तिम्रै हुन मन छ

Gokul, Dangal, गोकुल दङ्गाल, pallawa, पल्लव

गोकुल दङ्गाल

तिमीमा छ अलौकिक बत्तिस लछिण गुण
त्यही देखेरै लजाउँछिन् पुर्णिमाकी जून

म गीतमा सुर हुन्छु तिमी हुनु सरगम
पिरतीमै ताल मिलाई नाचिदिनु छमछम
बरु मलाई चाहिंदैन भो हिरा मोती सुन
बनिदेऊ है संगीत जस्तै कर्णप्रीय धुन ।

 

Continue reading


गजल

Gokul, Dangal, गोकुल दङ्गाल, pallawa, पल्लव

गोकुल दङ्गाल

मोहनी त्यो रूपैभरी शृङ्गार गजबको
पाउजु अनि चुराको झँकार गजबको

सुस्त-सुस्त दिँदै जाँदा बैना हाँसोलाई
चुम्बकीय मुस्कानको प्रहार गजबको

मेरो जस्तै तिम्रो पनि चाह यहि हो भने
अबश्य नै हुन्छ हाम्रो घरबार गजबको

 

Continue reading


गजल

Gokul, Ghimire, गोकुल घिमिरे, pallawa, पल्लव

गोकुल घिमिरे

जति हेर्छौ हेर मलाई धित मरून्जेल हेर
रात कटेर बिहानीले शित छरून्जेल हेर ।

आष बिश्वास भरोसाले कोसिस जारी राखी
हार नमानी तिम्रो हातमा जित परून्जेल हेर ।

दुई मुटु अलग धड्कन आवाज एउटै आउछ
जुनि जुनि भरको लागि प्रित सरून्जेल हेर ।

 

Continue reading