“म रहेन भने तिमी के गर्छौ ?”

Ritesh, Grg, रितेस गुरुङ, pallawa, पल्लव

रितेस गुरुङ

उनले मेरो मन चोरेकी थिइन्
या, नि’चोरेकी थिइन्
थाहा भएन !

तर
उनको त्यो प्रश्न म भित्र गाढा भएर बसेको छ
बिझिरहने काँडा भएर बसेको छ !

उनले एकपटक सोधेको प्रश्न
मैले आफुलाई बारम्बार सोधिरहे !

साच्चै
उ भएन भने म के गर्छु होला ?
उ रहेन भने म के बन्छु होला ?

 

Continue reading


गजल…

Man, Grg, Maila, एस के चौधरी ‘माइला’ , pallawa, पल्लव

मन गरूङ ‘माइला’

भोग्नु, भोगेँ किन बदलिएन जीवन मेरो।
रोज्नु, रोजेँ किन बदलिएन जीवन मेरो।।

पसिना सँगै मरुभुमीको चट्टानमा घन,
ठोक्नु, ठोकेँ किन बदलिएन जीवन मेरो।।

मुखियाको ॠण तिर्न खापै खाप भारी पनि,
बोक्नु, बोकेँ किन बदलिएन जीवन मेरो।।

 

Continue reading


तिमिनै हौ मनकी रानी ‌

Purna, Kanchha, Grg, पूर्ण ‘कान्छा’ गुरुङ, pallawa, पल्लव

पूर्ण ‘कान्छा’ गुरुङ

छरछरेको जंगलमा घाँस काट्न गएको थेँ
कोहि थिएन साथी बनमा म एक्लै भएको थेँ
चरीहरू चिर चिर गरि वरिपरी भाका फेर्थे
ति चरीहरू नाच्थे हाँस्थे एकोहोरो मैले हेर्थे

सबै कता हराएर रह्यो त्यहाँ पोथी भाले
ति चरीलाई देखि मैले माया प्रेम सोच्न थाले
त्यहाँ बाट भुर्र उडी चरी कहाँ कता गयो
मनले खाको त्यै प्रियासी बनमा आको थाहा भयो

 

Continue reading


बहरबद्ध गजल

Purna, Kanchha, Grg, पूर्ण ‘कान्छा’ गुरुङ, pallawa, पल्लव

पूर्ण ‘कान्छा’ गुरुङ

जहिल्यै म काम् गरि बस्दथे,अनि यो जिऊ खदिलो भयो
त ब ज्यान यो कहिल्यै कहीँ नडराउने डटिलो भयो

जति दुखमा पनि जिन्दगी त बचाइयो यि पिरै खपी
अनि पो यहाँ सहदै थिए र त ज्यान् सधै दरिलो भयो

अहँ भन्न नै सकिएन खै कसरी भनौ म अचम्म छु
र उमेर जान्छ बुढो हुँदै मन चै अझै कलिलो भयो

 

Continue reading


गजल

Purna, Kanchha, Grg, पूर्ण ‘कान्छा’ गुरुङ, pallawa, पल्लव

पूर्ण ‘कान्छा’ गुरुङ

हेर्दा ठूलो तर आज लुके झैँ भो मेरो देश
जस्ले जेजे गरेकाछन् फुके झैँ भो मेरो देश

जलस्रोतको धनिदेश भनि चिन्छ हाम्रो नेपाल
खै किन हो पत्कर जस्तै सुके झैँ भो मेरो देश

बिना आमा छोराछोरी हुन आउँदा यो मन दुख्छ
हरएको शान्ति खोज्दा भुके झैँ भो मेरो देश

 

Continue reading


गजल

Man, Grg, Maila, एस के चौधरी ‘माइला’ , pallawa, पल्लव

मन गरूङ ‘माइला’

सर्बश्व त्याँगेर जिउन, थाली दिउँला है प्रिय ।

तिम्रो जङारमा पाईला, चाली दिउँला है प्रिय ।

सपनीमा तिम्रो खुसि, छेकिन्छ कि अध्यारोले,
धपक्कै त्याँ दिव्या ज्योती, बाली दिउँला है प्रिय ।

