गोठालेः नेपाली कथाका महान निर्माता

Govinda, Malla, Gothale, गोविन्दबहादुर मल्ल ‘गोठाले’, pallawa

गोविन्दबहादुर मल्ल ‘गोठाले

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

काठमाडौंको ओमबहालमा ऋद्धिबहादुर र आनन्दमाया मल्लको जेठा सुपुत्रको रूपमा जन्मनु भएका गोविन्दबहादुर मल्ल गोठाले (१९७९-२०६७) नेपाली साहित्यका विशिष्ठ प्रतिभा हुन् । उहाँको बाल्यकाल मधेसतिर बितेको थियो भने पढाइको सुरूवात बनारसको थियोसफिकल स्कुलबाट भएको थियो । बनारसमा तीन वर्षो बसोबास पश्चात् परिवारका साथ गोठाले काठमाडौं आउनुभएको थियो । काठमाडौंको दरबार हाइस्कुलमा करिब आठ वर्षति अध्यापन गर्नुभयो । आइ.एस्सी. सम्मको औपचारिक शिक्षा प्राप्त गर्नु भएको उहाँले स्वाध्ययनद्वारा नेपाली, अंग्रेजी र हिन्दिमा लिखित् पूर्वीय पश्चात्य साहित्य, दर्शन, समाजशास्त्र तथा मनोविज्ञान आदि बिषयहरूको प्रयाप्त मात्रामा ज्ञान हासिल गर्नु भएको थियो ।

 

Continue reading


जयदेव गोविन्दका छन्दमा लेखिएका केही मुक्तक

Jaya, Dev, Govinda, जय देव गोविन्द , pallawa, पल्लव

जय देव गोविन्द

छन्द : इन्द्रवज्रा ( त त ज गुरु 2)
किन्दै छु पाटी चक बन्न आऊ
सन्देशको वाहक बन्न आऊ
मै देश थाम्छू हिम शैल बोक्दै
यो ज्यानको शासक बन्न आऊ !

छन्द : मालिनी ( 111 111 222 122 122)
सुख सयल म छाडूँ देशको कष्ट टारूँ
मधुर फुल फुलाई त्यागले स्वार्थ मारूँ
सकल मन हँसाई प्यारले आँसु पुछ्दै
नव नव पल ल्याई जन्म आफ्नो सपारूँ !

 

Continue reading


जयदेवका मुक्तकहरू

Jaya, Dev, Govinda, जय देव गोविन्द , pallawa, पल्लव

जय देव गोविन्द

कर्म खोज मीठो आज कसम सस्तै भेटिन्छ यहीँ
मर्म खोज छिटो आज हुकुम सस्तै भेटिन्छ यहीँ
माधुर्यको सेवा देवल अमरताकै बोक्छ मणी
मलमले पुज हृदय आज जखम सस्तै भेटिन्छ यही !!

फेद ढाली नबन निष्ठुर ! रुखमा पनि घरबार हुन्छ
प्रीतिको कोर सुनौलो गजूर ! दु:खमा पनि दरबार हुन्छ
पृथ्वी नै तीर्थ तिम्रो महेश्वर छन् आत्मा अनेक
थामेर पोख शब्दको डङ्गुर ! मुखमा पनि तरबार हुन्छ !!

 

Continue reading


जयदेव गोविन्दका केही मुक्तकहरूः

Jaya, Dev, Govinda, जय देव गोविन्द , pallawa, पल्लव

जय देव गोविन्द

निर्धक्कले सातुसामल झिक्न दिएन
खुल्ला मनले कखरा नै सिक्न दिएन
घरीघरी सातो लिन्छ मध्यरातमा पनि
सपनाको आराम समेत टिक्न दिएन !!

यो भूकम्प शत्रु कुन चराको नाम हो
महादेव हरेकृष्ण कि त बलराम हो
हल्ली बस्ने ठाडो आदेश मानेकै छौँ प्रभु
पछार वा सिधै राख त्यो त तिम्रै काम हो !

