई लाग्छ। यदि त्यसो होभने “घरभित्रका दाजु–भाई, दिदि–बहिनी, आमा–बुवा, काका–काकीको बहसका कारण आज आमा किन चौबाटोमा बेइज्जत हुन पुगेकी छन् ? ”
यो जान्ने भएर किन बोल्छ ? यसलाई केथाहा यहाँ केभई राखेकोछ ? खुब विद्वान हुन खोज्छ भन्नुहोला। तपाईको ठाउँमा म भए मपनि त्यहि सोच्ने थिएँ होला। धेरै महिनाको यो ईमेल आदान–प्रदान, भनाभन, गालि–गलौज सुन्दा सुन्दा मपनि केही लेख्न वाध्य भएँ।
आखिर म पनि त “आमालाई मायागर्ने, आदर गर्ने एक नेपाली आमाको छोरा हुँ नी, होईनर ?”

 

Continue reading