नराख भो पिडाहरु, साँचेर तिम्रो जिबनमा,
रामबनी आएर दु:ख, फाली दिउँला है प्रिय ।

 

Continue reading


गजल

Man, Grg, Maila, एस के चौधरी ‘माइला’ , pallawa, पल्लव

मन गरूङ ‘माइला’

हुनेखाने संग हाम्रो शिर दाँज्नु बेकार छ।
गरिबको पिडा उनै माँझ बाँड्नु बेकार छ।

खरैको छानो भित्र भित्र्याउने छु भन्दै तिमी,

त्यो महलको कुमारी संग हाँस्नु बेकार छ।

सोच्नु, अकल गर्नु आफै बुझ्ने छौ सब कुरा,
मुखियाको घरमा साईनो गाँस्नु बेकार छ।

 

Continue reading


बहरबद्ध गजल

Purna, Kanchha, Grg, पूर्ण ‘कान्छा’ गुरुङ, pallawa, पल्लव

पूर्ण ‘कान्छा’ गुरुङ

मनैको त्यो गुलाबी फूल टिपाएको थिएँ मैले

हारेरै तिमीलाई जिताएको थिएँ मैले

भएको यो खुशी सारा तिमीमा नै दिदा खेरी
चलाएको यि पाईला बिसाएको थिएँ मैले

खुशी चाएँ सधैलाई तिमीले नै भनेकोले
म खाली भै सबै हाँसो दिलाएको थिएँ मैले

 

Continue reading


अलौकिक शक्ती

चेनस्मोग्लर जिआरजी

ब्रम्हा ले सर्वगुण सम्पन्न प्राणीको रचना गर्ने क्रममा मान्छेको सृस्‍टि गरेका थिए । उनले मान्छेको सृस्‍टि गरेपछी मान्छेलाई अलौकिक शक्तिहरु पनि प्रदान गरे । कालान्तरमा केही मुठ्ठी भर मान्छेले ब्रम्हामा बिन्ती पत्र चढाएर ती अलौकिक शक्तिहरु आफुमा मात्र सिमित पारे । ती मान्छेहरु आफ्नो अलौकिक शक्ति मार्फत मनले चिताएको हरेक कुराहरु गर्न सक्थे । उनीहरु आफ्नो शक्तिका मद्द्तले कहीले स्वर्गको अप्सरा बन्थे भने कहीले ऋषी मुनि । कहीले कुनै जनावर त कहीले हुरी , बादल , बर्सात … आदि- आदि ।

Continue reading


" आभा " !

Chainsmoker Grg

चेनस्मोग्लर जिआरजी

हरेक दिन कलेजमा उनी सँग भेट हुने गर्थ्यो । उनी सँग परिचय भएको धेरै दिन भएको थिएन तैपनि एउटा आत्मियता भने स्थापित भैसकेको थियो । बोलिरहनु पर्ने , जिस्किरहनु पर्ने उनको मन सफा र निर्दोश थियो । केही लजालु र एकान्त मन पराउने मलाई , उनी अनेक प्रसँग मा जिस्काउने गरिरहन्थिन् । मलाई भने उनको त्यहि निर्दोश हेराई , बोलाई र चन्चल स्वभाव राम्रो लाग्थ्यो ।

Continue reading


त्यो त नेपाल देशको एउटा नेता रहेछ …

चेन स्मोग्लर Grg

निश्चित दिन , बार र समयमा आइपुग्नु पर्ने पार्सल पृथ्वी लोक बाट नआईपुगे पछि नर्कका राजा यमराज चिन्तित थिए । ….. कहाँ गायब भयो होला मेरो पार्सल !…कतै गलत ठेगानामा त पुगेन ??

यमराज धेरै बेर सम्म सोचमग्न अवस्थामा रहिरहे । धेरै पछि केही सम्झे जस्तो गरि उनले आफ्नो मोबाईल उठाएर स्वर्गका राजा ईन्द्र लाई फोन गरे ।

Continue reading


गजल !

चैन स्मोकर जिआरजी

माया गरि माया मारी गयौ निस्ठुरी
शंका गरि दोष थोपरी गयौ निस्ठुरी

आफ्नै ठानी बास दिएँ चोखो मुटुमा
छाती चिरी मुटु फोरी गयौ निस्ठुरी
Continue reading