 

Continue reading


गजल

Jaya, Dev, Govinda, जय देव गोविन्द , pallawa, पल्लव

जय देव गोविन्द

पसिना छ यहाँ, फल छैन के भो
असिना छ यहाँ, जल छैन के भो !

यमलोकमा भोजन, तीर्थभरि वमन
दुर्गन्ध छ यहाँ, ढल छैन के भो !

वासमा, गाँसमा, पनमा, मनमा
ढुङ्गा चेप्छ यहाँ, गल छैन के भो !

 

Continue reading


मलाई मजस्तै भई बाँच्न देऊ

Govinda, Raj, Binodi, गाेविन्दराज विनाेदी, pallawa,पल्लव

गाेविन्दराज विनाेदी

छ आशासँगै ज्यूनुको ढङ्ग आफ्नै
छ तृष्णासँगै प्यूनुको रङ्ग आफ्नै ।
सबैमा छ आफ्नै कला जिन्दगीको
निजी चेतना शृङ्खला जिन्दगीको ।।

छ अस्तित्वको नित्य खोजाइ आफ्नै
छ आनन्दको नित्य रोजाइ आफ्नै ।
सबैको छ सम्बुद्ध सोचाइ आफ्नै
पृथक् रूपको हुन्छ भोगाइ आफ्नै ।।

 

Continue reading


शब्दब्रह्म

Govinda, Raj, Binodi, गाेविन्दराज विनाेदी, pallawa,पल्लव

गाेविन्दराज विनाेदी

म प्यासी बटुवा यौटा तिमी हौ ज्ञानसागर
शब्दब्रह्म ! तिमीलाई नमस्कार छ सादर

म तिम्रै भक्तिमा लागेँ तोतेबोली फुटेपछि
हातमा लेखनी सानो मेरानिम्ति जुटेपछि
आमाले दिनुभो भाषा र तिम्रो अर्चना गरेँ
समाजबाट संस्कार पाई अभ्यर्थना गरेँ

 

Continue reading


चुपचाप चुपचाप

Govinda, Gopal, Khatiwada, गोविन्द गोपाल खतिवडा, pallawa, पल्लव

गोविन्द गोपाल खतिवडा

भुजङ्गप्रयात छन्द
सधैं मौन धर्ती छ आकाश शान्त ।
नबोली यहाँ जग्मगायो वसन्त ।।
डुबी मौनतामा रमे जूनतारा।
नबोलेर नै चल्दछन् काम सारा।।१

तिमीले सुन्यौ? फूलले गीत गायो।
छरी धैर्यको भाव ढुङ्गा रसायो।।
नबोले सबै विश्व आजाद हुन्छ ।
जुधी नेत्रमा नेत्र संवाद हुन्छ ।।२

 

Continue reading


हल्लिएको केराको पात देखेर

Govinda, Raj, Binodi, गाेविन्दराज विनाेदी, pallawa,पल्लव

गाेविन्दराज विनाेदी

छैन छैन भनेको हो अथवा हुन्न हुन्न हो
भन्यो वा मनको गाँठो म त्यसै फुन्न फुन्न भो
या हावाको इशारामा नाच्न बाध्य भई त्यसै
नाचेको हो नजानेर पनि मुन्टो हिलाउँदै ।।

लटरम्म फलेका छन् केरा वक्षस्थलैभरि
त्यसैले त्यो नुहेको छ फलको बोझले गरि
भनेको हो कि वा केरा नपाकी काट्न दिन्न म
मेरो जीवनको अर्थ पेैसाले साट्न दिन्न म ।।

 

Continue reading


बुढोको बयान

Govinda, Gopal, Khatiwada, गोविन्द गोपाल खतिवडा, pallawa, पल्लव

गोविन्द गोपाल खतिवडा

शिखरिणी छन्द
थिए आफ्ना धेरै सबतिर घुमी प्रेम गरियो ।
रह्यो जिब्रो भोकै तर कति छिटै पेट भरियो।।
अघाएनन् आँखा हृदय अझ लोभिन्छ यसरी ।
अहो मान्छे मात्रै विषयसित बाँधिन्छ कसरी ?१

भयो गाडी थोत्रो घर पनि पुरानो भइसक्यो ।
व्यथा खप्दाखप्दै मन पनि अचानो भइसक्यो ।।
मरे धेरै मान्छे मरण नजिकै आउँछ तर।
छ चिन्ता जग्गाको अब मनुज क्यै आश नगर।।२

 

Continue reading


गजल

Jaya, Dev, Govinda, जय देव गोविन्द  , pallawa, पल्लव

जय देव गोविन्द

नेपाल बस्ने दरबार, बनाउँछ कसले
मेची काली घरबार, बनाउँछ कसले !

