गजल

Gopal, Prasad, Lamichhane, गोपाल प्रसाद लामीछाने, pallawa, पल्लव

गोपाल प्रसाद लामीछाने

न रातमा बात देखे,
सपनिमा तिम्रो साथ देखे,

जादै थियौ टाढा धेरै तिमि,
माया जालि रै’छ घात देखे,

भुल भयो हिजो कसोरि रे,
पन्छाएछौ आज जात देखे,

 

Continue reading


गजल

Gopal, Dahal, Deen, गोपाल दाहाल ‘दीन’, pallawa, पल्लव

गोपाल दाहाल ‘दीन’

उप्कन नसक्दा जीवन पराईको पिञ्जरा भित्र
बग्न नसक्दा अल्झीयो समयको धरहरा भित्र !!१

कुटि भित्र बल्दो हो चौका पापी पेटका लागी
थुर झैं ज्यानमा पसिना छ दाउरेको बञ्चरा भित्र !!२

रात उस्तै छ बात उस्तै छ मात र मदहोस पनि छ
मन्द झल्कींदैछ बेहोसीमा खुशीको अन्तरा भित्र !!३

 

Continue reading


गोपाल दाहालका एकजोर गजल

Gopal, Dahal, Deen, गोपाल दाहाल ‘दीन’, pallawa, पल्लव

गोपाल दाहाल ‘दीन’

गजल– १,
तिमी पनि कहिले काँहि रानी बन्न खोजछ्यौ
ठूलै भनि सम्मान गर्दा नानी बन्न खोजछ्यौ !!१

पहाड़ जस्तो डाल तिम्रो मनमा न अटाउने
सानो भई कहिले काँहि मानी बन्न खोजछ्यौ !!२

मन पराई मैले पनि प्रस्ताव गरें प्रेमको
उमेर भाको छैन भन्दै सानी बन्न खोजछ्यौ !!३

 

Continue reading


गोपाल दाहालका तीन गजल

Gopal, Dahal, Deen, गोपाल दाहाल ‘दीन’, pallawa, पल्लव

गोपाल दाहाल ‘दीन’

गजल– १,
आतिएर यो मन कतै थाम्न नसक्दा
आकासबाट धरातलमा नाम्न नसक्दा

मनमा ड्याङ्ग्रो र सर्दामले पछ्याई रह्यो
मानसिक्तको जोखानामा काम्न नसक्दा

थिची दियो हात पाउ ठूलो वाड़ी पैह्रोले
म धेरै छटपटाएँ घाउ छाम्न नसक्दा

 

Continue reading


गोपाल दाहाल ‘दीन’का तीन गजल

Gopal, Dahal, Deen, गोपाल दाहाल ‘दीन’, pallawa, पल्लव

गोपाल दाहाल ‘दीन’

गजल– १,
नविर्शे कहिले साथीको साथ भएनी अनिकाल
बैमानी भए बग्दछ सँधै रक्ताम्य आँसुको छाल

रूझाई लग्यो बर्खा बाड़ीले मुस्कानको घड़ेरी
छहारी लगाई कतिञ्जेल बस्ने ओड़ेर तिरपाल

मुरीका मुरी धान झूल्ने खेत सेनाको तालीम थल
अन्न बालीनै कहाँ झूलाउने अबको आउँदो साल

 

Continue reading


गोपाल दाहाल ‘दीन’का तीन गजल

Gopal, Dahal, Deen, गोपाल दाहाल ‘दीन’, pallawa, पल्लव

गोपाल दाहाल ‘दीन’

गजल– १,
सँधै फूल मात्रै होईन काँड़ा पनि पर्न सक्छ
मन नीकट मात्रै होईन टाड़ा पनि हर्न सक्छ

भरोसामा जीवन धान्ने अरू पनि होलान कोहि
आसै आसमा विश्वासको विजन पनि मर्न सक्छ

नलेखेका कथाहरू गिद्दी भित्र पस्न सफल
त्यहि सफल्ताको भाव सोचमा नै टर्न सक्छ

 

Continue reading


गोपाल दाहाल ‘दीन’का एकजोर गजल

Gopal, Dahal, Deen, गोपाल दाहाल ‘दीन’, pallawa, पल्लव

गोपाल दाहाल ‘दीन’

गजल– १,
सधै भरी खुशी बाँड़ी हाँसेर बाँच्न पाउँ
सबै सित दर्जानुसार प्रेम गाँस्न पाउँ

छुटीएला समय सँग साईनो न छुटीयोस
सबै साँग आफ्नै पारा मायाँ साँच्न पाउँ

कति बगे रानी नदी झै तिनको दुःख देखि
सबैलाई हाँसाएर पनि आफैं हाँस्न पाउँ

 

