गोम बिक्रमकाकेही मुक्तकहरूः

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

पहिले भने नजिक हुन, अति सारो गर्थ्यौ हुरूक्कै
ससाना कुरा बढाएर, असाध्यै पार्थ्यौ फुरूक्कै
कुनले कुरा लगाइदियो, मनको सद्भाव भगाइदियो
दु:ख दिंदै सताइकन, पार्न थाल्यौ झन धुरूक्कै ।

नजिक हुने बाहनामा, साइनो जोर्न आइहाल्यौ
तिर्नै नसकूँला जस्ता, गुनको पैँचो लाइहाल्यौ
मन फेरिँदै गएपछि, आफू बलियो भएपछि
त्यति मिठो सम्बन्ध पनि, निहुँ खोजेर भत्काइहाल्यौ ।

 

Continue reading


गोम बिक्रमका केही मुक्तकहरू

Gom, Bikram, Palpa, गोम बिक्रम,pallawa, पल्लव

गोम बिक्रम

दुनियाँलाई ढाँटी ढाँटी, व्यर्थै आँखा छलाइ भयो
तिम्लाई सुर्ता नभएर, मेरै मुटु जलाइ भयो
आखिर टाढा हुनै रैछ, आँसुले मुख धुनै रैछ
तिमीले गर्यौ गल्तिहरू, सजायँ पो मलाई भयो ।

आफ्नो हैकम चलुन्जेली, थर्काइ थर्काइ भुक्छ मान्छे
कसैको आड नपाएसी, ठाउँ मिलाई लुक्छ मान्छे
भुक्ने लुक्ने जेसुकै होस, जहाँ जस्तो हर्कत् गरोस
जस्तै चलाख भए पनि, खास कुरामा चुक्छ मान्छे ।

 

Continue reading


गोम बिक्रमका केही मुक्तकहरू

Gom, Bicram, गोम बिक्रमका केही मुक्तकहरू, pallawa, पल्लव

गोम बिक्रम

सपना बाँड्छौ विकासको, आदत अझै ‘छुच्चै’ रह्यो
आफू नबनी दिन्न कोही, स्वभाव उस्तै ‘लुच्चै’ रह्यो
कहिले दिन आउँछ कुन्नि, नेपालीको पुकार सुन्नि
लंका सुनकै भए पनि, कान त यता ‘बुच्चै’ रह्यो ।

भाषण हुन्छ नारा हुन्छ, ठेला उठेका हातका सधै
संसार फेर्ने आश्वासन र, मजदूरका बातका सधै
जितेर अबीर घसेपछि, कुर्सीमा गइ बसेपछि
देखाइहाल्छौ पारा उही, व्यवहार पक्षपातका सधै ।

 

Continue reading