प्रलयमा बगी दुखे, पहाड बेसी सबै
पहिरो रोक्न छेकबार,बनाउँछ कसले !

शब्द लुके मनभरि, आश्थाभित्रै कति
बन्धन मुक्त अखबार, बनाउँछ कसले !

 

Continue reading


अनागत आमन्त्रितप्रति

Govinda, Raj, Binodi, गाेविन्दराज विनाेदी, pallawa,पल्लव

गाेविन्दराज विनाेदी

विश्वास गुम्छ मान्छेको आशा आफै हराउँछ
आमाको मुटुको आलो घाउ झन् चहराउँछ ।
हावा विषाक्त भै चल्छ विपरीत दिशातिर
उज्यालो दिन यो हाम्रो धकेलिन्छ निशातिर ।।

धमिलिन्छन् त्यसै आस्था जलका मूल निर्मल
कठै ! आहत भै झर्छन् प्रीतिका फूल कोमल ।
जूनभित्र सयौं काला लाग्छन् दाग असुन्दर
भाग्दछन् घामका रश्मि धर्ती छाडी कतै पर ।।

 

Continue reading


तरङ्गदशक

Govinda, Gopal, Khatiwada, गोविन्द गोपाल खतिवडा, pallawa, पल्लव

गोविन्द गोपाल खतिवडा

वसन्ततिलका छन्द
आगो हुँदैन तर विश्व समस्त जल्छ।
उस्तै रहन्छ सब अङ्ग शरीर ढल्छ।
हे ईश! के छ सुखको जड लौ बताउ?
तिम्रो अभावबिच के सुखमा रमाउँ?१

क्वै काम गर्दछ सधैं तर हुन्छ भोको।
देखिन्न सम्पतिहरू किन हो सुधोको?
पुच्छारमा कुकुरको किन हुन्छ बाङ्गो?
लायो हजार कपडा तर हुन्छ नाङ्गो ।२।

 

Continue reading


उल्टो भयो जीवन

Govinda, Gopal, Khatiwada, गोविन्द गोपाल खतिवडा, pallawa, पल्लव

गोविन्द गोपाल खतिवडा

मेरोमा उपिया पसेर मुखमा टोक्दै पिरोल्छन् सधैं ।
तिम्रोमा रुपियाँ पसेर घरका ढोका फुटाल्छन् सधैं ।।
गर्छौं रोदन खेल्दछौँ लडिबुडी आक्रान्त हुन्छौं दुवै ।
यौटै पीर छ एउटै छटपटी जोडी सुहायो खुबै ।।१

तिम्रो रूप समेत हेर्न नसकी बैनी डराइन् भने ।
के किन्छौ र विदेशका डलरले? आमा हराइन् भने ।।
के संसार नियाल्दछौ दुइवटा आँखा हराएपछि?
खै कस्तो सुख भेट्दछौ भन सखे! पैसा कमाएपछि।।२

 

Continue reading


बहरबद्ध गजल

Govinda, Gopal, Khatiwada, गोविन्द गोपाल खतिवडा, pallawa, पल्लव

, गोविन्द गोपाल खतिवड,

नदी आफैँ सुकेका छन् र ढुङ्गा पग्लिएका छन् ।
सधैं जस्लाई सम्झन्थेँ उनैले बिर्सिएका छन् ।।

कसैले आज आँखामा छुरा हानेछ आँखाको।
र आँसु न्याय दे भन्दै सडकमा उत्रिएका छन् ।

तिमीले चन्द्रमा माग्यौ दिएँ हेर्नू भनी ऐना।
जहाँ मुस्कानका चिसा तुसारा पोतिएका छन् ।।