Continue reading


गोपाल दाहाल ‘दीन’

Gopal, Dahal, Deen, गोपाल दाहाल ‘दीन’, pallawa, पल्लव

गोपाल दाहाल ‘दीन’

गजल– १,
कट्टु व्यवहार गरे पनि लाज आफ्नै हो
झुपड़ीमा खुशी भहे नि ताज आफ्नै हो

राखे नी फ्याँके नी समाग्री त कामै लाग्छ
जतन गरी सम्हाले पनि साज आफ्नै हो

समयको माग राख्दै भोलि पर्सि भन्दै
टंग्याई पर सारे पनि काज आफ्नै हो

 

Continue reading


गोपाल दाहालका एकजोर गजल

गजल– १,

Gopal, Dahal, Deen, गोपाल दाहाल ‘दीन’, pallawa, पल्लव

गोपाल दाहाल ‘दीन’

सधै भरी खुशी बाँड़ी हाँसेर बाँच्न पाउँ
सबै सित दर्जानुसार प्रेम गाँस्न पाउँ

छुटीएला समय सँग साईनो न छुटीयोस
सबै साँग आफ्नै पारा मायाँ साँच्न पाउँ

कति बगे रानी नदी झै तिनको दुःख देखि
सबैलाई हाँसाएर पनि आफैं हाँस्न पाउँ

 

Continue reading


Gopal, Dahal, Deen, गोपाल दाहाल ‘दीन’, pallawa, पल्लव

गोपाल दाहाल ‘दीन’

लेख्दैछु आज कहानी आफ्नै रङ्ग र भेषको
लुटेर लग्यो संस्कृति सारा यो हाम्रो देशको !!१

व्यपार गर्छन शिर देखी पुच्छर के दिन आएको
दाम लाउँछन यहाँ पनि किन्ने नङ र केशको !!२

झगड़ा गरी फेसन ल्याउँछन् संस्कार हटाउन
त्यो कला पनि कति दिन रहन्छ नवीन निवेशको !!३

 

Continue reading


सिक्किमे गोपालका जोर गजल

गजल– १,

Gopal, Dahal, Deen, गोपाल दाहाल ‘दीन’, pallawa, पल्लव

गोपाल दाहाल ‘दीन’

कैले तिमी लगाउँछ्यौ लाली
कैले तिमी बनिदिन्छ्यौ काली

मायाँले म नजीक हुँदा तिम्रो
तिमी भन्दा नजीक हुन्छिन् साली

तिम्रो मेरो मायाँ देखि सारा
दुनियाँकै बज्न लाग्यो ताली

 

Continue reading


गजल

Gopal, Dahal, Deen, गोपाल दाहाल ‘दीन’, pallawa, पल्लव

गोपाल दाहाल ‘दीन’

उमेर पनि यो मृत्यु रङमा ढल्दैछ विस्तारै
दुःख र सुख आफ्नै कहानी चल्दैछ विस्तारै !!१

उकाली हिँड़ने यी गोड़ाहरू खोज्दैछ साहरा
पहिले पहिले जोसमा हिँड़े गल्दैछ विस्तारै !!२

झुल्केको घाम हिजोको बिहान आज त डाँड़ामा
पापी यामको क्षितिजले आज छल्दैछ विस्तारै!!३

 

Continue reading


गजल

Gopal, Dahal, गोपाल दाहाल, pallawa, पल्लव

गोपाल दाहाल

अन्त कतै भागी गयो मलाई मेरै छायाले
मन पनि टाड़ी गयो निर्मोहिको मायाले

रात दिन घेरी दिन्छ सम्झनाको बादलले
केनै लाभ भयो राजै चन्द्रमाको दाँयाले

घरी घरी झस्काउँछ पिरतीका घाउहरू
के धर हुने प्राण उड़ी रिक्तीएको कायाले

 

Continue reading


चंद रूबाईयाँ

Gopal, Ashk, गोपाल अब्क, pallawa, पल्लव

गोपाल अब्क

अलविदा करने की दोस्त बारी अब मेरी है
दुनिया से कुच करने की तैयारी अब मेरी है
रात सपने में आके मेरी खुशी मुझ से कह गई
अश्क तेरे साथ बहने की तरफदारी अब मेरी है

घर चलाने शहर आया, गाँव पीछे छूट गया
खेत खलिहान बागीचे से नाता मेरा टूट गया
जीवन भर मलाल रहेगा ,रोती रहेंगी आँखें
जिसकी ख़ातिर चोरी की वही मुझे लूट गया

 

Continue reading


गजल

Gopal ,Prasad, Lamichhane, गोपाल प्रसाद लामीछाने, pallawa ,  पल्लव

गोपाल प्रसाद लामीछाने

दिनमा न रातमा बात देखे,
सपनिमा तिम्रो साथ देखे,

जादै थियौ टाढा धेरै तिमि,
माया जालि रैछ घात देखे,

भुल भयो हिजो कसोरि रे,
पन्छाएछौ आज जात देखे,

 

Continue reading


नेपाल मेरो घर

Govinda, Gopal, Khatiwada, गोविन्द गोपाल खतिवडा, pallawa, पल्लव

गोविन्द गोपाल खतिवडा

बाटो कुर्छ पहाडले मधुरता राखेर पोल्टाभरि।
डाँफेले धुन बिर्सिँदैन कहिल्यै फुट्ला बरू बाँसुरी।।
ए धौलागिरि! नाचिदे छमछमी मर्काइदे कम्मर।
काँडाले पनि प्रेम गर्दछ त्यहीँ नेपाल मेरो घर ।।१

चौतारीमुनि कालिदास कविता लेख्दै यतै बस्दछन्।
त्यो मेरो घर हो जहाँ अमृतका थोपाहरू खस्दछन्।।
गर्छन् स्वागत बुद्धका नजरले भन्छन् उज्यालो छर।
भन्ने गर्छ सहीदको रगतले नेपाल मेरो घर ।।२

 

Continue reading


चुपचाप चुपचाप

Govinda, Gopal, Khatiwada, गोविन्द गोपाल खतिवडा, pallawa, पल्लव

गोविन्द गोपाल खतिवडा

भुजङ्गप्रयात छन्द
सधैं मौन धर्ती छ आकाश शान्त ।
नबोली यहाँ जग्मगायो वसन्त ।।
डुबी मौनतामा रमे जूनतारा।
नबोलेर नै चल्दछन् काम सारा।।१

तिमीले सुन्यौ? फूलले गीत गायो।
छरी धैर्यको भाव ढुङ्गा रसायो।।
नबोले सबै विश्व आजाद हुन्छ ।
जुधी नेत्रमा नेत्र संवाद हुन्छ ।।२

 

Continue reading


बुढोको बयान

Govinda, Gopal, Khatiwada, गोविन्द गोपाल खतिवडा, pallawa, पल्लव

गोविन्द गोपाल खतिवडा

शिखरिणी छन्द
थिए आफ्ना धेरै सबतिर घुमी प्रेम गरियो ।
रह्यो जिब्रो भोकै तर कति छिटै पेट भरियो।।
अघाएनन् आँखा हृदय अझ लोभिन्छ यसरी ।
अहो मान्छे मात्रै विषयसित बाँधिन्छ कसरी ?१

भयो गाडी थोत्रो घर पनि पुरानो भइसक्यो ।
व्यथा खप्दाखप्दै मन पनि अचानो भइसक्यो ।।
मरे धेरै मान्छे मरण नजिकै आउँछ तर।
छ चिन्ता जग्गाको अब मनुज क्यै आश नगर।।२

 

Continue reading


तरङ्गदशक

Govinda, Gopal, Khatiwada, गोविन्द गोपाल खतिवडा, pallawa, पल्लव

गोविन्द गोपाल खतिवडा

वसन्ततिलका छन्द
आगो हुँदैन तर विश्व समस्त जल्छ।
उस्तै रहन्छ सब अङ्ग शरीर ढल्छ।
हे ईश! के छ सुखको जड लौ बताउ?
तिम्रो अभावबिच के सुखमा रमाउँ?१

क्वै काम गर्दछ सधैं तर हुन्छ भोको।
देखिन्न सम्पतिहरू किन हो सुधोको?
पुच्छारमा कुकुरको किन हुन्छ बाङ्गो?
लायो हजार कपडा तर हुन्छ नाङ्गो ।२।

 

Continue reading


उल्टो भयो जीवन

Govinda, Gopal, Khatiwada, गोविन्द गोपाल खतिवडा, pallawa, पल्लव

गोविन्द गोपाल खतिवडा

मेरोमा उपिया पसेर मुखमा टोक्दै पिरोल्छन् सधैं ।
तिम्रोमा रुपियाँ पसेर घरका ढोका फुटाल्छन् सधैं ।।
गर्छौं रोदन खेल्दछौँ लडिबुडी आक्रान्त हुन्छौं दुवै ।
यौटै पीर छ एउटै छटपटी जोडी सुहायो खुबै ।।१

तिम्रो रूप समेत हेर्न नसकी बैनी डराइन् भने ।
के किन्छौ र विदेशका डलरले? आमा हराइन् भने ।।
के संसार नियाल्दछौ दुइवटा आँखा हराएपछि?
खै कस्तो सुख भेट्दछौ भन सखे! पैसा कमाएपछि।।२

 

Continue reading