 

Continue reading


तरङ्ग दशक

Govinda, Gopal, Khatiwada, गोविन्द गोपाल खतिवडा,  pallawa, पल्लव

गोविन्द गोपाल खतिवडा

वसन्ततिलका छन्द
आगो हुँदैन तर विश्व समस्त जल्छ।
उस्तै रहन्छ सब अङ्ग शरीर ढल्छ।
हे ईश! के छ सुखको जड लौ बताउ?
तिम्रो अभावबिच के सुखमा रमाउँ?१

क्वै काम गर्दछ सधैं तर हुन्छ भोको।
देखिन्न सम्पतिहरू किन हो सुधोको?
पुच्छारमा कुकुरको किन हुन्छ बाङ्गो?
लायो हजार कपडा तर हुन्छ नाङ्गो ।२।

 

Continue reading


रोयल देवघाट

Govinda, Gopal, Khatiwada, गोविन्द गोपाल खतिवडा,  pallawa, पल्लव

, गोविन्द गोपाल खतिवड,

शार्दूलविक्रीडित छन्द
कोही वाक्दछ ह्वाल्लह्वाल्ल बसमै क्वै रुन्छ अौँला चुसी
लाखौं कष्ट छ यात्रुको मनभरी छन् साहु मात्रै खुशी
कस्तो इन्जिन जोडियो सडकमा रोकिन्छ आफैँ पनि
राम्रा चालक छन् गएर रुखमा ठोकिन्छ आफै पनि।१।

त्यो दुर्गन्ध सकिन्न भुल्न कहिल्यै ठोकिन्छ नाकैभरी
मानौं गोबरलाई आकृति दिई गाडी बनाएसरी
मान्छे गुन्द्रुक हैन हैन कपडा खाँद्छन् अटाएजति
खुट्टा टेक्न सकिन्न भित्र छतमै झुन्डेर जान्छन् कति ।२।

 

Continue reading


फर्केर आऊ कवि चेतकान्त

Govinda, Raj, Binodi, गाेविन्दराज विनाेदी, pallawa,पल्लव

गाेविन्दराज विनाेदी

सारै पियारो निज देश छाडी
साहित्यको यो परिवेश छाडी
लुसुक्क एक्लै यसरी नितान्त
कहाँ गयौ लौ भन चेतकान्त ?
संकल्पका फूलहरू नफुल्दै
गन्तव्यका द्वारहरू नखुल्दै
पारेर आफ्नो दिल त्यो अशान्त
कहाँ हरायौ प्रिय चेतकान्त ?
Continue reading


मेघप्रति

Govinda, Raj, Binodi, गाेविन्दराज विनाेदी, pallawa,पल्लव

गाेविन्दराज विनाेदी

कर्महीनहरूलाई तर्साएर तँ गर्जिदे
बर्सिदेबर्सिदे मेघ जति सक्दो तँ बर्सिदे

तेरो गर्जाइले कैल्यै तर्सिदैनन् किसान यी
तँ नै नबर्सिएसम्म हर्सिदैनन् किसान यी
धर्तीमा बीज उम्रन्नन् तेरो स्पर्शबिना कतै
बर्सिनैमा छ हे मेघ ! तेरो सार्थकता सधैं

 

Continue reading


गजल

Govinda, Bhabuk, गाेविन्द भावुक, pallawa, पल्लव

गाेविन्द भावुक

आफ्नै छाति जलाएर मेरो मन्मा पानी हाल्छौ
हेर्दै जाउ के के हुन्छ भोली आफैं जानी हाल्छौ ।

देखे जस्तो भोग्न शहज हुन्न आफैं बुझ्नेनै छौ
अरु माथि दु:ख थप्दै खुशी आफु तानी हाल्छौ ।

भलाइको बाटो हिँड्ने बुद्धी कहिल्यै आएन खै
झुटको खेती फैलाउन जस्ले भन्यो मानी हाल्छौ ।

 

Continue reading